Title: अन्धकारमा आएको थ्यो
Category: गजल
अन्धकारमा आएको थ्यो आँखा मात्रै टल्काउदै
झिस्मिसेमै हिडि हाल्यो मायाजालमा पल्काउदै
रात भरी माया गर्दा धेरै मिठो कुरा गर्यो
छाडि गयो मुटुभरी उस्कै माया सल्काउदै
चारै तिर सोध्धै र खोज्दै हिंडे निस्टुरिलाई
भिर पाखा पखेरामा पसिना मात्रै खल्काउदै
ठुलै दु:ख दियो मलाई बैमानी फटाहाले
ओभानो हुन लागेको घाऊ झनै बल्झाउदै
केही दिनमा भेटे उस्लाई त्यै पल्लो गाउमा
हिन्दै थियो मस्किदै साथमा तरुनी धल्काउदै
Posted By
कल्पना पौडेल "जिज्ञासु"
on 7/27/2012