Poems From http://bungkot-online-kabita.blogspot.com.au
मुक्तक कबिता गजल by किशोर के सि भाग १ Mon, 27 Jul 2015 15:57:00 +0000

म मान्छु
हो तिमीले भने जस्तै म दानब हु ।
आजका मान्छेहरु मा जस्तो
मानबता नै नभै कसरी म मानब हु ? ?
गुलाबको घाटी निमोठ्नु त पर जावोस्
कागजको फुल पनि हुत्याउन नसक्ने ।
परेवाका जोडिहरु लाई पासो थापि
नजरबन्द गरी छुट्याउन पनि नसक्ने । ।
प्रेमको चिट्ठा बेची प्रथम ब्यभिचार उपहार दिन अनि
साथको नाटक रची प्यास बुझाउन नसक्ने ।
बिषालु झुटका तिर हानी घायल पारि
मोहनी मन्त्र, काममन्त्र फुकेर कसैलाई सुझाउन नसक्ने । ।
धाक देखाएर धुत्न नसक्ने, ब्याथा देखयर लुट्न नसक्ने
हरुलाई आजकल मान्छे नै भनिदैन यहाँ ।
प्रेमको ब्याबसाय, भ्रमको खेतिपाति,भावनाको ब्यापार गर्ने
अनी धोकाको कोसेली दिन नजान्ने मान्छे मानब बन्छ कहाँ । ।
आजका आधुनिक अनि बिधुतिय समाजमा
झागिएको मानबता नै नभै कसरी म मानब हु ?
त्यसैले तिम्रो सोचको कदर गर्दै म भन्छु
हो म तिमीले ठानेजस्तै दानब हु । ।


कबिता
कोही कोही मान्छे हरु त कती प्यारा हुन्छन्
भेट घाट बिना नै कस्तो दिलमै छुन्छन ।
आखै मा राखे पनि नबिझाउने कस्तो मायालु
घमन्ड नाई रिस राग नाई अति नै दयालु । ।
भाग्यमानी त्यो हुनेछ जस्ले उनको प्रीत पाउनेछ
एकै शब्द सुनेर उनको जिबन भर गित गाउनेछ । ।


कबिता
कसरी भनु नानु तिमीलाई
जिबन यही हो भनेर ।
हासे जिबन उज्ज्यालो दिन
रोय जिबन आउछ कालो रात बनेर । ।
बिर्सिए जिबन आँफ्नै भर नहोला
सम्झिए सबै आफ्नो कोही पर नहोला ।
खोजी हेरे कांडा भित्र फूल छ होला
हासी हेरे दु:ख भित्र जिबन छ होला । ।
मनन गरे आँफै भित्र स्वर्ग छ
बिस्वास गरे हजारौ सहयोगी हातहरु ।
फूल सम्झे फुल होला जिबन
नत्र हावा सङ्गै उडने पातहरु । ।



कबिता
मैले गल्ती गरेकै हो
कहाँ म बिस्वकर्मा बाबाको चेला
सरस्वती को मन्दिर मा पसेछु । ।
माईक्रोमिटर्, भर्नियर क्यालिपर्
डाईलगेज समाउने हातले
कलम समायर फसेछु । ।
कहाँ त्यो मेशिन घुमाउने
बेरिङ्ग, आयल सिल्, साफ्ट
गियर अनि सफल ।
कहाँ यो आफैलाई घुमाउने
निबन्ध, कथा, मुकतक
कबिता अनि गजल । ।
बरु भन तिमी म बनाउछु
सबै बिग्रेका थोत्रा मेशिन्
जसरि नि जोडेर ।
तर सक्दिन म लेख्न
मनै छुने काब्य प्रेमका
शब्दकोश तोडेर । ।
चाहनाले मात्र नहुने
देखासिखी ले के होला
काप्दछन हातहरु ।
दुई चार शब्द तिम्रा
लेख्न खोज्छु कठै
बित्दछन रातहरु ।
निर्जिब बस्तुको
प्रेममा फस्याछु
तिमीलाई के माया गर्नेछु ।
दुई चार हरफ मायाको
जोड्दा जोडदै
सायद म आफै मर्नेछु । ।


कबिता
बार्ह बर्ष माया बढायका, 
बिदेस भोगी अर्धाङ्गिनी पढायका
हरुको त सर्बस्व बोकेर भागे
तैपनी छोरा मान्छेको जात हो
हिम्मत अझै कहाँ हारेका छन ।
तिमीले त मेरो के लुटयौ र
न तन न मन , न त धन्
मेरो मुटु म सङगै छ
मेरो माया म सङगै छ
त्यो पनि दुबै सकुशल छ्
के भो खेर गएर दुई चार
फोस्रा शब्दहरु
अझै म सँग
नेपाली बृहत शब्दकोश छ ।


कबिता
सायर पनि थाक्छ होला
तिम्रो रुप बर्णन लेखेर्
प्रकृती पनि लजाउछिन होलि
तिम्रो स्वन्दर्य देखेर
परिले पनि डाहा गर्थे होला
तिम्रो मन्द मुस्कान हेरेर
हिमाल पनि टोलाउथ्यो होला
कही कतै पाईला नफेरेर । ।


कबिता
तिमीले भन्थेउ भने म नि माया लाउथे होला
भेट्न दिनै आउथे होला ।
अङ्गालो मा बाधी तिमीलाई सन्सार घुमाउथे होला
तिम्रै काखमा हराउथे होला । ।
तिमीले सुन्थेउ भने म नि गित गाउथे होला
तिम्रै दिलमा छाउथे होला ।
हरपल तिम्रो साथ पाई तिम्रै माया मा हराउथे होला
अपूर्व शान्ति पाउथे होला । ।
तिमीले भन्थेउ भने मैले नि तारा झार्थे होला
माया किन मार्थे होला ।
कहिले तिम्रो साथ नछोडी जिन्दगी को सागर तार्थे होला
खडेरिमै पानी पार्थे होला । ।


कबिता
सन्सार नै भ्रममा छ अडेको
तिम्रो बास्तबिकता अर्को
मेरो चाहाना अर्कै
खोक्रो आदर्श मा गडेको ।
नाम झुठो काम झुठो
बदनाममा के सत्यता होला ?
बिना अर्थको माया
बिना बस्तुको छाया
भ्रममा नै हलक्क बढेको । ।


कबिता
होईन के ठान्छौ तिमीहरु ह ?
तिमीहरुले सोचे जस्तो पनि छैन म
जुन सन्सार मा तिमीहरु हराई रहेका छौ नि
त्यो मैले धेरै देखी सकेको छु, रचेका हौ पनि
कानो मामा को भजन सग्लो मामा लाई सस्तो
त हिर्काएझै गर अनि म गर्छु रोए जस्तो
आधुनिक हाडी गाउको जात्रामा रल्लियका
लाटो देशको गाडो तन्देरी बनी हल्लियका
नाच्न नजानेर आगन लाई धारेहात लगाउने हरु
घरै जलाएर लाङ्खुट्टे भागाउने हरु
के तिमीहरुले जस्तो आफु त्यस्तै च्यापु ठानेको ?
की साउनमा गोरुले फुटाको आखाले हरियो मानेको ? ?



कबिता
म त्यो यथार्थ होईन
तिम्रो सपनामा आउने
कल्पना गर्न पनि म 
सक्दिन तिमीलाई पाउने
कहाँ तिमी राजकुमारी
बास्तबिकता वरपर
कहाँ म कल्पित कबि
यथार्थ भत्केको घर
जोखेको होईन तिमीलाई
तन मन धन को तुलोमा
सागर चुम्ने चाहाना ब्यार्थ
नदिको पानी बगेपछी कुलोमा
तिमीलाई दिने उपहार चोखो
छैन केहि अब म सङ्ग
रित्तिएको यथार्थ बोकि
कल्पनामै झस्किन्छु झसङ्ग


कबिता
जे सुकै भन तिमी
तर म मान्दै मान्दिन्
माया गर या नगर
तिमीलाई पराई ठान्दिन ।
घृणा गर धोका देउ
म दुख मान्दिन्
बचाउ या मार मलाई
तिमी बाहेक अरु केहि जान्दिन


कबिता
कर्तब्य पथमा हिंड्नु
साथ कसैको नखोज्नु
स्वर्थी छ यो दुनिया
बिस्वास कसैको नगर्नु ।
हार कहिले नमान्नु
पाईला कहिले नरोक्नु
एकल यात्री जो हौ तिमी
कसैको भर नपर्नु । ।


कबिता
यौटी ले लेखिन "स्टाटस" मा
"योगा " रोज रोज हमसे नही होगा ।
के कमी छ र "कमेन्ट" कार हरुको
समर्थन आयो "हम से भि नही होगा"
अर्को ले प्रश्न तेर्स्यायो साथमा आश्वासन
क्यु नही होगा ? जरुर होगा । ।
यौटा त रामदेब को पनि गुरुबा निक्ल्यो
उम्रके हिसाबसे करो "गोगो" बोल्ताहे होगा । ।
अर्को को सल्लाह निक्ल्यो
कोशीस करो कैसे नही होगा । ।
कुरा घुमायो अर्को ले जेरी घुमाको जस्तै
पहेले योगा ,तब न होगा ।
कुन गोर्खेको पारो तातेछ कुन्नि, लेख्यो
तो फिर क्या होगा ? मकैको घोगा ? ?


कबिता
आज दिउसो
एक जना कतारे भाई 
को "स्टाटस्" पढेको
पेट मिची मिचि
हाँस्दा हाँस्दा
झन्डै लडेको । ।
कुरो के रहेछ भने
उस्ले हिजो बेल्चा हान्दा
बेल्चै भाचिएछ
अब एक दुई दिन
छुट्टी हुने भो भनेर खुशी
भाको त मुन्सी ले
बिहानै दुई वटा नयाँ बेल्चा दिएछ । । 


कबिता
सुन्दर रुप 
मन्द मुस्कान 
मानौ स्वर्गकी परी ।
धरतिमा झरेकि
सप्तरङ्गी फुलले
श्रृंगार गरी । ।


कबिता
डरलाग्दो मसानघाट मा
हास्ने त्यो कालो भुत
तिम्रो कलिलो मुटु देखेर
कती निकाल्दो हो मुखमा थुक 
भागयमानी रहिछौ तिमी
भुतको छाया मा परिनौ
मसाने यात्रा को निम्तो
पाएर पनि स्विकारिनौ
अब अफसोस किन र के को
कती तडपिन्छौ धुप बालेर
निस्चल अनि निर्मल त्यो
नफाटेको आत्मालाई टालेर
भुल्नै पर्छ तिमीले त्यो
निर्जिब नरमाईलो स्वप्निल्
सन्सार लाई
मार्नै पर्छ अब तिमीले त्यो
बिसालु कालो गोमनको
डरलाग्दो फुङ्कार लाई । ।


कबिता
कस्तो छटपटि
जलेको, गलेको
न हो निसासिएको
प्रतिक्षा तिम्रो
हो या बाहाना अरु
मन पिल्सिएको
समय को लम्बाई
तेब्बरियको होकि
तेज धड्कन्
ओल्टे कोल्टे
बेचैनि
कस्तो तड्पन


कबिता
हिजो आज देख्दिन उन्लाई खै कता गईन्
अली सन्चो छैन भन्थिन न बिरामी भईन्
भेट्न जान्थे नजिक भए डाक्टरै बनि
कुरी बस्थे ,खुवाउथे उन्लाई दबाई पनि
अरु के गर्न सकिन्छ र यो फेसबुक को च्याट मा
मजा के आउथ्यो र काटेको कुखुराको फयाट फयाट मा


कबिता
के बताउ म तिमीलाई
मेरो यहाँ के हाल छ ।
उडी हिड्ने चरी को 
चारै तिर प्रेम जाल छ । ।
रातमा निद्रा अनि
दिनमा भोक हरायो
मलाई पनि प्रेम
रोग ले पागल गरायो । ।
अब त मेरो दिलले
खोजी रहन्छ लगातार्
कहिले आउछिन भनि
सोधी रहन्छ बारम्बार । ।


कबिता
कवित वरण
हो कि अन्तस्करण 
प्रथम चरण 
हो कि स्मरण
शब्द-छरण 
हो या क्षोभहरण
न हो कल्पजगत
को ताल-तरण
सुन्दरी प्रेयसी
न हो परी परण
न हो भक्ति भाव
भागवान सरण
हो कि जीवन मरण
सजिलो छैन
हुन्छ विस्मरण



कबिता
यहाँ हरपल सबै लाई टेन्सन्
बी पि लो हुन्छ अनि फेरी इन्जेक्सन्
कसैलाई लडनु छ रे आउदो ईलेक्सन्
कसैको यही साल पाक्छ रे पेन्सन्
कसैले सोच्दै छन के होला आज को फेसन ?
कुन डिजाईन राम्रो होला लिदै छन सजेसन्
कोही भन्छन म लाउछु जुत्ता स्पोर्ट एक्सन्
कसैलाई चिन्ता छ कस्तो होला रियाक्सन ?
कसैलाई चिन्ता छ कस्तो होला रिलेसन ?
कोही सोच्दै छन कती आउला डोनेसन ?
कोही भन्छन कसरी हुने यो बर्ष एड्मिसन ।
अनी कोही भन्छन जसरि नि पुरा गर्नु छ मिसन्
तर म भन्छु सबैलाई प्लिज डन्ट मेन्सन ।


कबिता
नक्कली नामाधरी लाई औंला देखाउने ?
नक्कली तस्बिरलाई डाडा कटाउने ? ?
नाम सक्कली तर माया नक्कलि।
सच्चा तस्बिर काहा राख्ने जब मुटु नै नक्कलि । ।
तिमी नक्कली म पनि नक्कलि।
नक्कली यो सन्सार मा कहाँ खोज्ने सक्कलि । ।
बाध्यताको बाढिलाई छेक्ने बाध नक्कलि।
भावना को बेग लाई शान्त पार्ने किनारा नक्कली । ।
तिम्रो नक्कली मेरो नक्कली ।
कहाँ खोज्नु यो जमानामा सेरोफेरो सक्कली । ।


कबिता
न कहिले रिसायौ तिमी झनक्क झन्केर ।
न छोडी गयौ बिना कारण फनक्क फन्केर । ।
साथ तिम्रो अटुट पाउदा सधै भरी ।
लाग्छ बित्ने भो खुशी मा जिबन यसै गरी । ।
कहिले कोइलिको भाकामा अनेक गित सुनाई ।
कहिले थरी थरिका तालमा नाच देखाई । ।
हातै समाई सारा सन्सार शैर गराई ।
चिनाईदियौ को आफ्नो को पराई । ।
सिकायौ तिमीले अनेक ज्ञान गुन का कुरा ।
खोलेरै देखायौ, गरेरै बतायौ सबै पुरा । ।
मेरो जिबनको तिमी प्रेरणा अनि साहारा ।
तिम्रो जस्तै फराकिलो मुटु यहाँ अरु कस्को छ र । 


कबिता
अभागि, एक्लो, निरस्, निराश मुटु लाई
फकाएर्, उक्सायार, पहलवान बनाएर 
अझ भनौ देखाएर ठुलो आश । 
मायाले, प्रेमले ,सदभाबले मन जितेर
हात मा हात राखेर, देबी देउता भाकेर
ल्याउन पठाए उनको न्यानो साथ । ।
माया, प्रेम, साथ, हात
देबी देउता को कुरै नगरौ
बदलामा तिरस्कार चोखो गरी ।
पाता कसेर ,छुरा धसेर, टुक्रा टुक्रा पारेर
धोका, घृणा बादल, आगो
फर्काईन उपहारको डोको भरी । ।


कबिता


मुक्तक
छेकेर कहाँ छेकिदो रहेछ र मायाँ 
हेरेर कहाँ देखिदो रहेछ र मायाँ 
हृदयमा छुन्छ बाहिर अन्तै 
खाेजेर कहाँ भेटिदो रहेछ र मायाँ 
कुदिएकाे छ याे छाती भरि 
मेटेर कहाँ मेटिदोरहेछ र मायाँ ।।



मुक्तक
मनै त हो कतै फेरी फिर्छ कि भन्ने आशमा
न पो आउछकी सास यो जिउदो लासमा । 
सजाय माफ हुन्छकी भनी बाचेका होलान 
कोही कोही पल पल गनी त्यो बनबासमा । ।


मुक्तक
न त एक्लो छु म, न त आभास छ कसैको 
न त खाली छ मन, न त बास छ कसैको 
यस अर्थमा म,जीन्दगीमा खुसी छु हरपल 
न त निराशा छ ममा,न त आष छ कसैको


नशाहो जिन्दगी जहाँ फसायो त्यही फस्छ
कोशे ढुङ्गो हो जिन्दगी जहाँ बसायो त्यही बस्छ ।
हासो खुशी बाडे सन्सारै रमाईलो होला नत्र
आशुको थोपा हो जिन्दगी जती खसायो त्यती खस्छ । ।


मुक्तक
अनयाँसै तिम्रो तस्बिर आज फेरी हेरे मैले
छट्पटी सबै दुर भय शान्तिको स्वास फेरे मैले ।
परेवाहरुको बिच उभिदा परी नै देखिन्छौ तिमी
त्यसैले त तिम्रै यादमा यो भित्तोमा फेरी केरे मैले । ।


मुक्तक
कहिले खुशीले गगन छुन्छ
कहिले साउने झरी भै रुन्छ ।
जिबन हो घाम छाया 
सुख दुख दुबै हुन्छ । ।


मुक्तक
निर्मल निस्चल तिम्रो प्रेम अझै बढीरहोस्
झुटो नबनोस बाचा कसम सबै सही रहोस ।
मन त छैन टाढा हुने, तिम्रो न्यानो
अङ्गालोको माया सधै भरी रही रहोस । ।



मुक्तक
अब उन्ले मलाई माया गर्दिनन अरे
म भन्दा नि धेरै माया गर्ने अर्कै छरे ।
धृण सङ्कल्प थियो अनि मनमा हरे हरे 
तर आज हिस्स बुढी हरिया दात पो परे । ।


तिम्रै मात्र झझल्को आईरहन्छ
भित्र भित्रै यादले सताईरह्न्छ ।
के यही हो त माया ?
कुटु कुटु मुटु खाईरहन्छ । ।


मुक्तक
तिमी देखी टाढा हुँदा नरमाईलो भै रहयो
पानी बिनाको माछा छटपटाय झै भयो ।
तिमी लाई भन्छु भन्थे सबै खोलेर
मनको कुरा मनमै रह्यो । ।


मुक्तक
तिमीलाई खोज्छ नयन अन्त कतै भुल्नै सकेन
पाईलाहरु अडिग भए अन्त कतै डुल्न सकेन ।
तिमी बिना यो फुलबारिमा किन हो कुन्नि
एउटै फुल फुल्न सकेन । ।


मुक्तक
ल के जान्छु भन्नु र खोइ एक दिन त फर्केर आईयला
जे जे भागमा छुट्याईयको छ त्यो त अबस्य पाईयला ।
बाकी रह्यो पिरतिका कुरा, तिम्रो साथ पाए भने नानु
त्यो पनि लैला मजनू लाई नै बिर्साउने गरी लाईयला । ।


मुक्तक
के छ भनी सोध्दा तिमीले आनन्दित हुन्छु नानु। 
कल्पनामा हराउंछु अनि तरङ्गीत हुन्छु नानु। 
तिम्रा प्यारा शब्द सँग रमाउनुको मज्जा बेग्लै। 
आफ्नै खुशी देखि आज आफैं चकित हुन्छु नानु।


गजल 
सबै स्वार्थी छन यहाँ तर दोष अरुलाई मात्र दिन्छन्
दुख दर्द पिडा छुट्याई खाली खुशी मात्र लिन्छन ।
अरुको ईक्छा को त कदर नै छैन कस्ले बुझ्ने चाहाना
अलिकती थोरै भयो भने ल घात भो भन्ने बहाना ।
माया प्रेममा त अझै स्वार्थ प्राय बिछोड कै कुरा
कर्तब्य निभाउन नजान्नेले खोज्छन बलिदान पुरा ।
प्रेम को अर्थ युद्ध जित्नु होईन सम्झौता मात्रै खाली
एक पाङ्ग्रे रथ नगुडे जस्तै बज्दैन एक हातले ताली । ।



गजल 
अब पनि तिमीलाई मेरी भन्न होला कि नहोला
अझै भेट्न आउछु फेरी भन्न होला कि नहोला
उपहार छ नानु यो रातो गुलाब
दोबाटो घेरी भन्न होला कि नहोला
तिम्रो त्यो मनको कुनामा म छु अझै
अनुहार हेरी भन्न होला कि नहोला
नभुल मलाई नमार माया
सम्झदा खेरी भन्न होला कि नहोला
आभागी म ,तैपनी सुन यो धडकन
अंगालोमा बेरी भन्न होला कि नहोला


गजल 
हिजो देखी तिम्रो नाममा मायाको धुनि बाले मैले
कामकाज सबै छोडी गजल लेख्न थाले मैले
तिमी सँग रमाउने,जिन्दगी बिताउने, 
यो जुनी भरको सपनाहरु पाले मैले
तिमीले पनि माया गर्थ्यौ होला इसारा
नबुझेर ब्यार्थै तिम्रो समय फाले मैले
आस गर्नु भर नपर्नु भन्थ्यौ तिमी
तैपनी आसै आसको सन्सार गाले मैले
तिम्रो खुशी अनि त्यो बाहर सगाल्न
जसो तसो मायाको भकारी टाले मैले


गजल 
आज तिमीलाई अंगालोमा बेर्न मन लाग्यो 
मायालु नजरले फेरी हेर्न मन लाग्यो 
मायाको संसारमा नजरबन्द गरी 
चारैतिर मायाजालले घेर्न मन लाग्यो 
आज्ञाकारी बालकले जस्तै गरीकन 
तिम्रा हर आज्ञाहरु टेर्न मन लाग्यो
आजबाट नानु भनि बोलाउँछु तिमीलाई
बोलाउने तिम्रो नाम फेर्न मन लाग्यो
त्यो मुटुमा मेरो नाम छ कि नाई
एकान्तमा तिमीलाई हेर्न मन लाग्यो
त्यसैले तिम्रो नाममा दुई चार शब्द
किन हो किन आज फेरी केर्न मन लाग्यो


गजल 
सुन्दर त्यो मेरो गाउमा आज फेरी पानी पर्छ कि क्या हो
तस्बिर बोकी तिमो बाटो हेरी बस्ने मेरो बानी पर्छ कि क्या हो
उही फुल उहि फुलबारी त्यही फुलबारी मा रम्ने माया
सपनमा लुकी लुकी तिमीलाई भेट्न जानी गर्छ कि क्या हो 
तिमी आफ्नै सन्सार मा रमेकी थियौ म आफैमा हराकै थिय
तिम्रै यादमा डुब्न थाल्यो दिल, कतै तिमीलाई हानी गर्छ कि क्या हो
हिजो तिमी अन्जान, थिएन चिनजान न हाम्रो भेटघाट थियो
हरउन खोज्छ तिमीमा ,कतै तिम्रो दिलनै मायाको खानी पर्छ कि क्या हो
अनौठो जादु छकी न तिमीमा, न तिम्रो मायाको छाया हो
किन सम्झिन्छ सोध्छु यो मनलाई उनिनै मेरी रानी नानी पर्छ कि क्या हो









गीत/ गजल/ कविता दौंतरी डट कम भाग ३१ Tue, 01 Jan 2013 09:25:00 +0000

गजल- रहर
मृदुलअधरमा मन्द मुस्कान
बदनमा लालि जोवान
देख्न पाए पुग्छ मलाइ।
सौंन्दर्यको पृष्टभुमिमा
गाजुलु ति आँखाको भाव
लेख्न पाय पुग्छ मलाइ॥
सिउदोको त्यो गोरेटोमा
अनगिन्ती सपना बुन्दै
हिन्न पाए पुग्छ मलाइ।
दिलै देखि माया गर्ने
सिपनाकी ति रानीलाइ
चिन्न पाए पुग्छ मलाइ।
रेसमी पछयौरी ओडेकी
स्वर्गकी रुप्से परीलाइ
देख्न पाए पुग्छ मलाइ।
सौंन्दर्यको पृष्टभुमिमा
गाजुलु ति आँखाको भाव
लेख्न पाय पुग्छ मलाइ॥संगै बाँच्ने अठोट गरी
हृदयको यो चोखो माया
साँच्न पाए पुग्छ मलाइ।
अग्नीलाइ नै साक्षी राखी
चखेवाको जोलि बनेर
बाँच्न पाए पुग्छ मलाइ।
सुन्दर गुलावी वैशमा
सिन्दुर पोते लगायकी
देख्न पाए पुग्छ मलाइ
सौंन्दर्यको पृष्टभुमिमा
गाजुलु ति आँखाको भाव
लेख्न पाय पुग्छ मलाइ॥

मान्छे मान्छे जस्तो छैन
शिव प्रकाशअभिश्राप तँलाई त्यो ईश्वरको
कुकुर !
विष्टा खान्छस तँ मान्छेको
तँलाई त्यही ईश्वरको वरदान
धन्य तँ
त्यो मान्छेभन्दा महान् छस्
गुनी छस्
इमानी छस्
विष्टा खान्छस् त के भयो
निष्ठा छ तँभित्र
विष्टा नखाने मान्छे
निष्ठाविहिन छ
तेरो तुलनामा तुलनाहीन छ
ईश्वरको अनुपम् रचना
मान्छे !
निकि्रष्ठ छ
मान्छे मान्छे जस्तो छैन
मान्छे तँ जस्तो पनि हुन सक्दैन
तँ मान्छे भएको भए
विष्टा खान्थ्यो होला त्यो मान्छेले
तर मान्छेले आदर्श खादैनथ्यो होला !
अनुदारता ईश्वरको तँ माथि
गधा !
गालीका लाजभाँड लवजहरुसँग
जोडिने सधैं तेरो नाउँ
त्यही ईश्वरको दया तँ माथि
धन्य तँ
सहनशीलताको अतुल उपमा
त्यो मान्छेभन्दा सहिष्णु छस्
हिंस्रक मान्छे
मान्छे जस्तो छैन
तँ जस्तो पनि हुन सक्दैन
तँ मान्छे भएको भए
ढुटो खान्थ्यो होला त्यो मान्छेले
तर मान्छेले मान्छे टोक्दैथ्यो होला !
विवेकहीनता ईश्वरको तँ माथि
गोरु !
बुद्धिहिनतको विषेशण
तेरो विषेशता
त्यही ईश्वरको अनुपम कृपा तँ माथि

धन्य तँ
परिश्रमको पर्याय तेरो लगनशीलता
घाँस खाएर अन्न पोस्ने तँ मान्छेलाई
घाँस नखाने मान्छेभन्दा
उपल्लो दर्जामा छस्
महाबुज्रुक मान्छे
मान्छे जस्तो पनि छैन
तँ जस्तो पनि हुन सक्दैन
तँ मान्छे भइदिएको भए
घाँस खान्थ्यो होला त्यो मान्छेले
तर मान्छेले मान्छे खादैनथ्यो होला !

नौलो बिहानी
हस्त गौतम मृदूल
उदायो अब बिहानी नयाँ निर्दयी रात फाली।
स्वागत गरयौ ह्रदय देखि मन्को दियो बालि॥
देश लूटने जतिलाइ अब किनारा लाउदै छरे।
मेटाउदै यावत संकटहरु शान्ति आउदै छरे।
आशाको राँको बाली मनमा उज्यालो छर्दै छरे।
नयाँ खाका कोरी सूख समृद्धिको कोख भर्दै छरे।
उदायो आज बिहानी नयाँ निरंकुस रात फाली।
स्वागत गरयौ ह्रदय देखि नै मन्को दियो बालि॥
अमर सपनाहरुको बिउ माटोमा रोपदै छरे।
इतिहाँसको जिवित पाना धर्तीमा खोप्दै छरे॥
आमाको आँशु पुछेर अब मलम लाउदै छरे।
स्वतन्त्रताको गित गाउने समय आउदै छरे॥
उदायो आज बिहानि नयाँ अराजकत्ता फाली।
स्वागत गरयौ ह्रदय देखि नै मन्को दिया
गजल - खोइ कसले
खोइ कस्ले बन्यो छाती भरी माकुराको जालो
इज्जत ढाक्न कस्ले दियो फेरी मक्काको टालो
शेरको जुङगा ओखलिए,छाला ओढी बाघ बन्ने
धेरै जनावरको होहल्लामा अब कस्को पालो

स्नेह सदभाबको बुटी पाखा भरी थियो
बाँदर जात उक्काइ पाप्रो पारे घाऊ आलो
बादलको घेरा हटेको किम्बदन्ती ताजै छ
घामको झुल्कै नपरी किन जताततै कालो
दाबिलो लाग्या पेटमा माड लगाउनु थियो
आज सुम्सुमाउनेले नै ठोके सुन्निएको गालोहे मनहरु तिमीलाइ खुल्ला पत्र

पुरुशोत्तम सुबेदि-बेल्जियम

ऐना देख्योकि आफ्नो रुप हेर्न र आफ्नो सिंगार पटार गर्न चाहने मनहरु------अरुहरुलाइ पनि राम्रो देख्न सिक ।
धनको महिमा नबुझेर आफु धनाढ्य देख्ने मनहरु----मानबियता र समाजबाद लाइ ख्याल गर ।
रुपको सार नबुझेर अरु लाइ कुरुप देख्ने मनहरु ----मनको गमलामा फुल रोपि- सन्सार लाइसुन्दर बगैचा देख्न सिक ।
अरु दौडेको देखेरे डाह गर्ने मनहरु----आफु सपांङग छु भन्ने शोच ।
कोइलि को स्वर सुनेर कुहु कुहु गर्ने मनहरु ----स्वर खोज -भाका - लय खोज- र तिमिआफ्नै स्वरमा बोल्न सिक ।
मुखले ठिक्क पार्ने बगलिमा छुरा राख्ने दुई जिब्रे मनहरु---- तिमि र तिम्रो सोचाइ यउटै गर ।
लोभ र इर्श्याले घाइते भयका मनहरु---- आफ्नो पौरख को कमाइ अरुलाइ चखाउन सिक ।
अरुलाइ कम्जोर निर्धन निर्बल अग्यानि देख्ने मनहरु-----ग्यान बल दान -दिन सिक ।
आफै लाइ मपाइ संझने मनहरु---अरुलाइ पनि तिमि भन्न सिक ।
बुद्धको नाम बेच्न खोज्ने मनहरु --सत्य बोल ।काट मार गर्न छोड ।अहिंसा त्याग ।
गिता पुराण बेद का माला जप्ने हिन्दु मनहरु ----मुर्ति बेच्न छोड ।
बाइबल यक बिग्यान भन्ने क्रिस्चियन मनहरु ----तिम्रा चर्च् हरु खालि हुदै छन -धेरैबिलासि र नास्तिक नबन ।
इस्लाम् धर्म नै सर्वे सर्वा हो भन् ठान्ने
मुस्लिम मनहरु ----जिवन को सुरु देखि अन्त्य सम्म बाच्न सिक जिवन को सार बुझ ।धर्मको नाम मा जिवन त्याग नगर ।
अन्तमा -संसार भरका हे मनहरु - आफुले आफुलाइ चिन्ने कोशिस गर ।

शहिदको सपना
- हस्त गौतम मृदूल
शहिदको सपना कुल्चेर नेता शत्तिले मात्तिय।
भोगेर संधै अन्योलै मात्रै जनता आत्तिय॥
धामिलो पारे राष्ट्रको दृष्टि कूजो भो बिधान।
स्वार्थको खेलमा अल्झेर पनि निस्केन निधान।
सांप र बिक्षि भ्यागुतो मिली देशलाइ हाक्दैछन।
कहिल्यै माथी नउठने गरी खाडलमा जाक्दैछन।
जनताको इक्षा कुल्चेर नेता असाध्यै पात्तिया
भोगेर संधै संकट देशमा जनता आत्तिय॥
मौलिक हक अमन चयन ओझेलमा पारे नी।
हुर्मत लुटी जनताको संधै जिउदै मारे नी॥
जहिल्यै पनि मुगडा गर्छन यो कस्तो चलन।
जनताको नेता रैनछन बुमु्ने राष्टको जलन।
राष्ट्रको मुद्धा उठाइ नेता केहीबेर तात्तिय।
भोगेर संधै अशान्ती त्रास जनता आत्तिय॥

गजल - खसखस लाग्छ
खसखस लाग्छ आजभोलि कुरा काट्यौ कि
अर्कै राजा मनमा पाली मलाई ढाट्यौ कि
श्रीखन्ड र खुर्पा बिड उस्तै देख्छौ तिमी
भ्रममा पारी चिनी भनी नून चट्यौ कि
विश्वास जोडछु भन्यौ शन्का लाग्छ अचेल
मनभरी कतै घातको दाम्लो बाट्यौ कि
कुरा छल्न सिपालु छौ डर लाग्छ अझै
जुठो माया चोखो भनी भाषाण छाट्यौ कि
अङालोमा बेरिदा नि हराएझै लाग्छ किन
अन्तै खाता खोली कतै माया साट्यौ कि
अन्धो छ ईश्वर आज पनि !

शिव प्रकाश
बाँचिरहेछन्
शकुनीहरु मान्छेभित्र
फैलाउँदै पासापाजा कुटिलताका
लेखिरहेछन् झूठो कथा महाभारतको
मरेका छैनन् दूर्योधनदुशासनहरु
चिथोर्दै द्रौपदीहरु
हाँसिरहेछन् भारी सभामा
बनाउँदै लाक्षागृहहरु
मान्छेका वस्तीमा
गर्जिरहेछन् आज पनि ।
जिउँदैछन् रावणहरु
नाङ्गो नाचिरहेछन् मान्छेभित्र
किचिरहेछन् निर्धाहरु
अत्याचारका गदाले
निरिह हेरिरहेछन् हनुमानहरु
वैदेही हरण
जटायु मरण
टुलुटुलु आज पनि ।
दुन्दुभि कोहालहको बजाउँदै
घुमिरेहछन् कंशहरु
मरेका छैनन्
मान्छेभित्र हाँसिरहेछन् आज पिन
नदेखेको ईश्वर
ग्रन्थका मिथकहरु
अन्धाधुन्ध मानिरहेछ मान्छे
आज पनि ।
ईश्वर !
किन बाँचिरहेछन् शकुनीहरु !
किन नाचिरहेछन् रावणहरु !
किन हाँसिरहेछन् कंशहरु !
किन गर्जिहरेछन् कौरवहरु !
अदृश्य छ ईश्वर !
कि ईश्वरभित्र भ्रम छ
कि भ्रमभित्र ईश्वर !
कि बाँचेर पनि
अन्धो छ ईश्वर आज पनि ।
बोस्टन अमेरिका
May 12, 2008

नया अबसर
-मृदूल
अनगिन्ती सपना ल्याएर मेरो सामू छोडी दियौ।
पत्याउनै नसक्ने गरी आज इतिहास मोडी दियौ।
उही दूख उही पिडा जिवन भरी नै भोगी रहे।
पालो दिएर पूर्खाको पेसामा निरन्तर लागी रहे।
एक दिन यो आगनमा घाम लाग्ला जस्तो थिएन।
भदौमा फालेको काठ काम लाग्ला जस्तो थिएन।
अनगिन्ती चाहाना ल्याएर मेरो सामू छोडी दियौ।
समयले कोल्टे फेर्दा निरंकूस संस्कार तोडी दियौ।
खून पसिना बगाइ खानूमा मलाइ निकै गर्व छ।
नौलो परिवेशमा आमूल परिवर्तनको यो पर्व छ।
जीवनले नया काचूले फेर्ला जस्तो लागेको थिएन।
सर्वभौमिक नागरिक होला जस्तो लागेको थिएन।
अनगिन्ती दायित्व ल्याएर मेरो सामू छोडी दियौं।
सून्दर भबिस्यको तिम्ती नया अबसर जोडी दिया

गजल- खप्परै अभागी
खप्परै अभागी रछ भयो पिरै पिर
तडपाएर राख्नु भन्दा बरु मुटु चिर
आङ कनाई छारो उडायौ गाउ चारी
दुनियाँले कुरा काटे झुक्यो अब शिर
मायामा सन्का कहाँबाट पसायौ तिम्ले
साउन भदौ बगेर जिबन भो भिर
मनै भ्रान्ती भाको'छ शान्ती कहा पाउनु
तिमी सित भेटे देखी छैन मन थिर
फुल्छ्यौ भन्ने लाग्याथ्यो,मन खोल्दिए
तिमी दुखयौ सधैं भरी यही मुटु निर
सुखको पर्याय
शिव प्रकाशमात्तिएका यौवनहरु
पात्तिएका जीवनहरु
आधुनिकता भित्र
यौनका नवीन सँस्करण
घामजूनको पर्वाह छैन
वसन्तको उन्मादलाई जिस्क्याउँदै
छताछुल्ल पोखिन्छन्
सभ्यताको आडम्बर ओढेको
सभ्य शहरभित्र
समय
आधुनिकतको
उत्ताउलो रहरमा रमाइरहेछ छ ।
आधुनिकताभित्र
जीवनको अर्थ - रोमान्स
यौन साधनामा समाधिस्थ
रहरलाग्दा युवा युवतीहरु
डरलाग्दा मुद्रामा
साधनारत
यौवनको राग
फूलको मदमोहकता जस्तै
मादोन्मात
जीवनलाई साँधिरेहछन्
चाखिरहेछन्
जीवनका क्षणीक स्वादहरुमा
सुखानुभूत बाँचिरहेछन् ।
सयमले उत्ताउलो रहर बोकेको
आधुनिकताभित्र
बाँच्नुको पर्याय - सुख !
सुखको पर्याय - सम्भोग !
भोकभन्दा बढी भोग
आवश्यकताभन्दा अझ बढी
रहर बनेको छ
जीवनयापनभित्र जीवनपान
समय नै यस्तो छ
समयको यो उत्ताउलो रहरसँग
मालाई पनि कताकता
मात्तिन-पात्तिन मन लागेको छ
भोकभन्दा बढी भोग
सुखको पर्याय - सम्भोग !
बोस्टोन अमेरिका
May 09, 2008
ठुलो को हो ?

हुदैन ठुलो धाक पनि ।
ठुलो हुदैन धक्कु पनि ।।
माधब नेपाल का अगाडि -ठुला कहां हुन र झक्कु पनि ।।
कोहि समयमा ज्ञाने माथि -कहिले माथि गिर्जा ।
कुनै दिनमा मैया दाहल -कहिले मियां मिर्जा ।।
कहिले दाइजो गन्डक को- कहिले टनकपुर को ।
२५ बुंदे पछेउरि को-अल्झियछ फुर्को ।
पहिले मजा दहि खाने लाइ -अहिले गाइ खाने लाइ ।
मजै मजा नपाल का -सधैं माइ खाने लाइ ।।
ढेढु पनि बांदर रहेछ-चम्रि पनि गाइ ।
स्वार्थि पनि कति रहेछन -बि;पि; दाइ का भाइ ।।

पुरुशोत्तम सुबेदि-बेल्जियम
राष्टिय गीत - सून्दर देश बनाउछौ
-हस्त गौतम मृदूल
हे मात्रीभूमी जानकीगाथ अखण्ड बिशाल।
महिमा गाउछौं उठाइ मुन्डा जय जय नेपाल।
हे जन्मभूमीबूद्धको ज्योति प्रभाव अटल।
प्रर्णाम गछौं सर्वभौमिक भै जय जय नेपाल।
अध्यारो हटाइ बिहानी ल्यायौ नेपाली जातीमा।
कसैलाइ अब दिदैनौं टेक्न यो हाम्रो छातीमा।
स्वतन्त्रता कानूनी राज्य मानब अधिकार।
स्थापित गछौं लोकतन्त्रसंगै गरेर प्रतिकार।
मेची र काली तराइ पहाड सर्वच्चो हिमाल।
बन्धना गर्छौ स्वतन्त्र भै जय जय नेपाल।
हे कर्मभूमी प्रकति सून्दर संस्कृति अटल।
प्रणाम गछौं सर्वभौमिक भै जय जय नेपाल।
पूछेर आँशू मेटाइ दर्द मूहार फेर्ने छौं।
सूख र सान्ती समृद्धिशिल नेपाल हेर्ने छौं।
शहिदका सपना जनताको इक्षा साकार गर्ने छौं।
राष्टको शान अक्षूण राखी पौरखले भर्ने छौ।
अनेकता भित्र एक्ताको प्रतिक जातिय कमाल।
महिमा गाउछौं अग्रगामी भै जय जय नेपाल।
हे धर्मभूमी प्रगतीशिल वात्सल्या आँचल।
प्रणाम गछौं सर्वभौमिक भै जय जय नेपाल।


कोपेर मुटु लडायौ
कोपेर मुटु लडायौ किन माया यो ढलेछ
खोपेर दिल्मा बनाको चिनो कसरी बलेछ
दुई दिन्को सुख दैबले खोसी लगेछ कही
छोपेर खुशी तडपाई त्यही भाग्यले छलेछ
तिर्खाको मन्मा उर्लेका प्यास निभाउन भनी
चोपेर खूनले लेखे थि पत्र नहेर्दै जलेछ
आफ्नो बिरानो भएछन बैरिको भिडमा खैरोपेर फुल भएछ भुल कडा त्यही फलेछ
निरह थिए बिरह थियो साहरा थिएन
घोपेर छुरा पारी चिरा कुन हासो चलेछ
विडम्बना
खडेरीले पट्पटी फूटेको मेरो धानखेतमा
फुल्नै लागेका धानका बालाहरू
आकाश हेरेर आशातुर थिए।
अचानक, दूर क्षितिजबाटएउटा लहर आएको देखियो !
भावातिरेक सन्तुष्ट मैले
सन्तोषको उच्छवासमा आँखा चिम्लिएँ।
तर अपशोस,
मेरो खुशी, स्वप्निल सोचको
मुदित नयनमाझुकेका परेलामात्र थिए,
मधुर जलको त्यो बहाव
मैले आँखा खोल्दा
सलहको बथान भेटियो ।
स्वप्नभंगको पीडामा मर्माहतमेरो यत्रतत्रन त्यहाँ धानका बोट नै बाँकि थिए
न त्यहाँ कुनै जलको ओस थियो
त्यसैले त मेरो मानसमा अद्यपि
पानीका शितल जस्ता देखिने
नक्कली प्रवाह-छालहरूसलहको समुद्र बनी

आक्रान्त पार्न आउँछन् र सताउँछन् ।

भित्ते राष्ट्रपतीको अवतरण
- अशोक " खलान को मान्छे "ड्राम्स्टाड जर्मनी
बन्दुकको नालबाट राज्यसत्ता जन्मन्छ भन्नेहरु
ब्यालेट बक्सको मोहर देखी सैधान्तिक पराजय भोग्दै छन
बिजय उत्सव सँग सँगै धसिएको सिन्दुर र मालाहरु
पन्ध्र हजार निर्दोश नेपाली रगतले बनेको खुनी दाउपेचका सफलताहरुकायल छन भित्ते राष्ट्रपती यती बेला आफ्नै झुटको पर्दा भित्र
चुनावी आश्वासन एउटा रणनिती हुनसक्छ उस्को लागि
सोझा जनता झुक्काउने ५२ सुत्रिय मागपत्र जस्तै
जानार्दनले डाडु पन्यो दि सके , अब त्यो ५२ सुत्रिय माग पुरा गर आँफै
अब सडक तिम्रो सदन तिम्रो जंगल पनि त तिम्रो
अब सपना तिम्रो कार्यपत्र तिम्रो संविधान पनि तिम्रो ढंगको
एक युगको एक दिन तिम्रो पोल्टा मा परी सकेको छ
अब भित्ते राष्ट्रपती होइन कोठे राष्ट्रपती बन्छौ होला नै
आश्वासनको पोका फुकाउ तिमी आँफै नै
स्विजरल्यान्ड मलेसिया भिएतनाम वा कम्बोडिया
सपनाको बाटोमा छलाङ मार तिमी आँफै नै
पुर्वी युरोप क्युबा , उत्तर कोरिया वा नयाँ नेपाल नै
भित्ते राष्ट्रपतीको अवतरण हामी पर्खि रहन्छौ
नेपालीले सम्पूर्णता गुमाएको यो १७ बर्ष सम्झिरहन्छौ
सान्ती क्षेत्र मेरो देश बुद्धको मेरो देश शिवको मेरो देश
रोग भोक र सोकले जर्जर भएर मारकाट हत्या हिंशाले जरा हाली
नयाँ शिवत्वको रुप मा हिशा स्विकारेका छौ,प्रतिहिंशाको साटो
अझ पनि हामी त सान्तीका पूजारी हौ
साच्चै बन्दुक झुक्ने आश मा मोहोर लगाइदिएका छौ
चाहे तिमी हाम्रो आस्थाको गद्दी त्याग
भित्ते राष्ट्रपती को अवतरण पस्चात त्यो आस्थाले पुन शिवत्त्व प्राप्त गर्छ
शिवत्व संसारका खुशीका लागि विष पिउने हरुले नै प्राप्त गर्छन
मेरो आस्थाको गद्दीले पनी असक्षमका टिका लगाउनेहरुका विष पिएका हुन
त्यसैले गद्दी नै त्याग्नु परे पनि हामी खुशी छौ
ईतिहास साक्षी छ ,हामी जनचाहना बदल्न बन्दुक तेर्साउन सक्दैनौ
जनताको नाम मा जनता लाई अधकल्चो अधमरो छाडन सक्दैनौ ।


श्र्रद्धाण्जली गीतकार इस्वर बल्लबलाइ
- हस्त गौतम मृदुल
एउटा तारा मुरुयो शोकाकुल पारी।
पाइदैन दर्शण कैलै गयो मायाँमारी।जन्मनु र मर्नु पनि बिधिकै हो बिधान।
अजम्बरी भै बाँच्ने छैन कुनै निधान।
एउटा फुल मुरयो बोटै सून्यपारी।
पाइदैन दर्शण अब गयो मायाँमारी।
दिवंगत आत्मालाइ मिलोस चीर शान्ती।
बाँचिरहोस ह्रदयमा सस्मृतिको कान्ती॥
एउटा दियो निभ्यो स्तब्ध नै पारी।
पाइदैन दर्शण अब गयो मायाँमारी।

प्रबाशी

पुरुशोत्तम सुबेदी
बेल्जियम
यो पत्र पुग्ना साथ तिम्रो पत्रको प्रतिक्षामा छु म ।
दर्जानुसर सबै लाई सकुसलता को कामना गर्छु म ।।
सुनाइ दिनु सञ्चै छरे भनी -खबर गैरा बारी साँहिला लाई ।
घांस काट्दा हात रेट्ला हंसियाले -धेरै नसम्झे तिमी मलाई ।।
नासो पठाइ दियको छु तिमी लाई मैले -आऊँदै छ १५ दिन भित्रमा ।
मुरि-मुरी अगाध माया छ तिमीलाई -मेरी प्री य सुमित्रा मा ।।
देशै बेरोजगार म के को रोजगार -जोहो गर्न धौ -धौ थियो मलाई ।
दलाल लाई भयको सुम्पि छोडी हिंडें-भौतारियको छु प्रबासमा मन जलाई।।
केही थाहा भयन मलाई प्रबासमा -यसरि बितरा परीन्छ भनी ।
समयले काटेछ नेटो क्यारे अबत -भेटिन केही कतै पनि ।।
गार्हो छ फर्काउन गैरी खेत -प च् हुने भयो औंठी तिलहरी ।
टोलाउछु यकान्तमा मनै झस्किन्छ -थामिन्न आँसु कसै गरी ।।
ठुला ठुला सपना ति बोकी हिंडें- थाहै भयन मलाइ पहिले त ।
आफ्नै धन खर्चेर आफु बेचियको -चाल पायं बल्ल मैले त ।।
बर्षऊ बिते कती बसन्त गय -सकिन खै म अझै फर्कन ।
बिचरी सुमित्रा अझै पनि छे प्रतिक्षामा -कती सकेकी पर्खन ।।
घर नै सुन्य गाऊ सुन्य लाग्छ- के फर्कनु अबेर भयो अब त ।
चर्का चर्की गर्छन् रे सबैले गाउं तिर -हुने हो रे बिकास बिधानत ।।
साथी बिर्सेंं गाऊ बिर्सेंं -बिर्सियं धर्म संस्क्रिती पनि ।
पिऊछु निस्तो रक्सी क्रिस्मस मा -रमाउंछु यही हो दसैं भनी ।।
आऊछ सम्झना तिहारको -सन्झिन्छु दिदी बहिनी लाई ।
नास्तिक हरु को घुइचो छ जता ततै -के दोस दिऊ यहाँ कलाई ।।
गर्जन छ मेरो चिनारी सगरमा था को -नेपा ली संक्रिती भनी ।
थाहै छैन आफु नास्तिक भाईसकेको -चिनाऊछु हिन्दू हुँं भनी ।।
कहिले म कतार दुबै छु- कहिले दक्षिण कोरिया ।
धन को लोभ ले धन सिध्यायं-भयो हिना मिना -फर्किन्न अब खोरिया ।।


छापामार
-पुरुषोत्तम सुबेदी
क्रान्तिको चर्का कुराले ,
तरकारिमा नुनै चाहिएन मलाइ ।
जनबादका चिप्ला मलमले ढिडो निल्न ,
गुन्द्धुक चाहिएन मलाइ ।।
हंसिया हतौडाले सज्जित रातो झण्डा ,
मेरै आङको बस्त्र सम्झे ।
जर्ज बुशको अगाडि आफ्नै उपज ,
प्रचण्डपथलाई छेप्यास्त्र सम्झे ।।
भाई गुमायं दाइ गुमाएँ ,
गुमायंँ सबै श्री सम्पत्ति पनि ।
छोरा-छोरी पनि बिषिर् दिएं समाते बन्दुक ,
गर्छु केहि परिर्बतन भनि ।।
उधारो जनबादको लागि नगद ढिडो र गुन्द्धुक पनि दिएँ ।
मन गणन्ते क्रान्ति कथामा छारो भैरेको बलि चढायँ ।।
अब त के रह्यो र म संग ?
मै रिक्तिए पछि थन्किए हतियार ।
लोक तन्त्रको नयाँ थरले पोतिएको गणतन्त्र अगाडि आई भयो लम्पसार ।।
आशा थियो पेट भरि खाने अनि एक सरो आँङभरि लगाउने ।
अनि हरेक बर्षआउने परम्परागत दशै तिहार लोसार इद रमादानमा रमाउने ।।
खै के भनुँ अब म त लुटिय छैन मेरो कोही कतै पनि ।
परिर्बतन बलिदानीको घुमाउरो बाटो त रुम्जाटार पो रहीछ जाने ।।
मलाई के थाहा मेरो पर्खाइमा कोही पनि आउँदैन
भैरेको बलिदानी पनि आउँदैन
तर पर्खि बसे मेरो भाई मेरो दाई अनि मेरो भैरे समयले मलाइ बिर्षदैन ।।
प्रतिक्षा निकै गरे बषन्तको तर देखिन्छन रुखा फाँटहरु चारैतिर ।
कहिले होला हरियाली नयाँ बषन्तको आगमन हुन्छकि कि चाउरे मुहार रसिला आखिर ।।
लौन म त बिच बाटैमा परे गणतन्त्रलाई भाइ दाइ र भैरे सापट दिय ।
आखिर म घर पनि पुग्न सकिन मेरो जनबाद पनि आएन
लोकतन्त्र पनि आएन गणतन्त्र पनि आएन ।।
मेरो भाइपनि आएन मेरो दाइपनि आएन छोरो भैरे पनि फर्केन
आखिर बषन्त पनि आएन, कर्याङ कुरुङ पनि आएनन ,
काँक्रा फर्सि पनि रोप्न पाइएन

पोखिएका खुशी
पोखिएका खुशी
पोखिएका खुशी बटुल्ने आस्थाहरु कुजो भएर हो कि
छिनेका आशा उन्ने धागो काँचो भएर हो कि
विश्वाशका आधारहरु चुडिदै गई रहेछन
सपनाका आकारहरु खुम्चिदै गई रहेछन
छल्लिएका चेतना जगाउने पूजाहरु खोटो भएर हो कि
दुखी रहेको माटो सजाउने हातहरु लुलो भएर हो कि
भरोसाका धारहरु बदलिदै बगिरहेछन
श्रदाका मुर्तिहरु भात्किदै गईरहेछन
तेसैले
निस्ठा र कर्तब्य बिर्सिएका बिदुरहरु
धाराबाहिक किम्बदन्ती भित्र
दर्शन भुली भाषाण छाटीरहेछन
निती छोडि नाता साटी रहेछन
जातिय भेदलाई सल्काएर
मानबताको अबशेश डडाईरहेछन
बुद्दको ढाडमा टेकेर
कुजो शान्तिको बिगुल फुकी रहेछन
रोइ रहेको आफ्नो माटोलाई
भागबन्डाको तरबारले रेटी रहेछन
अर्कातिर
अभिमानी दुर्योधनहरु
बुद्द फल्ने माटोमा आगो रोप्दैछन
शान्तिको छहारिमा बारुद सार्दैछन
अनी
गिदी नभएका दुर्योधनलाई हाक्ने सकुनिहरु
आफ्नै कुरुक्षेत्रको रचनामा
टनकपुर हारे सुस्ता हार्छन
कोशी हारे दशगजा हार्छन
हुनसक्छ हार्दाहार्दै अस्तित्व हार्छन
चेतनामा बिर्को लागेका बिदुरहरु
जती बरबराए पनि
दुर्योधनहरु जती कराए पनि
थेग्न नसकिने डुङुरका डुङुर योजनामा
गास, बास, कपास, अटला भन्ने छैन
शन्ती र सुरक्षा अटाउला भन्ने छैन
यसैले
निरह सगरमाथालाई धितो राख्दै
स्वाभिमानलाई लुटाउछौ हामी
आँफै सँग बिस्थापित भई
परदेशमा पसिना बेच्छौ हामी
सात समुन्द्र पारी झोक्रिएर
मन भरी रोएको नेपाल बोकी
दुई थोपा आशु खसाल्छौ हामी
गीत/ गजल/ कविता दौंतरी डट कम, भाग ३० Tue, 01 Jan 2013 09:19:00 +0000

कविता - मलामी समय
कृष्ण प्रसाईटेलिभिजनहरुमा
अखवारका मुख्य समाचारहरुमा-
र रेडियोका सम्वादहरुमा
निकै अघिदेखि-
म भेटिरहेछु तिमीलाई
मन पगाल्ने नाराहरुमा-
विकास बोकेका वाचाहरुमा
तर दिनहु लगातार तल झरिरहेँ म
हराई रहेँ आफ्नो देशको सिमानाबाट निरन्तर
जति खेर तिमी सर्वत्र छाएका थियौ-
सत्तामा
शक्तिमा
र शासनको वागडोरमा-
मेरा धेरै चेलीहरु वेचिए विदेशमा
अझै दुख काटिरहेछन्
एकसरो लाउन -
एक पेट खान
र मात्र जीवन जीउने नाममा-
विदेशका ताता घामहरुमा
वाध्य छन् -
वेचिरहन शरिर
आफ्ना मालिकहरुलाई ।
मालिकका छोराहरुलाई ।
छोराका पाहुनाहरुलाई ।
कसरी सम्झाउँ म तिमीलाई !
समयले कोल्टो फेरेको कुरा-
जनताको युद्धमा हारेपछि
तिमी रावण भै सक्यौ भनेर ।
नयाँ रामहरु उदाएका छन् आकासमा ।
नयाँ कृष्णहरु देखिएका छन् मैदानहरुमा ।
तिमी भने सकुनी साढेँ भएर-
अझै ओगट्न खोजिरहेछौ-
विजयी वहरहरुको कोरली ठाउँ-
अझै लाद्न खोजिरहेछौ-
त्यही पुरानो मलामी समय
जवर्जस्ती कलिला मनहरुमा ।
कसरी बुझाउँ म तिमीलाई -
जनमतले कोर्रा हानिसकेपछि
भर्खर एउटा तानसाह -
मान्छे बन्न तयार भयो ।
आफ्नो मुकुट फुकालेर
जनता हुन राजी भयो ।
तिमी त उ भन्दा पनि जब्वर रहेछौ ।
अझै राम बन्न खोजिरहेछौ ।
लाज लागेर आयो
तिम्रो निर्लज्ज अनुहारसँग -
जसलाई फेरि पनि मैले-
टेलिभिजनको पर्दामा
सत्ताकै कुरा गरिरहेको देखेँ ।समय weelky Sawan 2,2065अनामनगर काठमान्डौ
Krishna Prasai
एक छिन लाई
आगो सरी जले को मन लाई
ननीभाई देओ एक्छिन ।
चहराए को त्यो ठुलो घाऊ लाई
न लगाउ मलम एक छिन ।
मरुभूमी मन मा लागेको प्यास लाई
न पीलाउ पानी एक छिन ।
प्रेम जोडी राखेको डोरी लाई
न चुडाली देउ एक छिन ।
जीबन भरी परे को पीर
न टार्न खोज एक छिन लाई ।
लोकेश धानुक
" प्रेम बीना को जिन्दकी र बसन्त बीना को बर्ष एउटै हुदो रहेछ "।


गजल - बेदना
बाबु भट्टराई "बनबासी "
भियना , अस्ट्रिया
विना काम त के सम्झिन्थ्यौ ,केही परेर त बोलायौ
बचाउन त के सक्छौ खै ,आफै लडाएर पो उठायौ
तान्नु र लडाउनु नै तिम्रो कर्म कतिलाई पछार्यौ
नढाटी भन नर्कको खाडलमा कति लाई धकेल्यौ
नहुँदा सम्म त काम कतिलाई दुई हात जोड्यौ
अब त पुग्यौ माथि भन त कति लाई लात ठोक्यौ
दुनियाँको आँखा अगाडि झुट्को खेल तिमीले खेल्यौ
अझै कोही फस्छ भनी दोबाटोमा पासो थापी बस्यौ
तमाशा धेरै नै देख्यौ , रगतको होली पनि खेल्यौ
खै के पुगेन तिमीलाई के को रागले खरानी धस्यौ

एक्स्ट्राट भएछु
- अशोक ''खलानको मान्छे ''
ड्रामस्टाड जर्मनी
हिजो एक युवाले आफु तेश्रो तेस्रो लिंगी भएको घोषणा गर्‍योछापाहरुले उस्का दर्द र व्यदनाका कथाहरु दारुणताका साथ सुनाए
हिजो एक युवतीले नामी हत्यारा चाल्स शोभराज कि प्रेमिका भनि
सबै छापाका माध्यम उन्को पछि दौडिए
साच्चैनै शंकर दाइ संसार एक्स्ट्राट् नै रहेछ
हिजो दिन दहाडै एक राष्ट्रवादी मारियो
छापामा खबर भएन
किनकी बिगत बर्षहरु मा दैनिक १० मारिन्थे
हिजो एक कविले मदन पुरस्कार पाए
छापाहरु मा त्यो खबर आएन
किनकी च्याउ उम्रिए सरि पुरस्कार छ रे नेपालमा
शंकर दाइ ,
हिजो एक पुलिशले एक किडनि तस्कर समात्यो
उस्को साहसि र कर्तब्य परायणको कथा लेखिएन
चाल्सलाइ समात्ने प्रहरि ले स्याबासी पनि पाएन
तर एकाएक छापामा गर्मि छाएको छ
एक नव योवनाको प्रेम चर्चाले
तपाइको युगको मुनरोजहरु
आजकल नेपाली सडक भरि देखिन्छन
एक्स्ट्राट हुने रहरमा
झुम्कि बुलाकि र सिरबन्दि होइन
किल्ला जस्तो चुचो परेको फलाम लगाइन्छ
चौबन्दि फरिया र खास्टो होइन
अर्ध नग्न हुने विदेशि पोशाक लगाइन्छ
आजकल शंकर दाइ नेपाली सडकले यस्तै देख्ने गरेको छ
नेपाली छापा यास्तै को चर्चामा व्यस्त छ
शंकर दाइ
हाम्रो संस्क्रीति रितिरिवाज
डिस्को र टेबुल डान्स सँग साटिएछ
पाहडको निस्चल चिसो पानीको साटो
दुषित पानीलाइ मिनरल वाटर भनि बेचिएछ
शंकर दाइ
राष्ट्रले धर्म छाडेदेखि
सबै एक्स्ट्राट भइ रहेछ
एक्स्ट्राटको भिडमा म
हाँसको हुलमा बकुल्लो भएर
खेदिइ रहेछु,खेदिइ रहेछु
- शंकर लामिछानेको सम्झनामा

गुहार! भानु बाजे
समयको बेस्तताले भानुको सम्झनालाई अली पछी भए पनि टासेको छु आशा छ ,पढिदिनु हुने छ
गुहार !भानु बाजे,गुहार
!गुहार ! गुहार!
म लुटिए ,मेरो स्वाभिमान लुटियो
मेरा बोली अतिक्रमणमा चुटियो
आफ्ना जस्ता लाग्ने आफ्नै अनुहार टासेका
आफ्नै मान्छेबाट थिचिएर म
निरह प्राणी झै आँफै सँग हारी रहेछु
प्रदुषणमा निसास्सिएको अजिबको ओठ खारी रहेछु
जिउदा मान्छेको भर छैन
आर्काको जिब्रोको स्वाद छैन
तेसैले
तिमीले स्रिजिएको मिठो बोली बोल्न
तिमीको बिर्खे टोपी नेपाली शिरमा उन्न
गुहार ! भानु बाजे , गुहार!
किनकी
आजभोली जिउदा मान्छेहरु आँफै सँग डराएका छन
बेमौशमको जात्रामा भुली
आफ्नै घर गाउको माटो हराएका छन
हुट्टिट्याउले झै आँफै आकाश थामेको कथा बरबराएका छन
तेसैले ,निया माग्न जाने बाटो बन्द छन
निया दिने ठाम आँफै द्वोन्दमा छन
तिम्रा पाठशाला र पुस्तकहरु सन्सोधन भई
च्याउ खेती झै स्कुल भएका छन
तिम्रा रमायाण र बधु शिक्षा परिवर्तन भई
खोइ के जाती र्याप ,हिपहप भएका छन
तेसैले
गुहार भनु बाजे गुहार
तिम्रा चपलाहरु निर्जल भएका छन
तिम्रा आदर्श घासीहरु स्वार्थले थिचिएका छन
मलाई फेरी कान्तिपुरी नगरि चाहिएको छ
गुनकेसरी शिरमा बोक्ने चपला चाहिएको छ
टुटेफुटे अङ्रेजी मिसावट भाषा भन्दा
लय हालेर गाईने शिलोक चाहिएको छ
कोलाहल र भिड भित्र रङमङिएको आयतित सभ्यता भन्दा
बासुरी र मादलको ताल चाहिएको छ
अब त अती भो
स्वाभिमानलाई बन्धकी राखी हास्ने लाज भयो
आत्मासम्मानलाई बेची उधारो बाँच्न लाज भो
भानु बाजे ,गुहार !गुहार! गुहार!
अङग अङग उदाङग
यो गजल ANA DJ को नाइट को नेपाली चेलीहरुको पहिरनको बयान हो ,
अङग अङग उदाङग रहेछ, हाबा भई छोइ दिउ कि
तरङगले भरङग भाको मन, तिमिमा फोइ दिउ कि
कस्तो उन्मुक्त माद नशाको कि जवानीको थियो
मिचिमिची भएभरका काउकुती जती धोइ दिउ कि
लठ्ठिएका थुप्रा आँखा भोका छन आहरा कतै नहुनु
तिम्रो कामुकतालाई जोगाउन पहरे होइ दिउ कि
हराए झै ,डराए झै किन हो यो फेरी लोकाचारी
आटे तिम्ले तिम्रा लागि बाघको दुध दोइ दिउ कि
तिम्रो हासोमा मन भरी लालिगुरास फुली दिए
हास सधैं तिमी,परे तिम्रो आशु मै रोइ दिउ कि
भानु तिम्रो संझनामा देउरालीमा फुल
पुरुशोत्तम सुबेदी
-बेल्जियम
भानु तिम्रो संझनामा आज म -चाढाउछु देउरालीमा फुल ।
तिम्रै नाममा सजियका छन आज -ध्वजा पतका राता तुल ।।
नेपाली साहित्य र संकृतिका -हौ कती धनी तिमी ।
संसार भरका नेपालीहरु माझ -मन भित्र छौ आज तिमी ।।
जन्म दिन पारेर आज तिमीलाई-अर्पण गरेकोछु एउटा फुल ।
सागर समुद्र र नदी पारी पनि -बाध्य बनायौ बनाउन मनको पुल ।।
रम्घा गाउको त्यो बस्ती तिम्रो -हिड्दथ्यौ सब संग हांसी ।
कुनै दिन भेटिगयौ त्यसै जगतमा -तिम्रै त्यो गाउले घांसी ।।
शोध पुछ गरेउ तिमीले त्यस घांसी लाई -के गर्दै छौ तिमी यहाँ ।
सोझो घांसी झट्ट दियो जवाफ घांस काटी -जांदै छु घर तिर त्यहां ।।
भानु फेरी प्रश्न गर्दा भय घांसीलाई -काट्छौ के का लागि किन घांस ।
धन कमाउने इच्छा जाहेर गर्‍यो घांसिले -फेरेर लामो सास ।।
गोठ भरी गाई बस्तु भोका छन मुखियाका -घांस काट्ने मेरो यो पेसा ।
घांस बेची खुशी पारी गाउले मुखियालाई -कमाउनु छ यहाँ केही पैसा ।।
भानु फेरी प्रश्न गर्दा भय घांसी लाई -केको लागि कमाउछौ धन ।
घांसी खोज्छन उत्तर दिन ओठ भिजाइ जिब्रोले -तिर्खायको त्यो मन ।।
ओभायको त्यो जिब्रो तिनको -दिन भरी को त्यो थकान ।
भरी डोका घांस काटी विचरा -फर्किदै छन आफ्नै वतन ।।
लिय चासो भानु भक्त्त तिनले -गरे प्रश्न घांसी लाई हेरी ।
मुखियालाई बेची घांस धन कमाइ -के गर्छौ त्यो धन्ले तिमी फेरी ।।
पोख्छन घांसी मनको वह भानु भक्त्त लाई -दिन भरिको तिर्खाको ।
पर्‍यो चोट भानु भक्त धनी लाई -सरह पथ्थरका छिर्काको ।।
कहन थाले घांसिले आफ्नो चाहना -भानुभक्त्त लाई उठेरै त्यहां ।
बस्ने ईशारा गर्दै भानुभक्त्तले पनि घांसिलाई -लगे डोर्याइ सितल महा ।।
खनाउनु छ यसै ठाउँ महां असल - पिउने पानिको एउटा कुवा ।
तव सबको मनले आसिश दिन्थ्यो मलाई -जान्थ्यो सहजै सुबिस्थाले सबको युग ।।
उत्तर मिल्यो सहज् गरीब त्यो घांसिको -भक्कानिय ति भक्त्त भानु ।
गरीब भयपनी लिनु बिचार ठुलो सबले -हरेस कहिलेइ पनि न खांनु ।।
भर जन्म घांस तिर मन दिई धन कमयो ..
नाम केही रहोस पछी भनेर कुवा खनायो ।।
घांसी गरीब घरको तर बुद्धी कस्तो ।
मो भांनुभक्त धनी भै क्यान यस्तो ।।

बलवान समय र म
पुरुशोत्तम सुबेदी
-बेल्जियम
समयले मलाई सवक सिकायको छ । गद्धी बाट पनि किनरा लगाइ दियको छ ।
समयले मलाई इमान्दार बनाउन खोजेको छ । नयाँ पिंढी को आगमन भयको छ ।
शान्तिले मलाई निम्तो गरेको छ । बन्दुक बिसायर आफ्नै घर फर्कायको छ ।
समयले मलाई सांचो बोल्न सिकायको छ ।जनताको घर दैलो गर्न बाध्य बनायको छ ।
समयले मलाई थप्पड दियको छ । चुनाव बाट नराम्ररी किनारा लागाइ दियको छ ।
समयले मलाई नयाँ ज्ञान दिलायको छ । लुटियकै कालो संपती लुटायको छ ।
समयले मलाई साध्य सिकायको छ । समाजबाद नै रास्ट्र को शान्ती हो भनेर ।
समयले मलाई अरास्ट्रबादी घोसित गरेको छ । सधैं अरुको बुइ चढ्ने गरेर ।
समयले मलाई जांगर दिन खोजेको छ । पहाड फोरी तराइ सरह गरा भनेर ।
समयले मलाई बताइ दियको छ । बेरोजगार नै नेपालको असान्ती र अस्थिरता हो भनेर ।
--
तिम्रो वैश
- अशोक "खलानको मान्छे"
 ड्राम्स्टाड जर्मनी
तिम्रो वैश सँग सँगै मधुशाला रित्तिएछ
असली ति सोमरश पानी सरी भइसकेछ
वैश लाई कस्ले पो त रोक्न सक्छ जिन्दगीमा
पानी रक्सि, रक्सि पानी बराबर भइसकेछ
अब तिम्रो जवानीमा मात छैन हेर कतै
नयाँ नयाँ फूलहरु पाखा भरी फूलिसकेछ
झरीको बुलबुल फोका तिम्रो बैश भइसकेछ
तिम्रो अदा बदल है मधुशाला पुरानो भइसकेछ

म रित्तो बोट्टल
म रित्तो बोट्टल रक्सि बिनाको संग्लिएछु मेह्फीलमा
थामे होला कती हातहरुले रक्सि हाल्दा मेहफीलमा
म हेरिरहेछु पहिलो चोटि पिउनेलाई यो भट्टिमा
उस्को प्यासी आँखा तर चोटको निशानी छ हेराइमा
समात्दै छ कमाउदै हात मुटु जलेको निभाउन
मायालु डोली उठदा आफुलाई जिउदो लाश बनाउनम हेरिरहेछु बिर्को खोल्दा गिलासमा पोखीइ नजरमा
चिट चिट पसिना पसिना हारको रेखा निधारमा
- अशोक "खलानको मान्छे"
ड्राम्स्टाड जर्मनी

अध्यारो बिहानी
मृदुल
बिहानी तारा अस्ताइ गयो उज्यालो पनि देख्नै नपाइ।
शहिद्को सप्ना ओझेल परे नया इतिहास् लेख्नै नपाइ॥

लोकतन्त्रको जग् हाल्दै आधीले सबै भत्काइ दियो।
निरंकुस अध्यारोमा जाकेर सधैंलाइ नै थच्काइ दियो॥
अन्गिन्ती आशाका फुलहरु फर्कनै नपाइ मुर्न थाले॥
शान्तीको स्वास फेर्नै नपाइ फेरी पनि जन्ता मर्न थाले॥
हक हित अधिकार खोस्यो स्वतन्त्रता कुनै भोग्नै नपाइ।
शहिद्को सप्ना ओझेल परे नया इतिहास् लेख्नै नपाइ॥
सतीको श्र्राप परेर होकी कहिलै माथी उठ्न सकेन।
निहित् स्वार्थको परिधि नाघी आफै भित्र जुट्न सकेन॥

उज्यालोको कठोर् प्रतिक्षामा जिन्दगी अब थाकी सक्यो।
सर्वभौमको बिहानीलाइ कालो बादलले ढाकी सक्यो॥
खिचातानी मै अल्झिय नेता अराजकत्ता छेक्नै नपाइ।
शहिद्को सप्ना ओझेल परयॊ नयाँ इतिहास् लेख्नै नपाइ॥


मेरो संसार
म बाचेको सँसारमा पानी छैन छ आगो मात्र
जलाउछ रुवाउछ छन बेदना र चित्कार मात्र
तिमीलाइ देखाउदिन म खुकुरिको धारको बाटो
हिड्दैछु म पिल्सिएर सधै आफ्नोहरुको साटोतिमी नआउ मेरो सँसारमा त्यहाँ हाँसो हराउछ
रोजबरु अर्को बाटो जहाँ फूलहरु फुल्छ
आगोको भुम्रोमा हिडन बिन्ति नगर साह्रो
जलन सहि जीवन काट्न हुन्छ अति गाह्रो

- अशोक " खलान को मान्छे "
ड्राम्स्टाड जर्मनी


विडम्बना-२
प्रयोगसिद्द विज्ञानका असफलताका कल्मषहरू बोकेर
भोक, रोग, हिंसा र आह्रिसले अंकूरित भाष्य घोकेर
एक धोक्रो रहर घिसार्दै मनगढन्ते गन्धे डहरमा
हिँडेको छु , नशालु मादकताको अनौठो झोल धोकेर।
कसैले मानोस् नमानोस् म नै सत्य हुँ, मन्त्र हुँ
कसैले ठानोस् नठानोस्, म नै सर्वोत्कृष्ट तन्त्र हुँ
म स्वतन्त्रता हुँ , म बन्देज हुँ अनि परिबन्द हुँ
म बिनास हुँ , संहार हुँ अनि आफ्नैको आफन्त हुँ।
म कानून, नियम र तिम्रो जीवनको परिभाषा हुँ
सत्य , असत्य, निर्क्योलको अकाट्य आदेशक हुँ
कानुन,, वकिल, जज साहेब, जल्लाद र डोरी हुँ
म सर्वभक्षी सन्त्रासको संबाहक बाबा अघोरी हुँ।
म परिभाषा हुँ, को असल अनि कमसल को?
म निर्णायक हुँ, विज्ञान को औ मिथक को ?
म शासन, प्रशासन र अनुशासन अनि दुस्सासन
म आधुनिक ब्रम्हाजीको वाक्य अनि संभाषण।
यसर्थ,
शब्दहरू, तिमीहरू मेरो खटनमा चल्नुपर्छ
आवाजहरू, मेरो आदेशले मूक वा बोल्नु पर्छ्
नियमहरू, मेरो फर्मानलाई सकारात्मक पढ्ने गर
जीवन, यो शास्वत सत्यलाई स्विकार्दै बढ्ने गर ! -सन्नाटा
सिनोमै अडकिदो रछ
सिनोमै अडकिदो रछ गिद्धहरुका आँखा
भन्किनु के अचम्म भो र फोहोरमा माखालालिगुरास नफुलेको खाली सिउदो छामी
बारुद बिझेर रोइराछ उजाड त्यो पाखा
सदभाबको बिउ थियो कि आगोको घिउ
अतिक्रमणमा चेप्पी रछ कठै! बुद्धका भाखा
बली बली आयो कि कली,छली कै ढलिमली
निर्धालाई नर्क सुनाउछ चित्रगुप्तको शाखा
चिसो चुलो धुवाउनु नधुवाउनु के भो र
हुनेकै बैबभ नहुनेलाई को भन्छ ला खा
शहिद
- मृदुलशहिद भय कसरी इतिहाँस पल्टाइ हेर
काँचुली फेरेन देशले बलिदान गयो खेर
हाँसी हाँसी शहिदले मृत्यु बरण गरे
दरिद्र सत्ताको सामु संधैं ओझेलमा परे
काँचुली फेर्नलाइ देशको जिवन भेटी दिए
अरुको सुखका लागी आफुलाइ मेटी दिए
न हटयो निरंकुस्ता यहाँ न आयो बिहानी
झन झन अलमल्लियो भबिस्यको कहानी

देश
देश
मृदुल
अन्योल देखि देशको भाग्य मन मेरो धर्किएको छ।
कहिलै नसुलमुने मर्मले छाती मेरो चर्किएको छ॥
छातीमा कुल्चि शासन गर्छन शत्तामा जो आए पनि।
निंरकुस्तले गला घोटछन जस्तो कसम खाए पनि॥
अन्धकार देखी देशको भविस्य मन मेरो धर्किएको छ।
बिहानी कहिलै नहुने पिरले छाती मेरो चर्किएको छ॥
शहिदको बलिदान गरी स्वतन्त्रता फेरी कहिलै आएन।
उत्सर्ग जति गरे पनि शान्तीले देशमा कहिलै छाएन।अन्योल देखी देशको भबिस्य मन मेरो धर्किएको छ।
कहिलै नसुलमुने मर्मले छाती मेरो चर्किएको छ॥


गनतान्त्रिक कबिता
गनतन्त्र नेपाल
- मृदुल
राजनीति नजानीकनै राजनीति गर्नेहरु………………………मुर्दाबाद!
माया भन्ने नै नबुझेर मायागर्न खोज्नेहरु……………मुर्दाबाद!
स्वतन्त्रता नबुझेर प्रजातन्त्रको वकालत गर्नेहरु………मुर्दाबाद!
नुनिलो बिनाको नुन बेच्नेहरु ………………………मुर्दाबाद!
पिरो बिनाको खुसा्रनी बेच्नेहरु……………………मुर्दाबाद!
रंगबिनाको रंग बेच्नेहरु ………………………मुर्दाबाद!
सान्तीमा असान्तीको मिसावटको गर्नेहरु ……………मुर्दाबाद!
पेट्रोलमा मट्टितेल मिसाउनेहरु……………………मुर्दाबाद!
महमा सख्खर मिसाउनेहरु……………………………॥मुर्दाबाद!
घिउमा चिउरी मिसाउनेहरु…………………………… मुर्दाबाद!
चामलमा ढुगा मिसाउनेहरु……… …………………… मुर्दाबाद!
प्रेममा धोका मिसाउनेहरु ……………………………मुर्दाबाद!
हिरामा शिसा मिसाउनेहरु……………………………मुर्दाबाद!
मोइ माग्दा कमेरो दिनेहरु…………………………मूर्दाबाद!
आगो माग्दा खरानी दिनेहरु……………………मूर्दाबाद!
फूल माग्दा काँडा दिनेहरु………………………मूर्दाबाद!
रगत दिदा मृगौला साटनेहरु…………………मूर्दाबाद!
म्वाइ खान दिंदा जिव्रो थूत्नेहरु… ……………………मूर्दाबाद!
हाद दिंदा कूइनोसम्म निल्नेहरु… ………………मूर्दाबाद!
जूका भएर चूस्नेहरु………… ……मूर्दाबाद!
सर्प भएर डस्नेहरु ……………………मूर्दाबाद!
अरु भन्दा आफुसंग धेरै धन होस भन्नेहरु……………मुर्दाबाद!
अरु भन्दा आफुसंग धेरै जमिन होस भन्नेहरु … …मुर्दाबाद!
अरु भन्दा आफुसंग धेरै सम्पती होस भन्नेहरु … …मुर्दाबाद!
अरु भन्दा आफुसंग धेरै अधिकार होस भन्नेहरु… ……मुर्दाबाद!
अरु भन्दा आफनो नाम चलोस भन्नेहरु………………मुर्दाबाद!
अरु भन्दा आफनो शत्ता टिकोस भन्नेहरु… ……………मुर्दाबाद!
अरु भन्दा आफनो हैसियत बढीहोस भन्नेहरु… मुर्दाबाद!
अरु भन्दा आफनो हैकम चलीरहोस भन्नेहरु… मुर्दाबाद
अरुलाइ दास आफुलाइ मालिक ठान्नेहरु.........मुर्दाबाद!
अरुलाइ कार्यकता्र आफुलाइ नेता ठान्नेहरु........मुर्दाबाद!
अरुलाइ तीतो आफुलाइ मिठो बाँडनेहरु … मुर्दाबाद!
माछा मिठो माछाको काडा तितो भन्नेहरु … मूर्दाबाद
देशलाइ भिषारी बनाएकोमा नै गर्व गर्नेहरु …………मुर्दाबाद
देशको भाग्यमा दरिद्र लेखाउनेहरु ……………………मुर्दाबाद
गरिवी र संकटको पराकाष्टामा पुरयाउनहरु। ………मुर्दाबाद
चेतनाको ढोका बन्द गर्नेहरु……… …………………मुर्दाबाद
मारेपछि पछुतो गर्ने राजनीतिज्ञहरु …………………मुर्दाबाद
दुखमा गोहीको आँशु झार्नेहरु………………………मुर्दाबाद
हात बाँधेर खुट्टा फुकाइदिनेहरु ……………………मुर्दाबाद
कुमारीमै आमा बनाउनेहरु ……………………… मुर्दाबाद

गजल ,बुवालाई घर सल्लाह
जपतपको बेला भो बुवा,मोह धेरै हुर्काउन हुन्न
हठ छाडे हामी चलाऊछौ घर धेरै घुर्काउन हुन्न
मिठो मसिनो सबै चपाकै हो, र्याल के लाई चुहाउनु
स्वाद बाँकी होला र हड्डिमा? आशु धेरै तुर्काउन हुन्न
पल्ला घरे दाइले उचालेको भरमा भडकिएर तेसै
आबेगमा आँफै घंटिमा लगाइ पासो सुर्काउन हुन्न
सिङौरी खेल्ल्न नि सिङ चाहिन्छ अबता अती भो
अलिकती भए नि बचेँको इज्जत बेर्थै खुर्काउन हुन्न
होशको कुरा केही हुन्न बर्बराउनथाल्नु भको छ
सुकेको जिउले थेग्दैन भार मन धेरै फुर्काउन हुन्न

गजल - धेरै साधु
धेरै साधु भए यहाँ बुद्दका आखा फुटाउनेहरु
बाटो छेकी हास्छन आमाको काख लुटाउनेहरु
दु:खका दिन सुखमा साटछु भन्दै कती आए यहाँ
मखमलको डस्ना देखाइ भुसमा सुताउनेहरु
बन्दुकले भबिष्य लेख्छ रे भनी कलम लुकाउदै
नारी हक भन्छन सिउंदोको रंग छुटाउनेहरु
पसिना माग्ने हातहरु रोइरहेछन श्रम रोप्न
पलायन भए गिदी भका,बाकी घर फुटाउनेहरु
राम राम भन्ने हराम भए रे,सुनिदैछ अचेल
जालझेलमा अलमल्लिए भरोसा जुटाउनेहरु
स्वयम्भूका आँखामा आँशु
- अशोक " खलान को मान्छे "
ड्राम्स्टाड जर्मनी
स्वयम्भूका आँखा शान्तीले लोलाएको छैन यतिबेला
स्वयम्भूका आँखाका त्राशले लोलाएको देखिन्छ यतिबेला
सत्यलाई अफिमको नशा मान्ने गिभ्रमित जमात देखी
स्वयम्भूका आँखा त्रश्त यतिबेला लाठेहरु देखी
नपत्याए हेर ति नेपाली आँखामा जो घर भएर पनि
सर्बहारा भएका छन सर्बहाराका हातबाट सबै हुँदा हुँदै पनि
जो श्रमको श्रीजनामा रमाउदा रमाउदै पनि
मी दिवश मनाउने हरुको जमातबाट खेदिएका छन लोकतन्त्रमा पनि
स्वयम्भूका आँखा त्रश्त देखिएका छन यती बेला
जिउदो मान्छे पोलियो बुद्द जन्मभुमी मा
न्याय कसले दिन सक्छ मेरो बुद्द लाई
भनु के म बन्दुक ले न्याए गर्छु भन्ने लाई
पञ्चशिलका आदर्श हरु जो पुर्खाले बनाएका थिए
सब च्यातिदै गयो निर्दई बाट जो हर जन का थिए
शिरमै टोपी लगाई सपुतहरु बर्खी बार्न बिवश छन यहाँ
अझ कती बर्ष डरको बर्खी बार्ने हो यहाँ
कलिलो दिलबहादुरको लाश माथि राजनीति मोहोर लादेर
अनी पाशविकता साथ बलराम र नन्दलाल माथि प्रहार गरेर
सुधखोरका बिल्ल भिराएका हुन क्रान्तिकारी हरु ले
न्याय क्षेत्र गोर्खामा अन्यायको बिजरोपे जालसाच
अहिलेत त्यो बिज झाङिएको व्रीक्ष भई फलदिन थालेछ
श्यामसुन्दरको रगतको साटो ४० हजार मत पाएछ
स्वयम्भूका दुई आँखामा तब त आशु देख्दै छु
बन्दुक विजय संग सँगै म सम्पूर्ण रुपले पराजित हुँदै
क्रमश घर बाट बेघर हुँदै सम्पूर्ण ईतिहासमा पूर्णबिराम लाग्दा
यति बेला मैले सम्पूर्ण देशबासी लाई साधुबाद दिन नसक्दा
प्रजातन्त्र को छिप्पिन लागेको बैश बलत्कार गर्ने हरु त
क्रान्तिकारी भिरु भईसके दिग्भ्रमित छन बुद्दहरु त
बोधिसत्व सम्पूर्ण बन्धन देखी को मुक्ती हो
स्वयम्भूका लोलाएका आँखा देख्नु बोधिसत्व खोज्नु हो
बोधिसत्व अब क्रान्तिकारी भिरुहरुको चालवाज उद्द्घोशमा खोज्नु पर्ला
बोधिसत्व क्रान्तिकारीहरु को भुमरिमा खोज्नु हो
बम पड्काउने हरु लाई शान्ती क्षेत्रको उदघोषणमा
राष्ट्रपिता बनाउने सपना सगाल्दै छन देशमा
म मेरो पिता लाई त्यो पुरानो कुर्चिबाट बन्चित गरी
बेघर गरेको निरही भएर हेर्दै छु अचम्ममा परी
यतिबेला स्वयम्भूका दुई आँखा शान्तीले लोलाएका होइनन
माकुराको फोहोर जालो टाङिएर आसुँ झरेको जस्तो देखिएको होइन ।।।
 
गीत/ गजल/ कविता दौंतरी डट कम, भाग २९ Tue, 01 Jan 2013 09:14:00 +0000

न देश, न जनता…
न देश, न जनता, केवल कमाउने सार छ ।
वृक्षा रोपण गर्नेको हातमा वनमारा झार छ ।सर्वहाराका नाईकेको सवा लाखको विस्तरा त,
कैयौं निमुखाका अझै 'कब्जा' मा घरबार छ ।नयाँ नेपाल बनाउने हामी नै हौं भन्थे तर,
हातमा अझै पनि यिनका बन्दुक र तरवार छ।हत्या, हिंसा, विष्फोट अब सामान्य झै भयो यहाँ
वाध्य छु म सोच्न, के देशमा कुनै सरकार छ? ।सुनेथेँ सडेको माछा यौटैले पोखरी नै सडाउँछ ,
यहाँ त कुहिएका माछाले तालै पुरा भरमार छ ।

गित - कस्तो होला छाती फोडी
Ram Babu Neupane
कस्तो होला छाती फोडी मुटु भित्र पस्न पाए?
आँफै लाई बिर्सिएर तिमी सँगै बस्न पाए?
गाजलु ति आँखा भरी छाल देख्छु पिरतीको
कस्तो होला ति नयन का सागर मा खस्न पाए?
उम्कन नै नसकिने जाल हो'रे माया-प्रिती
कस्तो होला तिमी सँगै मायाजाल मा फस्न पाए?
तिमी र म सँग-सँगै पिरती को डोरी बाटी
कस्तो होला त्यै डोरीले दुई मन लाई कस्न पाए?
थाहा छैन जीवन को रस-रंग कस्तो होला?
भंवरा ले फुल जस्तै तिमीलाई डस्न पाए?

मेरो आंगनमा दसैं पर्व
पुरुशोत्तम सुबेदी -बेल्जियम
पहेंलपुर हुनै थाल्यो गैरी खेतको मनशुली धान हाम्रो ।
मैन खांवो नेरा फेरा मदुस मुनी राखेका जमरा कती राम्रो ।।
पोहोर साल झैं अहिले पनि हजुर बा को हातको टिका लाउने हो ।
पाखा बारीको लिंगे पिङ् मा साथी भाई संग टिका जमरा लगाइ रमाउने हो ।।
भाई गोरे पनि घरमा भय त रमाइ रमाइ खेलिन्थ्यो होला ।
बैरी ले बेपत्ता पारेकै ४ बर्ष भयो खबर दिय त काज किरिया गरिन्थ्यो होला ।।
न त गोरे ले कुनै प्रती उत्तर दिन सक्यो उसका आफन्त हामी लाई ।
बैरी ले शरम मान्यो बताउन यथार्थता साचियो काम मलामी लाई ।।नौलो जनबादको कुरा गर्दै भाई गोरेले- थोत्रो बन्दुक मा तेल मुसार्दै भन्थ्यो ।
दसैं मा आउछु होला दाजु भर त छैन -जे होस् म नभयपनी मान्नु दसैं भन्थ्यो ।।बहिनी पनि सिंह दरवार किल्ला भित्रै को माटामुनी- बाट सराप्दै छे होली पापी हरु लाई।।
गल्ती के नै थियो र उसको अधिकार को लागि- आवाज बुलन्द गरेकी थीइ समाज लाई ।।
बैरी बैरी को भेट भयो- होला मिला पत्र पनि- आसा के नै गर्नु छ र बिकासको ।चोरै चोरको रग रगी छ देसमा अहिले -चिट्टा पर्‍यो देस लाई बिनासको ।।
न भाई गोरे न बहिनी बाटुली काग लाई बेल झैं जन गणतन्त्र अधुरो हुने भयो ।
हरेक बर्ष आउने चाड बडा दसैमा भाई बहिनी संग रमाउने आसा अधुरो रह्यो ।।

शुभकामना बिजया दशमीको
शुभकामना बिजया दशमीको
मन भरीका रहर ओठ भरी डुलुन
बसन्तको सुबास वरि परी घुलुन
जमरा झै शान्ती मौलायोस अधरमा
आशाका कोपिला सुगन्ध छरी फूलुन
तेरो मेरोको घेरो अंधेरो,अतिसारो यो
सदभाबका ज्योति बिभेद तरी झूलुन
मैलोको थैलो दुर्गन्ध,यो दैलो न त्यो दैलो
बिकारका तुष सपनामै टरी भूलुन
आस्थाका देव देवी विश्वाशमा जागा छन
कुसल मंगल तिम्रा पोल्टा भरी हुलुन
आशिष थापी निधारमा आधारको टिका
बिजय श्री तिम्रो खुशी घरी घरी फूलून
अलमलियको प्रदेसी
purushottam subedi
–beljiyam
चाड आय जस्तो लाग्छ -कता कता यो मन भित्र ।
संस्कार संग मेल खाने -छैन कतै धार्मिक मित्र ।।
बढे जस्तो लाग्छ मलाई - नास्तिक को बाहुल्यता ।
आफ्नै टाढा लाग्छ मलाई -पार्टिबाजले कता कता ।।
धर्म संग आस्था राख्ने - हिन्दू भन्न शरम मान्ने ।
कस्ता धार्मिक भेटें मैले -चाड बाड पारी रक्सी तान्ने ।।
दसैं आउछ त्यसै जान्छ -थाहै छैन के हो दसैं ।
कर्कलुको पानी जस्तो -थाइ होकी आस्थाइ बसाइ ।।
नेता हुन दौडीरहेछन -संस्क्रिती र देस बिनाको ।
सबै पराइ जस्ता लाग्छन -छैन यहाँ मन चिनेको ।।
धनको धक्कु लाउदै हिंड्ने -समयको ख्याल न गर्ने ।
१२ जना को जमात भेटे -भाइटल पोस्टकै दाबी गर्ने ।।
समाज सेवा गर्छु भन्छन -अप्सर बादको पोको बोकी ।
सिद्धान्तका कुरा गर्छन् - बनी आफै साधु होकी ।।
नेपाल देखी पुजीबादको - पोको बोकी आका सबै ।
समयको बाढि छोपी -नेतै नेता भाछन सबै ।।
बिचार सबका हुन्छन आफ्नै -मानवताको आस्था संग ।
ब्यभिचारी बढ्न थाले -आस्था सबै भता भुंङग ।।
तिथी मिती बिर्सि सके - बिर्से सबले घरबार पनि ।
हिसाब किताव गर्नु पर्दा - भांच्छन औंला गनी गनी ।।
पढाई लेखाइ सुन्य डिग्री - सिस्नाको झ्यांङ हलो ।
मुर्ख को साथ पछी लाग्दा - कस्को होला भलो ।।


दौँतरीलाई जन्म दिन र दशैँको बधाइ र शुभकामना !
ख्याल ख्यालमा नचिनेका साथीहरूसंगदौँतरीको पिर्ति कोरेको वर्ष दिन हुन थालेछ,
दौँतरीको यस पटकको पिर्ति संयोगले
दशैँको महाअष्टमीको पवित्रतामा फुलेछ


हरेक यात्राहरू , एक कमजोड पदचापबाट शुरू हुन्छन्
विशाल नदीहरू, चट्टान फोरेर निरिह निसृत बहन्छन्
तर पनि नदीको विशालता महासागरको सांक्षी छ
यात्राका पाइलाहरू अन्तरिक्षमा अनुवाद बन्छन्


कलमहरू श्वरमा अनुवाद हुँदा, निर्भिक बन्न सक्नु पर्छ
स्वतन्त्रता अनि मानवातका पक्षमा अडिग अड्नु पर्छ
निरंकूशताको गन्धे प्रदषणको नाडी छाम्न सक्नु पर्छ
छल-कपट र बैमानी चालहरूको पद आहट चिन्नु पर्छ


आक्रान्त छौँ हामी , ढोंगी बुद्दको आवरणमा युद्द बोकेकाहरू संग
नक्कली मसिहाको आवरणमा हिंसाको खेती गर्नेहरू संग
जनताको नाममा जनतालाई जन्तु भएको ठान्नेहरूसंगमेरो लागि केही गरेको दावामा केवल आफ्नो भण्डार भर्नेहरूसंग


इतिहास सांक्षी छ , कोकोहोलो लगाउनेहरूको भीड हामीले देखेका छौँ
आँफ्ना सबै सुकर्म अनि अरू सबै कुकर्मको रट पटक पटक पढेका छौँ
उनकै पछि हिँड्नेहरू जनता हुन् , अरू सबै पराइ भएपछि,
आफ्ना र अरूको भेदमा हामी जनताको सदैव भएकै हो दूर्गति

झूट र भ्रमको यो बाली इतिहासका गराहरूमा सदैव फस्टाएको छ
अतितभन्दा हिजो र आजमा यो प्रवृत्ति झ्याङ्गिँदै झन मौलाएको छअत: निरन्तर गोल पोष्टतर्फ मिल्क्याइँदो भकुण्डो हामी बनाइएका छौँ
अन्धकारमा अनुहार आँकलनको यो विडम्बनामा उल्लू जो बनाइएका छौँ


हे कलमहरू , अन्धकारको यो भ्रममय पर्दाको विन्यास गर्ने बेला आएको छ
अनुहार र दावाहरूमा भन्दा नियत त उद्देश्यको तस्वीर खिच्ने बेला आएको छ
शुरुवात त कहीँबाट हनैपर्छ, त्यो म आँफैबाट प्रस्थापन आज प्रस्थापन गर्नुपर्छ
अक्षर अक्षर अभिव्यक्तिको 'दौँतरी' बनेर श्‍वरको खेतीमा कलमको उद्‍घोष छर्नुपर्छ।



जय दौँतरी ! जय दशैँ ! जय होस् मित्रहरूको !
-एकलव्य
गजल - दशै
दौतरीका दौतरीहरुलाई बिजया दशमीको मंगलमय शुभकामना
सहित यो दशैको गजल पेश गरेको छु
रातो अक्षतामा निरहको रगत नहोस
दिगो कामना शान्तिको,अब फगत नहोस
पाबन क्षण,माहान पर्ब ,उल्लास र हर्ष
दशै भोग्दा दशाको लामो लगत नहोस
राम या राबण ,सुर या असुर चिन्छ को
आस्थाको पूजारी बकुला भगत नहोस
सबका ओठमा उषाको कान्ती छायो भन्थे
निरह रगतले पोतिने जगत नहोस
मन फुकाई देको सुका आठना लाख हुन्छ
दान दक्षिणामा फिरौतिको नगत नहोस
यसपाली दशैं छैन!
परार् पाखो बेचेर खसी किनेथ्यो भञ्ज्याङे काइलाले,
खसी काटेर बर्ष दिनको खुशी मनाउन्न काइदाले,
अष्टमी को दिन थियो,
पूजा सक्याएर,
भूजा ज्युनार गरेर,
आँगनै भरी फुलेका,
हास्न भुलेका ,
नाती नातीनी संग खेल्दै,
जीवनको उत्तरार्ध पनि भुल्दै,
काइला रम्दै थिए,
काइला जिम्दै थिए।
साँझ नपर्दै रात आयो,
अज्ञात कुनै हात आयो,
धेरै बर्ष पछीको खुशी,
धेरै दु:खले किनेको खसी,
चन्दा धन्दा गर्नेले,
दण्डा देखाउदै मागे,
काइलाले खुशी फर्काउन मानेन,
खसी दिन चाहेन।
खसी के काट्नु पाउनु?
काइला आँफै काटिए ।
यसरी दशैंदशासंग साटिए ।
त्यसैले कान्छा,
यस्पाली टिकेस नकाटेस,
दसैं उतै मनाएस्,
टिका उतै लगाएस
गाम मा दशैं छैन,
यता टिका पनि,
जमरा पनि,
न लागा भन्ने उर्दी जारी हुन बेर छैन,
बिना वर्दी भारी हुन बेर छैन।
मान्छे को मोल भन्दा
पशु को मोल ज्यादा भएको देशमा,
पशु काट्न मनाही छ,
खसी संग खुशी साट्न मनाही छ।

गजल - भरिएको थिए
भरिएको थिए पोखिदा भने शर्मको कुरा
संस्कृतिले प्रकृति खुद्दा भने धर्मको कुरा
लिङिय सिमाको हदबन्दीमा थुनी दिए
देव र दासिको भेदलाई भने कर्मको कुरा
कर,भर,डर,रहर के थियो खोलिए
मुख लुकाए रे आफ्नाले भने मर्मको कुरा
छनौट बनौटको कुरामा कालो छाला आयो
अर्थोक त ठीक थियो रे भने चर्मको कुरा
कसैले भोज भने,कसैले मोज ,कसैले बोझ
मेलापात सरी खनिए भने पर्मको कुरा
.देखेँ-२
आँफै बोक्सी हुनेहरू , धामी बन्न खोज्दा रैछनएउटा हातमा खूँडा बोकी , 'शान्ति' भजन गा'को देखेँजनतालाई मार्नेहरू , मसिहाको चोगा लगाईलुम्बिनीको गुम्बाभित्र 'माने पेमे' गा'को देखेँमुलुकलाई ध्वंस पार्नेहरू जतासुकै भिडन्तमानया नेपाल? रणमैदान यता-उता सबैतिर देखेँजातभात, क्षेत्रवादको कुटिल आगो सल्काएरघर जलाई खरानीको जोहो खोज्ने चाल देखेँ भक्षक आँफै रक्षक बनी हसूर्ने यो चाल देखेँबिजोगको यो लोक हँसाइ उदेक लाग्दो लाज देखेँ राजघाटको समाधीमा फूलको माला चढाएरस्वदेशको सपनलाई रगतपच्छे पार्नेहरू देखेँ ।चमत्कारको घाँसे झुप्पा अघि अघि लट्ठाएरदेशलाई निरंकूशतन्त्र तर्फ डोर्‍याएको पनि देखेँ।।


देखेँ ।
ब्वाँसोले बाघको छाला आफ्नो जिऊमा ला’को देखेँ ।घरको बाघ वनमा पुग्दा लुते स्याल भा’को देखेँ ।।‘यसो गर्छु’, ‘उसो गर्छु’ भन्थे ठूलै स्वरले तर,कुरा मात्रै गर्दा पनि जिउ नै थर्थरा’को देखेँ ।

जस्को बिरोध गरी- गरी आफू ठालू बन्न पुगे ,आज यीनले तिनकै खुट्टा समाई ढोग्नै ला’ को देखेँ ।गरिवको मसिहाको नया औतार हिजो-आज,सवा लाखको विस्तरामा सुत्न भनि गा’को देखेँ ।विस्तारवादी मुलुकसंग जोरि खेल्छु भन्ने विर, उल्टै तिन्लाई “माई-बाप” भन्दै रुँदैं गिडगिडा’को देखेँ ।


गजल - गाँसको आसमा श्वास
यो दौतरिको रचना मन पराइ दिनु हुने सबै दौतरिलाई धन्यवाद!
यहाँहरुको प्रतिकृयाको मलाई खाँचो छ। रचनाको चोरीको प्रसंगलाई गजलमा उतार्ने कोशीशगरेको छु
गाँसको आसमा श्वास गले,टिठ लाग्दो हो चोरको पनि
उर्बर हुने भए भूमी,लौ है काम लाग्दो हो फोरको पनि
गिदिमा गुदी नभए पछी टाउकोको बिर्को किन उघार्नु
बिबेक भए पशुले नि ख्याल राख्दो हो खोरको पनि
सिन्का सिन्का जोडेर लठ्ठी बनाउने होड किन हुन्छ
पन र मन जिउदै राखे,शक्ती हुँदो हो स्वोरको पनि
मच्चिन मन हुनेले पिङको झडका हैन फडका मार्नु
मक्किएको पिङमा थच्चिनु,हुन्न दोष डोरको पनि
मान सम्मान धन बैभब खोसेर पाईन्छ र कहाँ ?
आनन्द त त्यहाँ आँफै कमाई ल्याको थोरको पनि
मुर्छित शहर
अटमस्स बस्ती
तिरीमिरी बत्ती
प्रभुको अनूकम्पामा
ठांटिएर
अनी झांटिएर
चकमक्क रोशनी छाड्दै
मैनबत्तीमा सुस्ताएछ शहर।
सिरेठोमा ओठ काप्दै
हिमालमा आखा खाप्दै
नक्शा बिनाको गाउं
दिशा बिनाको ठांउ
चूक खनिएको रातमा
रुखो प्रेमिको साथमा
माया गास्न
लागेछ गाउंलाई रहर।
पुर्णे अन्धकार हुंदा
शहर तिन मुर्छा परेछ
त्सैले पो
फिस्टे खित्का छोडी हांसेछ
सिठोमा तंग्रेको गाउं
जूनसंग साउती गर्दै
सिउडीको फुल सिउरेर
जागेछ हर प्रहर।
(शहरमा लोडसेडीगंबाट अत्तालिने प्रती समर्पित)
गित - यांहा कोही भेटिएन
हस्त गौतम मृदुल
केटा -> कयौं दियोको बली चढाएंकेटी -> अन्धकार अझै मेटिएन।केटा -> देशलाइ नया गति दिनेकेटी -> यहां कोही भेटिएन॥केटा -> नौंलो त्यो बिहानीलाइ
केटी -> तुंवालोले ढाकी नै दियो।केटा -> अब त केही होला भन्दाकेटी -> मुनै दखमा जाकी दियो।केटा -> कैयौं आशाको बली चढाएंकेटी -> अन्योल अझै मेटिएन।केटा -> देशको नया भाग्य कोर्नेकेटी -> यहा कोही भेटिएन॥केटा -> शहिदका सप्ना कुल्चिएरकेटी -> छाती माथी टेकी दिए।केटा -> स्वतन्त्रताको उज्यालोलाइकेटी -> हत्केलाले छेकी दिए॥केटा -> कयौ सुखको बली चढाएंकेटी -> निरंकुस्ता नै मेटिएन।केटा -> देशमा नया आयाम थप्नेकेटी -> यहा कोही भेटिएन।
प्रबाशीको पत्र प्रियसि लाई
पुरुशोत्तम सुबेदीबेल्जियमयो पत्र पुग्ना साथ तिम्रो पत्रको प्रतिक्षामा छु म ।दर्जानुसर सबै लाई सकुसलता को कामना गर्छु म ।।सुनाइ दिनु सञ्चै छरे भनी -खबर गैरा बारी साँहिला लाई ।घांस काट्दा हात रेट्ला हंसियाले -धेरै नसम्झे तिमी मलाई ।।नासो पठाइ दिएको छु तिमी लाई मैले -आऊँदै छ १५ दिन भित्रमा ।मुरि-मुरी अगाध माया छ तिमीलाई -मेरी प्रीय सुमित्रा मा ।।देशै बेरोजगार म के को रोजगार -जोहो गर्न धौ -धौ थियो मलाई ।दलाल लाई भएको सुम्पि छोडी हिंडें-भौतारियको छु प्रबासमा मन जलाई।।
केही थाहा भयन मलाई प्रबासमा -यसरि बितरा परीन्छ भनी ।समयले काटेछ नेटो क्यारे अबत -भेटिन केही कतै पनि ।।गार्हो छ फर्काउन गैरी खेत -पच् हुने भयो औंठी तिलहरी ।टोलाउछु एकान्तमा मनै झस्किन्छ -थामिन्न आँसु कसै गरी ।।ठुला ठुला सपना ति बोकी हिंडें- थाहै भयन मलाइ पहिले त ।आफ्नै धन खर्चेर आफु बेचियको -चाल पायं बल्ल मैले त ।।बर्षऊ बिते कती बसन्त गय -सकिन खै म अझै फर्कन ।बिचरी सुमित्रा अझै पनि छे प्रतिक्षामा -कती सकेकी पर्खन ।।घर नै सुन्य गाउँ सुन्य लाग्छ- के फर्कनु अबेर भयो अब त ।चर्का चर्की गर्छन् रे सबैले गाउं तिर -हुने हो रे बिकास बिधानत ।।साथी बिर्सें गाऊ बिर्सें -बिर्सियं धर्म संस्क्रिती पनि ।पिऊछु निस्तो रक्सी क्रिस्मस मा -रमाउंछु यही हो दसैं भनी ।।आऊछ सम्झना तिहारको -सन्झिन्छु दिदी बहिनी लाई ।नास्तिकहरु को घुइचो छ जता ततै -के दोस दिऊ यहाँ कलाई ।।गर्जन छ मेरो चिनारी सगरमा था को -नेपा ली संक्रिती भनी ।थाहै छैन आफु नास्तिक भाईसकेको -चिनाऊछु हिन्दू हुँ भनी ।।कहिले म कतार दुबै छु- कहिले दक्षिण कोरिया ।धन को लोभ ले धन सिध्यायं-भयो हिना मिना -फर्किन्न अब खोरिया ।।
तिम्रो भेद

- अशोक खलान को मान्छेफ्रान्क्फर्ट , जर्मनीजीवन त भौतिक पदार्थले बनेको छआध्यात्मिक चेतनाको बिकास किन नगर्नेधर्म अफिमको नशा होइन भनेगीताको सारमा सरल जीवन किन नबिताउनेपांच तत्व भौतिक पदार्थको सुक्ष्म ज्ञान किन नलिनेसयौ एटम छन शरीर भित्र योगले तिनलाई बशमा किन नपार्नेमान्छे लाखौं जुनी पछी मात्र भइन्छ भनेमाछे को कर्तब्य धर्ती को सेवा किन अब नगर्ने
मुटु को धड्कन भन्दा तेज छ तिम्रो बिचार शक्तीत्यस्लाई सतकाममा किन नलगाउनेधर्ती का सबै मान्छे बराबर हुन भनेइश्वरका यि कृपा लाई किन छुटाउनेआउ एउटै माला मा उनिई मोहलाई अब छाडिदिउबैराग्य नयाँ जीवन को सुत्राधार अब यसैलाई अँगालौशिव सत्य विश्वास र विस्वआत्मा को स्तुती गरीप्रेम ले अविश्वास को जरा काटी सत्यको बाटो अब किन नहिंड्नेहत्या हिँसा लुट झुट छाडि अब हरी भजौजीवनको सुन्दर मुल्य सत्कर्म गरी हरी रिझाउआफ्नै दिल भित्र उनी बस्दछन दिल मा नै उनलाई खोजौमन भित्र छ मुक्ती को बाटो मन को मैलो धोई मन सफा राखौमिथ्या जगतको भेद नै मान्छे को त्यो भेद तोडनॐ को साब्दिक अर्थमा लुकेको सम्वन्ध खोज्नशिवको साब्दिक अर्थमा लुकेको अमरत्व खोज्नयही जीवन को अनन्त भेद स्विकार्दै निर्वाण खोज्नअस्तु
गजल - राप हो कि ताप
राप हो कि ताप,जे भए नि घाम भनी थापे
छानै जलाई सेकाको अन्न माम भनी थापे
मल र जलको भलले थिचिएकी गंगा
मन्दिरको किनरा पुगेछी,धाम भनी थापे
ताप्केको बिँड नतातेको कती भयो चुल्होमा
तिर्मिराको आँखा,रातो के थ्यो जाम भनी थापे
राबणका दश टाउका ,शायद एक दाउका
दश दाउका टाउका उठे, राम भनी थापे
आँफै धामी आँफै बोक्सी, डम्फुको ताल आफ्नै
भेटिले पुगेन,फिरौतीलाई काम भनी थापे
गजल - माया दीई खोस्ने
माया दीई खोस्ने भन्दा दुश्मननै जाती
सुम्सुमाएर घोप्दा रछन आफ्नैले छाती
सबका लागि उत्सब भो,मुटु चिर्ने खेल
जूनतारा निदाएछ पुर्णिमाको त्यो राती
गान्धी बोकी बुध्द बोल्ने बजार भरी कती
हासीहासी नासी दिने कस्ले चिन्छ घातीतेरो मेरोको घेरो किन बनायौ तेडोमेडो
बाङगो पनि सिधा भन्ने मनै छ कि काती
मन्दिर भत्कियो मुर्ती बेखबर कता पुगे
सुकेरै गयो आखिर पूजाको फूलपाती
गजल - बर्वाद
बाबु भट्टराई "बनबासी "
भियना , अस्ट्रिया
तिमी आवाद भयौ , म बर्वाद भए
पश्चातापको भुमरीमा सधैं जलीरहे
तिमी विभोर भयौ, विश्मातमा म परे
गन्तब्य हिन यात्राको बटुवा सरी भए
कोटी कोटी मा एक तिमी , म चैत्र को हुरी भए
साउन को भेल झै अन्धाधुन्द बगिरहे
तिमी सयलमा हुँदा , म मसानमा लडीरहे
तिम्रै झुटको जञ्झिरमा एक्लै जलीरहेमेरो लास चितामा छटपटिँदा.......................
-Anjan Banbasi ( joint base balad, Iraq)
तिमी खुशीभइ हिँडनु, मलाई बाँसको डोली चढाउँदा !
तिमी गर्व गरी हाँस्नु, मेरो सवयात्रा अगाडि बढाउँदा !!
मेरो शुभकामना छ तिमीलाई, तिमी खुशीसँग बाँच !
अतित त सबैको हुन्छ अब, तिमी नयाँ संसारमा हाँस !!
शायद कतै मबाट गल्ती भयो होला, सपना सम्झिदिनु !
तिम्रा बाचा पुरा गर्न सकिन कि, त्यसलाई सन्जोग मा लिनु !!
मेरो लासको डोली बाटो लाग्दा, तिमी सिन्दुरको खोजी गर्नु !
मेरो चितामा आगो सल्किँदा, तिमी सिन्दुरले सिउँदो भर्नु !!
मेरो लास चितामा छटपटिँदा, तिमी सुहागको पलङमा सुत्नु !
मेरो लास खरानी हुँदा, तिमी ओँठमा लाली पहिरी उठ्नु !!
मसानघाटमा धुवाँ निभ्दा, तिमी नयाँ लुगा लगाउनु !
तिम्रो अतित सबै खरानी हुने छ, अनी तिमी मन भरी अघाउनु !!
मेरा मलामीहरु फर्किँदा, तिमी दोबाटोमा हेरी राख्नु !
तिम्रो रोजाईको नयाँ सिन्दुर, सिउँदो भरी फेरिराख्नु !!
मेरो बारीमा मखमली नटिप्नु तिमी, फूलेर झर्नु दिनु !
म मर्दैमा के जान्छ र ! मलाई मर्न दिनु !!
तिम्रो संसार छदैछ नि ——–फूली झर्नुदिनु 
गीत/ गजल/ कविता दौंतरी डट कम, भाग २८ Tue, 01 Jan 2013 09:10:00 +0000

कबिता -मेरो अपिल पाठकलाई
आचार्य प्रभा
मेरो अर्थमा सबै कुरा सहि नहुन सक्छन
यदी उसो हो भने पनि,
म पक्कै नकारात्मक सोँचहरु त
बाँड्न चाहन्न,
तर ---हुन सक्छन
भावनाहरु कसैको पनि
बिचार सँग मेल नखान सक्छ
वा ---अर्थको अनर्थ हुन सक्छ
साँचै त्यस्तै तारतम्य मिल्न गएमा
मेरो श्रीजना यदी कसैलेअद्ध्यन गर्छ भने
सबै मेरो बिचार सँग सहमत् हुन जरुरी छैन /
पक्कै पनि 'ऊ'मेरालागी
असल समिक्षक बन्न सक्छ
जस्ले ---मेरो बिचार को कमिलाई
असल भावनाको कसी लगाएर
पुर्णता गरिदिन्छ
अनी ---जस्ले मेरो श्रीजनाको कमीकम्जोरिलाई
औल्याएर सहि न्याय दिन सक्छ
हो त्यस्तै पाठकको पर्खाइमा
मेरा श्रीजनाहरु प्रतिक्षित छन
हो त्यसतै कम्जोरिको ढाड भाँच्ने
समिक्षकको अभावमा मेरा भावनाहरु
अलपत्र छन
त्यसैले म अपिल गर्दछु
म प्रसङ्शाको भोको छुइन
सहि,सत्य गालीको आशामा छु
न कि ---श्रीजनाको अर्थ बुझ्ने प्रयास नगरि
बेअर्थको प्रतिक्रीया पाउने अभिलाषामा /
(अमेरिका )
विलिन व्यक्तिगत स्वतन्त्रता
किरण पौडेल,
कुबेत
हराएछन् प्रजातन्त्र, खोज्न जाने को पो होला
बिलाएछन् स्वतन्त्रता माग्न जाने काँ पो होला०७,१५,३६,४६ अझ कति कुर्ने होला
धेरै पटक भुंग्रो भईयो अझ कति जल्ने होलाकति मरे, कति परे कसैसंग गिन्ति छैन
शहिदको रगत पानी हुंदा चिन्ता लिने कोहि छैनशाही शासन, राणाकालीन पंचायती र बहुदलवाद
प्रजातन्त्र जनगणतन्त्र लोकतान्त्रिक गणतन्त्रको विवादयात्रा लामो गर्दा धरी उपलव्धि शुन्य भयो
अन्यौल का जनतालाई कुरा बुझ्न गाह्रो भयोयिनको चासो दुई छाक खाना एक टुक्रा कपडाको
गर्मी झरी हावा छेक्ने एक सानो झुपडीकोहोईन ठूलो आशा यिनको पर्याप्तछन् योगदान
मातृभूमि जोगाउन धेरै नै दिए बलीदानकहिले उत्तर कहिले दक्षिण सापट माग्ने हाम्रो बानी
संविधान त धेरै बने मर्म बुझ्ने कहिले हो नीपुत्र नेपालकॊ जन्मी उद्दार गर्ने कैले होला
विलिन भाको स्वतन्त्रता भोग्न पाईने कैले होला

स्वदेश र शुन्य मन
प्रभाजीका स्वदेश गित र शुन्य मन कबिता बिशेषआचार्य प्रभा , संयुक्त राज्य अमेरीका

''कविता ''-''शुन्य मन ''
यौटा शुन्य मनमनहरुको शिविरमा पस्योअनी ---आफु नितान्त एक्लिएकोअनुभव पोख्यो ,त र ---ती मनहरुले उस्लाईअर्थात त्यो शुन्यमन लाईउनिहरुको शिविरमा स्थाननदिने घोषणा गरेकिनकी ---त्यो सुन्य मनमान्छेहरुको छातीबाटनिस्किएको मन थियोअनी ती मन हरुजनवारहरुका छातीबाटनिस्किएका मनहरु थिए /शुन्य मनले प्रश्न गर्‍योआखिर ---मलाई किनतिमीहरुको साथमा राख्दैनौ ?ती मनहरुले जवाफ दिएकिनकी ---तिमीमान्छेको छातीभित्रको मन हौहामी निरीह पशुहरुका मनहरु हौ /अब तिमी नै भन ---,तिमी पनि मान्छेको छातीबाटनिस्कियौ भने झन मान्छेकोदुर्दशा के होला ?त्यसैले हाम्रो अपिलतिमी फर्क,जाउअनी सिकाउ मान्छेहरुलाईकोमलता,मनुष्यता र सर्वश्रेश्ठप्राणिको कर्तब्यअनी ---कोशिश गर फेरिमान्छेको मन लाई पशुहरुकोभन्दा अझ ब्रिहत बनाउन
''स्वदेश गीत ''
बैरी नठान आमा मलाई म त तिम्रै सन्तान हुँ निछाती तिम्रो पीडाले चर्किए मै मल्हम बन्न सक्छु नि ---जन्मियौ हामी तिम्रै कोखबाट सन्तान थरी थरी ,सजायौ सपना मिठो तिमीले हाम्रै भर पर्छु भनी---तर सकेनौ हामीले सपना सार्थक बनाउन तिम्रोपश्चतापको आगोमा जलिरैछु म अहिले ---पराइ नठान आमा मलाई म त बुढेसकालको साहारा हुँ निह्रीदय तिम्रो ब्यथाले जले मै शितल जल छर्न सक्छु नि ---एौटै हातको पाँच औंला पनि छन बेग्ला बेग्लै नैसबैको भर नभए पनि काम दिन सक्छ कुनै एकले ---त्यस्तै ठान आमा मलाई पाँच औंला मध्य एकथाम्ने प्रयास गर्नेछु म आउने बाधा अड्चन हरेक ---बैरी नठान
नखोज्नु मलाई
बिजय कुमार श्रेष्ठ, मानकाजी तामांग
(हाल ईराक)
नखोज्नु है मलाई बसन्त ऋतुको हरियालीमा,म त उजाड मरुभुमिमा हराई सकेछु ।
नसम्झिनु है मलाई कुनै खुशियालीमा,म त दुःख र आँशुको सागरमा पो डुबि सकेछु ॥
नखोज्नु है मलाई पूर्णिमाको जुनेली रातमा,म त ५५ डिग्रीको घाममा जल्न पुगेछु ।
नखोज्नु है मलाई हजारौ दुनियाँको भिडमा
म त बालुवै बालुवाको भरुभुमीमा पो पुगी सकेछु ॥ ॥
नखोज्नु है मलाई बिहानीको सुस्तरी पवनमाम त समुन्द्रि आँधिमा बडारीन पो पुगी सकेछु ।
नखोज्नु है मलाई वरपिपलको छहारीमा,म त रुखै नभएको मरुभुमीमा पो मडारिन पुगी सकेछु ॥ ॥ ॥
नखोज्नु है मलाई जन्म भुमीको कुना कुनामा,म त गाउँ घर छाडि समुन्द्र तरि पराई बनि सकेछु ।
नखोज्नु है मलाई पहिलाको गाउँ घरको ठेगानामा,म त अब परदेशि पो भैसकेछु परदेशि पो भैसकेछु ॥ ॥ ॥ ॥
गजल - कती रछन यहाँ
कती रछन यहाँ छानोमा आगो फुक्नेहरु
माहत्मा भए रे सुने निर्धाको बाटो ढुक्नेहरु
घरको बाघ बन्को स्याल हुइया कि गर्जन
शेर को?टांग मुनी पुच्छर लुकाइ भुक्नेहरु
अर्तिले पाक्यो कान,अर्तिकै भयो हानाहान
सत्य र निष्ठा भन्छन कर्तब्यमा चुक्नेहरु
स्वछ,निर्मल,शान्त आधारको बर्णण भो रे
अर्थ्याउने तिनै थिए पिच्च पिच्च थुक्नेहरु
सापटिमा हल्लिएका हुल्का हुल टाउका
वीर भएछन कसरी? थाङनामा लुक्नेहरु

कबिता- डल्ली,पुड्की जे भए नि आमा भनेकी आमा नै हुन ''
आचार्य प्रभा
भ्रममा नपरौ कोहीठुलो देशमा गएरसानो देशलाई मानसपटलबाटनिकाल्छु भनीत्यसो ---होइन ,भौगोलिक स्वरूप सानो भएर के भो ?आखिर ---'हीरा'सानो भएपनीप्रज्वलित हुन्छ ,आफ्नी आमा ''डल्ली '',''पुड्की ''भएपनी जन्म दिने आमा नै हुन्छिनआकार भनेको त स्वरूप हो ,आफ्नोपन र सर्वगुण होइन /विश्वस्त नहौ कहिल्यै पनिद्रब्यको मुल्य उचा छ भनीठुलो देशमा दु:खलेसानो मन लिएर जब हामी'डलर','पाउन्ड ',जे नै कमाउछौतर ---हामी भित्रकोस्वाभिमान,माया ,स्नेह,साराहामीले गुमाइरहेका हुन्छौ /हो ---हामी रमाउन सक्छौअग्ला ,अग्ला गगनचुम्बी महलहरुकाउचाइ देखेरतर ---हामीले बिर्सिसकेकाहुन्छौसगरमाथा ,अन्नपूर्ण ,मकालुका अग्लाइहरु /हामी गम्किन सक्छौ महलभित्रकोबिलाशितापूर्ण जीवन भोगाइदेखीतर ---हामी बिस्थापित बन्छौआफ्नी आमाको सानो काखकोन्यानोपनको आभासदेखी /हुन सक्छ ---कहिलेकहीआफ्नो आंगन पनि बिरानो हुन्छआफ्नी आमा पनि सौतेनी झै लाग्न सक्छिनतर --- आफ्नो आँगनलाई पैतालाकोभार मात्र बोकायौ भने /अनी ---आमाको छातीलाई परेड खेल्नेमैदान मात्र ठान्यौ भने,त्यस्तै ---आफ्नी आमालाई सन्तान जन्माउनेमेसिन सरह मात्र सोच्यौ भने ,सानो काखलाई न्यानोपन दिनेकेवल ---स्वार्थी भावना मात्र राख्यौ भने /त्यसैले ---समग्रमा भन्नु पर्छ ,आकार,उचाइ ,मुल्य ,आफ्नोपनजे भने पनिहाम्रो ''भित्रीमन'' नै स्वाभिमानी हुनु पर्छआफ्नो आँगन मै सौन्दर्यको प्रतिक लालीगुरांसफूलाऊनु पर्दछ ,आफ्नी आमालाई नै ''हीरा''मा अनुवादगर्न सक्नु पर्दछ /हजारौ सन्ततिको गणनामा परेर लुछाचुडी हैनएौटै सन्तानको ''प्रतिक'' बनेरआमाको अधरमा मुस्कान छराउन सक्नु पर्दछअनि मात्र सानो देश पनि प्रज्वलित''हीरा ''बन्न सक्दछ /आफ्नी आमाको स्वरूप जे जस्तो भए पनिनिसकलंक, निर्मल साईनो बन्न सक्दछ ,अन्तमा ---देश ,आमा नै हामी सबैकोआफ्नोपन र स्वाभिमानबन्न सक्दछ /
श्रद्दान्जली स्रष्टा थापालाइ
हस्त गौतम मृदुल
एउटा तारा मुरयॊ शोकाकुल पारी।
पाइदैन दर्शन कठै गयो मायाँ मारी।
स्तब्ध पारीकन भौतिक चोला छोडयौ।
कैले भेट नहने गरी पाइलाहरु मोड्यौं।
अनयासै दुखद खबर धर्तीभरी छायो।
श्रद्दान्जली अर्पणने कस्तो बेला आयो।
एउटा फूल झर्‍यो बोटै सून्य पारी।
पाइदैन दर्शन कठै गयो माया मारी।
दिवंगत आत्मामा मिलोस चीर शान्ती।
बाँचिरहोस ह्रदयमा स्मृतिको कान्ती॥
हजारौका ति ह्रदयमा जिवन्त भै रहे।
श्र्दद्धिय स्रजक तिमी अजर अमर भए।
एउटा दियो निभ्यो अन्धकार छरी।
पाइदैन दर्शन कठै गयो माया मारी।

गीत - किन चाडै माया मार्‍यौ
आचार्य प्रभाकिन चाडै माया मार्‍‍यौ  स्वार्थी बनेरम भने सम्झी बस्छु आफ्नो भनेर ---
निष्ठुरी त होइनौ तिमी के पर्‍यो त्यस्तोलाको माया बिर्सिदिने भयौ तिमी कस्तो ---
ज्यानै पनि दिन्छु भन्थ्यौ भेट हुँदा जहिल्यैतिम्रो बाचा बिर्सिन्न म जूनिभरी कहिल्यै ---
किन मलाई भुली दियौ छल गरेरम भने बाँची रैछु तिम्रै भर परेर ---(अमेरिका )


नया इतिहांस लेख्न नपाइ
ह्स्त गौतम मृदुल
बिहानी तारा अस्ताइ गयो उज्यालो पनि देख्नै नपाइ।
शहिद्को सप्ना ओझेल परयॊ नयाँ इतिहाँस् लेख्नै नपाइ॥
लोकतन्त्रको जग् हाल्दा हाल्दै आँधीले सबै भत्काइ दियो।
निरंकुस अध्यारोमा जाकेर सधैलाइ नै थच्काइ दियो॥
अन्गिन्ती आशाका फुलहरु फर्कनै नपाइ मुर्न थाले॥
शान्तीको स्वास फेर्नै नपाइ फेरी पनि जन्ता मर्न थाले॥
हक हित अधिकार खोस्यो स्वतन्त्रता कुनै भोग्नै नपाइ।
शहिद्को सप्ना ओझेल परयॊ नयाँ इतिहाँस् लेख्नै नपाइ॥
सतीको श्र्राप परेर होकी कहिलै माथी उठ्न सकेन।
निहित् स्वार्थको परिधि नाघी आफै भित्र जुट्न सकेन॥
उज्यालोको कठोर् प्रतिक्षामा जिन्दगी अब थाकी सक्यो।
सर्वभौमको बिहानीलाइ कालो बादलले ढाकी सक्यो॥
खिचातानी मै अल्झिय नेता अराजकत्ता छेक्नै नपाइ।
शहिद्को सप्ना ओजेलमा परयॊ नयाँ इतिहाँस् लेख्नै नपाइ॥


देबकोटालाई बिन्ती पत्र
देबकोटाको जन्मदिबस बिती सके पनि यहाँ कोलोराडोमा भने
आईतवार मनाउने भएकोले एउटा कबिता कोरेको छु ,
देबकोटालाई बिन्ती पत्रआदर्णिय गुरु देबकोटा ,जदौ !
मनभरी देश दु:खी रैछ आराम छु भनु कसरी
छातीभरी माटो रोइ रहेछ आनन्द छु भनु कसरी
बरु ,
कट्कट्टिएको रगतको छिटामा
आंसुको थोपा घोली ,यो पत्र लेखी राछु
अनगिन्ती अनुउत्तरित प्रश्नहरु,
यो पत्रमा सोधि रहेछु
ब्रुजुकहरु उपबुज्रुक भएको ठाउँमा
अन्योल र संत्रास निबारणको ,उपाय मागी रहेछु
आशा छ मलाई न्याय गर्नु हुनेछ
दिल र जातको समायोजना हुन्छ कसरी ?
धन र मनको मिलन हुन्छ कसरी ?
हुलहुल टाउकाहरु बिचरामा बिचलन भ'का हुन कि
गूदी सकिएर रन्थनिएका हुन कि
जातिय भेदको नारामा भुल्लिन्छन टाउकाहरु
राजनीतिमा झुत्त्तिन्छन टाउकाहरु
हुलहरु मोर्चा भए ,हुलहरु संघ भए ,हुलहरु संघठन भए
हुलहरु तराइ भए ,हुलहरु पहाड भए ,हुलहरु शहर भए
हुलहरु जज्लपा भए ,सबेरो भए ,खै के के भए
तर
हुलहरु कहिले नेपाली भएनन किन ?
हुलहरु कहिले नेपाल भएनन किन?
शायद ,
बिचराकै अनिकाल परेको हो कि
सोचकै खडेरी परेको हो कि
बिखल्बन्धमा परेको छु म त
हजुर जस्तो ,
नोकोटिनको सर्कामा बिचारको मुस्लो उडाउन सकेन
चुरोटको बट्टा, भित्ता कतै, कसैले सोच खोप्न सकेन
बरु ,
जिलेटिनको धुँवामा बारुदको कथा लेखे
बुद्धको कांखमा बाँझलाई शरण दे
छटपटाएर शान्ती रुदा
फट्फटाएर परेबा रुदा
टाउका टाउकाहरु शर ताजको सतरंज खेले
किन ?
किन?
घरदेशका नंग्रा परदेशमा पलायन छन
आफ्नै घरगाउका बाटाहरु बिराना छन
सांध सिमानामा पनि चन्द्र सुर्य लत्रिएका छन
बांकी बचेँको सगरमाथाको टोपी पनि
लाजले झुकेर कोशीमा बगेको छ
स्वाभिमानको टाल्नै नसकिने भ्वाग परेको छ
किन ?
सबाल मात्र उठाउने म पनि लांछी छु शायद
यसैले उडी चन्द्र छुने लक्षय लिन सकिन
आफ्नै माटोलाई अन्याय गरी पसिना बेची रहेछु
आफ्नै टोपी लुकाएर आँफैलाई साटिरहेछु
थाहा छैन,भडकिएको हुँ कि भडकाईएको हुँ
आफ्यानऐ भेष भुषा भुलेर उधारोमा बाँचिरहेछु म
तेसैले ,
म जस्ता कायरहरुको बुद्धिको बिर्को खोल्न
भडकिएको टाउकोमा गिदी भर्न
हजुरलाई बिन्ती गर्छु
एक चोटि फेरी आँखा उघारी हेर्नु पर्‍यो
फेरी एउटा अर्को जन्म लिनु पर्‍यो
बरु सकिन्छ भने साथमा
हजारौं दुर्योधन र दुशासनलाई सुधार्न
एउटा बिदुर लिएर आउनु पर्‍यो
हजारौं राबण र कुम्भकर्णलाई बुँझ्याउन
एउटा राम लिएर आउनु पर्‍यो
किनकी ,
यहाँ धेरै रहरहरु बाँझो छ
र धेरै बिबेकको खाँचो छ
फेरी दिल र जातको समायोजन पनि त गर्नु छ
सांग र सिस्नोको आनन्दिको बयान पनि त कोर्नु छ
मन र पनलाई पनि त गाँस्नु छ
तेसैले मेरो बिन्ती ,.
एउटा मुनामदन फेरी कोर्न आउनोस
एउटा नयाँ सोच फेरी फोर्न आउनोस
जहाँ सुनको थैला भन्दा आनन्दी मनको आकार होस्
जहाँ मुर्ती र मन्दिर भन्दा श्रम र शिपको आधार होस
घात र प्रतिघातको हाट भन्दा सदभाबको चाँदर होस्
हजुरको आग्याकारी चेलो
बर्जस्वाँठ
एक टुक्रा
:हस्त गौतम मृदुल
पत्ता फेरिए पनि डाली उही छ।हात फेरिए पनि ताली उही छ।ब्याक्ति फेरिए नी चाल उही छ।अग्रगामी कदमको ताल उही छ।नेताहरु फेरिए नी गती उही छ।जनबादी नेत्रित्वको मति उही छ।
इतिहासको जन्म
आचार्य प्रभा
नयाँ इतिहास जन्म दिनेहरु हो
सारा संसारलाई चकित गरी
नयाँ जन्म लिएकाछौ ,
त्यसैले ---जन्मेको सारलाई
सार्थक गर्न तिमीहरुले
नयाँ पालुवाको श्रीजना
गर्नुपर्छ /
नयाँ बिहानिको ढोका
उघार्नु पर्छ
जुन बिहानिको प्रतिक्षामा
सारा मन ,मस्तिष्कहरु
अध्यारोमा काला रातहरु
भोगिरहेका थिए /
अब ---तिमिहरु संसारकै
पाले अनी रक्षक भएर
जन्मेकाछौ
त्यसैले उत्साहित बन
अध्यारो कोठामा उज्यालो छर्न
अनी ---दर्हिलो रक्षक बन्न
अनी मात्र ,
तिम्रो आगमनले प्रतिक्षित मनहरु
प्रफ्फुल्लित हुनेछन /
देखाइ देउ नयाँ इतिहासको
पानाहरुमा स्वर्ण अक्षरहरुले
इतिहास भनेको रङ,जाती,भेद ,
धनी,गरीब को संघर्ष मात्र होइन
समानता र सहजता को पनि
लेखिनु पर्छ /
संसारभरी शान्ती र सद्भभावनाको
दियो बल्नु पर्छ भनेर/
(अमेरिका )
(समर्पित जो ,जो नयाँ इतिहास कोर्न आगमन गरिरहेका छन उनिहरुमा )
रचना ११ -०४ -००८-( ८ बजे साँझ मंगलवार )


कबिता- सपना
बिजय कुमार श्रेष्ठ(हाल ईराक)

हजारौं सपनाहरुको मेलहाम्रो आर्दशमैले उनेको सपनाबगैचाहरुमा छरेको सपनात्यसै टुकि्रंदैन आमायस सपनासंग गाथा छ
तिमै्र आंशु रगत र पसिना छतिम्रै लाम्टो चुसेर ठड्याएको सपनातिम्रो आशा र भरोसाकेन्द्रयो सपना महान क्रान्ति सपना होरगतको सपना निलो शान्तिसंग सौदा गर्दैनक्रान्तिकारी आर्दश ठुले बडेसंग सम्झौता गर्दैनहो आमा सपनाले कहिलेकािहं कोल्टे फेर्छसिधा र सपाट सपनाअहं यो त कल्पना मात्र होयो त घुम्ती मोड हुंदै लक्ष्यमा पुग्छज्युंदै छ सपनायो चित्कारहरुको सपनायो भरियाहरुको सपनाचौतारीभित्र बस्दान्याउलिहरुले दिएको सपनाहो आमाहाम्रो बचनबद्धता खुकुलो छैनकति त सपना मर्यो भनेर आत्तिन्छन अनि मातिन्छनयो सुन्दर सपनाबिरोधीकुनै भोजमा मस्त होलानमात्र रुप फेरिएको होसपना कहां फेरिन्छ रमुल्य मान्यता कहां टुकि्रन्छ रचाउरी अनुहारले दिएको आशिकटुहुराहरुको सपनायो त संधै फुलिरहन्छहो आमा मैले गमलाहरुमा सजाइरहेकी छुमलजल पनि त गरिरहेकी छुयो सपना निभ्दैनहुरी बताससंग म लडिरहेकी छु
सधै उकाली चड्छु
दिलिप योन्जन
झर्न माया पाउछु भन्दा
एक्लो हुन पुगे।
सबको माया पाउछु भन्दा
एक्लो हुन पुगे।
आफ्नै माया पराई भयो
कस्लाई भनु मैले
सधै साथ पाउछु भन्दा
एक्लो भए ऐले।
कस्लाई साथ मागु मैले
सबै उस्तै लाग्छ
जती हाँस्नु खोज्दा पनि
आफ्नै आँसु बग्छ।
बाँचु मरु दोधारमा परे
आफ्नैले लाउदा दोष
बिर्सु भनि नसा पिउदा
लाग्यो आफैलाई दसा।
हासु भन्दा रुनु पर्ने
कस्तो दैब लाग्यो
सबको माँझ हासो भए
कस्को आँखा लाग्यो।
जोरी पारी हाँस्दा खेल्दा
आफुलाई हुन्छ पिडा
सम्झि ल्याउदा अतित्का पल
हुन्छ मुटु चिरा।
जति चोट दिए पनि
लाग्छ उस्कै माया
जाहा बसे नि निस्ठुरीको
जस्तै लाग्छ छाया।
बिलाई जाने याद भए
बाच्थे हासी खुसी
बैगुनिलाइ सुख सान्ति मिलोस
गए पनि भुली।
Austin, USA

न्हू दँया भिन्तुना!!
शत्रु, पत्रु कसैको पनि हार नहोस्,
जताततै जितै जितको तिहार होस्,
धेरै बर्ष भयो खडेरिले खित्का हांसेको,
मनको बागमा बाह्रमासे बहार आओस,
अबिरल अश्रुधराले कोशी अन्तै बग्यो,
बिन्ती छ दैब फेरी अर्को दैबी प्रहार नहोस्।
यही छ भावना यही छ कामना,नेपालीजनमा न्हू दँया भिन्तुना।लालचको पिरामिड
आचार्य प्रभा
लालचको पिरामिड अग्लिदैगैरहेछ शायद ,कही अभिमानको,कही कुर्सिकोकही सत्ताको ,त्यसैले होला अचेलमान्छे ,मान्छेबिच नैअंानवताको होड्बाजी चली रहेछअहंकार र अभिमानको पहाड अग्लाईअरुलाई उछिन्ने क्रममामान्छे हावाको बेग झै दौडिरहेछ
त्यसैले त मान्छे ,आफ्नो सत्त्यताको आँखा चिम्लेरनेत्रहिन झै अभिनय गरिरहेछकेवल प्राप्तिको दाउमाआफुलाई बन्धकी राख्न सम्म अघी सरिरहेछमात्र---स्वरूप मानवको भिरेरअंानविय ब्यवहाँरमा आफुलाई धकेल्दैमान्छे हुनुको अहंकारमाफोस्रो सपना देखिरहेछ''मान्छे''''मानवको''उपनामबाटआफुलाई बहिस्कृत गरिरहेछ /
(अमेरिका )

कविता - मन
शेखर ढुङ्गेल
मनइच्छा अनि अनिच्छाका
सागरमा
बादलमुनिको तुवाँलोले ढाकेका
रहरहरु ओछ्याउँदै
सुस्ताइरहेको छ विक्षिप्त यो मन
उकाली-ओरालीको गोरेटोमा
अनपेक्षित झरी खेप्दा
मनको धाँजा फाटेका छन्
नौलो विहानीको आशा बोकी
पि_िल्सएको घाउ सुकाउँदै
नंग्राहरु घिसार्दै छ यो मन
जँघार यो जिन्दगीको
खहरेहरुमा
असीमित लाप्पा खेल्दै
गति र अगतिको कसीमा
निचोिरंदै
कदम-कदममा रापको
खरानी बनी
आज कतै
भांैतारिएको छ यो मन
मेरो देश
मेरो देश मेरो आत्मा
जहाँ म जाउष सधैं हुन्छ साथमा
शीतलताको विशाल हिमाल मेरै देशमा
कोमलताको उर्वर तराई मेरै देशमा
सभ्यताको पहिलो किरण उदायो मेरै देशमा
कर्मयोगीको तपोभूमि मेरै देशमा
नदी र झरनाको मधुर संगम मेरै देशमा
शान्तिदूत र आतिथ्यशिल्पी जन्मे मेरै देशमा
देवकोटा र भानुभक्तले सृजना कोर्न
सिकाएको मेरो देश
सँस्कृति र मुस्कानको अति धनी मेरो देश
जति टाढा पुगे पनि त्यति नै जजिक मातृप्रेम
जहाँ म जाउष छायाँ बनी साथै हुन्छ मेरो देश
मेरो आत्मा मेरो देश
जहाँ म जाउष साथै हुन्छ मेरो देश


किन दौडी रहेछौ ब्यर्थैमा
purushottam subedi
तिम्रो पेट भरिए पछी पनि शायद अरु सामल जम्मा गर्नु छ होला ।
राम्रै गुजारा हुँदा हुँदै पनि अग्लो तला चाहियको छ शायद तिमीलाई ।
चिन्ता तिमीलाई तिम्रै घरको मात्रै छ अरु जाउन सब भांडमा ।
बिपरित बिचार त बैरी नै ठान्छौ के तिम्रै बिचार सब ठीक हो त ?
तिम्रो गाडीका टायर बदल्न बिती सक्यो -नया घरको जग बसाउन बालुआ गिटी खसाउन बितीसक्यो । नेतालाई भन्सुन गरी छोरो अमेरिका युरोप पठाउन बिती सक्यो ।
पार्टिमा ध्यान नदिय पोस्ट धरापमा पर्ने डर पनि उत्तिकै छ तिमीलाई ।
आखिर मानवताको रुप पनि बिर्सेंउ तिमी धनको लालचमा ? तिमी धनी हुँदा
देश कता तिर जादै छ के थाहा छ तिमी लाई ? बिना शुत्रको राज्य हाँक्न
खोज्ने तिमी अब बल्ल चाल् पायौ आफ्नै घर भात्केको ? धेरै धन कमायर
मोज गर्छु भन्ने शोच हो तिम्रो आखिर तिम्रै छोरी बुहारी अपहरित हुन पुगे
कुनै जवाफ छ तिम्रो ? जुन बेला पनि ईर्स्यामा दिन गयको छ तिम्रो ।
अनुशासन को पाठ पढाउन छोडेका छेनौ अरुहरु लाई । आखिर तिमी
शान्ती को अनुभुती गरेकै छौ तैपनी । गिन्तिमा ९९ आँफै हुन खोज्छौ
अन्त्यमा आँफैलाई गिन्ती गर्न भुलेउ १०० पुग्न १ कम भयो ।मिठो त खुब चाहिने तिम्रोजिब्रो लाई तर सादा पानी उमाल्ने ढंग छैन तिम्रै । आखिर कसरी चलाऊछौ त तिम्रो यो घर? घरमा धैंसो उत्पादन गर्ने आईडिया छैन काजल को उद्योग खोल्ने तिमी कती दक्क्ष छौआफ्नो देशमा ? बरु दुनियाँ लाई केही दिन सिक । आखिर तिमी एक्लई आयका हौ र जादा पनिएक्लई हो । किन दौडी रहेछौ ब्यर्थैमा ?


कविताभित्र संसार अटेको हुन्छ
आचार्य प्रभा
(अमेरिका )
यौटा स्वछ पाना र कलमको
समागममा जन्मेको म कविता
म भित्र अक्षरहरुको खेती गरिन्छन
अनी ---समग्रमा म
भावनात्मक लहर बन्छु
त्यस लहर भित्र
ह्रृदय छुने भावना हुन्छ ,
कसैको चित्कार हुन्छ ,
पीडा हुन्छ ,बिश्व शान्तिको नारा हुन्छ /
प्रक्रीतिको सौन्द्रय बर्णन हुन्छ ,
आमाको ममत्व हुन्छ
नारीको बेदना हुन्छ
यथार्थमा ,
संसार अटेको हुन्छ /
म कवि हृदयको क्रन्दन हुन्छु
अनी हुन्छु, मनुष्यत्वको प्रतीक
राजनितीको पर्खालले पनि
मलाई छेक्न सक्दैन /
शत्रुताको भयले पनि मलाई
पलायन गर्न सक्दैन /
त्यसैले ---कबिता
गाइनेको गीत हुन सक्दछ ,
मैच्याङको डम्फु हुन सक्दछ ,
सोरठिको भाका हुन सक्दछ ,
धाननाचको ''पालाम ''हुन सक्दछ ,
दोहरिको ''लय''हुन सक्दछ
आखिर ---जे नै भए पनि
कबिता सहिद्को गाथा हुन सक्दछ ,
अस्मिता बेचिएकी चेलीको
चित्कार हुन सक्दछ ,
कबिता हर मर्मको आव्हान हुन सक्दछ ,
स्वच्छ भावनाको प्रस्फुटन हुन सक्दछ,
खाली पाना र कलमको अप्नत्वको
चिन्ह हुन सक्दछ ,
श्रीजनाको अमीट उदगार हुन सक्दछ ,
निस्वार्थ आत्माको देश प्रेमको
सकारात्मक् भावना हुन सक्दछ /


गजल - मनको पाखो बाझो
मनको पाखो बाँझो हुँदा तिमी तर्की दियौ
डुबानमा छु आज भोली फेरी दर्की दियौ
आबरणमा अबतरण दोष आफ्नै हो कि
नौनी जस्तो लागथ्यो छाती भरी चर्की दियौ
हतारमा के थियो भोक थियो कि भोग
फुको फाँको यस्तै निल्न खोज्दा सर्की दियौ
आस्थाको सहयात्रा सहज थिएन क्यारे
यात्रामा एक्लै पारी बिच बाटो फर्की दियौ
मनको दैलो मैलो भयो दिल अन्धो कस्तो
अनुरागमा दाग थेन फेरी झर्की दियौ 
गीत/ गजल/ कविता दौंतरी डट कम, भाग २७ Tue, 01 Jan 2013 09:06:00 +0000

गजल - कि छैन !!!
गोकुल बिबश ढकाल
आज पनि अखबारमा के-के पढियो, दु:खका कुरा सुनियो के-के
तर, तानाशाहको त्यो ठुलो सालीक अझै ढल्या छ कि छैन,
चौध हजार निर्दोश मारिए आफ्नै आँखा अगाडि, देखियो के-के
नयाँ संबिधानको "मीठो" फल अझै फल्या छ कि छैन,
उतिबेला पुलिसलाई ताकिएरै ढुङ्गा ठोकियो, छेकियो के-के
जनता मार्ने रमितेहरुको मन पापले भतभत जल्या छ कि छैन,
कारखानाको टायर पनि थुतेरै बालियो, अनि फालियो के-के
शहिदले श्रापले पिरोलेर कसैको दाल गल्या छ कि छैन,
हेलम्बुको स्याउ नबिकेर कुहिएको देखियो, तर खाइयो के-के
निमुखाले सहन सक्ने रासनी भाउ आज चल्या छ कि छैन,
रगत खोली बग्यो तर मेलम्चिको पानी बगेन, तिर्खाले पीइयो के-के
आजकाल त सगरमाथामा नेपाली झन्डा पनि हल्ल्या छ कि छैन !
आज अखबारमा के-के पढियो, सुनियो के-के
तानाशाहको त्यो ठुलो सालीक अझै ढल्या छ कि छैन !!!
गोर्खा, हाल: बोस्टन, १६ डिसेम्बर ०८

कबिता - ''श्रद्धान्जली शिवलाइ'
आचार्य प्रभा
हे शिव!
तिमी कुन हत्तारमा थियौ
त्यसैले जिन्दगीको अन्तिम घडीलाई निम्त्यायौ
हावाको बेग झै रफ्तारमा
बहनु पर्ने के त्यस्तो बाध्यता थियो ?
तिमी मीठो अभिष्ट पालेर
बिदेसिएका थियौ शायद ---
अमीट आकाङ्क्षा बोकेर
पर्देसिएका थियौ अवश्य ---,
तर ---कुन दैवको श्राप पर्‍यो
या तिम्रो जीवन लीलाको खेलकोसमाप्ती त्यती नै थियो
त्यसैले चडायौ जीवनदान चाडै नै इश्वरलाई /
छोटो आयुको समय
बोकेर आएछौ संसारमाझ
गयौ रुवाइ सबैलाई
बनाइ दुखित आज /
चडाउदैछौ श्रद्दान्जली तिम्री चिर आत्माको लागि
देह तिम्रो माटो भएपनी
अविश्मरणिय रहोस्
तिम्रो मुहारको आभा,कान्ती
अनी मिलोस तिम्रो आत्मालाई
सदा सदा शान्ती /
(अमेरिका) (प्रवासमा अल्पायुमा नै देह त्याग गर्नुभएका शिवलाल आचार्य लाई समर्पित)

श्रद्धान्जली वरिष्ट साहित्यकार रमेश बिकल ज्यु मा।
हस्त गौतम मृदुल
स्तब्ध पारी संधैका लागी छोडेर गैदियौ।सपनीमा पनि नभेटने गरी पराइ भैदियौ।
क्षेणिक रैछ जीवन चोला पानीको फोका झै।चटक्कै छोडी अनयासै गयौ हावाको झोका झैं।
भौतिक शरीर अचानक कठै धुवामा बिलायो।बिधिको बिधान यस्तै नै रैछ आफैमा मिलायो।सु न्य नै पारी शोकमा डु बाइ छोडेर गैदियौ।जीवनमा कैलै नभेटने गरी बिरानो भैदियौ।
शोकाकुल भै श्रृद्धाणजली श्रद्धाले चढाउदा।भाबुक छ यो दू खी मन संधालाइ गु माउदा।
अमर छ सृष्टाको नाम मर्दैन नी योगदान।प्रेरणाको स्रोत ठानी गाउने छौ जय गान।
रिक्तता कैलै नभरिने गरी छोडेर गैदियौ।दर्शण कैलै नपाउने गरी दूर्लभ भैदियौ।
क्रमभंग
(१. वसन्त गौतमजीको ब्लग र वहांबाट साझामा पोष्ट गरिएको यो सान्दर्भिक, मार्मिक रराम्रो व्यंग्य कविता यहा राखेको छु, वहांको ब्लगको लिंक दौतरीका सहयोगी ब्लगमा छ,२ नं को छोटो कविता राहुलभाइद्वारा लेखिएको हो र ३ नंको कविता शिवजीको हो । सबैसाझाबाट लिइएको हो लेखकका अनुसार कपिराइट खुला छ रे!)
१.
कमरेडले गाईलाई गधा,
बाघलाई जरायो ,
हात्तीलाई गोही र गैंडालाई खरायो भन्दिनुभयो
र कमरेडले ‘क्रमभंग’ गर्नुभयो !
अरुले दौरा-सुरुवाल-कोट-टोपी लगाऊँथे
कमरेडले सूट-टोपी लगाउनुभयो
र कमरेडले ‘क्रमभंग’ गर्नुभयो !
पहिला नाताबादमात्रै थियो देशमा
कमरेडले ‘क्रान्तिकारी नाताबाद’को आविष्कार गर्नुभयो
र कमरेडले ‘क्रमभंग’ गर्नुभयो !
अरुले साली लान्थे र ‘टाइप’ गराउँथे
कमरेडले छोरो लानुभयो र ‘टाइप’ गराउनुभयो
र कमरेडले ‘क्रमभंग’ गर्नुभयो !
पहिला अरु हुन्थे मालपोत-यातायात-अदालतमा
अहिले कमरेडले आफ्नापनि हुल्दिनुभयो
र कमरेडले क्रमभंग गर्नुभयो !
जनयुध्द हुँदा ‘सफाया’ गर्नुहुन्थ्यो कमरेडले
आज जनयुध्द नभएपनि ‘सफाया’ गर्दिनुभयो
र कमरेडले ‘क्रमभंग’ गर्नुभयो !
कमरेडले हिजो पत्रिका जलाउनुहुन्थ्यो
कमरेडले आजपनि पत्रिका जलाउनुभयो
र कमरेडले ‘क्रमभंग’ गर्नुभयो !
पहिला बाढी आऊँदा अरुले हेलिकप्टर चढ्थे
अहिले कमरेड आफैंले चढ्नुभयो
र कमरेडले ‘क्रमभंग’ गर्नुभयो !
कमरेड विदेश गएर "पूच्छर झिक्छु!" भन्नुभयो
र स्वदेश आएर "पूच्छर थप्छु!" भन्नुभयो
र कमरेडले ‘क्रमभंग’ गर्नुभयो !
पहिला अरुलाई ‘हुतीहारा’, ‘भातमारा’ भन्नुहुन्थ्यो
आज “यो कुर्सी टेढो छ!” भन्दिनुभयो
र कमरेडले ‘क्रमभंग’ गर्नुभयो !
बन्दुक कहिले पो छोड्नुभएको छ र कमरेडले!?
तर आज “फेरि बन्दूक बोक्छु!” भन्दिनुभयो
र कमरेडले ‘क्रमभंग’ गर्नुभयो!
२.
१० मारेको लाई १० पास,
१२ मारेको लाई १२ पास
त्यो भन्दा बढी मार्ने कामरेडलाई सिधै एम ए पास
कामरेड औठा छाप दङ्ग पर्नु भयो ,
कामरेडले 'क्रमभङ्ग " गर्नु भयो।
३.
प्रधानमन्त्री बनेर संसारै घुम्नु भो
मोज पनि गर्नु भो
क्रान्तिकारी हो कि प्रधानमन्त्री हो झुकिन्छु भन्नु भो
कमरेडले अचम्मै सँग ‘क्रमभंग’ गर्नुभयो !
कैले स्वतन्त्र गणतन्त्रको
कैले एक तान्त्रिक कम्युनिष्ट शासन को नारा दिनु भो
कमरेडले अचम्मै सँग ‘क्रमभंग’ गर्नुभयो !
कैले YCL को सैनिक संरचना भङ गर्ने भन्नु भो
कैले यो त पार्टी को आवश्यक अंग हो भन्नु भो
कमरेडले अचम्मै सँग ‘क्रमभंग’ गर्नुभयो!
लुटेको सम्पत्ति फिर्ता गर्छु भन्नु भो
लुटेको सम्पत्ति सजिलै फिर्ता गर्न सकिदैन पनि भन्नु भो
कमरेडले अचम्मै सँग ‘क्रमभंग’ गर्नुभयो !
सर्बोचै पदमा बसेर बिरोध भो भन्नु भो
जनता समछ बसेर जनता समक्ष जान्छु पनि भन्नु भो
कमरेडले अचम्मै सँग ‘क्रमभंग’ गर्नुभयो!
अरु ले जनता लाई झुक्याएर चुसे
वहाँ ले त जनता लाई तर्साएर चुस्नु भो कमरेडले ‘क्रमभंग’ गर्नुभयो!
राजा ले झैं वहाँले पनि बन्दुक तेर्साउनु भो
धेरै मारिए अब कती मर्ने हुन सबै तर्सियए कमरेडले ‘क्रमभंग’ गर्नुभयो!
गरीब लाई राहत दिन्छु भन्नु भो
सबै कुराको कर बडाउनु भो
कमरेडले ‘क्रमभंग’ गर्नुभयो!
स्वतन्त्र अर्थतन्त्रको नारा दिनु भो
मज्दुर बिबाद उठाएर उद्योग धन्दा बन्द गर्नु भो
कमरेडले ‘क्रमभंग’ गर्नुभयो!
हामी चमत्कार गर्छौ भन्नु भो
सबै ठेक्का YCL लाई मात्रै सुम्पनु भो
कमरेडले ‘क्रमभंग’ गर्नुभयो!
सहकार्य नभयए हामीलाई भगवानले पनि बाचाउन सक्दैनन भन्नु भो
लगतै भगवानलाई म मान्दिन भन्नु भो
कमरेडले ‘क्रमभंग’ गर्नुभयो!
धम्की र हत्या आम् भयो
उन्नतीको नाममा जे गरे पनि भयो
कमरेडले ‘क्रमभंग’ गर्नुभयो!
loadshedding अब देखी हट्छ भन्नु भयो
त्यसो भनेको भोली पल्टै loadshedding बडाउनु भयो
कमरेडले ‘क्रमभंग’ गर्नुभयो!
धर्म र संस्क्रिती रुढिबादी परम्परा भन्नु भो
हाम्रो सँस्क्रिती हाम्रै हो भन्नु भो
कमरेडले ‘क्रमभंग’ गर्नुभयो!
हामी बाहेक सबै देशका दुश्मन हुन भन्नु भो
हामीलाई अर्को राष्ट्रले नै ट्रैनिङ्, सहयोग तथा संरक्षण दिए भन्नु भयो
कमरेडले ‘क्रमभंग’ गर्नुभयो!
हाम्रो बिचारका बीरोधि हाम्रो दुश्मन हुन मास्नु पर्छ भन्नु भो
प्रजातन्त्रिक गणतन्त्र का हामी पक्षधर हौं भन्नु भो
कमरेडले ‘क्रमभंग’ गर्नुभयो!

कायरता किन बनि दियौं
बिजयकुमार श्रेष्ठ, धादिङ्गकटुन्जे (हाल ईराक)

परिवर्तनको ठुलो योजना बनाएर जंगल पसेका थियौं१२ वर्षसम्म डर लाग्दो र कठोरताको लडाई लड्यौंएक ढिका नून देखि देशको विशाल ढुकुटी लुटि लियौंशान्त र सुन्दर नगरिमा भय र त्रासको वातावरण बनाई दियौं ॥कलम चलाउने हातहरुलाई बम र बन्दुक थमाई दियौंनयाँ सृजना त कता हो कता, भएका पनि भत्काई दियौत्रास र भयको वातावरण बनाएर जनतालाई दु ख दियौपरिवर्तनको कल्पना देखाएर जनतासँग भोट लुटि लियौ ॥ ॥शान्ति छाउने आशा गर्दै देशको उच्च पदभार ग्रहण गरि लियौपदभारको ग्रहण पछि बमको छर्राको आवाज सरि गर्जिएका थियौंबन्दुकको तसा्रईमा चलाएको शासन सरि थर्काई लिएका थियौंदेशलाई सिङ्गापुर बनाएर देखाई दिन्छु भन्ने बाचा दिएका थियौं ॥ ॥गर्जाई र गराईको फरक बिचमा भएको ठुलो अन्तर अहिले पायौंआफुले दिएको बाचा पुरा गर्न नसकी छिट्टै हतास किन भयौंआफुसँग भएको वनवासी तपस्याको आट साहास कता गुमाई दियौंअत्तालिएर सत्ता नै छाडि दिन्छु भनि कायर लाचारी किन देखाई दियौं ॥ ॥फेरि पनि जनतालाई बन्दुक बोकाउने आश्वासन किन दियौंबन्दुकको निती भन्दा बुद्धिको नितीलाई उच्च ठान्ने गरि दियौंनेपाली भुमीलाई स्वाच्छ शान्ति सुरक्षाको अनुभुति दिलाई दियौंस्वातन्त्रसँग बाँच्न पाउने मौलीक हक अधिकार सृजना गराई दियौं ॥ ॥
सहमति !
शिव प्रकाशसहमति !सहमतिका लागिसहमतिबाट सहमति शुरु हुन्छर, सहमतिका लागि सहमति बन्छसहमति पछिसहमति तोड्ने अर्को सहमति हुन्छ ।सहमति !एउटा निरन्तर क्रम होर, सहमतिएउटा निरन्तर भ्रम पनि हो !
सहमति !सरकार बनाउन चाहिन्छसरकार चलाउन चाहिन्छसरकार बचाउन चाहिन्छसरकार गिराउन पनि चाहिन्छर सहमति,सहबासका लागि पनि चाहिन्छ ।सहमति !क्रान्तिका लागि हुन्छशान्तिका लागि हुन्छर सहमति,स्वार्थका लागि पनि हुन्छ ।सहमति !साधु-साधुबीच हुन्छचोर-चोरबीच हुन्छर सहमति,साधु र चोरबीच पनि हुन्छ ।सहमति !नेता-नेताबीच हुन्छवेश्या-वेश्याबीच हुन्छर सहमति,वेश्या र महात्माबीच पनि हुन्छ ।सहमति !महलहरुमा हुन्छसिंहदरबारहरुमा हुन्छदरबारहरुमा हुन्छर सहमति,वेश्याबजारहरुमा पनि हुन्छ ।चलेको छ -मान्छे, संसार र समय,सँस्कार र सहबाससम्पूर्ण सहमतिमा !
(हरैंचा, मोरङ । हाल - बोस्टन, अमेरिका)
गजल - घुस र अख्तियार

सुमन बगालेआबुँ खैरेनी ५ ढकलटार तनहुँ (हाल इराक )

घरै जान्न म जहिलेपनि श्रीमतिको गनगनीबोल्छे झर्की हेर्छे तर्कि रिसले घुम्छे भनभनी
मेरोपनि त्यस्तै हून्थ्यो अहिले भाएको छ शान्तचुपचाप हुन्छिन उनी जब गन्छु दाम खनखनी ।
दिन दिनै गन्ने दाम कहा पाउछ तिमीलेमन्त्रालयमा बसेर घुस खान्छौ कि त दनदनी ।
खान्न भन्दापनि आजभोली सुखै पाइदैन हेर साथीबोकी ल्याउछन दिन भनि झोलामा खादि टनटनी ।
अख्तियारले घेरा हाल्ला जाला मान इज्जत पनिदिए भन्दै जनताले ननिल्नु नी घुस सनसनी ।
अख्तियार र घुसको सम्बन्ध निकै गहिरो बन्दैछघुस बजाउछ ताली अख्तियार नाच्छ फनफनी ।
भन्छन घुस दिने घुस खाने दुबै देशको शत्रु हुनतर के गर्ने हजुर हो नेपाली जनता नै बेइ मानी …।

(सुमनभित्रको सुधा गजल सँग्रहबाट साभार)

गजल - नझारनु यी कहिल्यै तिमी आँशुहरु
बसन्त मोहन अधिकारी
नझारनु यी कहिल्यै तिमी आँशुहरु ।
देउ मलाई आँशु म झारी दिन्छु बरु ।
नदुखाउँनु त्यो तिर्मो टाँउको कहिल्यै
देउ तिर्मा पिडाहरु रोई दिन्छु अरु ।
यी फूलै फूलले ढाकुन् तिर्मा बाटोहरु
यो काँडा बिज्ने बाटो भरी मै यात्रा गरु ।
देखेर मिठो सपना कल्पनामा डुब्नु
यो जिउँदै जल्ने चितामा म मात्र परु ।
जन्म जन्म सम्म तिमी हाँस्दै बाँचि राख
बरु सधै भरी रोई म बसन्त मरु ।


बिजुलीले झट्का
Kiran Paudyal, Kuwait.
१९ नोभेम्वर २००८

८३ हजार मेगावाट, रहेछ क्षमता भारी०३ हजार निक्लँदैन, डिजेल समेत गरी
४८ घण्टा प्रतिहप्ता, लोडसेडिङ्ग साह्रो१३ प्रतिशत आयातले, पनि भ्याउन गाह्रो
अँध्यारोमा बच्चा बिग्रे, भविष्य अन्धकारकर्णधारै तहस-नहस, देशलाई पर्‍यो  मार
कल कारखाना ठप्प भए, उद्योग भए बन्द
बेरोजगारी उर्लेर आयो, दाजुभाई मै द्वन्द
हात्ती भयो आयात त, कमिला सरी निर्यातव्यापार भयो डामाडोल, अर्थतन्त्रमा आघात
जलश्रोतको धनी देश, डांडा पारीको जुनबचाउन आउनु पर्छ, दैविक शक्ति पुनः
कस्लाई कोस्ने कस्लाई भन्ने, केही फाईदा छैननेपालीको भाग्यै क्यार, यस्तै होला चैन

गित - बिश्वमा नेपाल
राकेश कार्की
लस् एन्जेलस्
मानचित्रमा हेर्दा लाग्छ नेपाल धेरै सानो छ
तर विश्वलाई ढाक्ने सगरमाथाको छानो छ
हामी नेपाली पौरखी र स्वाभिमानी सधैं छौं
हराउंदैनौं अब कहिल्यै मुलधारको बाटो लाग्छौं
सहयोग भलाई सद्विचार अगाडी बढ्ने मुलमंत्र
गर्दैनौं भुल अब है सिर्जन्छौं खुशीको लोकतंत्र
सत्य अहिंसा शान्तिको हाम्रै भुमी हो मुहान
अपार शक्ति हामीमा बनाउंछौं विश्व नै महान
गित - याहां कोही भेटिएन
हस्त गौतम म्रिदुल
कयौं दियोको बली चढाएं अन्ध्यारो नै मेटियन।
देशलाइ नयां गति दिने यहां कोही भेटिएन॥
यावत ति दु ख दर्दहरु मुन मुन पो बल्झिए।
स्वाभीमानमा चोट पु रयाइ स्वार्थमै अल्झिए।
राष्टीय स्वरुप फेरिएन फेरिया केवल बिधिहरु।
संधै ओमुेलमा परि रहे अमल्य तिनै निधिहरु
कयौं आशाको बली चढाएं अन्योल नै मेटिएन।
देशको नयां खाका कोर्ने यहां कोही भेटिएन॥
शहिदका सप्ना कुल्चिय जनताको चाहाना टुटे।स्वतन्त्रताको उज्यालोलाइ आपसमा मिलि लुटे।
आखिर कोही रहेनछन आमाको नै आशु पु छने।
निहित स्वार्थलाइ त्यागेर यो देशको मर्म बु मु्ने।
कयौ सुखको बली चढाएं ज्यादती नै मेटियन।
देशमा नयां आयाम थप्ने यहां कोही भेटिए

गजल - मेरो मनलाई तड्पाइ
आचार्य प्रभा ,
संयुक्त राज्य अमेरीका
मेरो मनलाई तड्पाइ तिमीले छली गयौ
मलबिनाको बिरुवाझै ,रुखो बनाइ ढलिगयौ ।
बस्छु भन्थ्यौ मेरो मनमा जीवनभरी म सँगै
थाहा नदि सुटुक्क, एक्लो बनाइ चलिगयौ ।
बसन्तको पालुवा झै हाम्रो माया हुन्छ भन्थ्यौ
त र किन खडेरी भै उजाड बनी जली गयौ ।
अटल, अजर राख्छु भन्थ्यौ पिरतिको कथालाई
तर हिउंको पहाड झै छणभर मै गली गयौ ।
गजल - कहिले भुल्याछैन
बिजयकुमार श्रेष्ठ
धादिङ्गकटुन्जे ,हाल ईराक०
दौतरी तिमीले दिएको उपहार मैले कतै फाल्या छैन
फाटिएको मुटु अझै पनि मैले टाढा बना छैन ॥
तिमीले जे जे सोचे पनि मनमा पाप पाल्या छैन
बगैचाका भमरा झै अन्त मन चाल्या छैन ॥ ॥
जिन्दगीको पाठ सिक्न अझ धेरै बाँकि नै छ
सफलताको दिप मैले अझै पनि बाल्याछैन ॥ ॥ ॥
सौगात स्वारुप वर्णमाला दिन टाड्या छैन
कोरा कागत र निला मसि मैले छाड्या छैन ॥ ॥ ॥ ॥
बम र बारुदको भुमीमा बसे पनि तिमीलाई भुल्याछैन
तिमीलाई माया गर्ने यि मनहरु टाड्या छैन ॥ ॥ ॥ ॥ ॥
तिमीलाई सजाउन शब्दजाल रच्न छाड्या छैन
तिमीलाई बिसर्िएर टाढा बन्न खोज्या छैन ॥ ॥ ॥ ॥ ॥ ॥
तिमै्र नाममा जिवन मैले सर्मपण गरि सके
तिमीलाई छाडि मैले अन्त मन भुला छैन ॥ ॥ ॥ ॥ ॥ ॥ ॥
मित्रताको उपहारी सम्झनालाई कहिले भुल्याछैन कहिले भुल्याछैन
दौतरीलाई मैले कहिले भुल्याछैन कहिले भुल्याछैन कहिले भुल्याछैन ॥ ॥ ॥ ॥ ॥
समाप्त । । ।


कबिता - म र मेरो !!!

गोकुल बिबश ढकाल
बोस्टन, अमेरिकाडिसेम्बर ०९, ००८झुत्रिएको ओछ्यान, फाटेको कम्मल, परदेशमा मेरो सम्पत्ती
प्वाल परेको मोजा, भिजेको जुत्ता, पसिना मेरो सारथी,निब भाच्चिएको कलम, मिती सकिएको मलम, मेरो ओखतीचोइटिएको मन, नकमिने धन, सम्झाउ आँफैलाई कती ?पुरानो थाल, घुन लागेको दाल, मधेसी चामलगाई काट्ने ठाउँ को खसी, परदेशको दशी, खोइ को मलामाल ?माड् हाल्नै पर्ने मुख, नदेखिने सुख, कुन् जुनिको यो कर्म ?बनको भाखा, हिमालि काख, खोइ मेरो धर्म,
सारा चिज बिरानो, म आफै बिरानो, मेरै देश बिरानोयो मेरो जुनि दुखमै बित्यो, स्रिस्टि नै बिरानो,झुत्रिएको ओछ्यान, फाटेको कम्मल, परदेशमा मेरो सम्पत्ती !

गजल - नेपाली नानी मन पर्यो
सुमन बगालेआबुँ खैरेनी ढकलटार ५ तनहु(हाल इराक)चौतारीमा विश्राम लिदा अगी जानी मन पर्‍यो  गुन्ह्यु र चोलो लाउने नेपाली नानी मन पर्‍यो
हिस्सी छन मुहार उनको मिलेका ति दन्त लहरनिधारमा टिकी लाउने नेपाली नानी मन पर्‍यो
चुलबुले बानी उनको उसैमाथि बैंश पनिशिरमा शिरबन्दी लाउने नेपाली नानी मन पर्‍यो
मुस्कुराइरहने अनी शर्माउने पनि उनी उस्तैढुङग्री र माडबडी लाउने नेपाली नानी मन पर्‍यो
जस्तो देश उस्तै भेष कसरी पहिराउन जानेकीरुप र मायाकी खानी नेपाली नानी मन पर्‍यो

गजल - भेट्न मन लाछ मलाई
एकल प्रेम बहादुर गम्बोसरमथली ५ रसुवाहाल इराकअति हुन्छ प्रेमपिडा थाहा छ मलाईनिल्नु न ओकल्नु तिम्रो माया भाछ मलाईखोज्दा खोज्दै बिगतको मुटु बिझ्ने मायालाईपागल नै हुन्छु अब यस्तै लाछ मलाई
जब दिएँ तिमिलाइ तनमन सुम्पीएरकस्ले पो आफनो भन्न पाछ मलाईबिर्सनै नसक्ने गरी कलेजीको यो दागकस्तो दियौ याद भित्र भित्रै खा’छ मलाईजलिसकेको छु म तिमीलाइ अब के छ रनिष्ठुरी माया एक चोटि भेट्न मन लाछ मलाइ
कबिता - आफै भए दंग
कान्छा लाल तामाङ्गमकवानपुर फापरवरी-२ सित्रे दोभाननेपाल हल- ताजि इराक

अनगिन्ती सुख थियो रम्न सकिएनधोका हजार पाए पनि भुल्न सकिएनतिम्रै अघी हजार दुख पाए पनि हुन्थ्योमायालुको दुई चार शव्द सुन्न पाए हुन्थ्यो
व्यक्त गर्दै छु म आज मेरो मनको व्यथाआउने पिडी सम्झिने छन् यसलाई छोटो कथामनको व्यथा आज यहाँ यसै कोर्दै छुदुखिएको घाउ आज सबलाई देखाउदैछुसपनाको संसारमा मलाई हिडाएको रहेछआफ्नो भन्दै अंगालेर धोका दिन रहेछकति सम्म निस्ठुरी बनि हिडछौ आज तिमीचाहेर पनि अब एक कहिल्यै हुन्नौ हामीधन्यवाद त दिनै पर्छ धोका दिएकोमाआर्षिवाद त दिनै पर्छ सामुन्ने अएकोमासयौ वर्ष मेरो माया बाँचि रहोस भन्दैछोड्दौ छु म तिमीलाई आज आर्षिवाद दिदैसोच्या थिएन यस्तो धोका तिमीले दिन्छ भिनसवै सुम्पि दिएको थे आफ्नै प्राण ठानीदेखाई छाड्यौ संसारलाई आफ्नो रुपरंगतिम्रो व्यवाहार देख्द आज आफै भए दंग
गजल - तिमी फूल बनेर हेर

बसन्त मोहन अधिकारी
तिमी फूल बनेर हेर ।मेरो पिडा सहेर हेर ।

पूजाको सरदम बनीमन्दिरमा गलेर हेर ।

फक्रिएर बंगैचा बिचआफैलाई चुसेर हेर ।

बनेर सृष्टि कर्ता तिमीसुन्दरता लुछेर हेर ।

हे निष्ठुरी भमराहरु !आफ्नो रुप फेरेर हेर ।

जीवनको उमङ्ग बिचआफैलाई चुडेर हेर ।
अरुको गला सजाउनसियोमा उनिएर हेर ।

फूल जस्तै छ यो नारीकठ्ठै ! जीवनको खेर हेर।

भन राजा तिम्रो माया
सुमन बगाले,आबुँ खैरेनी ५ तनहु (हाल इराक)

भन राजा तिम्रो माया कतिदेवी देवताको शरणमा तिम्रो गाए भजन भक्तिमठ मन्दीर बाकी छैनन् नबालेका मैले बत्तिकयौ दिन कयौ रात अन्धाकारमा बिताइसकेकति कुराइ राख्छौ मलाइ अब भयो अत्तिकि माया मारीसक्यौ कि त अन्तै डेरा सार्यौ
लाग्नै छोडीसक्यो मलाइ बिश्वास भर रत्तिआजसम्म कुरेकी छु कुरी रहने छु पछिपनिअझै देउ देवी देवता मलाइ धैर्यधारण शक्तिमलाइ मात्र यस्तो हो कि ज्यानलाइ पनि हुन्छमेरो माया सय हो भन राजा तिम्रो कत्ति
गीत - नेपाल आमा

राकेश कार्की, लस् एन्जेलस्

बाटो हेर्दी हौ नेपाल आमा आँखा तानी तानीयसपाली त पक्कै छोरो घर आउँछ कि भनी

दशैँ हाम्रो महान चाड आमा तिम्रो मायाछाति भरी बिछोड पोल्छ बिदेशको छायाँ

पाखामा हामी भयौँ पर कता कता टाढाछुट्यो काख हातको टीको आफ्नो डाँडाकाँडा

रातभरी सम्झे आमा मैले दिन भरी पनिपक्कै जान्छु एकदिन त आशिक बोक्छु भनि ।।
 
गीत/ गजल/ कविता दौंतरी डट कम, भाग २६ Tue, 01 Jan 2013 09:02:00 +0000



गजल - अधर्मी पापी भन्दै
प्रबिण थापा
धादिङ, हाल इटली
आपत पर्दा जीवनमा, हतास नठाने है
काँडामाथी हिंड्नु पर्दा, खुट्टा नताने है
जन्मी हुर्की बढेको, यही सस्कारले गर्दा
चिढिएर बोल्न सक्छु, दु:ख नमाने है
प्रश्नहरु गरौला, तिमीलाई बुझ्न भनी
अबिश्वासी भनी मलाई, अर्को नछाने है
मेरै कारण कहिलेकाही, अप्ठ्यरो परे पनि
रिसाएर आँखा चिम्ली, तीर नहाने है
भबितब्य पर्न गई, एक्लै छाडे भने कतै
अधर्मी पापी भन्दै, तेलमा नझाने है

उदाङ थियो अंग हाबा....
उदाङ थियो अंग हाबा भई छिल्लिन मन लाग्योसिरिङ्ग भो यो तन तिमी सित गिल्लिन मन लाग्योमुजा मुजा गाला जिस्काउन थाले ऐनाले पनिसोह्र बर्षे जोबन पैँचो मागी चिल्लिन मन लाग्योईश्‍वरको  फुर्सदको सृजना हो कि कारीगरी होसुझ बुझ कहाँ? तिमी हेरी जिल्लिन मन लाग्योहर पल दुख्छु बरु मन्जुर भो टन्किने घाऊ निस्पर्शको लालचमा पिलो सरी पिल्लिन मन लाग्योधन दौलत शान शौकत सब छन नासवानदाईजोमा केबल तिम्रो त्यो दिललिन मन लाग्यो

साहित्यकार होईन
आचार्य प्रभा, अमेरीका
साहित्यको छात्तिमा
एउटा तस्बिर टाँस्दैमा,
भावनाका लहरहरु खाली कागजमा छर्दैमा
म साहित्यकार हुन सक्दिन
'साहित्य' त दिब्य ज्योति हो
यस्ले सारा अन्धकारलाई हटाउन सक्नुपर्दछ
नत्र ---साहित्यको औचित्य नै के रहन्छ र ?
शब्दहरुलाई बेढंगले उनेर कोर्दैमाम कबी हुन सक्दिन
यो केवल साहित्यको ''ताते ताते ''
बामे सराइ मात्र हो
यदी --- यसैलाई पूर्णता ठाने भने
म ---साहित्यको पलायनतातिर धकेलिनेछु
'कबी''कबिता'हुनुपर्दछ
'कबिता' 'कबी',
तब मात्र कबिता बन्छ
नत्र ---कबिताको अर्थ नै के हुन्छ?
यो त केवल सहि कबिहरुको
अपमान मात्र हुन जान्छ
जस्ले ---सेत्ताम्मे केश फूलाएर
कबी बन्ने प्रेरणा पाएका छन
हो ---त्यसैले म भन्छु
शब्द र भावनाको थूप्रो मात्र
साहित्य र रचना बन्न सक्दैन
कलमको दौडाइ मात्र पनि
साहित्यको पाना बन्न सक्दैन
त्यसैले---म कबी हुँइन
केवल अग्रजहरुको अनुयायी मात्र साहित्यको छात्तिमा
एउटा तस्बिर टाँस्दैमा,
भावनाका लहरहरु खाली कागजमा छर्दैमा
म साहित्यकार हुन सक्दिन
'साहित्य' त दिब्य ज्योति हो
यस्ले सारा अन्धकारलाई हटाउन सक्नुपर्दछ
नत्र ---साहित्यको औचित्य नै के रहन्छ र ?
शब्दहरुलाई बेढंगले उनेर कोर्दैमा
म कबी हुन सक्दिन
यो केवल साहित्यको ''ताते ताते ''
बामे सराइ मात्र हो
यदी --- यसैलाई पूर्णता ठाने भने
म ---साहित्यको पलायनतातिर धकेलिनेछु
'कबी''कबिता'हुनुपर्दछ
'कबिता' 'कबी',
तब मात्र कबिता बन्छ
नत्र ---कबिताको अर्थ नै के हुन्छ?
यो त केवल सहि कबिहरुको
अपमान मात्र हुन जान्छ
जस्ले ---सेत्ताम्मे केश फूलाएर
कबी बन्ने प्रेरणा पाएका छन
हो ---त्यसैले म भन्छु
शब्द र भावनाको थूप्रो मात्र
साहित्य र रचना बन्न सक्दैन
कलमको दौडाइ मात्र पनि
साहित्यको पाना बन्न सक्दैन
त्यसैले---म कबी हुँइन
केवल अग्रजहरुको अनुयायी मात्र साहित्यको छात्तिमा
एउटा तस्बिर टाँस्दैमा,
भावनाका लहरहरु खाली कागजमा छर्दैमा
म साहित्यकार हुन सक्दिन
'साहित्य' त दिब्य ज्योति हो
यस्ले सारा अन्धकारलाई हटाउन सक्नुपर्दछ
नत्र ---साहित्यको औचित्य नै के रहन्छ र ?
शब्दहरुलाई बेढंगले उनेर कोर्दैमा
म कबी हुन सक्दिन
यो केवल साहित्यको ''ताते ताते ''
बामे सराइ मात्र हो
यदी --- यसैलाई पूर्णता ठाने भने
म ---साहित्यको पलायनतातिर धकेलिनेछु
'कबी''कबिता'हुनुपर्दछ
'कबिता' 'कबी',
तब मात्र कबिता बन्छ
नत्र ---कबिताको अर्थ नै के हुन्छ?
यो त केवल सहि कबिहरुको
अपमान मात्र हुन जान्छ
जस्ले ---सेत्ताम्मे केश फूलाएर
कबी बन्ने प्रेरणा पाएका छन
हो ---त्यसैले म भन्छु
शब्द र भावनाको थूप्रो मात्र
साहित्य र रचना बन्न सक्दैन
कलमको दौडाइ मात्र पनि
साहित्यको पाना बन्न सक्दैन
त्यसैले---म कबी हुँइन
केवल अग्रजहरुको अनुयायी मात्र हुँ



शुभकामना तिमीलाई !
बिजय कुमार श्रेष्ठधादिङ्ग कटुन्जे (हाल ईराक)
शिशिरको पतझर जसरी तिमीलाइ बाई बाई भनियोबसन्तको पालुवा जसरी नयाँ वर्ष तिम्रो स्वागत गरियो
भए गरेका पुराना रिस राग बिर्सिएर नयाँ उमङ्ग भरियोनयाँ खोज र सृजनाको अनुगमनको खोजि तिर लागियो ॥शब्दको कोशेलीलॆ मायाजाल रच्दै माया फिजाउन थालियोउपहार के नै छ र सुहाउने मसँग तिमीलाई दिन लायकको
स्वर र व्यन्जन वर्णको शुभकामना तिमीलाई टक्रर्‍याइयोअमुल्य चिज सम्झि ग्रहण गरि दिनु यो गजल रुपि उपहारको ॥
नयाँ वर्ष शुभकामना तिमीलाई शान्ति र अमनचयनकोसंसार भर स्वच्छ र शान्त वातावरण बनाउने आधारको
विश्वलाई उर्जा शिल र बेरोजगार बनाउने साभारकोनयाँ वर्ष शुभकामना छ तिमीलाई नयाँ सोच र बिचारको ॥
खुशीले भरियोस मन सफलताको नयाँ बनोस कहानीनयाँ वर्षले ल्याओस सबैको जिवनमा सुनौलो विहानी
२००८ को बिदाई २००९ को आगमनको मनोकामनानयाँ बसन्तको पालुवाले सजियोस भन्ने मेरो शुभकामना ॥ ॥

गजल - तिम्रो लागि
प्रबिण थापा
धादिङ, हाल इटलीबाट
तिम्रो लागि आज एउटा गजल लेख्छु सानु
कस्ती भयो भरेराती सपनीमा देख्छु सानु
तुफ।न आओस आधी चलोस हामी दुईको गन्तब्यमा
पहाड जस्तै स्थिर भई जीवन भरी छेक्छु सानु
वाचा भयो तिमीलाई आफ्नै बनाउने
जे जे परोस यो भाग्यमा सबै थेग्छु सानु
टाढा हुन सक्दिन तिमी बिना अब एकपल
झझल्कोमा कहिलेकाही त सिरानीलाई चेप्छु सानु
शुन्य लाग्छ सारा कुरा समिपमा भइनौ भने
तिमी खुशी भए मात्र शिखर टेक्छु सानु


तड्पिएको प्रेमीको अवाज
कान्छा लाल तामाङ्ग
मकवानपुर फापरबारी-२ सिक्रे दोभान नेपाल
हाल-ताजी ईराक
मनको ढोका खोलेको थे तिमी लाई भिन
सर्बस्व सुम्पेको थे तिमीलाई आफ्नो ठानी
बिर्सी गयौ आजा तिमी मलाई एक्लो पारी
ओढाई गयौ जीन्दगीमा ठुलो काँडा घरीमनको पिडा आपैसँग लुकाई राख्ने छ
भित्रीमन जलाई जलाई आपै जिउने छु
आँसु पिउदै जीन्दगीलाई मोडमा ल्याउने छु
जिवनको अन्तिम दिनलाई गन्दै बस्ने छु
किन दियौ छोटो हाँसो जिन्दगीमा आई
दुनियालाई देखाई छाड्यौ धोका मलाई दिई
ठुलै कुरा पायो होला मलाई छाडि गई
सुखै सुख पायो होला अरु साथमा लिई
बागिएको खोला हुं मा कहिल्यै फर्किदिन
जिन्दगीको बोझलाई हेरी हहिल्यै झर्किदिन
तिमलाई भेटे बाटोमा कहिल्यै तर्किदिन
तिमले बोले सुनि बस्छु बोली फर्काकाउदिन
तिमीले त सुख छान्यौ मलाई दुखमा पारी
के नै ठुलो कुरा पायौ मलाई जीउदै मारी
ठुलै सम्मान पायो होला मलाई अपमान गरी
बाँच्न बाध्य बनाई दियौ पानी बिना माछा सरी

कबिता - पीर, चिन्ता छ मेरो यो मनमा
अनुप गुरुङ्ग
पीर, चिन्ता छ मेरो यो मनमा
बाच्नु नै पर्ने जे जस्तो भएपिन
यो जिन्दगी कस्तो मेरो
सल्केको आगोको धुवा जस्तोआशा सबै मरी सक्यो मेरो
बिरानो लाग्छ जिन्दगी मेरो
छैन कोही आशु चुहाउने
म मरॆ पछी मेरो लासमा

गजल - खोजिरहेछु
संजय भण्डारी
निर्धक्कले बाच्न पाउनु कक्ष खोजिरहेछु
उपयोगी अनी सार्थकताको पक्ष खोजिरहेछु।
निर्धारीत समयमा अपत्यारले उपभोग हुने
आबद्दित यबम समाबेसि को आशा खोजीरहेछु।
गणतान्त्रीक मुलुकमा देश परिबर्तन भइसक्यो
मानबतालाइ बुझ्ने दक्ष नेत्रित्व खोजिरहेछु।
अदभुत यो मुम्बइको फुटपातमा मा पनि
मानब भलोमा जिबनको लक्ष खोजीरहेछु।
रोमनाइज अंग्रेजीमा प्राप्त यो गजललाइ मैले नेपालीमा उतारेको छु। भाव निकै गहिरोलाग्यो, त्यसैले तान तुन पारेर नेपालीमा टाइप गरें । हुन त गजल को भाव त्यतीबुझ्दिन तर पनि नेपालीमा उतारर्न जमर्को गरें। लेखहरु पठाउदा नेपाली युनिकोडमाजिमेलमा सिधै राखेर पठाए प्रकाशन गर्न सारै सजिलो बन्दछ। - नेपालियनE
कबिता -जीवन खाता
शेखर ढुंगेल
आज धेरै दिन पछी उस्ले
पछाडि फर्की हेर्यो
कालो बादल पछ्याउदै रैछ्
दिन को उज्यालोमा रमाइरहेको उ
कालो रात ले दिन को अस्तित्व थिचेको पायो
जब उस्ले आज जीवन को खाता पल्तायो--------------------------
सन्तति को भबिस्य बनाउन गांस काटि काटी
दोउडिराखे को उ
बुडा आमा बाबु को आसुँ ले
डुबाइ सक्न आटेछ उस्लाई
बल्ल थाहा पायो आज
जब उस्ले आज जीवन को खाता पल्तायो
--------------------------
आम्दानि भन्दा धेरै रिण को भार भेछ
न त तिर्न सक्यो पुर्खा को लगानी
न त भर्न सक्यो ममतामा मा लागेको घाऊ
बुढ्योउली को सहारा बनी
बेखबर दोउडी रह्यो आकाश नै छुन्छु भनी
बाटो टाढा छुटी सकेछ
आज खाता पल्टाउदा खेरी
--------------------------भोउतारी रह्यो एता र उता
तेरो र मेरो को युध्ह भुमी
शिथिल जिर्न शरीर माथि
मृत्‍यु को कोटा परिसकेको
बल्ल चाल् पायो
जब खाता खोल्यो धेरै दिन् पछी----------------------
आज आँखा बन्द गरी
सुन्यता मा झर्न खोज्योसुस्ताएको चिसो मुटुमा
रोएका फुल का पत्ता हरु
बेखबर टाँसिएको पायो
आज फेरी खाता हेर्यो
सुन्य सुन्य र सुन्य मात्रा पायो

शुभकामना मेरी तिमीलाई
बिजयकुमार श्रेष्ठ, धादिङ्गकटुन्जे (हाल ईराक)
मेरी तिम्रो पखाईमा मेरा आँखा थाकि सकेको थियो
छिटै भेट हुने बाचा गरी दिएर विदा भएको थियौ
ति बाचा गरेको दिनलाई कुरी बसेको धेरै भएको थियो
सुर्य चन्द्रको रफतारमा तिमीलाई भेट्ने पर्खाइमा बसेका थियौ ॥
तिम्रो सम्झनामा पोहोर गाएको गितको भाखा गुन्जिरहेको थियो
तिमीलाई सिङ्गारिदिन पाउदा यो मन हर्ष र खुशिले रमाउने थियौ
तिम्रो आगमनमा सारा सन्सारको मुहारमा खुशि ल्याएकॊ थियो
रिस र रागलाई छाडेर शान्तिको बिगुल फुक्ने अशिक दिएका थियौ ॥
सधै भरि तिम्रो भजन गाउने बाचा लिएका थियो
सधै भरि तिमीलाई सिङ्गार्ने आशा राखेका थियौ
तिम्रै शक्ति र उपदेशमा ब्रम्हाण्डको सृष्टि गरिदिएका थियो
सबैलाई नयाँ सोच र जागरको सृजना गराई दिएका थियौ ॥
सबैको घरमा खुशियाली र सुख शान्ति ल्याई दिएका थियो
स्वागत छ मेरी तिमीलाई जन्म दिन मनाउन दिएका थियौ
सन्सारमा नै परिवर्तनको दियो जलाई दिएका थियो
जन्म दिनको शुभकामना हामी सबैले दिएका थियौ ॥


बिजयकुमार श्रेष्ठ, धादिङ्गकटुन्जे (हाल ईराक)
समयको पाबन्दिलाई परिसूचक ठान्दछुभुल र गल्तिको स्वीकारोक्तिलाई मान्दछु ।गल्ति गर्नुलाई नै म नयाँ सोच ठान्दछुनयाँ केहि पाउनुलाई गल्ति आवश्यक मान्दछु ॥गल्ति गरेर स्वीकार्नेलाई म महान भन्दछुगल्ति छ भनि सुधारीदिनेलाई म गुरु मान्दछु ॥धोका होईन जीवनमा विश्वास दिन जान्दछुतिरस्कार होईन जीवनमा प्रेणा ठुलो ठान्दछु ॥विश्वास र साधा जिवनलाई म गौरवशाली ठान्दछुझुट्टा र अविश्वासिको जरा नै उन्मुलन गर भन्दछु ॥सच्चासाथ दिनेको माया लगाउन र दिन पनि जान्दछुझुट्टो माया दिनेलाई सजिव होईन निर्जिव प्राणी ठान्दछु ॥ ॥
गजल:- कस्ले लायो साँद
कस्ले लायो साँद आज, भुत्ते पनि छुरा भएछकस्को आड पायो कुन्नी लुते पनि सुरा भएछखरिद बिक्रिको पसलमा के के मिलथ्यो कुन्नीसपना बेच्नेको उधोग धन्दा पनि पुरा भएछमाया हो कि दया, सदभाब भनेर जताउथेआर्का मुटु के भर थ्यो र,फेरी टुहुरा भएछबल्ल बल्ल लाँको बाली हात मुख जोर्न पनिखडेरिमै चर्को घाम,आशा जती झुरा भएछढोगी जोगी कस्ले चिन्यो,गेरु बस्त्र अस्त्र थियोदर्शन बाँडे भनी सुन्थेँ, बुद्ध पुर्ने कुरा भएछ
गजल - ढाट्यो छोराले

सुमन बगाले
आबुँ खैरेनी ५ ढकलटार तनहुँ (हाल इराक )
बेलैमा मृत्यु सित जिन्दगी साट्यो छोराले
गर्दिन भन्थ्यो रण्डी बाजी ढाट्यो छोराले ।
कलेजको निहुँ पारी घरबाट निस्कीएर
डान्सबारमा हुस्की तानी वेश्या नचायो छोराले ।
होटलपार्क बार क्याफे कुनै बाकी नराखी
दुखगरी कमाएको सम्पत्ति सकायो छोराले ।यौवनको मातले एड्सको शिकार बनी
चढदो जवानी मै ज्यान गुमायो छोराले ।
धेरै पढी लेखी नाम राख्छ होला भन्थेँ
भाएको इज्जतपनि माटोमा मिलायो छोराले ।
मरेर गएपनि बाउको नाक काट्यो छोराले
गर्दिन भन्थ्यो रण्डी बाजी ढाट्यो छोराले ।
घडी रोकिएको पुर्व संकेत
- अशोक खलान को मान्छेफ्रान्क्फर्ट , जर्मनी
रात झनै मध्यरातमा परिवर्तन हुँदैछबिहानि को आशामा सडकमा रगत बगाउनेहरुअझै जँगल भित्र गायब हुँदै छनयो औशीको लामो रात्री प्रहरसम्झु त तुवाँलोले ढाकेको दिनउज्ज्यालो निसाम्मै छैन सिर्फ उज्ज्यालोको स्तुतिमादिन झन रात जस्तै बन्दै छआशा को प्रती र किन गरीराखेका छौजनताका छोरा हरुलाई जनताले तर्साउन थाले पछीजनताका छोराहरुले नै जनतालाई भ्रममा राखेपछीविश्वासको प्रती ? किन बनायौ ?अझै नेपाली आँखा पुत्र बियोगले बर्सिन्छ भनेदिन दहाडै डकैत अपहरण हत्या बडदैछ भनेजव जब जनताका छोराहरु सार्वभौम सत्ताका डिँगा मार्छन्तब तब सार्वभौम जनता दिनदहाडै गेडिने गर्छन्डिँगा मार्ने गेडने , गेडिने सबै सबै जनतादु:ख झेल्ने आफ्ना गुमाउने , अधिकार बिहिन पनि जनताकँहा फिराद पत्र लिएर जाने अव------- चोर भन्ने ठाउँ छैन अवहाम्रो फिराद पत्र बुझाउने ठाउँ छैन अवत्यो ठाउँमा त डुकुलन्ट्ठु जनताका छोराहरु छनजनता मार्दै डकैत गर्दै खाने हरु छनदिन दहाडै अनेक उपनाम दिई लुटने हरु छनरात मध्य रात को प्रहर बड्दो छ घडी रोकिएको छअव यस्तो लाग्छ कहिले उज्ज्यालो हुँदैनपुन तियानमियान चोकको नियती नभोगी ।।घडी रोकिएको छ जनदुहाइ सुन्ने श्रीपेच संग्राहलयमा छघडी रोकिएको छ सुशासन गर्ने राजदण्ड जनताको हात मा छअव राजदण्डले होइन बन्दुक को नाल ले शासन गर्दै छत्राश बढदो छ दिन निसासी लाग्दो कठोररात काल्रात्रीमा मडारिदै बज्रदै छअनेक झुण्डहरु को समुहले कानुनी राज्यको खिल्ली उडाउदै छजतातत्तै नरसिनोले नवइदियामिनको घोषणा गर्दै छसाच्चै नै सान्ति क्षेत्रलाई नरबधशाला मा तब्दिल गर्ने हरुसत्तसिन भै सकेका छनघडी रोकीइ सकेको छनयाँ नेपालको नामले।

कमेडी गित: फूल खोज्‍ने भमरा
नरेश माङपाहाङ राई
फोक्‍स्‍टोन; वेलायत
हाल :अफ्‍गानिस्‍तान
फूल खोज्‍ने भमरा झै यता तिर आईयो
विष छर्ने साँप जस्‍तो मायालुलाई पाईयो
मोटर साईकल चढि आउदा मुस्‍कान छर्न थाल्‍यो
रित्‍तो खल्‍ती देखे पछी कसिंगर झै फाल्‍यो
भोको माया टार्न लाई यता तिर आईयो
घुर्दै सुत्‍ने सुंगुर जस्‍तो मायालुलाई पाईयो
जीउको लुगा राम्‍रो देखी फर्कि फर्कि हे-यो
पैसा भईन्‍जेल अंगालोमा सर्पले झै बे-यो
मिल्‍ने जोडि खोज्‍दै खोज्‍दै यता तिर आईयो
काठ पसेको मूला जस्‍तो मायालुलाई पाईयो
टाढा हूदा सम्‍झिएर लेख्‍नु चिठ्ठी लेखे
मायालू लाई भेट्न जांदा अर्कैसगं देखे
मनको कूरा पोखुं भन्‍दै यता तिर आईयो
दुध्‌ नदिने भैसि जस्‍तो मायालुलाई पाईयो

गजल - हाम्रो देशमा
राकेश कार्की
लस् एन्जेलस
हिर्काए, चुटे, पडकाए गोली हाम्रो देशमा
बौलाही खेले रगतको होली हाम्रो देशमा
सफाया भए नमान्ने जति मान्नेको उही गति
डरले करले बोक्नै पर्छ झोली हाम्रो देशमा
भोट पाउने जिते, नातालाई ताने, भए सरकारअझै बाँकी छन् धम्कयाउने टोली हाम्रो देशमा
संविधान लेखने कापी र कलम विदेशी हातमा
अन्योलमै छन् कति, के होला भोली हाम्रो देशमा


गजल - सबको मनमा बसिदिने रैछौ तिमी दौतरी
आचार्य प्रभा
सबको मनमा बसिदिने रैछौ तिमी दौतरीआकाश,धर्ती जोडीदिने भैछौ तिमी दौतरी।
भावनालाई बल्छी थापी सबलाई खुराक पुर्‍याउनेएकमात्र छरितो हल्कारा रहेछौ तिमी दौतरी।
संसारभरी फैलिएर सबलाई खुशी बनाउनेमनोरन्जनको प्रतिक झैछौ तिमी दौतरी।
जब खोल्छु तिम्रो पन्ना मनै प्रफुल्ल हुन्छपुर्णिमाको चन्द्र जस्तै हँसिली नैछौ तिमी दौतरी।
(अमेरिका)(दौतरीको उत्त्रोत्तर कामना साहित उसैमा समर्पित गजल)
हबल्दार !, मास्टर !, र हुट्टीट्याउँहरु !
हवल्दार!, तिमि हवल्दार थियौहवल्दारै रहेको भए ठीकै हुन्थ्योदेशै चलाउँछु भनेर तम्सियौपटक पटक मौका पायौ, तरन त देश नै चलाउन जान्यौन आफूलाई नै अयोग्य ठान्यौशकुनिका पासा फ्याक्यौंछिमेकका झाँक्रि डाक्यौभष्माशुरको बुई चढीतिम्ले ईन्द्रासन ताक्यौअब तिमि मात्रै हैन देशै डुबाएर छाड्यौहबल्दार!तिमि हवल्दारै भएको भएकमदेकम देश त डुब्दैन थियो***         ***          ***मास्टर!, तिमि मास्टर थियौ ।मास्टरै रहेको भए राम्रो हुन्थ्योकुण्ठाको आवेगमादुई-चार लट्ठी हान्न पाएकै थियौदेशै युद्धभुमी बनायौपाठशाला र कक्षा चलाउन नसक्नेमुलुकै हाँक्न निस्कियौसय जना पढने स्कुल रअढाई करोड जनातको मुलुककसरी यौटै हुन्थ्यो?यो जान्नै सकेनौ!त्यो धान्नै सकेनौ!उधारो नीति, सापटीको ज्ञान!तिमि मात्रै बगेको भएकुनै रुनु थिएनतिमिले त लहडमै देशै बगाएर छाड्यौ ।हबल्दार! मास्टर! र हुट्टीट्याउँहरुदेश तिम्रा बुताले चल्दैनन।हबल्दार हबल्दारी मै,मास्टर, पाठशाला मैर, हुट्टीट्याउँ बाँसको टोडकामैठिक थिए, छन र रहने छन।
आफु र आफनोलाई चिनाऔ
बिजय कुमार श्रेष्ठ हाल ईराक
समयको पहिचानलाई कसैले नभुलौभोली भन्ने बानी कहिले कसैले नराखौनयाँ खोज र सृर्जनालाई प्रोत्साहन दिन नभुलौकसैलाई झुटो प्रलोभनको आशामा नझुलाऔ ॥उतार चडाबको परिवेशमा रम्ने बानि नलिऔजीवनको अर्थ बुजेर राम्रोसँग गोटि चाल्ने गरौकेही सिक्ने र सिकाउने रचनाकारी बन्न सिकौ
सन्सारीक यात्रिको परिचय दिनलाई ज्ञान सिकौ ॥ ॥मायाले जेलिएको सन्सारमा माया बाढ्न सिकौसस्कार र सस्कृतिलाई जगेर्ना गर्ने बानि लिऔआफनो पुर्खाले रचेको रचनालाई सजाउने मन्त्र लिऔसुन्दर शान्त देशको नाम सधै उच्च राख्ने बाचा दिऔ ॥ ॥ ॥निडर र पौरखि हातलाई सृर्जनाको बाटोमा अघि बडाऔचार जात छत्तिस वर्ण हामी सबै एउटै हौ भन्ने बानी बसाऔचन्द्र सुर्य ध्वजा हामीले विश्वमा फहराउने अठोट राखौनेपाली हौ भनेर विश्वमा चिनाउने छु भन्ने अठोट सधै लिऔ ॥ ॥ ॥ ॥
गीत/ गजल/ कविता दौंतरी डट कम, भाग २५ Tue, 01 Jan 2013 08:58:00 +0000

गित - सृष्‍टि
नरेश माङपाहाङ राई
फोक्‍स्‍टोन वेलायत
हाल :अफ्‍गानिस्‍तान
सृष्‍टि गरि ईश्‍वर किन दिन्‍छौ दुःखी कर्म
कहा निर वुझी दिन्‍छौ दुःखीहरूको मर्म
त्‍यही दुःखी मान्‍छेहरू तिम्रो पूजा गर्छन
ईश्‍वर नाम जपि जपि तिम्रो शरण पर्छन
सुखी भन्‍दा दुःखीहरूकै मनमा हुन्‍छ धर्म
कहा निर वुझी दिन्‍छौ दुःखीहरूको मर्म
सु ख चैन सवै कुरा सुखीहरूलाई
जीउन पनि कति गाह्रो दुःखीहरूलाई
कून जूनीको स्राप हो कि भोग्‍नु पर्ने कर्म
कहा निर वुझी दिन्‍छौ दुःखीहरूको मर्म


राष्ट्रिय गीत - नेपाल नेपाल
शेखर ढुंगेल -१-१०-०९
नेपाल नेपाल नेपाल
यो मेरो नेपाल हाम्रो नेपाल
हिम्चुली को आँगन मा
मादल को ताल मा
नाच्दै हिंड्ने फुल्बारीहो यो मेरो नेपाल हाम्रो नेपाल---------------
कस्ट जस्तै पाए पनि
दुस्मन सीत् डटी लड्ने
हाम्रो ऊच्च वीर गाथा
राखी छाती मा चन्द्र सुर्य
गर्छौ गर्ब आफ्नै ईतिहास मा
हो यो मेरो नेपाल हाम्रो नेपाल
-------------------
हामी कहिल्यै झुकेनौ
अब पनि झुक्दैनौ
हामी फस्दैनौ दुस्मन को जालमा
हिमाल पहाड तराइ गाउँछ
एकै सुर र तालमा
हो यो मेरो नेपाल hamro Nepal

बाडुल्कीको तरङगमा
प्रबिण थापा
धादिङ, हाल इटली
बाडुल्की लाग्छ भन्थ्यौ तिमीलाई मेरो सम्झाइमा
बिर्सीयौकी के हो कुनी थोरै दिनको बसाइमा
न कुनै खबर आयो न त बाडुल्की नै लायो
आशाहरु देखाएर निरास पारे जस्तो भयो
के थाहा कुनी अर्कै मनले ठुलै आशा छर्योकित
बाडुल्किको तरङगमा रङ नम्बर पो पर्‍योकित
किन हुन्छौ सिरीयस हास्न सिक भन्दै
मनभित्रको चाहानलाई पुर्ने खाडल खन्दै
छोडि गयौ इच्छाहरुलाई काडे तारले बारी
मलाई पार्यौ दोधरमा वारी जाउकी पारी
न सम्झनाले तिम्रो साम्झनाले अन्तै डेरा सर्योकित
बाडुल्किको तरङगमा रङ नम्बर पो पर्‍योकित
कहिलेसम्म रोइ बाच्ने पिरै पिर बोकी
बुझेर नि नबुझेको जस्तो गर्या हो कि
भनी हाल मनको कुरो किन पार्ने गाठो
प्रेम पनि हुँदै हो नि जीवनको एउटा पाटो
हिर्दयको कुन भित्र मेरो माया मर्योकित
बाडुल्किको तरङगमा रङ नम्बर पो पर्‍योकित
परिचय प्रभा आचार्यको कबिता संग्रह परदेशबाट

१)'' पीडाको अर्को रूप नारी ''
ऊ स्वास्नी मान्छेमुटुको दहबाट कसैलाईएक अन्जुली माया उघाएरदिन सक्छे ,तर ---बदलामा उस्लेस्वार्थिपनको उपहार पाउन सक्छे ।ऊ स्वास्नी मान्छे,आफ्नो शरीर पस्केरकसैको भोक मेटाउन सक्छेतर ---सट्टामा उस्लेघ्रीणाको उपनाम पाउन सक्छे ।मुटु रित्याएर माया दिनुशरीर पस्केर भोक मेटाइदिनुअन्त्यमा ---उस्लेजीवनभरी अभिश्राप पाउनु रजुठेल्नाको फ्याकिएको जुठो हुनु होअनी ---स्वास्नी मान्छे हुनुको अर्थपीडाको अर्को रूप हो ।



२)''मन बिभाजित भएपछी''
आगन एउटै भएर पनि मन बिभाजित भएपछीछानो एउटै भएर पनीबिचारमा फरक परेपछीआफ्नो पनि बिरानो हुदो रहेछ ।छहारि एउटै भएर पनि ब्यवहाँरमा फरक परेपछीघरपनी भिन्न लाग्दोरहेछआकाश एउटै भएर पनिस्वार्थ अनायस उब्जिए पछीधर्ती एउटै भएर पनि
पाइला बेग्लै चालेपछीमाटो पनि बिभाजित हुदो रहेछ ।देश एउटै भएर पनिस्वार्थ अनेक भएपछीभाषा एउटै भएर पनि शास्त्र अनेक भएपछीआफ्नै मुलुक पराइ लाग्दो रहेछ ।
३)''पराइभूमिमा छट्पटाइ रहेछु''
दुखेका चोटहरुमाशान्त्वनाको मल्हम लगाउदैम,आफ्नै देशको झझल्कोआँखामा टसाएरपराइभूमिमा भौतारिरहेछु ।शायद ---बिवस्ता नै हो कि ?आफ्नी आमाको न्यानो स्पर्शबिर्सनु पर्नेकि ---बाध्यता थियो ?मैले आफ्नो माटोबाटबिस्थापित हुनुपर्ने ।चाहे जे होस्म सूर्योदयको बिहानिमाआफ्नी आमाको सम्झनामा

एक अन्जुली पानी चढाउछुम ,रङिन क्षितिजलाई नियाल्दैमनको बगैचाबाट स्वछ फूल चडाउछु ।खोसिएका हासोहरुमाआश्वासनको रङ पोत्दैम आफ्नै देशको मायाछात्तिमा बोकेरपराइभूमिमा छट्पटिइ रहेछु

कविता - तिम्रो बारे

बिजयकुमार श्रेष्ठ,धादिङ्ग कटुन्जे (हाल ईराक)
गजल लेख्ने गजलकार होईन म, न त गितकार नै परेअनयासैमा केवल दुई चार शब्दमा मनका तरङ्गहरु कोरे ॥सोचेको थिएन हाम्रो भेटघाट यति छिटो हुन्छ भन्ने बारेकसैबाट सुन्न थाले दौतरी ब्लग बनि गुगलमा छाको छ रे ॥कम्प्युटरको सहारा लिई गुगल सर्चमा घुम्न थाले
दौतरीको माया पाउन गुगल सर्चमा आई डि फाले ॥गुगल सर्चको माध्यमबाट तिमीलाई पाईकन छाडेजानी नजानी तिम्रो लागी उपहार रुपी शब्दजाल बाडे ॥साधुवाद छ दौतरी तिमीलाई हाम्रो मित्रताको बारेरहि छौ तिमी मित्रताको शिखर चुम्न सिकाउने सितारे ॥
घरका काम हरु
:-अशोक अर्याल

उहिले घरका काम हरु ढिकि जाँतो मेलपात हुन्थ्योसाँझ जाँतो समातेर सासु बुहारी सिलोक चल्थ्योसिलोक मै दिन्को बखान प्यार पर्खि राख भन्थेछिटो छिटो काम धन्दा सकी प्रेम दिन्छु भन्थेप्यारा दंग परि कुर्थे मन्की रानीले माया भन्दाअन्तर्जन्तर फुमन्तर प्यारा बच्चा भुलाउथे
झुट बोले कौवा काटे हजुर बाले कथा हाल्थेरातो गुरांसले गाई आमा देस्लाई पुज्न सिकाउथेधर्मलेनै धर्म रछा गर्छ बाबु भन्थेपाषनहरुको चर्को स्वर अध्रमी त्यो बुजाउंथेआमा गाई देशघाती बर्ण शंकर चिनाउंथेराजा बिष्णु मन्त्री यक्ष शिव पुज्न शिकाउंथेकाका हरुको आवरा गर्दी चाल् देखी जिव्रो टोक्थेराती राती परचाफाली राज्य द्रोह का सन्ख फुख्थे
कबिता -ढुलमुल
शेखर ढुंगेल
अमेरीका11/25/08
ढुलमुल ढुलमुल
एउटा जीवन यात्रा
न एता को बीश्वास
न उता को आस्था
एता जाउ उता जाउसधैं मनमा चिन्ता
------------
पल पल मा
शिखर चुम्ने चाहना
बिना दोउरा को खल्ती
बे अर्थ का बेदना
ढुलमुल ढुलमुल
एउटा गतिहिन यात्रा
---------------
बैशाखि बिना गती लिने
उस्को सामर्थ्य छैन
भ्रम को खेती भन्दा
उस्को अरु निती छैन
ढुलमुल ढुलमुल
एउटा नैरास्य यात्रा


गजल - पछी !!
गोकुल बिबश ढकाल
०७ जनवरि, ००९
वाल्ल परेर टोलाउनु सिबाये के छ र ?
गर्नेले नहुने काम गरे पछी ।
मुटुमै छुरा रोपे पनि सहनै पर्ने
नामर्द नभै आँफै मरे पछी ।
मन बिसाउला भन्दै जुनी बित्यो
गर्न केही नहुने कोही पर सरे पछी ।खोज्दा हराएको चीज कहाँ पाइने
त्यही चिज कसैले हरे पछी ।
बस्न नपाईने भो अब, अनेक नाममा
कसैले खाली ठाउँ भरे पछी ।
डर पो लाग्दो रहेछ, पाइला चाल्न
अनाहकमा पिर्लिक्क आँखा तरे पछी


एउटा सम्बाद यस्तो पनी
शेखर ढुंगेल
अमेरीकाप्रश्न -सबै भन्दा सुख को क्षण ?जवाफ -तिन ठाउँमा टुन्क्याएको बेलाप्रश्न -दुख को दिन को शुरुवात ?जवाफ -जुन दिन पृथ्वी मा पछारियोप्रश्न -सब भन्दा मन पर्ने मानिस् ?जवाफ -जो चिता माथि सुतेको छप्रश्न -सब भन्दा नराम्रो मानिस् ?जवाफ -जो आफु लाई शासक ठान्दछप्रश्न -माया के हो ?जवाफ -दुखको भड्खालोप्रश्न -जिन्दगी के हो ?जवाफ -बाबु आमा को भुल को  प्रायश्चित्त                   प्रश्न आसुँ के हो ?जवाफ –छल, कपट र षड्यन्त्रप्रश्न -हाँसो के हो ?जवाफ -ठगी खाने कलाप्रश्न - स्त्री के हुन ?जवाफ - सृष्टी को गलत उत्पादनप्रश्न पुरुष के हुन ?जवाफ -संसार को बिनास्प्रश्न सपना के हो ?जवाफ -जीवन को बाच्ने आधारप्रश्न -बिपना नि ?जवाफ -बिपना धोखा हो (हिरोइन लाई भन्या होइन नि!)प्रश्न -नमस्कारजवाफ-तिरस्कार

काठमाण्डु डायरी-२
अँध्यारोको सांक्षी छन्
सडक, चिम र बजारहरू
मुस्लो धूँवा र धूलोको दावानल बलेको छ
तैपनि चैनको निदमा निद्रित छन् लाचारहरू
आबरू ,अस्मिता र जीवनका आखेटकहरूको
धन्दा चलेको छ निर्वन्ध गाऊँ शहर जतासुकै
क्रान्तिकारिताको क्रमभंगतामा संरक्षित व्याभिचारहरू
आक्रान्त छ स्वयं पशुपति खै कस्ले कस्को कल्याण गर्ने हो ?
स्खलनको दलदलेमा लेदो बनेका छन् विधि, व्यवहार र विचारहरू
नाममा मात्र केवल अस्तित्वरत बनेको छ निरिह मुलुक यहाँ
सभ्यता र उन्नतिको यो युगमा नाङ्गो,समातेर चुँडाइएको इजारहरू
धाराहरू पानीको, चिमहरू प्रकाशको अनि जनता जीवनको भीख माग्दा
क्रान्तिको भाषामा चमत्कारका चित्कार पस्कन आतुर छन् लाचारहरू
जंगलको दिक्षा बोकेर शहर नै जंगल पार्न भुक्दै निरन्तरका चित्कारहरू
आमूल उडाइएको परम्परामाथि विजय पाएको आलापमा निद्रित मानव आकारहरु
नया नेपाल- सबथोकको पर्याय बनेको छ
बिर्सिएर मानव हुनुका सम्पूर्ण शैलि र व्यवहारहरू

नया बर्ष शैशवकाल लिएर आएको छ
आचार्य प्रभा, अमेरीका
भो नदिएको भए हुन्थ्यो मलाई
शुभकामना नयाँ बर्षको
मेरा मित्रजनहरु,
किनकी ---अचेल शुभपलहरुनै
खोसिएका छन हामीबाट
अनी क्षणभङुर छन
हाम्रा अधरका खुशीहरु नै
बाँचेकाछौ हामी सबै,
भ्रमको खेती पालेर
आजको खुशी हाँस्न नपाउदै
भोली गह भिजाउनु परेको छ,
हिजोको आसुँ पुछ्न नपाउदै
भोली मुटु दुखाउनु परेको छ
नपत्याए गहिरिएर सोच त !
के हामी पिल्सिएकाथिएनौ र ?
त्यसैले---म अन्तरात्माबाट नै भन्छु
शुभकामना साट्नु भन्दा
देशको पीडा साटौ
किन कि ---देशको नीती अस्वस्थ्य छ
घाइते माटोलाई टेकेर हामी
खुशी मनाइरहेछौ /
अझ प्रतिक्षारत थियौ नयाँ बर्षको
जब कि पुराना बर्षहरु
हामीसँग दुखित भएर बिराना भए
पुराना बर्षहरुलाई हामीले
दाउमा मात्र राख्यौ
त्यसैले ---नया बर्षको शुभकामना साट्नुभन्दा
शैशवकाल लिएर आएको
नयाँ बर्षको सुरक्षा गरौ
यो बर्षलाई नयाँ इतिहास बनाउ
यस्लाई सुरक्षित राखौ /
(अमेरिका )
उथुल पुथुल भाकी छु
उथुल पुथुल भाकी छु मनको डुंगा चडि हेरहारी दिउला मुटु बरु मायाको युध्द लडी हेरभाग्यको कुरा हो कि ,कुनै फैलिन्छ कुनै मैलिन्छझरेको फुलको पिडा बुझन एक चोटि सडी हेर
आकार देउ तिमी, हर रुपमा ढल्न मन्जुर छुसतहमा नखोप माया, सके दिल भित्र गडी हेरबेली चमेली बनी फूली दिउँला मन्को बारी भरीसधैं सुबास छर्छु, बस मुटुमा मुटु जडि हेरमनको परीधिमा बाँध, फुत्केर भाग्न नसकु मथुनिन मन भो तिम्रो दिलमा अघी त बडी हेर:-रुपरेखा शाह "सौगात"

पशुपतीनाथ को कल्याण गरुन !!!!!!!!!!!!!
एक हुल जंगली,शहर पसे,
यता डसे,
उता डसे ,
जताततै पसे,
नयाँ जोगिलेबेसमारी खरानी धसे।
यता ठोके,
उता भुके
जनता को नाम मा,
मनपरी खोके।प्रेसलाई सप्रेस गरे,न्यायलय लाई शौचालय बनाए।
रामहरी मारिए,
निर्मल , पुष्कर सेरिए,
तै पनि पशुपतीनाथ बोलेनपीडितजनको कल्याण गरेन
आज धर्म माथि,
आस्था माथि,
बर्बर प्रहार गर्दा आँफै निरही बनेकाछन
कैलाश तिर बसाइ सरुं कि?
यो ठण्डा मा तराइ झरुं कि?
सोच्दै थिए महादेब,
गम्दै थिए महादेव,
बाहिर डण्डावाला को बिच मा,
झन्डावाला पनि देखे,
तिनकुने सनातन झन्डा फेर्ने,
नमाने चारै तिर घेर्ने,
भाषण गर्दै थिए ।
शम्भू तर्से,
आफ्नै तम्बू मा फर्के

४ दिन भो नित्य पूजा छैन,
४ दिन देखी पेटमा भूजा छैन
कामरेड पूजारी ठोसे देखी,
ढुकुटी को सांचो खोसे देखीपशुपतीको शिरमा मुकुट छैन रे,
मुकुट त सामन्ती राजाशाहीको प्रतिक रे,

हसिया हठौडा र रातो झन्डा,
नमाने लाई तातो डण्डा,
काम्रेड पुजारी, ॐ जय शंकर सट्टा,
ॐ जय प्रचन्ड भाट्याउँदै
सुन, मणी ,money रित्याउँदै

चन्दन हैन,
रक्त चन्दन,
लाल सलाम गर्ने लाई,
लाल गुलाम गर्ने लाई,
बाड्दै छन,
जनता भाड्दै छन
असत्तीहरु त्यही को आर्यघाटमा अर्ध जलुन,पशुपतिनाथ को सबैले कल्याण गरुन ।
कबिता - राम्रो होइन हाम्रो
- अशोक खलान को मान्छेफ्रान्क्फर्ट , जर्मनी
जताततै राम्रो होइन हाम्रो मान्छे हुनु पर्छतिस बर्षे सोह्र बर्षे  एकसय चार लाई जित्नु पर्छजे बोले पनि हुन्छ जे गर्दा पनि हुन्छजन मन जित्नु भन्दा बुट्ले कुल्चि मार्नु पर्छदुइ सैनिक् दुइ हातमा दुइ राइफल् दुइ कुम्माअझै पनि सुधखोर् को नाममा लुटि खानु पर्छबुर्जुवा साम्सद् भैइयो राम्रो किन् हुनुपर्छजताततै एउटै लेवल् हाम्रो भर्न डट्नु पर्छ
काठै नै बाटो जङगल को पार गरी सकी हाल्यौसपनले चुल्याएए र हाम्रो पक्ष पारी हाल्यौजतातत्तै हाम्रो हाम्रो हाम्रो राम्रो सपना योछलाङ मार्ने भ्याकुतको कुवाभित्र को सपना होकस्ले सोध्छ हामीलाई कस्ले सोध्नी हिम्मत छतर्क राम्रो हाम्रो´नै छ राष्ट्रिय निती किन बनाउनु पर्छहाम्रो कुरा नमान्ने लाई दलाल अजै भन्नु पर्छहाम्रो कुरा नमान्ने लाई दलाल अजै भन्नु पर्छहामी झुकी चुकेको चै ढाकछोप् गर्नु पर्छकिन नबाड्ने सपना यो, सपनै त सुन्दर् हुन्छकर्म का दिन् हो रे हाम्रो भर्न सक्नु पर्छ्चैते कैतै बैशाखे सबै हम्रो हुनु पर्छजे मन् लाग्छ गर बाबु हम्रो लेवेल् टास्नु पर्छ्हाम्रो हातमा सर्बशत्ता यो मात् मा रङनु छकस्ले बिरोध गर्छ हेर कस्को दुस्शाहाश यहाहम्रो राम्रो ,राम्रो हाम्रो नभए पनि भन्नु पर्छ
कविता - प्रधानमन्त्री
बिजयकुमार श्रेष्ठ, धादिङ्गकटुन्जे (हाल ईराक)
 सधै भरि आफुलाई ठुलो किन ठान्दछौसमयको अभाव भयो भनेर किन भन्दछौकर्मचारीले सहयोग गरेन भनेर किन भन्दछौसहकार्यमा पार्टिहरु नआएको भनेर किन ठान्दछौ ॥आफनो क्षमता पुग्ने थिएन त सत्ताको किन दाऊ हान्यौसत्ताको गोटि चाल्न आउदैनथ्यो त किन कम्मर कसि लियौजंगली स्वाभाव छाड्न नसक्नेले किन शान्तिलाई अङ्गाल्यौफुलमाला भने पछि कहि कतै नछाडेर सधै दियो किन जलायौ ॥शान्ति र सुशासनको बिगुल फुक्न किन कहिले जानेनौ
अझै पनि भन्ने गर्छौ सत्ताको बलिदान दिन पछि पर्दैनौभाषण छाटे र माला लगाए जसरि शासन गर्न किन भ्याएनौसधै भरि त्रास ल्याई म नरहे देश रहन्न भन्न किन छाडेनौ ॥जनतालाई फेरि पनि बन्दुक बोकाउन त्रासि बनाई उक्साउछौलाचारि बनि बाघडोर समाली बिचलको आभास किन दिलाउछौति सहिदहरुको रगतको कसमलाई भुली माला लगाई किन हिड्यौक्रम भङ्ग भन्ने शासन लादेर नेपालीलाई चिनाउने भेषलाई बदलिदियौ ॥नेपालले नेपाली भनेर चिनाउने पुर्खाको चिनारीलाई लत्याई दिएछौतपाईत्व शब्दलाई बेवास्था गरेर मपाईत्वलाई क्मभङ्गमा महत्व दिलाएछौअर्काको देखासिकीमा नेपालीको चिनारीलाई लत्याइ बिदेशी टाई सुटमा सजियौआफनो अभिभारालाई भन्दा फुलमाला र अविरका जात्रालाई महत्व ठानी दियौ ॥सर्वहाराको नितीलाई अङ्गालेर पंुजिबादको भौतिक अहेस आराम भोग गरेकाछौबेकम्मा दस्ता पालेर जनतालाई मौलिक हक अधिकारबाट बन्चित बनाकोछौउधारो चुरोट खाएको दिनलाई बिर्सीएर सरकारी सम्पतिमा डुबि पौडि खेलेकाछौअर्काको सम्पति हड्पेर सच्चा कम्युनिष्ट भनि बिसाल सैन्य दस्ता खडा गर
जवानीको मात
प्रबिण थापा
धादिङ
एकदिन जवानीको,मात सकिन्छ सानी
मिठा सपना देखिरहने,रात सकिन्छ सानी
केही कुरा मनमा लेउ, तिम्रो राम्रो भन्दा
नसुने झै गरिरहे, बात सकिन्छ सानी
सम्हाल है यताउता, चुलबुलाउने बानी
नत्र हाम्रो मायाको, जात सकिन्छ सानी
छलछामको बाहानामा, घमन्डी बन्यौ भने
दु:ख पर्दा सुम्सुमाउने, हात सकिन्छ सानी
सोच्नु भन्छन बेलैमा, पछुताउनु भन्दा
शिशिर छाए जीवनमा, पात सकिन्छ सानी


गजल- माया आरो भो
आधारमा धार थ्यो कि माया आरो भोरेटी रैछ मुटु मेरो बांच्न गारो भोछुन्छु भनी भनी यो मन भत्कायौबिझिँ बाँचा आज त्यो आँखाको छारो भोदया माया शिकारीको कहाँ हुदो रैछताकी ताकी हान्यौ तिर छाती तारो भोसतहमा भेट्या माया मुटुमा राख्न निनिल्नै नपाई जालमा पार्ने चारो भोमन नपर्नेको श्वाससै गनायो किफन्की फन्की रन्किने रिसको पारो भोप्यासी जिबन प्यासमै सिमित भा छपिउन पनि बिना पानीको धारो भो
मौका मा चौका हान
शेखर ढुंगेल
अमेरीकाभन्ने हरु भन्दै गर्छन्सक्ने ले गर्ने होखा’को ला’को पा’कोनेपाली को उखान सबै ले थाहा पाको-----लुट्नेहरु निर्धक लुटकानुन देखे पार्टी को झन्डा लुटहत्यारा लाई शाहीद घोषणा भएकोदेश मा अपराध लाई कस्ले रोक्छ ?-----माग, माग आजै क्षति पुर्ती मागजेको पनि माग्ने भएआमा ले ९ महिना सम्म पेटमाकब्जा गरेकी थीइन त्यस्को पनि माग------खोतल खोतल मौका यही होजता ततै खोतलजहाँ सम्म आफु आएको ठाउँ देखिन्नतब सम्म खोतल-----तिम्रो आँशु मात्र मोतीअरु को आँशु बर्षा को पानीकती सम्म लुट्छौ, लुट देशनेता रुपी देश का बेईमानी-----टोपी फाल्यौ दौरा फाल्यौपात्रो पनि फाल्ने भन्छौफाल् फाल् पालै पालोपशुपती बुद्ध र देशै फाल्(माफ है देश को बिक्री को आक्रोस मा पोखिएको भाषा को लागि )
गित - तिम्रो सपनामा
- अशोक खलान को मान्छेफ्रान्क्फर्ट , जर्मनी

तिम्रो सपनामा आजकल पराई ले राज गर्दाकती चोट सह्यौ होला मेरो मुटु झिकी फ्याक्दातिमी लाई भनेरै म मलाई भनेरै तिमीमन लुकाइ बाचेका थियौ,चिट्ठीमै हासेका थियौकती मन रोयो होला आफ्नै हातले चिट्ठी पोल्दाकती आशु खस्यो होला खाली सिउदोमा रंग पर्दाति हजार सपनाले कही बास पाएन हैति हजार रंगहरु कुनै क्यान्भाषमा भरिएन हैकती पिर पर्‍यो होला सपना नै हत्या हुँदाकती बाधा सहयौ होला आफ्नै चित्र फरक पाउदा

गजल - आफैले घाटी शेर साथी
सुमन सुधाआँबु खैरेनी तँनहुकस्तो हुन्छ प्रेमजाल त्यो अभागीलाइ हेर साथीबेचविखन भयो उसको माया गएन खेर साथीदुवै तर्फ युद्ध चल्यो मरे घाइते भए मुनाहरुवरिपरी शत्रु हुन्छन् फ्याकी जाल बेर साथीलाखौं मौरी घुम्छन् यँहा त्यही वासनका लागीबनी बगैचाको माली रानी मौरी घेर साथीआउदा जादा चौबाटोमा धेरै जिवहरु भेटिन्छन्नचिन्ने गरी छेपाराले झै रुप रँग फेर साथीवियोगान्तमा पिडा हुदाँहुदै अब मृत्यु पक्का भयोकिन ढिला गर्छौ आफैले घाँटी शेर साथी
 
गीत/ गजल/ कविता दौंतरी डट कम, भाग २४ Tue, 01 Jan 2013 08:54:00 +0000

आफ्नो मुलक आफ्नै हुन्छ
हजारौँ बेनियमहरुले नियम बनेर ढलीमली गर्दाबेथितिले रजगज गरी जीवनमा थितिको भूमिका रोज्दाजतासुकै आदिम व्यवहारहरूको पुनरावृत्ति जस्तो देखिए पनिहरेक सोच र व्यवहारमा, आफ्नो मुलुक त आफ्नै लाग्छ।।धूवाँ ,धूलो, चोरी , कोलाहल र अपराध आक्रान्त हुँदा पनिथकान रहित आफ्नै पदचाप र अग्रगमनको चाहना बोकेरअनि निरापद बन्नै नचाहने जियालोपको अनुभव बाँच्दाकस्तो अचम्म! तैपनि, हो आफ्नो मुलुक त आफ्नै लाग्छ ।।
आधुनिकता र आदिमताका अनौठो दोसाँधमा उभिए जस्तोअगाडि बढ्ने पाइलाहरू निरन्तर पछाडि नै हच्किए जस्तोविचार, व्यवहारमा स्वत्वका पेटाराहरूको भारी टाउकोमानिर्लज्ज बोकेर आँफै देख्दा पनि , आफ्नै मुलुक आफ्नो लाग्छ।।कर्म औ व्यवहारका आधारहरू एकातिर मिल्काएरराजनीति र तिक्डमको वाक्पटुतामा हरेक कुरा सिध्याउनेमनोवृत्ति अनि जीवन पद्दति आफ्नो परिचय बनेको देख्दा पनिखै कुन्नि के कुराले भन्छ-' हो आफ्नै मुलुक त आफ्नो लाग्छ'।।प्रविधि, साख्यिकी र नाफा ,नोक्सानको यो भौतिक संसारमाबाटो भुलेर कतै हराएका अनि गास बास , कपास र जीवनकोसदाबहार माग बोकेर , सदैव क्रान्तिको निर्लज्ज रिहर्सलमाबाँच्ने 'टाइम वार्प'को कैदी म , तैपनि मुलुक आफ्नो नै राम्रो लाग्छ।। -एकलव्य

गजल: भो तिमीले नै जित्यौ
प्रविण थापा
भो तिमीले नै जित्यौ, फेरी मेरो हार भयो
उदास थियो यो जिन्दगी,झनै बढी भार भयो
सजाउथे सपनाहरु, नयनको बाटो भरी
ब्युझेपछी मर्नु पर्ने,सपना देख्नु बेकार भयो
अजम्बरी रहन्छ, हाम्रो चोखो प्रिती भन्थे
आखिर कहिल्यै नभेटिने,नदिको दुई किनार भयो
पिंडा भित्र हाँसी हाँसी,जतन गरी जोगाउथे
आफ्नै गला रेटिजाने, खुकुरिको धार भयो
हाम्रो माया नमुना, बन्छ भन्थे कुनैबेला
आज आफ्नै अगाडि,काम नलाग्ने झार भयो


गजल- ठग्छ भने नियतिले
केशब आचार्य
ठग्छ भने नियतिले मलाईमात्र ठग्दै गरोस
हर्छ भने जिन्दगीको हाँसो,खुशी सबै हरोस ।
कत्ती मात्र हाँसी बसुँ पीरब्यथा लुकाएर
मेरै मात्र कर्म खोटो खाल्डो भित्र परे परोस ।
अघी बड्न खोज्दा सधैं भूमरिले छेक्छ किन
नफक्रदै जिन्दगी यो झर्छ भने पनि झरोस ।
सम्भालिदै आफु पनि अरु जस्तै बड्न खोज्दा
दैव तेरो ''केशु''पनी मर्छ भने आजै मरोस ।
(रचना २०५३ साल )
बोल्डर कोलोराडो


गित - कुनै दिन हासेर
शेखर ढुङेल
०२-०३-२००९
कुनै दिन हासेर
कुनै दिन रोएर बितायो
यस्तै रहेछ दुनियाँ को रित
जस्तो मौसम
त्यस्तै मा रमायो
कुनै रात यहाँबिस बोकेर आउछ
कुनै रात चाद को
हसिलो मुहार
जिन्दगी रैछ घाम छाया
कहिले धुप
कहिले झरी मा रमायो
कुनै माया जीवन
कुनै माया मृत्यु
बोकेर आउदो रैछ
कस्तो लगाये छाप
बिधाता ले भाग्य मा
कुनै दिन हासेर
कुनै दिन रोएर बितायो

गजल -- हारजित भईरहने
प्रबिण थापा
हारजित भइरहने माया खेल होइन
परीक्षा लिई छुट्टाउने पास फेल होइन
जहाँ हुन्छ आत्मियता खुशी खुशी मात्र
हर्ष न विष्मात हुने, कौवालाई वेल होइन
पिंडा पर्दा पोख्ने आशु सफलतामा हासो
विश्वास हुन्छ एक अर्कामा जालझेल होइन
गन्तब्य एउटै अनी पाइला सँगसगै
दुर्घटनामा परी जाने लिग छोडेको रेल होइन
समर्पण समझदारी सम्मान हुन्छ त्यहा
केही क्षण मोज गर्न, गरिएको मेल होइन


बिर्सि देऊ
शेखर ढुगेंल
बिर्सि देऊ बितेका क्षण
तिमी को थियौ म को थिएँ
समयले टुटाई दियो
सपना जो देखेका थियौ
बिर्सि देऊ
आयो तुफान कतैबाट
किनारा लाग्यो चाहना त्योझुठो मायाले पागल बनायौ
दिउँसै तार गन्ने दिन आयो
बिर्सि देऊ ……
सक्छौ् /सक्छ्यौ देउ माया
अरु पिडा नथप
जसै काटुँला जीवन
पाइलाहरुमा काँडा नछरिदेऊ
हो हो काँडा
बिर्सि देउ


माया त्यसै मर्दैन है
प्रबिण थापा
माया त्यसै मर्दैन है, मारिएको हुनसक्छ
मन आँफै डेरा सर्दैन, सारीएको हुनसक्छ
मनको नेता चुन्नलाई, चुनाबै त गरिदैन
मतको झुटो खेलले गर्दा, हारिएको हुनसक्छ
साचो कुरा लुक्दैन , जती कोशिस गर तर
मनको पिंडा लुकाउन, गाडीएको हुनसक्छ
पहाड तराइ बन्दैन , विश्वास तिमी नगरन
सस्तो भ्रम फैलाउन, खारिएको हुनसक्छ
हास खेल मात्र हो कि, चोखो प्रित लाएका छौ
मनको प्यास मेटाउन, नारिएको हुनसक्छ


शहिदलाइ आग्रह
देश सिंगै जलिराख्दा
किन जल्यौ मलाइ भन्देउ।
देशलाइ छोरो खांचोहुंदा
सपुत किन भयौ भन्देउ।
तिम्रो देशै नहुने भो
अब भेषको कुरै छोड्देउ।
तिम्रो बखान गरे भने
तिम्ले कुरा अन्त्यै मोड्देउ।
तिम्लाइ फुलको माला दिए
माला आफै लाउनु भन्देउ।
तिम्लाइ कोही ढोग्न आए
दौलत आफ्नै ढोग्नु भन्देउ।
काम के हो,नाम के हो
कांहा बस्छौ त्यो नी भन्देउ।
सपनाको तुषारोमा
कती काठ्यौ सबलाइ भन्देउ।
तिम्रो नाम कतै लिए
आफ्नै नाम लिनु भन्देउ।
तिम्लाइ अझै शहिद भने
शहिद केहो उस्ला सोध्देउ।


आदरणीय आमा-बुबा, दिदी-बहिनी र दाजु-भाइहरू !
आदरणीय आमा-बुबा,दिदी-बहिनी र दाजु-भाइहरू,सधैं भिन्न हुन्छन हाम्राभनाई र गराइहरु ।सराप्न मिल्ने संस्था पनिछैन अब कसो गरुँ?,हात जोड्छु सबै संगआफन्त र पराईहरु ।निल्नु न ओकल्नु भोयो सत्ता पनि अब,मिलाउन त गाह्रो रै’छहिमाल, पहाड तराईहरु ।जादू गरि हाल्छु भन्नेसोचेँथे पहिला त मैले,झनै सबै चिढिंसकेहिन्दू, मुश्‍लीम ईसाईहरु ।नया नेपाल बनाउनपरिवर्तन धेरै गरें,सवालाखको विछ्‍यौना रटोपी-टाई को लवाईहरु ।भो बाबा! गाह्रो रै’छ,देश चलाउने काम त,बरु सत्ता कब्जा गर्छुबन्द गरी सवाईहरु ।
*सवाई: लय हालेर गाउन मिल्ने एउटा नेपाली लोक भाका ।


पत्रकार उमा सिहंलाइ श्रद्धान्जली
-हस्त गौतम मृदूल
हे उमा सिंह अचानक गयौ छोडेर हामीलाइ
कसरी सहौं निर्दोष शरीर चित्तामा जलाइ।
महिलाको एउटा प्रेरणा बनी भर्खरै बढदैथ्यौ
चेतनाको दियो राष्ट्रमा बाल्दै शिखर चढदैथ्यौ।
पत्रकार थियौ साक्षतकार सृजनशिल ब्याक्तित्व
दानवीय दूष्टले निसाना बनाइ मेटाए अस्तित्व।
भरोसा थियो साहास माथी नेपाली जनको
यथार्थ कूरा एफएमद्धारा बोल्दथ्यौ मनको।
आफनो पाप लूकाउन खोजी बिभत्स मार्दिएजल्दो बल्दो जिवन तिम्रो ओझेलमा पार्दिए।
कानूनी शासन मानव अधिकार देशमा खाली भोजनताले राहात पाएनन कैलै शासक जाली भो।
निर्धालाइ मारी शक्तीशाली भै अझैनी मार्दैछनदेशको अस्मिता सूख र सान्ती संकटमा पार्दैछन।
हे उमा तिम्रो महान त्याग कहिलै मेटिन्नशरिर जस्तै कहिलै पनी बिचार रेटिन्न।
सत्यको आवाज दबाउन खोजे मृत्यूको छायामाकहिल्यै उमा मर्दिनौ तिमी नेपाली मायामा।
बिस्रने छैन राष्टले तिम्रो अमूल्य बलिदानप्रेरणा ठानी गाउने छौ संधै कृतिको जयगान।
शहीद उमा वीरगंना नारी श्र्रद्धान्जली गर स्वीकारचीर शान्ती मिलोस आत्मालाइ यही छ पूकार ।

सधैं सँगै हिंड्नेहरु
प्रबिण थापा
सधैं सँगै हिंड्नेहरु, साथी हुन्नन साथी
मिठो वचन बोल्ने सबै, जाती हुन्नन साथी
बगैचामा अनगिन्ती, फुलहरु फुल्छन
सबै फुल्ने फुलहरु, पाती हुन्नन साथी
जीवन माथि एक्कासी, ग्रहण लागेपछी
अन्धकार मात्र सधैं, राती हुन्नन साथी
चारैतिर अन्यायको, कालो वादल छायपछी
न्याय खोज्ने हातहरु, माथि हुन्नन साथी
आफ्नो लागि मात्र वाच्ने, चलन भएपछी
दु:ख पर्दा साथ दिने, छाती हुन्नन साथी
गजल- अझै पलाएन
दीपक जडित
अझै पलाएन विश्वासको बुटो मनमा ।
सपना जलेर हेर बाँकी ठुटो मनमा ।
बहाना जे सुकै होस तर खाल्डो नै पार्ने ,
झनै चलिरहेछ निठुरी कुटो मनमा ।
कति छल्नु कति ढाँटेर हिड्नु आफैंलाई ,
आश्वासन कति दि'रहनु झुटो मनमा ।
रहर कठै ! बिना जाँतो पिसिईरहयो ,
हरेक घानमा भेटिरहेँ ढुटो मनमा ।
न देख्यो कसैले मेघ न वर्षा म भित्रको ,
रुझाउँदै मनकै झरीले चु'टो मनमा ।


गजल - भेट्छु भन्दै थिइन अरे
सुमन सुधा
आबुँ खैरेनी तनहु
परदेशी
मेरो मायाले छेक्दा सुधालाइ तिम्ले भन्यौ लानी लानी
भेट्छु मलाइ भन्दै थिइन अरे किन लग्यौ तानी तानी
हजार नमर्दा छन् यहा तिम्रो छातिमा रजाइ गर्ने
दोषी मार काल दुखीलाइ किन मार्छौ जानी जानी
मनको कुरा मनमै गुनासा थिए होलान् कतिपासोलॆ घाटी थिच्दा कठै भनिन् होली पानी पानी
नियतीको नियममा पनि तिम्रो मनपरि चल्दो रैछ
के विराइ सुधाले तिम्रो पिउन दिएनौ पानी पनि
एक्लै आज मरुभुमिमा पछारिदा यति मन रुन्न
मलाइपनि लैजाउ काल किन लान्छौ छानी छानी
सानैमा सिकाइ
प्रबिण थापासानैमा सिकाइ दियौ नभै हुन्न आजभोलिकिसको मात्र कुरा गर्छौ त्यसले छुन्न आजभोलीयताउता सलबलाउने यो चन्चले मनलाईखोजी राछु भोटे ताल्चा लगाइ थुन्न आजभोलीकरकापमा हिजो सम्म एक गिलास बलै जान्थ्यो
सिकेको छु भट्टी छिरी पिउन टुन्न आजभोलीपालै पालो हत्या भयो दिदी भहिनी दाजु भाईकोचोट सहने बानी पर्‍यो अह रुन्न आजभोलीमिठो भाषण गर्छन् सबै कसको विश्वाश गर्नेसार्है कठीन भयो हजुर नेता चुन्न आजभोली

गजल - भरियो सिउंदो तिम्रो
भरियो सिउंदो तिम्रो जब,बेहोश भै म लडदै थिएँ
तिमी छल्कियौ आँखाभरी म छाती भित्रै डडदै थिएँ
थरथराएको हातले फुटेको मुटु निम्तामा दियौ
आँसुले रुझेका रछन थोपा थोपा म पडदै थिएँ
तिम्रो बाटो नदुखोस् कहिले शुभ कामना भन्नै पर्‍यो
एक्लो बाँच्नुमा दुखेको हाँसो तिमी सामु जडदै थिएँ
बारामाला तिम्रो हातमा मेरो गलामा भार थियो
तिमी चड्यौ डोली म जिउँदै चितामा चडदै थिएँ
गाँठो मुटुमा हाँसो ओठमा कस्तो समायोजन त्यो
बाहिर सग्लो देखिए पनि भित्र भित्रै सडदै थिएँ
तिम्रो सपथ सहि सत्य होस्
आचार्य प्रभा, अमेरीका

आज तिमी आत्मा साक्षी राख्दै
सपथ खाइरहेछौ ,
मेरो,उस्को अनी सबैको मनले इश्वरसँग
प्रार्थना गरिरहेछ ।
हे!इश्वर ...
यो सपथ सत्य,सांचो र साक्षात होस्समानता,समानुपातिकता र एकताको
प्रतिक होस् ,
सद्भभावना र सदबिवेक को जित होस् ।
नयाँ इेतिहास कोर्छु भनेर
धेरै आए,गए ,
उज्यालो किरण छर्छु भनेर
धेरै उदाए,अस्ताए
त र ---अफ्सोच !
सबै इेतिहास पुरानै दोहोरिए
सबैका अधरमा अन्धकार नै छाए
त्यसैले ओबामा ...
तिम्रो सपथ अन्तरात्माभित्रको
स्वछ बोली हुनु पर्छ ।
तिमी जात,अजात छुवाछुतको
बिरोधी बन्नु पर्छ ,
तिमीले कालो रङको अनुयायी
भएर होइन ,
त्यस्तै सेतो रङको बिरोधी पनि
बनेर होइन
बरु ---सबै रङको मिश्रणको
मीठो अनी ज्वलन्त उदाहरण
बन्नु पर्छ ।
तिमी एउटा देशको मात्र होइन
धर्तीको नै मेरुदन्ड हुनुपर्छ
आउने पिढीहरुको
उत्साह र उमङ बन्नु पर्छ ।
(ओबामाको सपथ पश्चात तुरुन्त श्रीजित कबिता

गजल : धेरै भयो
प्रबिण थापा
धादिङ
धेरै भयो मायालुको,चिठी आएन
मनको सुख दु:ख साट्ने,मिती आएन
फर्की चाडै आउछु भन्थे,अगालोमा बाध्न
वाध्यताले फेरी भेट्ने,स्थिती आएन
बद्लेक छन पलभरमा,धेरै कुरा यहाँ
तिम्रो माया बदल्ने,निती आएन
देखेको छु भिडहरु, प्रेमको नाटक गर्ने
ममा भने किन यस्तो, रिती आएन
अन्तै डेरा खोजेर,बसाइ स-यौ कि त?
मेरो दिलमा बास बस्न,अतिथी आएन
स्वागत छ नव बिहानिलाई
आचार्य प्रभा, अमेरीका
बिक्षिप्त मनका धमिला सोचाइहरु पखाल्दै
नव पालुवारूपी पाइलाहरु अघी बढाउँ
बिगतका बिझाइहरुका खोटहरुलाई
नव बर्षको उत्साही मल्हमले
शितल गराउँ।
अनिष्ट बिचार अनी रिस र द्वेशहरुलाई
हर्ष र खुशी अनी नव उमङका आँशुहरुले
बगाउने प्रयास गरौं।
बिगत,बिगत भयो
नव आगमनको पललाई सिगार्न
मनको फूलबारिमा जाहिजुही फूलाउँ
बिषादिका खोटहरुलाई
मिठासरूपी मुस्कानका छिटाहरुले
स्वागत गरौं ।
पूराना समयका तीता बचन र पीडालाई
नव बर्षको सम्बेदनशिल भावनाले छोपीदिउ
समग्रमा ---नव बर्षलाई स्वागत गरौ
तीता सम्झनाका प्रहरहरुलाई
नव बिहानिमा अनुवाद गरौ।


रमिता - गरुं के कुरा ?
नेपालियन
अनुहारमा गुलाफ मुखमा छ छुरा
आधी कपडा लाउनेको गरुं के कुरा
जती पैसा बढ्छ उती खल्ती मोटो
जती नानी बढी उती कपडा छोटो
चार फुट उचाइ चारै इन्च हिल
किताबमा आंखा सलमानमा दिल
त्यसको जिउमा बिजुली केटाहरुमा जोश
त्यो आफै नक्कली हाम्लाइ के को दोष
अनुहार गोरो लिपीस्टिक छ कालो
एक बित्ते कपडा कट्टु होकि टालो
दुइ र दुइ जोड्दा औंलाले गन्छे
कांहा पढाउछे कुन्नी मिसनेपाल भन्छे
अर्थ न बर्थ गोबिन्द गाइ
नाकको फूली नाइटां लाइ


कबिता -मनहरु पनि जेरोक्स कपी भै सकेकाछन
आचार्य प्रभा, अमेरीका
भ्रमपूर्ण वास्तविक्ता अङालेर
स्वार्थी जिजीबिषाको लडाईंमा
आफुलाई अग्रणी बनाउने होड्बाजिमा
बाचिरहेछन मान्छे ।
फुर्सद नै कहाँ छ र कसैलाई
एकत्वको गगनचुम्बी पीडामिढ खडा गर्ने ?
लालायित छन सबै यहाँ
आफ्नै तर्कको लाहाछाप गर्न
निमेषभरमै,अभिभाज्य हुन्छन
बिचार हरु।
समय छैन कसैलाई
धर्तिबाट धूलोका कणहरु निफन्न
आमा असुरक्षित छिन्
आपाहिज झै छ अवस्था
गामी,प्रतिगामीका परेडका
निशानाहरुबाट ।
सधैं हल्लै हला छ
परमेश्वोरहरुको आगमन,प्रतिगमनको
अनी दाईजो छ
त्यही अभिषप्त जीवन
सर्वसाधारणलाई सधैं सधैं
त्यसैले ---मनहरु पनि
जेरोक्स कपी भैसकेकछन
सबै,सबैका --- --।

 
गीत/ गजल/ कविता दौंतरी डट कम, भाग २३ Tue, 01 Jan 2013 08:49:00 +0000

त्यस्तो नठान
नीर्मन केएम
नंखेल ६ भक्तपुरकहिले ठानिनॅ त्यस्तो मेरो कारण तिमीलाइ रुनु परोस
त्यों सोचाइ आएन कहिले तिम्रो बाटोमा काँडा बन्नु परोस
अरु रोएको बेला नहांस तिमी धेरै नै ख़ुशी भएरआफ्नै शब्दले तीर मार नआउ अरुको साथ लागेरखुल्ला आकाश हुं म लुकाउने केही छैन यहाँ मैलेआशाहरु सबै मरिसके कुनै साथ चाहेको छैन मैलेशायद तिमी भ्रममा छौ कि मलाई चिन्न सकिनौ भैगो
शालीन अनुहारभित्रको आगोले मलाई नै जलाइरहोस भैगो
म आगोमा बल्न सकुंला बरु झूठो भई बांच्नँ चाहिनॅ
आँखाको पानीले आफैं भीजें बरु अरुलाई रुझाउन चाहिनॅ
बेपत्ता भएका मान्छेहरु
हस्त गौतम मृदुल
बेपत्ता भएका मेरा मान्छेहरु कहां छन
कि लाश देउ कि शास देउ जहा छन।
भक्षक भएर गिरफतार गरी कहा फाल्यौ
जिउदै जलाउदै ति निर्दोषीहरु कहा हाल्यौ
घर फर्कन्छु भन्दै निस्केको कैलै फर्केनन्कहा गयो तिम्रो मान्छे कसैले सोधेनन्
बिपत्ता भएका ………………………………॥
आफनो निहित स्वार्थका लागी बलि चढायौ।
शक्तीको आडमा आपसमा हामीलाइ लडायौ।
एउटाको स्वार्थकोलागी हजारौ बेपत्ता पारयौ।
आखिर दोष के थियो र किन त्यसरी मार्यौ
बेपत्ता भएका………………………………


शान्ती
-हस्त गौतम मृदुल
विध्वंश गर्दै नरसंहार गर्नेको शान्ती देखें ।पानी सरी रगत बगाउनको क्रान्ती देखें ।
संत्रासको शिकार बनाएको यो देशमा ,सारा वैभव लुट्न कस्सिएको मूर्ख देखे ।नियम-कानूनको बलात्कारी अत्याचारी,अन्याय शब्दको अर्थबोध गराएको देखे ।
राष्ट्रको कोखामा तीखा दाह्रा धस्नेले,अन्तरबिरोधका लप्काहरु बालेको देखें ।
डढेका मनहरुमा नपलाएका तनमाथीजनयूद्धको घाउमा नूनचूक छर्केको देखें ।
कहिलेकाहि चोट दिन्छन कहिले कुरा काट्छन्
बसन्त विवश आचार्य
तुलसीपुर दाङ्ग
कहिलेकाहि चोट दिन्छन कहिले कुरा काट्छन्आफ्नाहरु आफ्नै हुन्छन मनमा माया राख्छननदेखे झै तर्किएर वाटो जतिकाटेपिन
ठेसलाग्दा अत्तालिदै देविदेउता भाक्छन्पराईले जतिसुकै माया गरेपिन
आफन्तैले मिठो लाग्ने चोखोमाया दिन्छन
घुर्क्याउछनथर्काउछन गालिपनि गर्छन
अनि मुटुभित्र पिरतीको आफै डोरी वाट्छन्
जवपर्छ यो देहमा नजर हजुरकहाँसोदिए हासिदिन्छु रुन्छु रुवाएसि
जे गर्नुछ गर्नुस अधिकार हजुरको
मनमा माया सँगालेरघुर् क्याउदै नवोल्ने
वसन्तूलाइ मनपर्छ व्यवहार हजुर


मेरी प्रिया काली
अशोक नेपाल
मेरी प्रिया काली मलाई सम्झी सम्झी
आशुले मजेत्रो भिजायकी होलिन
घाम अस्ताउने बेलामा छटपटाउदै मेरो बाटो हेर्दी होलिन्।।
लान्खु खोल उर्ली आए जस्तो आँखामा आसुको छाल उठ्न थाल्यो होला…
भुइचालोले हल्लाएको घर जस्तो मेरो मुटु चर्कन थालयो…।।
उकाली ओराली डाँडा काँडा नदी नालाले मलाई खोज् दै होला,,,,,,
म बिनाको मेरो लन्खु गाउ बस्ती कस्तो उदा सिएको होला…
मलाई मेरो छोरी को सम्झनामा मेरो मुटु जली रहन्छ…।।
मेरो जन्म भूमिको सम्झनामा अनी मेरो प्रियासी काली को सम्झ्नमा …
ढोप्पा धोप्पा आसँहु खसी रहन्छ………ढोप्पा धोप्पा आँशु खसी रहन्छ………।

कती ठोक्यौ माथा तिम्ले
कती ठोक्यौ माथा तिम्ले कहिले बोलेन ढुङ्गाको देउताधोका दिदैनन सबैले खोज मन मिल्ने साथी एउटा
सतहमा संग्लिएर बग्दा थिग्रिएका बिकार देखिन्नकहाँ पो सकिन्छ र फेरी नाप्न मुटुको कुना र छेउ ताहिजो भिजेको आँसुले आज नबगायोस फेरी तिम्रोखुर्क अतितका डामहरु ,नत्र लाग्ला मनमा लेउ ताउचाइ दिन नसके नि गिराउने थिन यि नजरबाटकसरी दिनु दस्तक दिलमा, दिदिनौ कहिले भेउ ताफुलमा काँडा पनि हुन्छ बिझ्ला नबिझ्ला यो श्पर्शको तरिकायता म काँडालाई नि फुल देख्छु देख्नेले देखे के उताE
नदुख्नुकोही

नीर्मन केएमनंखेल ६,भक्तपुर (हाल हाइटी)नदुख्नु कोही मेरो दु:खमा, म त यस्तै हुँ सधैंभरिकठै भन्ने शब्द चाहिंदैन, दु:खमै पिरोलिउँ म यसैगरीआफ्ना र अरुहरुका स्नेहले, अब म थाकिसकेछुमाया नै मायाको बोझले,धेरै नै थिचिएको छु
यो उराठ लाग्दो जीवन, यत्तिकैमा रमाइ रहन्छआशा उमंग सबै मारेर , नीरसतामै बांचिरहन्छनाआऊनु कोही मेरो साथमा, म एक्लै हुन्छु संसारभरिकठै भन्ने शब्द चाहिंदैन, दु:खमै पिरोलिउँ म यसैगरिफूल फुल्ने पाखाभररी अब, डढेलो लागिसकेको छखुशीमा उज्यालिने मनभरी अब, अंध्यारो छएको छएक्लोपन प्यारो बनिरहेछ, कसैले नझस्काइदिए हुन्थ्योमन अनन्त यात्रामा उडिरहेछ, कसैले नबिथोलिदिए हुन्थ्योनसिस्किनु कोही यो मेरो पनमा, आसुँ छैन मेरो आँखाभरीकठै भन्ने शब्द चाहिंदैन, दु:खमै पिरोलिउँ म यसैगरी
शहर आज शान्त छ
अघिल्लो हप्तासडक छेउको चिया पसलमाअर्कै दलप्रती आस्था राख्‍ने पसलेलेबिपक्षी दलका ग्राहकलाईजानी जानी अलिनो चिया खुवाएकोगम्भिर आरोप लाग्यो,घटनाले राजनैतीक रंग लियोअनी पहिला वाक युद्दत्यसपछि मल्ल युद्द हुँदैधरपकड र मुठभेड भयोपुलीस बोलाईयो, लठ्ठि चलाईयोजिन्दावाद र मुर्दाबवादकोगगनभेदी नारा बीचशहरमा टाएरको धूवाँको बदली भयोढुङ्गा मुढाको बर्षात चल्योस्थिति तनावपूर्ण भएपछिहवाई फाएरसंगै कर्फ्यू लगाईयोमानवतावादीहरु अगाडि आएनागरीक समाज पनि जुर्मुराएनेपाल बन्दको धम्किसंगैअदालत र सरकारका ढोका ढकढकाएसमस्यामाथि गम्भिर भहस भयोबन्द हडतालले जन जिवन तहस नहस भयोआज सरकारलेरमिता हेर्दा मरेको रामेसमोसा चोर्दा ज्यान गुमाउने श्यामे रबगलीमारा बामे सहित१ दर्जनलाई शहिद घोषणा गर्‍योचिया पसलेको दलको दबाबमापसल मर्मतलाई मुआब्जा दीयोत्यसैले शहर आज शान्त छ...शहर आज एकदम शान्त छ ।


उत्साही संकल्प
-हस्त गौतम मृदुलनिरासाले कुन्ठित ती आत्माहरुमाआशाको दियो बाल्न सकुँ म।चूँडालेर निरंकूस ती बन्धनहरुउन्नतीको पाइला चाल्न सुँक म॥सुखसान्ती र समृद्धिको लागीबिधिको शासन थाल्न सकुँ म॥
अन्याय अत्याचार असान्तीलाइयो धर्तिबाटै फाल्न सकुँ म।क्षेत बिक्षेत भएका मनहरुमासुखको मलम लाउन सकुँ म॥आंच आऊन नदिएर कहिलैशान्तीको गित गाउन सकुँ म।राष्ट्रलाइ चूस्ने ती जूकाहरुलाइनउक्सने खाडलमा हाल्न सकुँ म।सूनौला सपना छेक्ने ती पर्खालहरुहातमा हात मिलाइ ढाल्न सकँ म॥हतास हतास ती मृदुल मनहरुमाखूशीको कान्ती छर्न सकँ म।हरेक नेपालीलाइ बुद्ध बनाएरशन्तिको ज्योति छर्न सकुँ म॥
विहान पनि वेलुकी पनि

नरेश माङपाहाङ
 फोक्‍स्‍टोन वेलायत
 हाल हेल्‍मण्‍ड अफ्‍गानिस्‍तान
विहान पनि वेलुकी पनि किच किच मात्र गर्छौ किन
कसै संग बोल्‍दा पनि आँखा मात्र तर्छौ किन
जूनै कुरा गर्दा पनि दिल दुख्‍छ तिम्रो
रोई रोई आँखा भरी आँसू मात्र भर्छौ किन
तिम्रो ज्‍यान हेर्दा खेरी साह्र माया लाग्‍छसकी नसकी ज्‍यानै छोडी लाक्‍पा मात्र पर्छौ किन
सधै सधै अंगालोमा वाँधु भन्‍छु तिमीलाई
कहिले काही ठाक ठूक पर्दा सोफै वाट सर्छौ किन

जीवन
नीर्मन केएमनंग्खेल-६ भक्तपुर (हाल हैटी)
जीवन सारे कठीन भो , बाँच्ने आधार पाउनलाई
आकाश पनि साँगुरियो, एकमुठी सास फेर्नलाई
अरुको दुखमा दुखेर, अरुलाई हंसाउनु पर्ने
चोटे चोट सहेर पनि, अरुलाई बचाउनु पर्ने
यो जिन्दगीको कथा येस्तै, आंधिभित्रै रम्नु पर्नेसबै इच्छा मेटाएर, इशारामै चल्नु पर्ने
जहां मन राख्न खोज्छु, त्यहाँ जाल बुनिंदोरैछ
मीठो बोली भित्रभित्रै, संसारे ड़ुब्दोरैछ
ईश्वर तिम्रो सृष्टी पनि, झूठो नै हुने हो कि
हरेक निर्दोष आत्माहरू, रोएरै मर्ने पो हो कि


देशको माया
हस्त गौतम मृदुल
बिरानो देशमा बस्दैन प्यारी आउछु फर्केर
दैलोमा उभी बालेर टुकी बस्नु है पर्खेर
अबस्य पनि आउछु फर्कि धैर्यता लिनु है
दूखमा पनि सूख खोज्ने साहास दिनु हैपुगेर के भो आखिर बिदेश दुखको दुखै छ।
यसरी पौरख गर्ने हो भने त्यहीँ पनी सुखैछ
स्वदेश छोडी बिदेश नआऊ दुखमा पर्नलाइ
आफनै पाखा प्रशस्त छनी पौरख गर्नलाइ
सुख सान्ती समृद्धि कमाइ देशैमा बस्ने छु।
नेपाली भै उचाइमा पुग्न कम्मर कस्ने छु।

म्याँग्दी खोला उर्लिदा
राहुल मगर
पोर्तो,पोर्तुगल
म्याँग्दी खोला उर्लिदा,
तामे दुकुर कुर्लिदा,
मनको घाउ गैरिन्छ,
सम्झनाको तलाउमा माया तैरिन्छ,
म्याँग्दी खोला......
कामको चटारोले ऊनलाई भेट्न गा'को छैन,
कोदो रोप्दा,मकै खन्दा नसम्झेको हैन,
म्याँग्दी खोला..........
माना खाएर मूरी उमार्ने बर्षामासको महिना,
हलो जोत्दा,आली लाउदा नसम्झेको हैन,
म्याँग्दी खोला..........
कामको चापाचापले श्वास फेर्न पा'को छैन,
घाँस कात्दा,गोठ बस्दा नसम्झेको हैन,
म्याँग्दी खोला...........


तिमी सगं छुटे पछि
तिमी सगं छुटे पछि पीडा मात्र रहयोहाँसो खुशी यो मनको कता हराई गयोयति ठूलो ससांर पनि सून्‍य सून्‍य लाग्‍योआउने सबै वहार हरू उतै कतै भाग्‍यो
तिमी विना मेरो दिलमा चोट मात्र रहयोहाँसो खुशी यो मनको कता हराई गयो
विछोडको घाऊहरू ले पोल्‍न थाल्‍यो आजउजेलीको दिन पनि लाग्‍न थाल्‍यो साझ
तिम्‌ले छाडी जादाँ आज निराशाले छायोहाँसो खुशी यो मनको कता हराई गयोनरेश माङपाहाङफोक्‍टोन वेलायतहाल हेल्‍मण्‍ड अफ्‍गानिस्‍तान
कुन अपराध गरे मैले
नीर्मन के एमनांगखेल भक्तपूर (हाल हाइटी)कुन अपराध गरे मैले, र मलाई दोषी बनायौकुन कुराले तर्कियौ तिमी, र मलाई इल्जाम लगायौ
निस्ठामा कुनै दाग नलगाइ, कर्म गरे भन्थे मआफू सधैं हारी दिएर, तिमिलाई जिताउन् खोज्थे म
यो कस्तो माया हो तिम्रो, भित्रभित्रै जलाइ रहनेयो कस्तो दया हो तिम्रो, अन्यायमा न्याय नपाईनेकुन पाप गरे मैले, र मलाई सजाय दिइरह्यौकुन कुराले तर्कियौ तिमी, र मलाई इल्जाम लगायौ
मनमा कुनै शका नलिइ, तिमीलाई आफ्नो सम्झिरहेपिडाको भारी बोकी रहेर, सुगम बाटो देखाइ रहे
यो कस्तो रुप हो तिम्रो, सधैं दोधारे भाषा बोल्नेयो कस्तो जीवन हो तिम्रो, ईशारामै चलिरहने
कुन भूल गरे मैले, र नातालाई टाढा बनायौकुन कुराले तर्कियौ तिमी, र मलाई इल्जाम लगायौ
आफ्नै पनमा
प्रबिण थापा
आफ्नै पनमा ढुकढुकिले, गीत गायो आज
उरठिलो शिशिर पछी, बहार छायो आज
धेरै पछी पत्र पाए, पटक पटक पढे
तिम्रा शब्द शब्दमा, मन रमायो आज
अनेक शंका पापी मनले, नगरेको होइन
भएभरको सबै सबै , डर हरायो आज
अचम्म लागिराछ , हर्ष को सिमा छैन
बिहानिले सुनौलो, फुल फुलायो आज
चोखो माया पाइने रहिछ, चोखो मनले गरे
मिठो अतित घुमिफिरी, फर्किएर आयो आज

नजर-नजर मिलिसक्यो
-वसन्त विवश आचार्य
नजर-नजर मिलिसक्यो,मन मिलाउ अब
वाँध अँगालोमा प्रेम रस पिलाउ अब
एक्लै बस्दा खुसी पनि बोझ हुन थाल्छ
मनमा हरपल आफन्तको आभास दिलाउ अब
वगिजाने यौवनलाई कति जमाउछ्यौ
पग्लिएर कलेजी भित्रै बिलाउ अब
पतझड छ जीवन वस् पीडै-पीडा
आउ मगमगाउने गुलाव फुलाउ अव
पिरतिको नँया-नँया दाग लाग्न सक्छ
बसन्तै संग त्यो मुटु संगै सिलाउ अव
तुलसीपुर दाङ्ग


कँहा हुन्छ कस्तो हुन्छ नदेखिने माया
केशब आचार्यकँहा हुन्छ कस्तो हुन्छ नदेखिने मायाछात्तीभित्र मुटुसँग समेटिन्छ माया ---आसुँ बनी आँखाबाट बगिदिन्छ मायाहाँसो बनी ओँठबाट हांसी दिन्छ माया ---गीत बनी शुसेलिमा रमाउँछ मायाकहिले कही जिन्दगीमा ओइली दिन्छ माया ---
खोजी हिँड्दा पाइन्न त्यो मनको साँचो मायाजता ततै खोज्दा भेटने सस्तो छैन माया ---बिछोडको बेदनामा कहालिन्छ मायामिलन हो ढुक्ढुकिको सत्य चोखो माया ---(बोल्डर कोलोराडो )

रुनु न हास्नु भयो
शेखर ढुङेल
०३-०१-२००९
रुनु न हास्नु भयो जीवन
माझदार मा अल्झेर
न अघी न पछी जान सके
नियती मा फसेर
रुनु न हास्नु ---
चियायो बिहानी ले सधैं मलाई
नयाँ भाग्य ल्याएन
गिज्याइ रह्यो चाद मलाई
यो मन मा सित्तल छरेन
रात भर सित्तल छरेन
रुनु न हास्नु ----
वारी पारी डुल्छन आँखा
कीनार मा देखिन्न आशा
निरास , हतास भयो मन
मरु कि बाचु उपाय सुझेन
मेरो मनमा उपाय सुझेन
रुनु कि हासु भयो जीवन
मझदार मा अल्झेर -----


सम्हालिन सकिन
प्रबिण थापा
सम्हालिन सकिन मनको बाध फुट्यो हजुर
उनको मेरो सम्बन्ध आजै देखी टुट्यो हजुर
चैत्र मासको खडेरिमा आँखाभरी वाढी आयो
नचाहेरै उनलाई खुशी मलाई पिंडा जुट्यो हजुर
जिन्दगीको गोरेटोमा सँग सँगै हिड्छौ भन्थ्यौ
बिच बाटामै उनको हात र मेरो हात छुट्यो हजुर
रमाइलो संसार थियो कालो वादल छाइ आयो
अनायसै आजफेरी असिनाले चुट्यो हजुर
अब सधैं हास्छु मात्र दु:ख दुर गयो भन्थे
मेरा सबै खुशीहरु कुन पापिले लुट्यो हजुर
 
गीत/ गजल/ कविता दौंतरी डट कम, भाग २२ Tue, 01 Jan 2013 08:45:00 +0000


तिम्रो जोबन
राज राई संगमबिगुटार-४ सुर्के ओखलढुंगाहाल शार्जाह युएई
तिम्रो जोबन फुलझै बैशालु
हेराई झनै अनौठो मायालु
लाग्यो मोहनी
क्या राम्रो रैछ नि आँखा गाजलु
कोईली झैं लाग्यो नि मिठो त्यो बोली
सारै नै सुहायो चौबन्दि चोली
पागल भएँ नि
तिमि त रै छौ नि सारै चन्चली
माया लाउन सिपालु रैछौनि
लुकि लुकि ईसारा गर्छौनि
घाईते पार्योनि
दिलै चोरी मायाले गर्नु गर्योनि
यो मनमा हलचलै मच्चायौ
थाहै नपाई मोहनी लगायौ
लौन के गरौं
अन्जानैमा मायालु पागल बनायौ
आऊ तिमी नयाँ वर्ष

नयाँ वर्ष
आऊ !
हिजोका तितापलहरु बिर्सेर
हत्केलाभरी भिजेका
रगतका छापहरुलाई मेटाउदै
अञ्जुलीभरि प्रेमको फूल रोपौ !
एकअर्कालाई प्रहार गर्न
तम्सिएका हाम्रा मृत्युवाणहरुलाई
फ्याकेर
आजको यो रातमा
जीवनको लागि हात मिलाऔ!!

भोलिदेखि शुरु हुने हाम्रा बिहानीहरुमा
कसैको क्षुद्र दृष्टि पर्न नसकोस
भोलि उदाउने हाम्रो चम्किलो सूर्यमाथि
दुखको बादल मडारिन नपाओस!

भो पुग्यो!
ति विह्वल रातहरु
भयंकर अमानुषी परिवेशहरु
जर्जर र मृत्युदायी पलहरु
आफ्नाहरुको बिछोडको पिडा,
कष्टपूर्ण जीवन
नदोहरियोस फेरि!

आत्मियतालाई टुक्रा टुक्रा च्यातेर
स्वार्थको युद्द लड्नु अघि
हामीले सजाएको फूलबारी
सुगन्धित छ अझै
हामीले टेकेको माटो
पैतलामा भेटिन्छ अझै
हामीले साटेको प्रीति
प्रतिबिम्बित छ आँखामा अझै
हामीले पूजेकी आमा
मन-मन्दिरमा सजिएकी छीन अझै
आऊ!
मिलेर दियो बालौ
निभ्न नपाउदै दियो
प्रेमालिंगनले ज्योती थपौं
नढल्दै यो प्रहर
अखण्ड भ्रूणको सृजना गरौ!
ताकि,भोलिका नयाँ दिनहरुमा
कोही गर्भमै टुहुरो हुनुनपरोस
सृजनाका कोपिलाहरु
सेचनको आभावमा
नफक्रिदै ओइलाउनु नपरोस
मायाका सुन्दर रहरहरु
कसैको अपृय दृष्टिमा झर्नु नपरोस्!!
नयाँवर्षमा स्वागत छ तिमीलाई
नितान्त नयाँ रंग बनेर आऊ
फुस्रिएका यि भविष्यका रेखाहरुमा
अमिट सुनौलो रंग भरौं हामी!
भोलि बिहान
धरतीमा टल्कने
अशंख्य शीत थोपा जति
शुभकामना तिमीलाई
भोलिको सुनौलौ मिर्मिरे संगै
आऊ तिमी नयाँ वर्ष बनेर
स्वर्णिम भविश्यको लागि
मिलेर हामी प्रहारको सामाना गरौं
ताकि,
कोही मित्रको मुखुण्डो लाएर यहाँ
ढाडमा तिर रोप्न नसकोस्
कोही शुभ-चिन्तकको बाहानामा यहाँ
मुटु छेड्न नतम्सियोस्!!

-आश्मा


शुभकामना तिमीलाई
बिजयकुमार श्रेष्ठ
 ईराकबाट
पोहोर साल शान्तिका खुशी पाउने आशामा हाई गरेको थिए
तर खुशी कहाँ गएको थियो आशाको भारि बोकाई दिए
समयलाई दोसि भनौ की परिवर्तीत समय त्यसलाई बुझी लिए
सामन्ति र तानाशाहि शासन गए भन्थ्ये खोई त परिवर्तन के दिए
तर पनि तिमीलाई बधाई त दिन नै मन थिएन बाध्य भएर दिएजस्ता अपराध र हिसंाको बहुल्यता बढाई दिए पनि माफी गरि दिए
जे हुनु थियो भएरै छाढ्यो नयाँ भन्ने उर्जा कसले छाडि दिए
सफल विफल जे भए पनि परिवर्तनको आहुती सृर्जना गराई दिए
आउने नयाँलाई स्वागत् गर्दै तिमीलाई सकुशल बिदाई दिए
शुभकामना छ नयाँ साल तिमीलाई शान्ति छाउने आशा लिए ॥


शुभ - कामना -२०६६
शेखर ढुङेल
उदायो छाना माथि
नव सुनौलो किरण
जोश र उमङ बोकेर
पंक्षि हरु को चिरिबिरी संगै
शुभ मंगल् प्रगती कोसंगीत बनेर
झरना र नदी को
कल कल संगै
बिर्सेंर तिता अतित का
सद्भाब को सन्देस लिएर
पुष्प हरु को सुबाश संगै
भुलाई दु:ख का दिन
प्रसन्नता को गीत गाएर
शुभ होस , मंगल् होस
प्रगती होस नेपाली जन को
२०६६ एउटा ईतिहास बनेर
नयाँ बर्षको शुभकामना
समझदारिमा छाको मन्दी हटेर जावोस
आपसी तिक्तताको तुँवालो फटेर जावोस
आफ्नो पनमा दुख्दा पनि कती तमासा हेर्छौ
बैरी को छ आफ्नै घरको कटुता कटेर जावोस
रगतको बाछिट्टाले छाडेन जती ओतिए नि
बारुद गन्ध आउने शियाल घटेर जावोस
कस्को आँखा लाग्यो कि दाउ चले कसैले फेरी
नेपाली मन र पन बिथोल्ने बत्तेर जावोस
शुभ होस यो बर्ष नयाँ जोश जाँगर बोकी
सबै आफन्त हुन सबै मन रत्तेर जावोस
जिबन ,यात्रा र पोकली झर्ना
अमेरिका - गुरु केदार बराल
छोटो जिबनको लामो यात्रामा
तिस हज मार्मिक र वास्तविक
कटु यथार्थका तिरहरुले
मन मस्तिस्कमा स्पर्स गरेका छन
अनी दिएका छन
रोजाइ, भोगाइ र तोकाइबाट
टाढा रहन प्रेरणा
थाहा भयो पोकली झर्ना
ओखल्दुङा मात्र सिमित हैन रहेछ जिबन
काठमादौ पनि रहेछ
थाइलेन्ड कतार हुँदै
अमेरिका पनि पुग्दो रहिछ जीवन
कतै सुखमा हाँस्दै कतै दु:खमा रुमलिदै
स्टेट स्टेट घुम्दो रहेछ जिबन
सके सम्म उपकार सहयोग र
सद्भावका किरणहरु छर्दै
आफुलाई वास्ता नगरेर
अर्काको निम्ती लाग्दो रहेछ जिबन
मनै त हो मान्छेको
कतै कतै सन्कोच बडी हुँदा
कतै मानिस बेबहारिक नहुँदा
ठाक ठुक पर्दा वा अपमान अनुभव हुँदा
मन दुखेर आउदो रहेछ जिबन
यस्तै यस्तै आसु हासो कथा र बेथालाई बोक्दै बोक्दै
कतै रहरमा कतै करमा अनब्रत
हिन्ने रहेछ त्यो जिबन
आफुले नखाएर अर्कालाई खुहाउने
आफुलाई लुकाएर अर्कालाई देखाउने
गुलाफ अरुलाई दिएर काडा आफु लिने
आफु रुख बनी छहारी प्रदान गर्ने
पारीजात बनी बासना अरुलाई छर्ने
रचना बिधिको अप्रम्पार छ

E
प्रेम कहानी
विजयकुमार श्रेष्ठ
 -हाल ईराक
नपिउनु थियो मैले नसाका तरेलीहरु विषपान सम्झेर
नलाउनु थियो मैले अदृश्य माया चोखो हो भनेर
नधाउनु थियो मैले टाढाको बाटोलाई नजिक छ भनेर
नदिनु थियो मैले आशा चोखो माया लगाउछु भनेर ॥
कसलाई के थाहा हुने रहेछ चोखो माया के हो भनेर
न त वजन नै हुने रहेछ न त पाउछ माया छामेर
म भन्छु माया बेहोसिपनको सहारा हो अदृश्य छ भनेर
सन्सारलाई नै रोगी बनाई दिन्छ बिजुलीको करेन्ट बनेर ॥ ॥
अदृश्य सारथि भएर पनि माया लगाउछन नजिक बनेर
कसलाई थाहा हुने रहेछ मायाको मुल्य कति हो भनेर
दिनेको मन लिनेको तन कसले जानेको छ कस्तो हो भनेर
सन्सारको रितलाई परिवर्तन गरि दिन्छन प्रेम कहानी भरेर ॥ ॥ ॥


सर्वभौमता बेचियो
हस्त गौतम मृदुल
स्वर्ग जस्तो देश हुनु पर्थ्यो शक्तीसाली
संधैको गरीब भयौ किन हामी नेपाली
सम्पन्न राष्ट तर पनी भयौनी कङ्गाली
संधैको दरिद्र भयौ किन हामी नेपाली
हिंशा भएर धमिलियो बुद्धत्वको आंचलखै हटेन नी निरंकुस्ताको माकुरी-जाल
चन्द्रमामा पुर्याउने नेता भाषण गर्छन्
जनता भने भोक रोग र शोकले मर्छन्
प्रकृति पानी र अन्नको छ नी भन्डार
तर खाली छन भकारी भोक बारम्बार
पृथ्वीनारायणलाइ बिर्सिएर अंशबन्डा गरी
सर्वभौमता नै बेचे निहित स्वार्थमा परी


आश भो ....
हिजो १५ हजार नेपालीको एउटै लाश भो
लाश अरु नबढुन् भन्ने मात्र आश भो ।
तानाशह र भ्रस्टाचारकै रगरगी भैदियो त्यहाँ
आज, महङी हामीले फेर्ने शुद्ध सास भो ।
सान्सद उडे मलाया, सिङापुर र बैन्कक सुरामा
जनता काट्ने बिधेयक त्यसैबाट पास भो ।
क्रान्तिकारीहरुको मस्ती सधैं महाजनको महलमा
निमुखाको घरमा बन्दुकधारी छापामारको बास भो ।
मुलुक बेचियो, अन्धकार उपहार हामी गरीबलाई
नेपाल आमा अमेरिका र भारतले खेल्ने तास भो ।
आज, जसले जे गरे पनि हुनी भाको छ, मुलुकमा
सत्य, धर्म र निस्ठा अनि सारा कुराको नाश भो ।
नबेचिउन चेली फेरी हाम्रै आँखा अगाडि, सस्तोमा
नयाँ सालले परिवर्तन ल्याउला भन्ने झिनो आश भो ।


यानी हावा सरर
By अशोक कुमार नेपाल
यानी हावा सरर
गाउ घरको मायाले आसु बारार
६२ सालामा पर्देश गएयो ईराक भुमिमा
कति दु:ख पाइयो हजुर एक बारको जूनिमा
ईराकको तातो घाम खप्नै गाह्रो भो
दुखियाको जीवन बिताउन गाह्रो भो
यानी घामै घमाइलो
बिदेशमा भन्दा त स्वदेशमै रमाइलो
बनै भरी फूल फुल्यो बस्न बूकिको
कसो गरी बिताउनु जीवन अब दुखिको
गाउघर रमाइलो धानै झुलिने
पर्देशी जीवन दुखी मन कसरी बुझाउने
यानी हावा सरर
गाउ घरको मायाले आसु बारार
गाउ घरको मायाले आसु बारार


जन्म त लिए जिउनको लागि
सी "दोषी"
जन्म त लिए जिउनको लागि साहारा खोज्दै हिडे
साहारा खोज्दै हिड़दा हिड्दै जीवन आधा बीते ।
उकाली चढदा गहर्यो हुन्छ हात दिन्छु उचाली
तानी पो दिन्छन् भन्ने आशमा बस्छु कोही छ की समाई l
ओराली झर्दा लकलक खुट्टा कांपेर हैरान छ
लौरी को साहारा लिदै झर्छु भन्ने मन भैइराछ ।
आराम गर्न चौतारीमा बसी थकाई बिसाई
सिरसिरे बतास पनि आउदैन म संग रिसाई ।
गरेको छैन केही बिराम मैले सजायको भागीदार
सजाय भित्र आलमलिए पछि "दोषी" भो बराबर ।

नआएको भए हुन्थ्यो
प्रबिन थापा
बेखबरलाई खबर बनाएर
अखबारहरु रङगाउन
अक्षरहरु पड्काउन
बुद्धको धुजी उडाउन
सगरमाथाको शिर नुगाउन
उही पुराना कुरा,पुरानो भाषण
प्रजातन्त्रको नाममा निरंकुश शासन
उस्तै आतंक,पुरानै भ्रष्टचार
उही हत्या,हिंसा, बलत्कार
बिक्रिती नै बिकृतिको
आयतन बढाउन
अधिकारको नाममा
सभ्यता बिर्साउन
नआएको भए हुन्थ्यो यो नयाँ बर्ष।
बाँच्ने आशाहरु देखाउदै
पल पलमा मार्नलाई
जितको मिठो आश्वासनमा
सधैं हार्ने पार्नलाई
बेश्रीङ्खलित बाटाहरुमा
श्रीङ्खलाबद्ध पिंडा छर्न
परिचित घुम्तिहरुसँग
अपरिचित भएको नाटक गर्न
हजारौ अब्यक्त्त बेदनाहरु बोक्दै
मनका उच्छबासहरुलाई कैदी बनाउन
सपनाहरुलाई लास बनाउदै
मसानघाटमा रमाउन
शुन्यता भित्र जुरमुराउदै
विश्वाशको यथार्थतालाई कुल्चेर
अन्धबिश्वाससँग लुकामारी खेल्न
सम्भाबित दुर्घटनाको आधारशिबिरबाट
लामो मानबताको खडेरी बोकेर
नआएको भए हुन्थ्यो यो नयाँ बर्ष।
नआएको भए हुन्थ्यो यो नयाँ बर्ष।।


तक्दिरको तस्बिर
तक्दिरको तस्बिर आफ्नै आँखाले देखिने भए
दु:ख को लेखथ्यो मनले चाहेको लेखिने भए
कदम कदम जिन्दगी दुख्छ खुशी फुटेर यहाँ
उकालो ओरालो केले छेक्थ्यो हबामा टेकिने भए
बिधिको बिधान न मेटिन्छ न छेकिन्छ कतै
घाम नि लुक्दो हो नत्र बादलले छेकिने भए
पापको भय नपर्ने भए देउता को पुज्थ्यो
शान्त हुन्थे सबै यहाँ आँफै मानो सेकिने भए
दुनियाँमा को छ पिर ताप मुक्त मान्छे यहाँ
कस्ले बोकथ्यो बोझ नत्र सजिलै फेकिने भए

जिंदगी यात्रा गर्दा
सी "दोषी"जिंदगी यात्रा गर्दा गर्दै थकित भई सकदा पनि
जिन्दगीको यात्राको टुंगो अझै भई सकेको छैन अनि.
लड़खडाउदै भय पनि टुंगोमा त पुग्नै पर्यो नि
उकाली,ओरली,भंझ्यागं,चौतारीमा बस्दै थकै त मार्नै पर्यो नि.
थकै मारी सुशेली पार्दै आनंदको सागरमा डूबी बस्दा अनि
बतासले काउकुती लगाई ब्ययूझाई दिए पनि.
म कुन संसारमा हराई रहेको हुदो रहेछु
झल्यास बिउझी आफैलाई हेर्दा चौतारीमा नै पाउछु .
फेरी पाईला बढ़ाई अघि बढदै यात्रा सुरुवात गर्दैछू
यात्री भई यात्रा गर्दै बिंदु भित्र पुग्न्ने अठोट गर्दैछू



तिम्रो ढंगमा भूल्दा
नीर्मन केएम
नंखेल ६ भक्तपुर
छडके पर्दै चिहाउँदै मन्द मन्द हांसी दियौकता कता यो मनभित्र माया राखी दियौचिनेको नि थिइनँ मैले देखेको नि थिइनँ मैलेयस्तो पनि हुँदोरैछ अन्जानामै कहिले कहिले
मेरै सामु लजाएर सुस्त सुस्त हिंडी गयौहिंडाइको चालसंगै यो मन पनि साथै लग्यौकुन जादुको रंग थियो ढँग न्यानो नौलो लाग्योहेराइमा मिल्दाखेरी संसार आफ्नै जस्तो लाग्योदुनियाँको माझैबाट इशाराको झल्को लाग्योहोकि होइन थाहा छैन मलाइ त्यस्तै लाग्यो

औँलाहरू चुमेर
- वैरागी काइँला
औँलाहरू चुमेर औँलाभरि सलाम
मेरो हजुरलाई आँखाभरि सलाम ।
के बिराएँ ? नजरले चुमेँ
ती फूल जो ओठमा फुले
के बिराएँ ? हत्केलामा थापेँ
ती केश जो लाजमा झुके
मानेँ, कि मेरो हजुरलाई
बाटोभरि साह्रै गरी लाज लाग्यो रे ।
औँलाहरू चुमेर औँलाभरि सलाम
मेरो हजुरलाई आँखाभरि सलाम ।
के बिराएँ ? सपनामा आएँ
सपना र विपना पगालेँ
के बिराएँ ? फूलमा गालेँ
सीमाना र साँध नै पगालेँ
मानेँ कि मेरो हजुरलाई सपनामा
रातभरि नीद लागेन रे ।
(यो कबिता अशोक नेपालले पठाउनु भएको हो)


कोशीस
शेखर ढुङेल
०३-२९-२००९
सम्झौता गर्न खोजे
आगो सित
खोइ त्यो चिसो भएन
सम्झौता गर्न खोजे
नदी सित
खोइ त्यो बग्न छाडेन
सम्झौता गर्न खोजे
पहाड सित
खोइ त्यो झुक्न मानेन
सम्झौता गर्न खोजे
स्वाभिमान सित
खोइ त्यो बिक्न मानेन
सम्झौता गर्न खोजे
आसु सित
खोइ त्यो झर्न छाडेन
सम्झौता गर्न खोजे
दु:ख सित
खोइ त्यो हास्न खोजेन
सम्झौता गर्ने खोजे
स्वार्थ सित
खोइ त्यस्ले त्याग गरेन
सम्झोता गर्न खोजे
समय सित
खोइ त्यस्ले रोकिने नामै लेन
अन्तिम मा
सम्झौता गर्न खोजे
मृत्‍यु सित
खोइ त्यस्ले कुनै शर्त रोजेन


मनको कुरा भन्छु भन्थ्यौ
नीर्मन केएम
नंखेल ६ भक्तपुर
मनको कुरा भन्छु भन्थ्यौ किन भनिनौ त?एकैछिनमा झुल्किएर किन अस्तायौ त?म पनि त तिमीसंग नजीक होउं भन्थेंसबै कुरा तिमी सामु पोख्न पाउं भन्थें
मनको कुरा मनमै राखी किन बल्झियौ त?एकैछिनमा झुल्किएर किन अस्तायौ त?कहिलेकाहीं भेट्दाखेरी मनभरि आशा बढ्छनयनभरि संसारमा तिम्रै कुरा नाची दिन्छमंजील नछोइ बीचै बाटो किन फर्कियौ त?एकैछिनमा झुल्किएर किन अस्तायौ त?
गैरी गौउमा मेरो घर
सारदा रमन नेपाल
गैरी गौउमा मेरो घर नौउ मेरो सानी
कहिले बनको घांस काट्थे कहिले भर्थे पानी
एक्दिन हाम्रो गौउमा धने कान्छा आयो
शहर को बखानको धेरै गीत गायोबाबा नीकै लोभीनुभओ पैसा कमाउन
टीनको छाना लगाएर घर सजाउन
धने सित साहीली र म काठ्मन्दु गाको
गलैचाको कारखानामा बुन्ने काम पको
हात भरी ठेला उठे हासी हासी हसे
सानी थिए बाआमाको सपनामै बहे
अझै धेरै पैसा पाउने लोभ देखाएयर
त्यहां बाट लग्यो मलाइ देशै कटाएर
मुम्बैमा बेचीयको थाहापाइन मैले
यसै जुनी डुब्छ क्यारे गुहार पाइन मैले
फुत्त उडी भागु भने म त चरी होइन्
कोठी बाट उम्कन बाटो मेरो छैन


हेर हेर कस्तो हुने भो
शेखर ढुङेल
०३-२४-२००९
हेर साथी नेपाल मा समानुपातिक ले
के के हल चल ल्याउने भो
जन जन मा घर घर मा
उर्ले को यो आवाज हो
खांदा ह .. दा
जन्ती अनी मलामी जाँदा
जता ततै गुन्जे को यो
आवाज हो
समामुपातिक को फाँट मा
ऊपेछ्या को खेती भो
समानुपातिक जोड्दा जोड्दा
देश को सयन्त्र ऊट भो
समानुपातिक कुरा गर्दा
एक ले बोल्या अर्को ले
नबुझ्ने भो
समानुपातिक को देश मा
दर्जी को बिहे मा
बाहुन ले बाजा बजाउने भो
मिजार जती पूजारी बने
छेत्री ले जुत्ता सीउने भो
किसान जती राजनीति गर्ने
ठकुरी ले अब हलो जोत्ने भो
नोकर जती ले ऐस गर्ने
मालिक ले भांडा माज्ने भो
सिपाही जती कुर्सी मा बस्ने
हाकिम ले लडाईं लड्ने भो
तलसिङ जती सुकुम्बासी
मोहिले खेत बेच्ने भो
पहाडीया जती मुग्लान पसे
मधिसे पहाड तिर चड्ने भो
समानुपातिक नेपाली को नाम
कर्मा बहादुर यादब हुने भो
बिदेसी लाई समेट्ने
समानुपातिक नेता हेर्दा
यस्तो देखिने भो
खुट्टा मा मेक्सीकन डिङो बुठ
कम्मर मा मधेसी धोती
छाती मा गोर्खाली दौरा
आङ मा तामाङ् को इस्ट कोट
टाउका मा शेर्पा को टोपी
दाँया खुकुरी
बाँया लिम्बु को तरवार
हात मा थकाली को बाण
बोक्ने भो
एउटा लाई उचाल्दा
अर्को थचारिने भो
हेर साथी नेपाल मा
यस्तो पो हुने भो

 
गीत/ गजल/ कविता दौंतरी डट कम, भाग २१ Tue, 01 Jan 2013 08:39:00 +0000


फरक किन?
हस्त गौतम मृदुलयहाँ मान्छेले मान्छेलाइ छून नै पाइन्नआफनै आँशु झारेर पनी त रुन नै पाइन्न।कसैको इसारामा नै हामीले बाँच्नू पर्छसंधै नै सर्कसको बाँदर भएर नाच्नु पर्छ।बोल्न पाइन्न, आफ्नो मन खोल्न पाइन्नश्रद्धा बिनाको त्यो स्वतन्त्रता नै चाहिन्न।खै देश काहां छ? बिधिको कहा छ शासनकेवल जिवनभर सुनेको छ रुखो भाषण।अगी बढ्ने निकास छैन, कूनै बिकास छैनदिन पनि रात भयो खूशीको नै प्रकास छैन।जाती जाती बिच घृणा, छैन यहाँ भात्रीत्वभागबन्डा लगाए नेपाल आमाको मात्रीत्व।

दुनियाँ को उपहास भएर बचेँ
गुरु केदार बरालअमेरिका

दुनियाँ को उपहास भएर बचेँपागल को उपमा पाएर बचेँतिमीले मलाई छोडे देखिम यस्तै धेरै हालत म बचेँआँखा को आसु रित्ताएर बचेँमुटु को घाहु लाई सहेर बचेँ
हासो सबै सएर बचेँएकान्त लाई साथी बनाएर बचेँसुनसान तिम्रो याद म कल्पेर बचेँतिम्रो तस्वीर छाती म च्य्पेर बचेँआफु लाई आँफैबाट हराएर बचेँम यस्तै धेरै हालत म बचेँतिमीलाई अरु सगै हिंडेको हेरेर बचेँदुनियाँ मा तिम्रो चर्चा सुनेर बचेँत्यो हाम्रो आतित सम्झेर बचेँम यस्तै धेरै हालत म बचेँखाली अस्तिपञ्चर लिएर बचेँमुटु बिनाको ढुक्ढुकी लिएर बचेँतिम्र लागि हजरौ अपहेलना सएर बचेँलाखौं पटक मरेर बचेँतिमीले मलाई छोडे देखिम यस्ता हजरौ हालत म बचेँआफ्नै मुटु चुडेर बचेँहजार पटक रोएर बचेँभन तिमी म कसरी बचेँतिम्रै याद म बचेँतिम्रै नाम जपेर बचेँन म सक्छु भुल्न तिमीलाईन सक्छु याद मा वीरसिना तिमीलाईधोका नै धोका को जीबन माजिन्दगी नै धोका सम्झेर बचेँअझे माया सम्झेर बचेँ
मायालुकॊ आङकुसेमा
श्रेष्ठ बिके -ईराक बलाद
पानीको गहिराई कसलाई के थाहा त्याहा भुमरि पो रहेछमाया दिनेको मन कसलाई के थाहा एकोहोरीएको हुदो रहेछकसरि पत्ता लगाउनु माया कहाँ छ र मुल्य कति पर्ने रहेछविश्वासको आधारमा जोडिएर संसार चलाउनु पर्दो रहेछ ॥न त सानो ठुलो नै भन्ने गर्छ न त उमेर नै नाप्दो रहेछअन्तर आत्माको भावनालाई साटेर भाव विहलमा बग्दो रहेछसमुन्द्र पारि पनि मायाको तिरले हानी वर्षा झारि दिदो रहेछउराठ लाग्दो जिन्दगीलाई पनि सरलतामा भिजाई दिदो रहेछ ॥मायाले भिजेको जिवनमा काउसाको बिरामी सर्दो रहेछकाउकुतिले सताउन थालेपछि कहिले भेट्ने पार्दो रहेछसमयको चक्रव्यूहलाई भुल्नु पर्नेसम्म बाध्य पार्दो रहेछमायालुकॊ आङकुसेमा फस्न सारै गाह्रो पो पर्दो रहेछ ॥
पुराना यादहरु
प्रबिण थापापुराना यादहरु बल्झी बल्झी फर्कदै छआफ्नो मन आँफैसग दुर दुर तर्कदै छपिडाको भुमरिले शान्ती छैन मनमाथाहै नपाई अनायसै, आशु दर्कदै छअन्जानमै कहिकतै गल्ती भै हाल्योकी
मिठो बचन बोल्दा पनि रिसाएर झर्कदै छबरबराउछु पागलसरी एकान्त भित्र पनिछिन छिनमा बेहोस हुन्छु मुटु थर्कदै छअनौठा सपनाहरु देखिराछु आजभोलिअनर्थ हुन होकी छाती मेरो चर्कदै छ
अस्विकृत बुद्ध
शेखर ढुङेल०५-२९-२००९तिम्रै देश मा हे बुद्ध!तिमी अस्विकृत भएका छौमुल्युहिन सम्झी मानब चोलायत्र त्यत्र उस्कै बलीसत्ता ब्यापार मा साटिदै छश्रेष्ठ प्राणी भएरै होलाउस्कै रगत घुम्ने कुर्सी चुस्दै छहाबा संगै बिलाएकैयौं मुना चित्कारखडेरी को जङल सरिउजाड सिउदो रुदै छलालच त्यागी राज पाठछोड्ने तिम्रो पवित्र भुमी मानयाँ बिहानी संगैझनै कठोर सत्ताछाती मा परेड खेल्दै छअस्थिर , तरलित मानबस्वार्थ को बली चढ्दै छसपना का शितल सागरक्रुर चुनामी भएशान्ती का दुत आशु झार्दैरणभुमि हेरी रहेउकुस मुकुश माहौल योबुद्ध तिम्रो घर माबन्धकी भबिस्य सुस्ताउदै छदेब तपो भुमी नेपाल माआन्दोलन का खेती फस्टायोतिमी अस्विकृत यो बर्तमानसन्तति लाई त्रास पस्कदै छकोमल मनमाबित्रिस्णा बिद्रोह पोतियोसमयले बाटो बदल्यो कि ?खन्डहरको ईतिहास रच्योशर्माइ चेतना को प्रकाशबादल मा मुन्टो छोपीतिम्रो आगन को बाटोभुले जस्तोअमानबियता को राको बोकीनब जात ब्रीद्ध कोइ नभनीखाडल मा जोत्ने काम हुँदै छबुद्ध तिम्रो आँखामा धुलो छ्याप्नेधुन्दकारी हरुको मौलायो खेतीमानबता बिरुद्धको अपराध लेहेर शिखर चुम्दै छबिबेक र सदभाब को मस्तिस्क मापाषविक दुस्टता भरिदै छशान्ती का मलेवा हे बुद्धटायर् र बारुद को धुवा माकोइ छटपट्टिएर मरेकोइ बस्ती छोडेर भागेलठ्ठी भाला र बन्दुक बाहेकअरु भाषा नबुझ्ने भएका छौहे बुद्ध तिम्रै देश मा आजअस्विकृत भएका छौ तिमी
जीवनका बारेमा
गुरु केदार बराल
जीवनका बारेमा कल्पना गरेका हुन्छ।
तर सबैको पुरा भने भएको हुदैन।
बशन्तहरु म बाट टाढिसकेका छन्।
जीवनका विभिन्न उत्तारचढावहरुमा
म कयौ पटक हाँसेको छु अनि रोएको पनि छु।
चाहना एकातिर अनि यथार्त अर्कोतिर
यस्तै यस्तै माझेधारहरुमा म धेरै पटक झस्केको छु
साँच्चै जीवन विचित्रकै हुदो रहेछ।
कहिले आफुले जीवनलाई डोराईन्छ
कहिले आफुलाई जीवनले डोराईन्छ।
जीवन एक संघर्ष हो, यो धुर्बसत्य कुरा हो।
सायद त्यसैले होला म पनि आफ्नो जीवन संघर्ष छु

मेरो सामू आई नजर नझुकाउनू
-प्रकाश सापकोटा,
काभ्रे हालः दोहा
मेरो सामू आई नजर नझुकाउनू अबदेखि
अन्कनाई ओठ-मुख नसुकाउनू अबदेखि
पिरतीको पोल्टोभित्र साँचेको त्यो उपहार
दिउँ कि नदिउँ गरी-गरी नलुकाउनू अवदेखि
गहभरि छचल्किन्छ भावनाको प्रतिबिम्बएकान्तमा मात्रै बह नफुकाउनू अबदेखि
आफ्नो मनोकामनालाई आफैंभित्र गुम्स्याएर
झ्याप्पै आँटे कदमलाई नरुकाउनू अबदेखि
तिम्ले गर्दा मलाई पनि कस्तो-कस्तो हुन्छ अचेल
खुली आउनू कि त टाउकै नदुखाउनू अबदेखि
समयले कतिखेर कोल्टो फेर्छ पत्तो हुन्न
मौका आए हत्तपत्त नचुकाउनू अबदेखि
मेरो सामू आई नजर नझुकाउनू अबदेखि
अन्कनाई ओठ-मुख नसुकाउनू अबदेखि

दैव रित्तो हात भयो
सुमान बगालेसुमनसुधाआबुँ खैरेनी तनहुँपात झरेर के हुन्थ्यो फुल झरेर घात भयोउनी सानी म ठुलो दैव रगतको जात भयो
रनवन डुली गाइ चराउदै लाएको माया पि्रितपापी रगत जातको दैव दुइ दिनको साथ भयो
ओत वश्त्र लगाएर एक हुल जोगी आए भन्थे
भित्रै खाडल खनी दैव उनीलाइ पुर्ने बात भयोन्यायको तराजु कोल्टाएर माफी दिए दोषीलाइमर्दा जति जलाइदिए दैव नामर्दाको खात भयोचोखो माया लाएपछि जुनीभरलाइ हुन्छ भन्थेँविना राता छिनछिन चुरी दैव रित्तो हात भयो ।

आमा
विजय कुमार श्रेष्ठ हाल ईराक
धर्तीको रुप धारण गरेर संसारको सृष्टि गराई दिएका छौ आमाआफनो ज्यानको पर्बाह नगरि सन्तानलाई माया दिएका छौ आमाघाम पानी नभनि आफना सन्तानको भविष्य उज्वलमा लागेका छौ आमा्आफनो गास काटेर भए पनि सन्तानलाई खुशी बनाउन लागी परेका छौ आमाआफुले खाने बेला सन्तानको मुहार अगाडि देखेर रुने गर्नु हुन्छ हाम्री आमाउमेरले ५० काटे पनि आफनो अगाडि सानो देख्ने गर्नु हुन्छ सन्तानलाई आमापवित्र मायाको बन्धन कहिले टाढा नदेख्ने सबैलाई बराबरी माया दिने आमाबुढेस कालको सहाराको आस थियो तर अहिले कस्को छायाँ पाउने आश आमासानो छदाँ मर्ला भन्ने डर ठुलो भए पछि भेट्रन पाउने छैन भन्ने त्रास आमाकसले सम्झने गरेका छन् र सबै भए परदेशी भेट्न आउछ भन्ने आश आमा ॥
आमा कहाँ बिलायौ
आचार्य प्रभा
आमा तिम्रो मात्रित्वको परीभाषा
कसरी म दिउ ?
जब कि तिमीले त मलाई
न्यानोपनको आभाष नै नदिइ
छाडेर गयौ ....
बात्सल्यताको महत्व नबुझाई
बिलिन भयौ ...
म भने आमा ,आमा चिच्याइ रहें
तिमी त कठोर् बनी
शुन्यमा बिलायौ ...
जब मलाई तिम्रो न्यानोपनको
आवश्यकता थियो तब तिमी त
आँफै चिसिएर बगर बन्यौ
जब मलाई तिम्रो उपदेशको चासो थियो
तब तिमी त वाक्यहिन भै क्षितिजमा निदायौ
भन... आमा तिमी कस्तो सजाय दिइे
टाढा टाढा अस्तित्वहिन भै
कुन नभमा बिलायौ ?
मलाई जन्म दिइे सहाराहिन् किन बनायौ ?
आमा कुन क्षितिजमा हरायौ ?
मेरो बात्शल्यताको अर्थ किन लुटायौ ?
(समर्पित ''मदर्स डे ''मा )

E
के के निस्के !
ईमान्दारका घर-चोटमा कालो धनका रास निस्केउपचार गर्छौं भनी आउने आफैं रोगी खास निस्के ।आरोग्य र अमरताको पाठ पढाई थाक्दैन थे,तीनका अमृत पिउँदा पिउँदै हेर कतिका सास निस्के ।गजब थियो ओज तीनका, देशको लागी मरीमेट्ने,राष्ट्रबादको मुखुण्डो झर्दा, बिदेशीका दास निस्के ।समानताका आबाज संगै मानवतका नारा दिन्थेआज तीनकै भान्साबाट तीनले खाने घाँस निस्के ।हींसा, दबाब, दण्डहिनता अराजकता यत्ती बढ्योअग्रगमन, स्वसाशन र शुसाशनका लास निस्के ।

E
गजल
मैले लाको माया तिम्ले झूठो ठान्यौ कितानी फाल्यौ चुरोटको ठूटो ठान्यौ किचाखी चाखी स्वाद लिन बानी थिएनमलाई पनि तिमी जस्तै जुठो ठान्यौ किदिलको राजा भन्थ्यौ आज बैरी भए छुछि:छि दुर धेरै गर्यौ लुतो ठान्यौ किमुटु जोडी मन टोद्यौ दुख्दो रैछ छातीपिसिएर खेरा जाने ढुटो ठान्यौ किमैले छुदाँ शितल हुन्थ्यौ आज के भोभत भत पोल्ने सिस्नोको बुटो ठान्यौ किE
क्रुर चक्रहरु
अमेरिका - गुरु केदार बरालसाच्चिकै समयका क्रुर चक्रहरु घुमि नै रहेभावना भरि भरि स्मृतिका सुमनहरु सँगालेर,मन भरि भरि सितलताक उद्वेगहरु भरेर,मुटु भरि भरि संब्रिद्धिका सगुनहरु लुकाएर,आँखा भरि भरि प्रफुल्लताका अनुबन्धित गरेर
अन्जुलि भरि भरि शुभकामनाका कोसेलीहरु बोकेर,दिल भरि भरि टलपल् टलपल् बिक्षिप्तताहरु कुम्लो कसरे,म विवस छु - मेरो मुटुको आधा टुक्रा कतै वाटोमै छाडेरआफुलाई असह्य चोट र व्याथाको परिधि हुँदैएकान्त तर्फ, अनकन्टार् तर्फ, आँधिवेहेरी तर्फछालहरु तर्फ धकेल्न। म बाँधिएको छु,समयका जन्जिरहरु भित्र
E
जय होस
शेखर ढुङेलक्यालिफोर्निया यु एस् ए०४-२१-२००९जय होस जय होस जय होसमेरो जन्म भुमी नेपाल कोअमर रहोस वीर शाहीद का गाथानमेटिउन देश का सिमा रेखाउठोस हात घर घर बाट
बनाउन नेपाल लाई संसार कै खास्साजय होस जय होस जय होसफर्फराइ रहोस चन्द्र सुर्य अन्कित झन्डाअनन्त सम्म सगरमाथा सिर मानिधार मा लाली हात मा गुरास थालिचम्की रहोस स्वाभिमान नेपाल कोयुग युग सम्म संसार माझजय होस जय होस जय होसघन्की रहोस घिन्ताङ मादलनाची रहोस वीर गोर्खाली खुकुरीतराइ सिचोस हिमाल लेभकारी भरोस तराइ लेतोड्न नसकोस हाम्रो बन्धुत्वकोइ बैरी परदेशि लेजय होस जय होस जय होस
बिस्थापित हामी
आचार्य प्रभा
(अमेरिका )
प्रवासी तन,स्वदेशी मनको मिश्रित अस्थिपन्जर
कहिले कमजोर बनेर ढल्न खोज्छ
कहिले अस्थिर बनेर रम्न खोज्छ
किन हो कुन्नी ?आमाको मोहले
मोहित भएर होला शायद ...
आफ्नै आमाको काखको सिरानी रोज्छ ।रहर हो कि बाधयता ?
रणभुल्लमा छौं हामी ,
आफ्नो अङेना र चुल्हो बिर्सी
पराइेको गांस टिप्न वाध्य छौं हामी ।
ह्रीदयभरी छट्पटिका सासहरु गुम्साएर
तरै पनि हाँस्न पोख्त छौं हामी
स्वदेशको माटो पराइ बन्यो
गाउँको बाटो बिरानो भयो
मारुनी ,दोहरी र सोरठी भाका
केवल सम्झना मै सिमित रह्यो
लिङे पिङ र रोटेपिङ्को रमाइलो
आँखाभरी भरी छाइे रह्यो
कस्तो बिवस्ताको खेल हो यो
पराइ भुमी नै रोज्नु पर्‍यो
कस्तो धर्म संकट हो यो
आँफैलाई बिस्थापित गर्नुपर्यो ।

E
कस्ता कस्ता छन्
राकेश कार्की
लस् एन्जेलस्
मन्दिर भित्र बाहिर प्रभु नाम जप्नेहरु छन्आईलागेको दु:ख आँशु झारी खप्नेहरु छन्कोही मुसा बनि पसेर सिँह बनि गर्जेरआफूलाई ताते गराउनेलाई नै रोप्नेहरु छन्फसाएर तर्सनेलाई कठघरामा उभ्याएर
आफ्ना सबै कालाकरतुत छोप्नेहरु छन्पवित्र नदि नालामा ढल खनाईदिएरडिष्टील वाटरमा आफूलाई चोप्नेहरू छन्के आफ्नो भन्नु आन्द्रा डढाउने रक्सीभो भो भन्दा भन्दै पनि थप्नेहरु छन् ।
बिडम्बना

अमेरिका - गुरु केदार बराल
हामी सबैको लागि सच्चाई एउटै हुन्छ ।
तर हरेक देशका आफ्नाआफ्नै झूठहरु हुन्छन्
जसलाई आदर्शवाद भन्ने नाम दिइएको हुन्छ ।
हरेक मान्छे आजीवन यसै झूठमा सास फेर्छन् ।
तर थोरै यस्ता प्रतिभाशाली व्यक्तिहरु पनि हुन्छन्
जो यी झूठहरुबाट मुक्ति पाउन सक्षम हुन्छन् ।
बिडम्बना त यो छ- त्यस बेला उनीहरु आफ्ना
बिचारको संसारमा एक्लाएक्लै हुन्छन्


आफ्नै हात नि काट्छ छुराले
आफ्नै हात नि काट्छ छुराले बलियो दापमा नपरे
चेत आउदो रछ र कहाँ जिन्दगी धापमा नपरे
स्वच्छ हराभरा यो धरा सुगन्धले कि दुर्गन्धले
कुन्ठित बिरुवा हुर्केलान के घाम्को तापमा नपरे
जल थल मलको समायोजन बिना हुर्केको फल झै
जरौली देखिन्छ नयाँ लुगै नि आफ्नो नापमा नपरे
साद्य र साधनको सन्तुलन व्याख्या कि बेबहारमा
सबै अल्छि गर्दैनन केही,जब सम्म चापमा नपरे
गती रोकी सधै अधोगती,कहाँ को हो यो उन्नती
सिको ननीको हुनेनै भयो गतिलो छापमा नपरे
जय अखण्ड नेपाल !
उर्वर फाँट , हरियो तराई , टल्केको हिमाल
कलकल नदी, पहाड , ताल फुलेको नेपाल
सुन्दर छवी , शान छ हाम्रो कीर्ति त कति पो !
सम्हाले आफ्नो अतितको गाथा ‍भविष्य हाम्रो हो ।
एक थिए पूर्खा मिलेर तिनले सिर्जना गरेका
माटोको नशा, देश हो मुटु ज्यान दिँदै लडेका
रगतको दान गरेर तिन्ले सीमा त्यो कोरेका
जात र भाषा धर्म र दम्भ माथि ती उठेका ।
देउथलको युद्द नाला र पानी कुमाउ र टिष्टाका
गाथा र कन्था , घाउ र व्यथा सम्झेर हेर त
जीवनको मोह , तेरो र मेरो देखिन्छ कहीँबाट ?
सकिन्न उठ्न तोडेर स्वार्थ लत्रेको भूईँबाट।
नलाऊ भाग , नबनाऊ साँध पूर्खाको छातिमा
फुटेर भाइ ननिम्ताऊ चोर अँध्यारो रातिमा
बनेर आँफू बनाऊ अरू , हातमा हात देऊ
सम्हाल साँध बलियो बनाऊ मेचि र काली छेउ।
बनाए बन्छ भत्काए ढल्छ जीवनको यो गति
माटो हो मुलुक बगाए बग्छ भएमा दूर्गति
ढल्दिनन् आँफै सिर्जना ‍देवी सुरम्य वसुधा
सम्हाले हुन्छ, जोगाए बन्छ देशको अस्मिता ।
तेरो र मेरो स्वार्थको भाव फुटेको मानव
आकार मात्र भएर हुन्न , सोचको दानव
इमान सोच बेहोरा रित्तो हामी यो के भा’को
लत्याई विचार , शान र मान हाम्रा ती पूर्खाको
हटाई हिंसा , मलहम लगाऊ मुलुक हाम्रो हो
सय थरि भाषा जाति र धर्म मिलेकै राम्रो हो
मिलेर झिँजा बलीयो भारी दाउराको बनेको
मिलेरै बन्छ हजारौँ खोला विशाल नदी त्यो ।
- ‍एकलव्य
बिरत्त
हस्त गौतम
हाँसु भने खुशी रित्तियो
रोउँ भने आँसु सिद्धियो
निर्स मेरो यो जिन्दगीमा॥
उड्ने मन्को प्वाँखै काटियो
हाँसो संग आँशू साटियो
आज मेरो यो जिन्दगीमा॥
चिरा चिरा पारी यो मुटु
छिया छिया पारी सपना
धोका दिइ कोही गैदियो॥
अन्तर मन्को नाता तोडेर
दुनियाँमा एक्लो छोडेर
आफनै छायाँ वैरी भैदयो॥
न खायको विष लाग्यो नि
भय जति सुख भाग्यो नि
दुखि मेरो यो जिन्दगीमा॥
उड्ने मन्को प्वाँखै काटियो
हाँसो संग आशू साटियो
आज मेरो यो जिन्दगीमा॥
भताभुंग भय चाहाना
लथालिंग भय योजना
खानु सम्म धोका खाएर ।।
अध्यारो भो पुरा जिवन
निरस भो मेरो संसार
अलछिनी कोही आयर॥
माया गर्ने बहानामा
सकुनिको पासो थापेनी
दुखि मेरो यो जिन्दगीमा॥

 
गीत/ गजल/ कविता दौंतरी डट कम, भाग २० Fri, 28 Dec 2012 18:44:00 +0000

अनौठो रहेछ प्रेम विमान

अमेरिका - गुरु केदार बराल

अनौठो रहेछ प्रेम विमान
उड्नलाई टिकट नचाहिने
कसैको मनको प्रेम टिकट लिए पछि
कल्पनाको संसार भरि डुल्न पाइने
तर दूरि पार गर्नु नपर्ने !!
मैले आफै चालक भएर उडाउँदा
मेरो यात्री उनी मात्रै थिइन
हामीले धेरै ठाउँ डुल्यौं
उनी अझै उडौ भन्थिन
तर आँखा खोल्दा त उनी
घ्वार घ्वार घुर्दै थिइन ॥
प्रेमको वायुयान उड्न थालेपिछ
आवाज पनि नदिँदो रहेछ
एकै पल्ट चन्द्रमा पुगि
मंगल ग्रहमा ओर्लदो रहेछ
उनलाई साथ नछुटाई
फेरी धर्तीमा फर्किदो रहेछ ॥
तर मेरो प्रेम थान
आज नराम्ररी थन्केको छ
यात्रु नै विमान देखि विराक्तिएपिछ


आऊ, लेन्डुपहरुको पूजा गरौँ

मधु माधुर्य
(मास्‍को ,रसिया)
निर्लज्ज इतिहासको पृष्ठभूमिमा
आत्मग्लानीले
पोलेर मुख रातो होस् बरु
चुपचाप
आऊ लेन्डुपहरुको पूजा गरौँ !
उत्तर अलि नास्तिकजस्तो छ
दक्षिण त आस्तिक नै हो:
यहाँ ३३ कोटी देवता र लेन्डुपहरुको
पूजाआजा हुन्छ
पूजा नगर्ने स्वाभिमानीहरुको वर्तमान
सधै संघर्षमय हुन्छ
पूजा गर्नेहरुको मृत्यु
अलि मायालु र सहज हुन्छ
कतिखेर देश बितिसकेको हो
थाहा नै हुदैन,
पीडा नै हुदैन
हेर्दाहेर्दै सीमा ओझेल परिसकेको हुन्छ
हेर्दाहेर्दै बिश्वमानचित्र फेरिसकेको हुन्छ
च्यातेर हेर मुखुण्डो
देश डुबाउनेहरु लेन्डुपहरु नै हुन्
लेन्डुपहरुको भाषण कति मीठो हुन्छ
लेन्डुपहरुको भेष कति सुकिलो हुन्छ
पद र कुर्सीहरु हुन् अक्सिजन लेन्डुपहरुको
हामी उनीहरुलाई जिताउन
हरेक वर्ष चुनाब कुरिरहेका हुन्छौं
पार्टीको नूनको सोझो गर्दै झोला फटाइरहेका हुन्छौं
सुनौलो बिहानीको दिवास्वप्न बोकेर !
महान हुन्छन् लेन्डुपहरु
उनीहरुको छाया समेत अमर हुन्छ
नपत्याए हेर पिस्करका राता आलीहरु
टनकपुर र महाकालीमा चहर्रयाइरहेका घाउहरु
सहिदहरु देशको लागि सहिद भएका हुन्
यहाँ कोहि पनि
लेन्डुपहरुलाई लेन्डुप बनाउन शहिद भएका छैनन्
तै पनि महान छन् लेन्डुपहरु
जहाँ आफ्नो सम्मान र पूजा हुन्छ
त्यतै दौडन्छन लेन्डुपहरु आफ्नो देशै बोकेर
वर्षाको भेल झैँ
प्रत्येक लेन्डुपहरु दक्षिण धाईरहेका हुन्छन्
समयको हुरीले त निभाउन सकेन डढेलो लेन्डुपहरुको
हजारौं ज्ञात-अज्ञात शहिदहरुले त भगाउन सकेनन लेन्डुपहरुलाई
को हौँ र हामी
लेन्डुपहरुको बिरुद्ध आजन्म मुर्दाबाद घन्काई रहने झ्याउकिरीहरु
कठोर वतास छेकेर नुहिरहेको बाँसघारी झैँ
फगत विरोधकालागि जन्मेका जस्ता देखिने
मनुवाहरू -
आत्मग्लानीले
पोलेर मुख रातो होस्
वा थुकुन सन्ततिले
आऊ, लेन्डुपहरुको पूजा गरौँ !
चुपचाप
सहज मृत्यु वरण गरौँ
निर्लज्ज इतिहासको पृष्ठभूमिमा
लेन्डुपहरुको नाटक हेर्दाहेर्दै
जिउदै मरिसकेका हामीहरु
जिएर किन जीवनको उपहास
गरिरहेका छौं दिनदहाडै
भोटो फटाउँदै शताव्दीको !


खुल्ला किताब
आचार्य प्रभा
(अमेरिका )

खुल्ला किताब सम्झिएर पढ्न खोज्यौ कि ?
बिझाउने काँडा बनी गड्न खोज्यौ कि ?रोकिएका पाइलाहरु अघी सार्न खोज्दै
मेरो हात समाइ अघी बड्न खोज्यौ कि ?

आफ्नो ब्यथा लुकाएर मनभित्र भित्रै
मेरो पीडा पैंचो माग्दै लड्न खोज्यौ कि ?शितल त्यो मनभित्र किन राप पाल्छौ ?
मेरो मनको ताप लिइ डढन खोज्यौ कि ?


यहाँ फूल फूल्नै पाएनन्
मृदुल

यहा फुल फुल्नै पाएनन् बसन्त आउदा पनि।
आशु कैलै हाँसो बनेन अबसर पाउँदा पनि॥केवल हाउभाउ मात्रै देखायो पछि फर्कि हेरेन।
हात्ति आयो फुस्सा मात्रै नयाँ काँचुली फेरेन।
यहाँ पालुवा पलाउन पाएन बसन्त आउदा पनि
दुख कैलै सुख बनेन अबसर पाउँदा पनि॥पार्नु सम्म कुण्ठित पारी ह्दय यो जलायौ
आशको निरास पारी आखिर के नै पायौ॥रंग कैलै फेरियन यहाँ बसन्त आउदा पनि।
चिन्ता कैलै खुसी बनेन अबसर पाउदा पनि॥

बुर्की मुरी नछरे है
सुमन सुधा

मेरो सन्देश हात लाग्दा रिसले हुरी नबने है
सक्दिन भो अब आउन बाटो कुरी नबसे हैसौभाग्यका यी श्रृँगारहरु अर्कैको लाए पनि
तर्किएर झर्की बोली मलाइ घुरी नहेरे हैबदलाको भावनाले दुश्मनलाइ राज खुल्छ
पराइ ठानी एकअर्काले हाम्रो दुरी नबढे हैमिलन मात्र हुने भए विछोडको के अर्थ र
व्यर्थ भनि जिन्दगी साहारा छुरी नलिए हैमनमा चाहना हुदाहुदै भाग्यले रच्यो खेल
मेरो लागि मर्‍यो भनि बुर्की मुरी नछरे है
म छुच्चो
शेखर ढुङेल
०५-१५-२००९
मेरो कलम को थुतुनो
ज्यादै चोथाले भो
जन्मदा घिउ चिनी को सट्टा
खोर्सानी को धुलो , रिठ्ठा को झोल
पिलाए छन कि क्याहो
मेरो कलम को थुतुनो
ज्यादै चोथाले भो
सुन्दर सैलिमा नेता का
प्रससा र भजन लेख्नु को साटो
पाइलै पिच्छे तिन्का गल्ती को
उछ्छीत्तो गरी लेख्ने भो
मेरो कलम को थुतुन
ज्यादै चोथाले भो
महानता को लेपन् पोती
स्तुती को दोसल्ला ओढाउनु को साटो
कटाक्ष अलोचना अनी
कमजोरी को चर्चा मात्र लेख्ने भो
मेरो कलम को थुतुनो
ज्यादै चोथाले भो
फुल को सुगन्ध र
रङ को बर्णन को साटो
पेचिला काडा अनी
अस्थिर पत्ता को
तथ्य मात्र देख्ने भो
मेरो कलम को थुतुनो
ज्यादै चोथाले भो
माथि माथि पुग्न आफ्नै
भबिस्य सोच्नु को साटो
समाज का अभाब , बिक्रिती को
भडास ओकल्ने मात्र भो
खोइ किन किन
मेरो कलम को थुतुनो
ज्यादै चोथाले भो
अफनै सुख र संसार मा
नरमाइ देश र समाज को
लागि हित चिताउछु
भन्दा भन्दै
तित्रा को मुख जस्तै रे
सबै को बैरी र छुच्चो पो भो


हीजो राती त नीन्द्रा परेन
देवी राम् लामीछाने
Denmark

हीजो राती त नीन्द्रा परेन
चाहेको थीएँ हात चलेन
बिबस भएँ अनी लादीएँ तर नीन्द्रा परेन
के हो यो पागलपन् त होइन ?

याद् तीम्रो अती भो
यहा त मेरो दुर्गती भो
फर्कीन्छु प्रीय भोली नै आई बस् कुरेर देउरालीमा
सपना त मेरो ठुलो नै हो
चाहाना तीम्रो पुरा गरन सकीँन
खोइ प्रीय म त बीदेशमा बस्नै सकीँन
काममा होस या कोठामा, तन-मन छ तीम्रो पासमा
तीमीले आखाँमा आँशू बहाएको
अनी फोनमा रुदै कराएको
म त अब सुन्न सक्दीन् तीमी बीना बस्न सक्दिन ।

तिम्रो मीठो सम्झनाले
आचार्य प्रभा
(अमेरिका )

तिम्रो मीठो सम्झनाले कयौँ पटक झस्किए म
त्यही नमीठो पीडाले घाऊ बनी चस्किए म ।
पल, पल आउँछ याद ,बाडुलिको हिक्का बनी
तिम्रो तस्बिर अङालेर केही समय मस्किए म ।
कल्पनामा आउछौ तिमी आँखाभरी मात बोकी
तिमीलाई दंग्याएर कहिले कही ठस्किए म ।
जब बोल्छौ भावनामा तिमीभित्र हराइदिन्छु
यथार्थमा नपाउदा निरश बनी खस्किए म ।

हल्लै हल्लाको देश
आचार्य प्रभा
(अमेरिका )
सधैं हल्लै हल्लाको देश भो नेपाल
कोही बिद्रोह ओकल्छन
तोड्फोड गरेर ,
कोही मौन छन आँफैलाई धिक्कारेर
कोही लुछाचुँडिमा ब्यस्त छन
पद्लोलुप्ताको निम्ती ,
कोही नारा लगाउछन
अधिकारको अभिप्शामा
यसरी नै नौटंकिको
बजार बनेर बाँच्न वाध्य छ हाम्रो देश ,
कुनै गन्तब्यबिनाको
बटुवा झैं बनेको छ
हाम्रो भाषा अनी हाम्रो भेष /
खै !कसरी भन्न सकिएला ?
यो रोगको निराकरण
होला भनी ,
खै !कसरी सोंच्न सकिएला र
जननी जन्मभुमीश्च स्वर्गदपी गरियसी
अब फेरी भनी ...../

...मात्रै रै छ ।
यीनका निती मीठो बोल्दै, सबलाई मिच्नु मात्रै रै छ ।
‘म’, ‘आफू’ र ‘मेरो’ बाहेक, सबलाई किच्नु मात्रै रै छ ।बलीदानको पाठ पढाई मर्न भन्थे निमुखालाई,
हाम्रा रगत केवल तीनकै बाली सीच्नु मात्रै रै छ ।आज स्वरुप उदांगीयो, दुनीयाले चिने पनि,
हिजोको त्यो शालीन मुद्रा तस्विर खीच्नु मात्रै रै छ ।सहिद पनि लिलाम गरी बन्दुक किन्ने कुरा सुन्दा,
यीनका कदम आफू चढ्न, जनतालाई थीच्नु मात्रै रै छ ।दुई चार दिन त शान्त भा’थे फेरी चल्यो पौठेजोरी
यीनले कायम गर्‍या शान्ति, सिनो घीच्नु मात्रै रै छ ।

शब्द हरु अलग
शेखर ढुङेल
०५-१०-२००९
शब्द हरु अलग अलग
भाबना मन को एउटै हो
जस्ले छोडि हिंडेपनी
बिछोड आखिर बिछोड नै हो
छाती मा मुटु बेग्ला बेग्लै
धडकन् सबको उस्तै हो
तिमी लाई दुखोस कि मलाई
पिडा भोग्ने उस्तै हो
घाऊ होलान साना ठुला
बग्ने रगत त रातै हो
अचानो बनेर हेर एक दिन
चोट सब लाई एउटै हो
शब्द हरु अलग अलग

भन्छीन आज
प्रबिण थापा
भन्छिन आज माया गर्न जानिन रे मैले
उनी माथि कर्के नजर हानिन रे मैले
लजाउदै रातो भई गोधुलिमा भेट्न आउँदा
मेरो समिप आउ भनी तानिन रे मैले
जुन टिपी ल्याउन सक्छु तिम्रो लागि भनी
प्रिती गास्ने नौलो चलन धानिन रे मैले
भुलेर उनको मुस्कानमा स्पर्श बिनानै
कुनै क्षण अगालोमा बानिन रे मैले
जल्दो बल्दो जवानी,त्रिष्णा मनको मेटाउन
जाबो एक रात सगै काट्न मानिन रे मैले
नोट:वास्तवमा मैले नारी हिर्दय माथि अन्याय गर्ने मनसायले यि हरफहरु कोरेको होइन।माया त आखिर माया नै हो चाहे पुरुष चाहे नारी सबैका भाबनाहरुमा समानता पाईन्छ होइनर ? मात्र यो एउटा सिर्जना सम्झनु हुनेछ भन्ने आशा राखेको छु र यदी कसैको चित्तदुखाएछ भने माफी पाउ है।

म दीपेन्द्र वीर बिक्रम शाह
मृदुल
अचानक आज राती मेरा राजकुमार आए
आफुलाइ लागेको सवै कुरा मलाइ बताए
भन्छन मैले नै मेरो परिवार मारें रे
भन्छन आफै मेरा हजुर बुवा मरे रे
त्यो कदापी होइन हुदै होइन
यो त मति भ्रष्ट आफन्तकै खेल हो
त्यस्मा छिमेकीको स्वार्थको मेल हो
मेरा हजुर बुबा महेन्द्र सच्चा देश भक्त थिए।
मित्र राष्ट चीनको अत्यन्त मित्र बन्दै गए।
त्यो मित्रतालाइ देखी नसहने अर्को मित्रले
एकाएक मेरो देशमा नंग्रा गाडन थाल्यो।
राजसंस्थाको बिरुद्धमा नेता भाड्न थाल्यो।
एक बिरो पानमा बिक्री हुने नेताहरु
एकाएक प्रजातन्त्रबादी र गणतन्त्रबादी भए
देशको अमुल्य सम्पदा सुम्पिदै गए।
गान्धीका अबशेषहरुले घ्रृणीत खेल खेले
नेपालीले असैहय दुख दर्द मात्र भुले
मेरा हुजर बुबालाइ सिकार खेल्ने भने
सुनौलीबाट हत्याराहरु चितावनमा हुले।
काठमान्डौमा अशम्भव देखेर तराइमा झारे
त्यही गोली हानी जंगल भित्र महेन्द्रलाइ मारे।
घरकै दुष्टलाइ आफनो बहसमा पारे
मुटुको ब्याथाले मरेको भनेर प्रचार प्रशार गरे
त्यो होइन र का एजेन्टले मारेका थिए।
नेपालको अस्तित्व संकटमा पारेका थिए।
किनकी आफनो माटोमा आंच आउन दिएनन्
सर्वभौकिताको रक्षा गर्ने स्वार्थमा बिकेनन्
अनी मेरा बाबाले पनि त्यही स्वाभीमान अंगाले
कालापानी र सूस्ताको बिरुद्धमा बोले।
त्यही भएर मेरी आमालाइ पम्फा देवी बनाए
हुने नहुने लान्छना लगाएर भ्रम सृजना गरे।
एक कौडीका नेतलाइ प्रशिक्षण दिए
रामराजा प्रशादलाइ बम बोकाएर आक्रमण गरे
त्यति बेला देखी मेरा बाबालाइ मार्न खोजे
किन कि बाबाले पनि चीनसंग समधुर सम्बन्ध बढाए।
त्यही कारण आपसमा नेता लडाए ।
मलाइ थाहा छ हामीलाइ कस्ले मारेका
त्यो बेलाको प्रधानमन्त्रिको अनुमति लिएर
दरबारमा राती प्रवेश गरेका थिए।
देशमा कालो माकुरको जालो बुने
मेरा आफन्त भनाउदाले साथ दिए
हत्याराहरु राती हेलिकप्टरमा आए
मेरो मुहारसंग मिल्ने मुकुन्डो लगाए
अनी पहिले मलाइ मेरो कोठामा मारे।
अनी भटाभट मेरै परिवारलाइ मात्र छानी छानी मारे।
कस्तो अचम्म म मरे पछि पनि मेरो परिवार मार्न सक्छु
सव सरासर सनियोजित षडेन्त्र हो।
हामी त सिद्धियौ हाम्रो राजसंस्था पनि सिद्धयो
तर मलाइ पिर छ कतै देश पनि सिद्धिन्छ की भनेर
किन की नेताहरु दरबार जानु भन्दा त
आजकाल लैनचौर जान बढी रुचाउछन।
स्वयत्त राज्यको माग गर्दै कुरिल्न्छन इसारामा
दिमाग र मन पनि उतैबाट भरेर सदन पुग्छन।
देशमा अस्थिरता भए पछि सिमा च्यापिदै आएकोछ।
पुर्वको टिस्टा देखी पस्चिम किल्ला काकडा
क्वाप्प खाएको स्याद अझै बाकी छ उस्मा
नेताहरु दिल्ली ढौडनु त्यसैको पुर्व अभ्यास हो।
सिक्किमीकरणको यो आन्तरिक सूरुयात हो।
पिसाव फेर्दा पनि उसैलाइ सोध्न जान्छन
राष्टियता त के होर जनता क ेहुन र
यि चोर नेता भन्दा त मरिचमान देश भक्त हुन।
छिमेकीले नुन तेल नदिदा पनी हार खाएनन।
तर उसैको साहारामा पन्चायत पनी ढाले।
खै त सुनौलो प्रजातन्त्र देशमा आएको
शत्ताको खिचातानी र जनताको बिजोग हो
मात्र जनयुद्ध आयो हतियार पठायो
तर उसैका लठैतहरु जनयुद्ध लडेर हजारौ मारे
देशमा शान्तीको लिलामी गरे।
समभावनाका ढोकाहरु बन्द गरे।
अनी हिमाल देखी नदी नाला
लुम्बिनीका इतिहासिक इटाहरु चडाए
बुद्धका अमुल्य सम्मपदा पनि चोर्न दिए
तर दोस राजसंस्थालाइ लगाए
किनकी बुद्धलाइ बिक्री गरे नेताले
सम्मपदा बन्दगीमा राखे नेताले
नेता र बेश्यको भर हुन्न भन्थे
तर बेश्य भन्दा नेता मुन गद्धार भए
हेर जनताहरु बिगतलाइ केलाउ
भाइ भाइमा काटमार गराउने को हो
निस्वार्थमा स्वार्थ मिलाउने पापी को हो
चिन चाहे गान्धीका अनुयायी हुन।
चाहे लेलिनका अनुयायी हन।
चाहे माओका अनुयाही हुन
यी सव देशको सर्वभौक्तिको
बिला लागाउनेहरु मात्र हुन।
अन्तमा जनतालाइ गुमराहमा पारी
शहिद बनाउनेहरु हुन।
अहिले देशले भोगेको संकट हुदा
हेर त कस्को चलखेल बढेको छ।
को उस्को भत्ता भएर को कुर्लेको छ।
जाती जातीमा लडाउनेहरु
पार्टी पार्टीमा फुटाउनेहरु
यी कुतत्वले देश खाइ सके
अरुले सवै सार पाइ सके
ए जनता हो म मरे पनि हामी मरिए पनि
र एतिहासिक राजसंस्था ओझेल परे पिन
म अझै तिम्रै दिलको सिहांसनमा छु।
तिमीले हामीलाइ माया गर या नगर
तर यि दही चिउरेनेतालाइ चिन।
सुन्दर भबिस्यको भागबन्डा लगाउनेलाइ चिन
गुरु दक्षिणामा देश भेटि चढाएर
दिल्लीलाइ काठमान्डौ सम्म झिकाउने छन।
त्यतिखेर तिम्रो अस्तित्व थाहा हुन्छ।
किन छिमेकीहरुलाइ कम्जोर बनाउदैछ।
श्रीलंक्का युद्धको आगोमा जलेका छ।
भुटान अपहरणमा परिसकेको छ।
सिक्किम आफैमा गाभी सकेको छ।
त्यही भएर नेताहरु को भर नपर
आफनो देशको रक्षा आफैले गर
यि गनतन्त्रबादीहरु पनि उसैको मानो खाएका छन
यि प्रजातन्त्रबादीहरु पनि उसैको इसारामा नाच्छन।
देश दशगजामा मिचिदै जंगे पिलरहरु हराउदाको
पिंजडामा आर्तनाद गरि रहेको छ।
देश बचाउ सान्ती स्थापना गर
दक्षिणी सिमानामा आफै जंगे पिलर बन
आफैले आफनो थैली बन्द गर
आज कयौ देशबासी विस्तापित भए
तर दक्षिणबाट आएर उनै स्थापित भए
हामीले हाम्रो देश बचाउनु पर्छ
हामीले हाम्रो अस्तित्व बचाउनु पर्छ
नेताहरुलाइ खुलामन्चमा मुन्डयाउ
म दीपेन्द्र वीर बिक्रम शाह
फेरी आउने छ तिम्रो राजा हुन।
कसैको दास हुनु भन्दा रैती हुनू जाती
किनकी रैती हुदा देश पनी संगै हुन्छ।
तर दास हुदा देशको इतिहास मात्र रहन्छ।


झरेको पात
मदन बराल
०५-१०-०९
निद्राबाट उठी हेर्दा
आफुलाइ एक्लो पाएं
पहिलो दिनमा यात्रा टुट्दा
पात झरे सरी भएं
मुटू भित्र बस्छू भन्दा
थाहै नपाइ पराइ भए
पथ्थर बिच माया खोज्दा
काडा बिच हराइ गएं
पहरामा रुख हुंदा
सधै दुख झेलीरहे
बसन्तमा पात आउदा
पहेंलिदै हराइ गएं
हावासंग चुम्छु भन्दा
रुखबाट झरी गएं
पूर्व घाम नउदाउंदै
साझ परी अस्ताइ गएं
(कसैको जिबनसंग मेल खाए संयोग मात्र हुनेछ)

जिस्किन थाल्यौ प्रिया
सुमन बगाले
फाट्दा मुटु नदेख्नेले लुगा फाटदा देख्यौ प्रिया
रुख चढाइ बन्चाराले फेद गिडी ढाल्यौ प्रिया
पुर्णिमाको जुनमापनि कालो दाग औलाएर
दोबाटोमा अल्झाइ पाइला अन्तै चाल्यौ प्रिया
भ्रुण मै मरे कोपीला रुखो बोटको के रङ रुप
चिनो दिइ सम्झनाको भित्र भित्रै पोल्यौ प्रिया
गाइ मारेर गधा पुज्ने चलन चल्ती तिम्रो रैछ
धोइ पाप पखाल्नलाइ लाख बत्ति बाल्यौ प्रिया
सँगै हिड्ने सहयात्री नहुने रहेछ जिवनसाथी
बनी काल हिजो आज जिस्किन थाल्यौ प्रिया


हेर्दाहेर्दै
ह्स्त गौतम मृदुल
हेर्दा हेर्दै यहा दृश्य परिवर्तन भएको छ।पुरानो पात्रको ठाउँमा नया आएको छजुन जोगी आए पनी कानै चिरेको भन्दैदेशमा जताततै नया तरंग फैलिएको छ।उही रुप उही रंगका तिनै सपना देखाउदै
पुरानो पात्रको ठाउँमा नया आएको छ।कैयौंलाइ बलिबेदीमा होमी बेपत्ता पारीस्वतन्त्रताको दियो निभाउन खोजेको छ।सर्वभौम हुने मौका मुठीमा बन्द गरेरपुरानो पात्रको ठाउँमा नया आएको छ।

…छैन
मुर्झाइ सके फुलहरु बगैचामा माली छैनबनझारले डसिसक्यो कुनै बोट खाली छैनपातो खोपिएका चोर रैछन साँधु बनी आएअनुहारमा लेख्या भे पो,छान्न पनि जाली छैनबारुद रोपी शान्तिको सुबास आउथ्यो र कहाँढलाए माटो मुखमा माँड लाउने बाली छैनधोत्रायो कि धमिराले कि त मुसा पसे जगमाभात्किएछ घरै अब त,ओत लाग्ने पाली छैनझुन्ड झुन्ड चन्ड मुन्ड असुरै कै राज भो अझैअत्याचारी बध गर्ने कलियुगमा काली छैनसिनो भएछ विश्वाश सदभाब बेवारीस भैगनाएको यो बिक्रिती निकास हुने नाली छैन
देश संकटमा डुबेको बेला
आचार्य प्रभा
भन्छन देश संकटमा डुबेको छदेश अब शेष हुँदैछहरेक पल नयाँ नयाँ खबरकाश्रीजनाहरु भै रहेछनदेश अवन्नतिको बाटोमालम्की रहेछ ,त र... खै ?यस्को निराकरण ?खाली सुस्ताएर एकार्कामा
बेदना पोख्नु शिवायकेवल... अखबारमाताजा समाचार बिश्लेषण गर्न बाहेकअनी हामी... उत्तेजित बनेरप्रत्एक समाचार पढ्न मात्रआतुर हुन शिवाय !त्यसैले म भन्छु हजुर ....मेरा अघी बड्ने पाइलाहरुमाफलामका कल्लिहरु बाँधिएका छन आजकल ,मैले देशको लागि सोँच्ने माथिङलमाअसहज पट्टी बांधिएको छ अचेलत्यसिले म के सोचौ ?देशको लागि साथी ?मलाई सोँच्ने मौका नैदेशका नरभक्षकहरुले कँहा दिएरत्यती सजिलै ?(मलाई केही साथीहरुको आरोप छ मैले देश को लागि सोचिन भनेर वहाँहरुलाई समर्पित कबिता)

परेलीमै छौ कि कसो
गुरु केदार बराल
परेलीमै छौ कि कसो, तिमी नै तिमी देख्छु
सक्दिन म बिर्सिदिन, छायां बनि पछि आउने छु
केही दिन भो भेट न भाको, बर्सौं बिते जस्तो लाग्यो
मिठो मिठो सम्झना मा, सधैं रमि रहुँ जस्तो लाग्यो
तिमी लाई भेट्न भनि, भिडहरुमा धाउछु
तिमी लाई हेर्न भनि, हिउँद भै आउंछु
सक्दिन म बिर्सिदिन, छायां बनि पछि आउने छु
परेली मै छौ कि कसो, तिमी नै तिमी देख्छु
तिमी सित सधैं भरी कल्पना मा कुरा गर्छु
कहिले चद्छु उकाली त कहिले बेसी झर्छु
यि मिठा मिठा याद हरु, गीत बनाइ गाई दिन्छु
परेली मै छौ कि कसो, माया भनी देखछु

विश्वाश मर्‍यो
प्रबिण थापाविश्वाश मर्‍यो अबिश्वासको जरा मौलाउँदै छमेरो प्रेम, कथा भयो हल्ला फैलाउँदै छठान्यौ तिमीले अहोभाग्य अरुलाई चोट दिनुसुन्दर एउटा बस्तिमाथी स्तब्धता छाउँदै छमुलबाटो भुलीगयौ स्वार्थको ओरालोमामरुभुमिमा मुल फुटाउछु भनी बौलाउँदै छ
आश्वासनका खोलासगै तिमी बगेपछीफूल फूलाउँछु पत्थरमा भन्दै टोलाउँदै छपर्दाफास भो सबको सामु चरित्रमा दाग लाग्योखुच्चीङ भन्दै शत्रुले नि ताली बजाउँदै छ




गीत/ गजल/ कविता दौंतरी डट कम, भाग १९ Fri, 28 Dec 2012 18:39:00 +0000

माया कस्तो रहेछ
विजयकुमार श्रेष्ठ
धादिङ्ग हाल परदेशबाट
फूल भनि टिपेको थिए काडाँको पर्न गएछ
मायालु सम्झि माया दिए निष्टुरीको पर्न गएछ
कस्तो होला माया भन्ने कुरा अभिसापपो हुदो रहेछ
बुझ्नेलाई श्रिखण्ड नबुझनेलाई काठ पो हुदो रहेछ
माला बनाई सजाउन खोजे तर झुस बनि बिजाई दिएछखुशियाली छाई दिन्छ भनेको त निरासपो बनाई दिएछ
समुन्द्रको रफतार भनेको सुनामीको छाल पो आई दिएछ
हराभरा भएको मनलाई उजाड बनाई सुन्य पो बनाई दिएछ ॥


म भूल हुँ
आचार्य प्रभा
(अमेरिका )
म भूल हुँ सुधार्न सक्छौ
पुरानो गल्बन्दिको धागो हुँ
उधारेर नयाँ स्वरूप दिन सक्छौ ....,
कहाँ मैले भनेकी छु र ?
म सदाबहार छु भनेर
कहाँ मैले हठ गरेकी छु र ?
म सदा सर्वदा जायज छु भनेर ,
म फूल हुँ बास्ना लिन सक्छौ
म... पत्कर पनि हुँ
कुल्चेर हिँड्न पनि सक्छौ /
कहाँ म गर्वित छु र ?
केवल फूल्नुको अर्थमा,
कहाँ म रमेकी छु र ?
बास्ना छर्नुको औचित्यमा ........./
म शूल हुँ ,
पंछाएर हिँड्न पनि सक्छौ
म पुरानो घाउको खाटा हुँ
उप्काएर फाल्न पनि सक्छौ /
कहाँ मैले सोचेकि छु र ?
म कोमलताको प्रतीक मात्र हुँ भनेर
कहाँ म निश्चिन्त छु र ?
सधैं तिम्रो अभीष्ट्मा अटाउछु भनेर
समग्रमा मेरो ........
इेक्षा,आशा, हार्दिकता यही हो
म भूल हुँ ,
सुधार्न सक्छौ ,
म.......जे हुँ,जस्तो हुँ
नयाँ आकार दिन सक्छौ /

बोझिलो दुखी नासो
प्रबिण थापा
अन्धकारको दुनियाँमा,बसाइ गयो नभन है
जाली माया गरेर, फसाइ गयो नभन है
वाध्यता छ मेरो सामु दुरदराजमा जानु पर्ने
जारी बैरी शत्रु सबै, हँसाइ गयो नभन है
बेला बेला फोन गरौला चिट्ठी पनि लेख्दै गर्छु
शिखरमा चढाएर, खसाइ गयो नभन है
केही बर्ष त हो नि सानु फर्की चाँडै आउछु
अत्यासिलो भङ्गालोमा, धसाइ गयो नभन है
कसैको भन्नु नहोस राम्रो सोच्नु राम्रो गर्नु
बोझिलो दु:खी नासो, टसाइ गयो नभन है


शिरबन्दी नअडिने रित्तो केश
सुमन बगालेसुमनसुधाआँबु खैरेनी तनहुँ
नेफुल्दैमा शेष ठानेछौशिर शिरबन्दी नअडिने रित्तो केश ठानेछौ
युद्धकालीन क्षतिग्रस्त नाङगो देश ठानेछौ
खाएका ति कसमहरु पलपलमा बदलियो
तिम्रो स्वार्थ यात्रामा ढुङगे ठेश ठानेछौ
कता कता हराउछु आफैलाइ रित्ताएरनसुहाउने देश विनाको भेष ठानेछौ
सुकेछ कि हिमनदि भिज्न छाडयो परेली
मबाट टाढिएर दुर रहनु बेश ठानेछौमरेतुल्य हुन्छु तिम्रो प्रतिविम्म नआउदामा
शिशिर ॠतुमा नफुल्दैमा शेष ठानेछौ

तिम्रो मजेत्रो फाटेछ आमा
तिम्रो मजेत्रो फाटेछ आमा म टाल्छु भन्थ्यो
पिर सुर्ता नगर सुख सँग म पाल्छु भन्थ्यो
विश्वास कस्ले निभायो चेतना अधेरो भो रे
भरोसा जगमगाउने बत्ती बाल्छु भन्थ्योजर्जर भो रे उर्बर माटो, बाँझो कती राख्नु
रगतले गन्हाकोछ, पसिना हाल्छु भन्थ्यो
पुर्खाको सिको बिर्सिएछ, कती छिटो आमा!
अब स्वाभिमान निखन्ने काम थाल्छु भन्थ्यो
दुई खोच बिच अल्मल्लिएको हाबाको झोक्का
अब त आफ्नै मन र पनमा ढाल्छु भन्थ्यो
राहतको अनुभुती के गरेथे झल्यास ब्युझें
कस्तो देखेछु सपना बिकृती फाल्छु भन्थ्यो
उहाँले प्रश्नको जवाफ दिनुभो
राकेश कार्की
लस् एन्जेलस्
उहाँले प्रश्नको जवाफ दिनुभो
कसैलाइ उत्तर कसैलाइ रवाफ दिनुभोप्रश्न सबै मार्मिक थिए
कुनै सामाजिक कुनै धार्मिक थिए
यथार्थता सबै प्रश्नमा थिए
मनभरी घाउ बोलेका थिएजस्तालाई त्यस्तै जवाफ दिनुभो
कसैलाइ सान्त्वना कसैलाइ रवाफ दिनुभोहकिकत प्रश्नले एकचोटी घोच्दा
उहाँले जड०गीएर दुइचोटी घोच्नुभो
धेरै प्रश्नसँग असहमत हुनुभो
अचानोलाई पींडा हुन्छनै भन्नुभोसही या गलत जवाफ दिनुभो
कसैलाई फकाउनुभो कसैलाइ रवाफ दिनुभो


सत्य
शेखर ढुङेल
०६-०२-२००९
आबरण मात्र राम्रो हो
भित्र भद्रगोल छ
कतै आक्रोस कतै बिद्रोह
त्यो होइन
जो देखिन्छ
मनमा उ छैन
जो दिमाग ले बोल्छ
आबरण मात्र राम्रो हो
हाँसो क्रितिम
छाती कुढिएको छ
दु:ख छैन आशुमा
ठट्टा भरिएको छ
कठोर बोली भित्र
मन पगाल्ने
आशु लुकेको छ
लामो सुस्केरा
सपना छ रहर छ
दिन र रात यहाँ
फरक भन्न मुस्किल छ
आबरण मात्र राम्रो हो
कतै उन्मान्द
कतै बित्रिष्णा छ
बिचित्र चमत्कार
लक्ष्य अन्धकार छ
लोभ्याउने लेबल भित्र
तितो ओखती भरे झै
आबरण मात्र राम्रो हो
अगाडि बढ्ने सपना भित्र
बिबेक बन्धकि परेको छ
ठेल मठेल तमासा मात्र
देख्दा र भोग्दा को
मानिश बिलकुल फरक छ


बिन्ती
आचार्य प्रभा
(अमेरिका )
बिन्ती छ है मेरो साथी तिम्रो सामु आइन
खुशी,हर्ष सङाल्नलाइ तिमी कँहा धाइन ...
मनले खोज्छ तिमीलाई सम्झनामा तिमी नै
झुठो बाचा दिनलाई मैले माया लाइन ...
त्रिषित छन नयन मेरा सुकेको छ आँत पनि
तिम्रो जस्तो त्रिष्णा मेट्ने अन्त साथ पाइन ...
तड्पिएरै बाँच्न पर्‍यो ,लेखनी नै यस्तै रैछ
तिम्रो साथ छाड्न लाई कसम मैले खाइन ...

धोकाको परिमाण
गुरु केदार बराल
ओखल्ढुङगा, पोकली
भगवतीको मन्दिरमा हात समाएर
कहिले साथ नछोड्ने वाचा गरेको
आंशू झार्दौ आँखाबाट
कहिले नटुट्ने कसम खाएको ।आज सम्झिन्छु ती क्षणहरु
प्रेम एउटा शक्ति मान्थे म
छातीमा सजाई उनलाई राखेके थिए
प्रेमकी खेलाडीको चक्करमा परे म !
अमृत सरी चोखो माया दिएर
उनलाई मनमा सजाएगथेँ
उनलाई मन पराउन पाप रहेछ
आज मिथ्या आरोपमा जेलिन पुगेँ ।
धोकाको परिणाम मैले पाईन
उनी सहारा विनाको जिन्दगीमा पुगिन
मैले ठूलो ज्ञान प्राप्त गरेँ
उनी पीरमा डुब्न लागिन् ।
सम्झना आउँदो रहेछ नी
कहिले काँही फोन गर्छिन्
अमर प्रेम कहाँ मर्छ र !
धोकाको परिणाम बुझ्दै होलिन् ।

पुराना पत्र पढेर
प्रबिण थापा
तिम्रो तस्बिर हेरेर, आज फेरी रोए
मिठो अतित सम्झेर,आज फेरी रोए
बल्झिए घाउहरु,चट्याङ् पर्‍यो मुटुमाथी
आँफैसग दु:खेर, आज फेरी रोए
भक्कानिए बिथोलिए,भाबबिभोर भए
अझै प्याला थपेर, आज फेरी रोए
हप्ता,महिना, बर्ष बिते,खबर आएन
भलो तिम्रो जपेर, आज फेरी रोए
आँखाभरी सुनामी झै याद उर्ली आयो
पुराना पत्र पढेर, आज फेरी रोए


कवि लेखक आँफै पागल बन्नु पर्छ
आचार्य प्रभा
(अमेरिका )
खोइ !कुन गन्तव्य रोजूँ म
जताततै इर्ष्या र डाहाको प्रतिष्पर्धात्मक बारहरुले
सांघुरिएका छन मेरा बाटाहरु
खोइ ! श्रृजनाको परकाष्ठमा पुगूँ कसरी ?
यहाँ सिर्जिएका सबै श्रृजनाहरु
मुल्यहिन भै पलायनतामा बिलीन भै रहेछन
मेरा आकांक्षाहरु अँध्यारोको कालरात्री
बनेर आँफैलाई डस्न लालयित् छन
त्यसैले ... अब पागलको उपाधी नै
रोज्न आतुर छन मेरा अनन्त इच्छाहरू ............,
यहाँ उदेश्यहीन गन्तव्यमा पाइला चालेमा
रमाउने हुन्छन सबै ,
समयलाई ब्यर्थै हातबाट मिल्काएमा
खुशी हुन्छन सबै ,
यहाँ अश्लील,असभय्ताको बाटो हिंडेमा
बाटो फराकिलो बनाइदिन्छन सबै ,
त र........ त्यही समयलाई
श्रृजनात्मक कार्यमा
बाँध्न खोजेमा टाढा भैदिन्छन् सबै ,
अनि...... बेअर्थको मानसिक पीडामा
डुबाउन खोज्छन सबै ।
त्यसैले........ आजकल त कसैले पनि
सही सदूपयोगको फल
कसैलाई देखाएमा खिशिको पात्र बनाउँछन सबै
अनि..... त बिवशता ,बाध्यताको चपेटामा परी
गन्तव्यहीन बाटोमा लाग्नु पर्छ आँफै
यो अनौठो कु संस्कारको दासी बनी
''कवि'' ''लेखक''
पागल बन्नु पर्छ आँफै ।


नशा र मायाप्रेम
गुरु केदार बराल,
अमेरिका
तिम्रा नयन नै नशालु रहेछन्
अब म हेर्दिन
नशा रहित मेरो जीवनलाई
माया प्रेमको नशामा डुवाउँदिन ।

विस्वास मलाई जागिसकेको थियो
तिमीले नै खुट्टा कमाई गयौं
कसको जीवनमा नशा वनी गयौं
आज प्रेममा अपाङ्घ भयौं ॥

मुस्कान नै परिचय थियो तिम्रो
आफै गुमायौं आज आफ्नो परिचय
कुन कल्पनाको सागर डूव्यो
त्यही भो तिम्रो जीवनको दुर्भाग्य !

आफ्नो ठानी चोखो माया दिएको थिएँ
त्यसलाई लत्यायौ किन
कल्पनाको सागरमा डुबेर
आज आँशु वगाउँछ्यौ किन !

जे साम्झिन्छ्यौ सम्झ तिमीले
म माया प्रेमको नशामा डुब्ने छैन
जीवन डुवाउने त्यो नशामा
अब म मन भुलाउँदिन ।


सिर्फ तिम्रो लागि
गुरु केदार बराल
कोलोराडोमा
सुकेको खहरे भए पनि मेरो जीवन
तिमी नदी झै सुसाएर बगिरहनु
औशीको रात भए पनि मेरो जीवन
तिमी पूर्णिमाको जुन झै चम्किरहनु ।
म पीडाको भूमरीमा तड्पिय पिन
तिमी भित्र हरपल खुसी छाईरहोस
मेरो मुटु छिया छिया परे पिन
तिमीलाई मस्तीले अँगाली रहोस ।

तिमीले अरुलाई दिन नसके पिन
तिमीलाई चोखो प्रेम मिलिरहोस्
मेरो सपना अधुरो रहे पिन
तिम्रो सधै साकार भै रहोस् ।

पटक मटक म दुर्घटनामा परे पिन
तिमीलाई हिड्दा ठेस नलागोस
मेरो जीवन असफल भए पिन
तिमीलाई सधैं सफलता मिलोस् ।

मलाई वाधा अड्चन आई परे पिन
तिमीलाई कुनै अर् ठ्यारो नपरोस्
सिर्फ तिम्रो लागि कामना गर्छु
भाग्यले साथ दिइरहोस् ।

बुझ्न सकिन
बिजयकुमार श्रेष्ठ
-हाल परदेशबाट
माया त नदिएको होईन तिमीलाई तर किन हो मैले बुझ्न सकिन
जिवनको उकाली ओरालीमा केही गल्तीहरु गरेहोला सम्झाउन सकिन
आघात माया पाउने आशा राखेको थिए तर चित्कार सवाय पाउन सकिन
एकबारको जिवनमा सधै पछुताउनु पर्ने किन हो मैले केहि बुझन सकिन ॥
कसरि देखाउ तिमीलाई मैले माया दिएको छु भनि छात्ति चिर्न त सकिनन त तिमीले बुझने प्रयास नै गर् यौ त्यो त मैले पनि बुझन कहिले सकिन
आफु त तड्पियौ तड्पियौ तर मलाई किन बेहोसि बनायौ किन बुझन सकिन
आखिर मायाको अबमुल्यन गर्ने भए मायालु बनि नाटक किन गर् यौ बुझन सकिन ॥ ॥
रुपलाई मात्र हेरेर नहुने रहेछ बानि कस्तो छ भनि पहिला थाहा पाउन सकिन
फेसन र रुपको जालमा पर्दा पछुताउन सिवाय अरु जिवनमा केही पाउन सकिन
अरुलाई तड्पाउन सिवाय केही नजान्नेले माया दिन्छु किन भन्यौ बुझन सकिन
जे जानेको छ त्यहि गर्नु केहि भन्ने पक्षमा छैन जिवनमा मायालुलाई चिन्न सकिन ॥ ॥ ॥

हावाको साथमा
गुरु बराल
हाल अमेरिका
ठाने मैले आँफु्लाई
म प्रेमको साथमा छु !
तर त्यो छल कपट रहेछ
हावाको गफमा उड्न पुगेछ !!
प्रार्थना गर्छु आज म
हे हावा ! मलाई लज्जित नपार ।
मेरो चोखो प्रेमलाई
नौटङ्की भनेर नबुझ ॥
म त प्रेमको पुजारी हुँ
लप्पन-छप्पन जाँन्दिन ।
दिलको आदर्श वेच्न सक्तिन
चोर्ने को मोहमा फस्दिन ॥
ईश्वर मेरा साक्षी छन्
झूठ म संग डराउँछ ।
सत्यमा सधैँ अडिग छु
डर चिन्ता हराउन्छ ॥
कुइरोको काग होइन म
वाज लखेट्ने चिवे चरा हूँ !
प्रेमको हावामा अब उड्दिन
जंजिरले बाँधेको अर्जुन हँ !!

मन भित्र कुरा खेल्छ
प्रबिण थापा
गजल: मन भित्र
मन भित्र कुरा खेल्छ मुटु गाठो परी जान्छ
सम्झनाको झटारोले गोली हाने सरी जान्छ
खुशी देखाउनकै लागि हास्न खोज्छु सबैसित
एक्कासी यो मुहारमा कालो छाँया परी जान्छ
नियतिले खेल खेल्यो मेरो जीवन माथि भन्छु
आशा फेरी पलाई आउछ बिच बाटोमै मरी जान्छ
जती खोज्छु सम्हालिन झन झन गार्हो हुन्छ
रसाउछ नयनहरु आशु त्यसै झरी जान्छ
भुल्न खोज्छु अतितका मिठा पलहरु
याद आउछ बल्झिएर मन मुटु हरी जान्छ


भन्छिन मेरी उनी
शेखर ढुङेल
०५-२४-२००९
न पछ्याउ अब मलाई
मेरो बाटो अझै कठिन हुँदैछ
हिंड्नु छ मलाई
काडा घारि को गोरेटो
तिम्रो सुकिलो लिवास
उध्रिन सक्छ
चिल्लो फराकिलो बाटो
रोज्ने हरु
दोष मलाई आउन सक्छ
फर्की जाउ सुख को संसार
मलाई त अझै पत्थरिला
बाटो मा हिंड्नु छ
साथ लागे त तिम्रो
कोमल पाउ मा घाऊ लाग्न सक्छ
टाढै बस रमाउ जहाँ छौ
मेरो बस्ती मा त
प्रदुषण ले बिमार पार्न सक्छ
बेच तिम्रो ज्ञान को भन्डार्
उतै तिर
यता त बित्रिष्णा आउन सक्छ
म त जिर्ण भैसके अब मैले
तिम्रो सन्तान को
भबिस्य कोर्न सक्दिन
टाढै राख तिन्लाई
गरिबि ले कुन्ठा बढ्न सक्छ
ओत लाग्ने आसा मारिदेउ
यो खर को छानो
जुनै बेला ढल्न सक्छ
काम को के भरोसा म मा
दौरा र टोपी को
काम समेत बन्द हुँदै छन
सभ्य समाज मा रमाउ तिमी
मेरो आगन मा त
बिक्रिती को पहाड खडा छ
तिम्रा कोइ दौतरी छैनन यहाँ
घर घर मा थरी थरी का डन्डा छन
नपठाउ मलाई अरब बाट
पसिना ले भिजेको चिट्ठी
रोएर म सिथिल भै सके
बाँकी छैन अब यहाँ
तिम्रो पुर्खा को अस्मिता
च्यातिएर धुजा धुजा भैसक्यो
नझार परदेश बाट
औपचारिकता का आशु
म त तिम्रो लागि अर्घेली भैसके
तिम्रो छाती मा कुदिएको
मेरो नाम खुइलिसकेछ
नदोर्याउ कथा राम र बुद्ध को
लिट्टे र तलिवान ले तिन्को
हरण गरिसकेका छन
न झकझकैराख तिमी हरु
टाढा बाट
यो अस्थिपन्जर
ढल्नै आटि सकेको छ
न आउ फर्की घुर्की देखाउन
यही कै ले छाती थिल थिलो
पारिसकेका छन
शुभकामना परदेशिएका लाई
उही चाउरी परेकी नेपाल आमा


उ शिशु जस्तै मेरो मनको पाठेघरमा धेरै समय अटाउन चाहदैन
प्रभा आचार्य
हरेक बिहान म भावनात्मक प्रशव पीडाले
आक्रान्त बन्छु ,
त र त्यो पीडामा म दुखेको
आभाष गर्दिन ,
त र त्यो दुखाइ मा त मलाई मीठो अनुभुती हुन्छ
शिशुको जन्मको पीडा जस्तो त्यो दुखाइ हुँदैन
अनी शिशु जस्तै मेरो श्रीजनारुपी बालक
धेरै समय सम्म मेरो भावनारुपी पाठेघरमा
अटाउन पनि चाहदैन ........
किन कि उस्लाई त संसारमा रमाउनु छ
सबैको ह्रीदयाकाशमा उड्नु छ पंख फिंजाएर
अनी म... बिना कष्ट ,बिना पीडा
हांसी हांसी उस्लाई मेरो कलमको सहारामा
जन्माउने प्रयत्न गर्छु
उस्को बालशुलभ मनोकाक्षा बुझेर /
म उस्को भाग्यमानी आमा बन्न
सधैं लालायित बन्छु
अनी म पनि उस्लाई जन्म दिइे सकेर
एक पटक खुशी र शान्तावनाको
मीठो श्वास लिन्छु ,
जसरी... औसत आमाहरु छोराको जन्म पछी
खुशी र हाँसोको खुय्य श्वास लिने गर्छन्
त र... मेरो अर्थ र सोंचमा भने
मेरो भावनारुपी शिशुको भेदभाव हुँदैन
बस... मैले त जन्माउनु छ
मलाई सधैं भरी बैशाखी भएर पाल्ने छोरो हैन
मलाई सधैं मनमा शान्ती दिने र
म भन्दा पनि अरुलाई बाँच्न अभिप्रेतित गर्ने शिशु
किन कि म चाहन्छु ,
मेरो स्वार्थको मात्र शिशु हैन
त र संसारकै आमाहरुको रखवाली गर्ने शिशु
जस्ले सारा पीडित आमाहरुको
आसुँ पुछ्न सक्षम होस्
अनी हर आशामुखी बाबुहरुको सपना
साकार पारोस ,
एउटा कुशल योद्धा बनेर
हर बाबुहरुको छात्तिको निशाना बनोस
बिरताको गाथा बनेर
त्यसैले... हर बिहानिमा मैले जन्माएको शिशु
मेरो मात्र ब्यक्तिगत सन्तान नबनेर
म साराको सन्तान भनेर चिनाउन अभिप्रेरित बन्छु
मैले भावनारुपी कोखबाट जन्माए पनि
सबैको भावनामा अटाउन चाहन्छु /
(अमेरिका )


शान्तिपाठ
धेरै भो,
हामीले एकापसमा धारे हात लाएको
एक-अर्कालाई सिध्याउने कसम खाएको,
तर,
हिंसाको यो अखण्ड कथामा
ताज पहिरिने समय कहिल्यै आएन
मनले त्राण पनि त कहिल्यै पाएन !
हतास मनभरि त्रास र घृणा रोपेर
मानव उद्विग्नता र आकांक्षाका तनभरि
कुटिल मादकताको जहर खोपेर
हामी मृत्यु यज्ञको होता बनिरह्यौँ
हामीले अन्तहीन गर्तको गोता खाइरह्यौँ
कसैलाई शत्रूको कित्तामा जाकेर
अरूलाई आफ्नाहरूको पर्खालले ढाकेर
हामी ध्वंश र मृत्युको मातम खेल खेलीरह्यौँ
मैन-शिखा सदृश आत्मदाहको उज्यालोमा बलिरह्यौँ ।
हामीलाई थाहा थियो,
अन्तहीन विनिर्माण र विध्वंशको यो कथामा
हिंसा, स्व-विनाश र चित्कारको यो व्यथामा
अर्थहीनतालाई रोमाञ्चको कलेवरमा सजाउँदै
हामी लडिरह्यौँ वीरोचित बन्दै अनि बनाउँदै
मुठ्टीभर आकांक्षीहरूका सपनाहरू सजाउँदै,
तर ,
इतिहास सांक्षी छ,
युद्ध त्यज्य औ बुद्ध पूज्य छ
मोजेज , रोम र सिकन्दरहरूको
गाथा र स्मृतिमात्र भव्य छ
आऊ, त्यसैले
एउटा मधुर संस्कृतिको खेती गरौँ,
घृणा र दुष्कर प्रवृत्तिको अन्त्य रोजौँ,
निषेध र वञ्चनामा प्रवृत्त मुखहरूमा
माधुर्यताको मृदुलता रोपौँ
ध्वंशमा उठेका हातहरूमा
सिर्जनाको कर्मठता खोपौँ
बिसर्जनका यी क्रन्दनहरू
अभावका ती रोदनहरू
अनिकालका पर्याय बनून
सहभाव अनि अपनत्वका मनभरि
आलिङ्गनहरू र सहकाल छाऊन् ।

- एकलव्यE
मायाको दुई हरफ :
लुकाउन मेरो माया चिलाउनेको बोटमा गूड् खोप्यौ कि,
अटाएन त्यो गूड्मा भनेर फरियाले पो आँफै छोप्यौ कि !
झुसिल्किरा झै बिझाउछ-पोल्छ, आथ्थु चर्‍याउछ भन्थ्यौ,
बरु नपोलोस मायालु कहिल्यै भनी हिलोमा पो रोप्यौ कि !
झरिले'नी रुझाउदैन, भिज्दिन म, अगाडि जाउ भन्थ्यौ,
सधैं चुहिने बलेनि, त्यही आगनीमै खाडल खनी गोप्यौ कि !
लुकाउन मेरो माया चिलाउनेको बोटमा गूड् खोप्यौ कि,
अटाएन त्यो गूड्मा भनेर फरियाले पो आँफै छोप्यौ कि !
गीत/ गजल/ कविता दौंतरी डट कम, भाग १८ Fri, 28 Dec 2012 18:36:00 +0000

देश बेच्ने पार्टि रित रैछ
सुमन बगाले
गाउन जाने जिन्दावाद पार्टिको गित रैछ
पुग्न सके वालुवाटार नोठको जित रैछ ।
लुछाचुडी नेताहरुको मारमा परे जनता
देश बेची भुडी भरेपनि पार्टि हित रैछ ।
भ्रस्ट र अपराधि दिनहुँ जसो बढेका छन्
पुलीस प्रशासन र नेता यिनकै मित रैछ ।
आन्तरिक द्धन्दले विलायो नेपाली अस्तित्व
देशै हुसु्रदापनि नमेटिने कस्तो धित रैछ ।
सिमनाका रेखाहरु पार्टि अनुसार बदलिन्छ
सत्ता पिच्छे देश बेच्ने पार्टि रित रैछ ॥
सुमन बगाले आबुँ खैरेनी तनहुँदेऊ !
गल्ती मैले मात्रै गरेको हो भन्ने लाग्छ भने, मलाई फासी देऊ,
होइन, ठिकै गरेको रहेछु भन्ने लागे, भेट्दा कतै हासी देऊ !
मरी सक्यो त्यो भन्ने लाग्छ भने, मेरो चित्र चौबाटोमा टासी देऊ,
नहुनेहो मिलन भने, तिमी सँग भएको मेरो बीउ पनि मासी देउ !!
मात्र टुट्यो, छैन छिनेको त्यो मन भने, बिन्ती एक चोटिलाई गासीदेऊ
फाटेको हो मनमा धाजा भने, निस्ठुरी बन, मेरो दिल अझ भासी देउ !!!
गल्ती मैले मात्रै ......!!!
तिम्रो आगमन
मनभित्र छताछुल्ल छालहरु
झन् तिम्रो आगमन ले
उच्क्षृंखल अनि अनियन्त्रित बन्छन् ।
सुनसान यो साँझमा
कुन गर्भवाट निस्कन्छौ,
तिमी सन्नाटालाई चिर्दै ।
घाम डुब्न लाग्यो हेरन ,सायद
त्यसैको लाली चोरेर आयौ कि
गाढा ओठ टोक्दै ।
झ्याउँकिरीको साम्राज्य छाइसक्यो
नदीको सुस्केरा लिँदै भन्छौ
केही मिठो वात गर न ।
झकमक्क झकमकाए ताराहरु
त्यै चम्किलो तिम्रो भागमा
टिप्ने जिद्दी छाडिद्यौ न ।
कालोरात छिप्पीसकेछ हेरन
अंन्धकारमा हरायौ तिमी
मिठो सपना सँगै ।
मैले पोखेको आसुँ
आचार्य प्रभा
(अमेरिका )मैले पोखेको आसुँ समेटी अन्जुली तिमीले भर्‍यौ
दोधारको यो जीवन सम्हाल्न अनेकौ प्रयास गर्‍यौ ........,
किन हत्ते हाल्यौ यो रुखो जीवनमा
बसन्त फुलाउछु भन्दै ,
म पनि खुशीले पागल नै भएछु
तिम्रो साथ पाउने दिन गन्दै ........,
मैले भोगेको पीडा सँगाली,मुटुमा मलाई सजायौ
मरेको यो मन बचाउनलाई,मलाई आफ्नो बनायौ .........,
किन झुट बन्यौ,आफ्नै मनसँग
मलाई साँचो बचन दिइ,
म पनि हर्षले बिभोर नै भएछु
तिम्रो हातको अम्रित पिइ................,
मैले पोखेको .............

अरुले झै --
प्रबिण थापा
अरुले झै आकाशको तारा गन्न सकिन
सँगै जिउछु भनेपनी सँगै मर्छु भन्न सकिन
तिमीलाई चोट लाग्द मलाई दुख्छ भनी
एेया भन्दै नाटक गरी कन्न सकिन
सत्यताको पछी पछी यथार्थमा दौडिरहे
तिमीले जस्तै झुट बोल्न धन्न सकिन
रुखो सार्हो बोल्ने म त छुच्चो मान्छे
त्यही हुनाले तिम्रो राम्रो बन्न सकिन
सम्झिएर पुराना घाऊ आक्रोसले जलेपनी
बैगुनिलाई पुर्ने खाडल खन्न सकिन


भो चाहिएन मलाई....मेरो खुशी खोस्ने कालो श्रावण!!
झरी पछिको बिहानी जस्तैसफा मेरो मनसिन्दुरे रहरले रंगिरहेकोबेलामेरो आकाशमाएक्कासी देखिएको ए! श्रावणतेरो कालो बादलले छोपेका छनसबै मेरा खुशीहरुनिराशाले न्यास्रिएकाछन सबैमेरा रहरहरुमैले सिर्जेका मेरा विपना पनिनमिठो सपना पछिको ब्यूझाई जस्तैस्तब्ध र भावशुन्य भएकाछन दिनहरुगल्ति थियो मेरो न्यानो स्वागतकोगल्ती थियो मेरो निमन्त्रणाकोगल्ति थियो मेरो निस्चल दृष्टिकोजस्ले सेतो पर्दा भित्रको कालो बादल ठम्याउन सकेनबुझ्न सकेनआखिर बादल बादल नै होजो बर्सिएर खहरे बाढी निम्त्याउछ!पुग्यो चाहिएन अब मलाईमेरो खुशी खोस्ने कालो श्रावन!मलाई त संग मेरो आँशुको मूल्य माग्नु छछहराजस्तै चन्चल लाग्ने मेरा भावहरुतेरो करतुतले आक्रोशित भएकाछन्मेरो सृजनाको बाटोमा ह्वापल्याक्क चुक पोखेरमध्यरातको अध्यारोमा निरन्तरमेरो उज्यालो संसारको गला रेट्नेतेरो कालो उपस्थितिर बदनियतको छातिमाथिच्वास्स च्वास्स घृणाको तीर रोप्नुछहरेक पलमा माया र स्नेहमा निर्लुप्त मेरा हातहरुतेरो धृष्टताले कठोर र भावविहिन भएकाछन।कति चोटी असह्य र वेदनालेपोलेका स्वरहरु कराउन खोजेकिनारा रहित तेरो कालो दृष्टिलेभर्खरै फक्रिदै गरेका मेरा कोपिला अनिमेरो सृजनाको मिठो आवाज खोस्ने प्रयास गर्यो!ए कालो बादल!प्रीतिको नाम मा तैले धोकाको पराकाष्टा नाघिस्अब तेरो आडम्बरको चट्याटंग तैले नै सुन्नु पर्छहरेक धड्कनमाप्रेमको संगित दिने मेरो मुटुढुंगा जस्तै अचेत भएको छ अचेल!तडपिनु र पिल्सिनुको सिमा निकै तलपुगेको छजीवन न कसैको सहानुभूति होन त कसैको भिख,तातो शरिरमा बग्ने हरेक थोपा रगतकोआफ्नै पहिचान छकसैको दयाले जिवित रहन चाहान्न योत्यसैले,ए कालो बादल !त हटेर जानै पर्छ!भो! अब चाहिएन मलाईधुष्टताले भरिएका तेरा सुभेक्षाहरुमेरो सानो संसार काफी छभो चाहिएन मलाई...मेरो खुशी खोस्ने कालो श्रावन!!आश्मा
मैन बत्तिको प्रेमकथा
■ अशोक '' खलानको मान्छे''फ्रान्क्फर्ट , जर्मनी

आँफै सल्किएर खाग भएकी त्यो मैन बत्तिमामलाई मेरी प्रियसीको प्रतिछाँया जस्तो लाग्छधपक्कै आफु जलेर खाग बन्दा सम्म अरुलाई उज्यालो दिनेत्यस्को पग्लिएको मैन मेरी प्रियसिको आशु लाग्छत्यसैले हर युगमा तड्पिने एक प्रेमी मध्य मेरो कथा बेग्लै लाग्छ

मलाई माफ गरिदेउ प्रियसी नलेख्नु थियो मैले तिम्रो कथातर आज धेरै बर्ष पछी प्रवाशमा मैन बत्ती बाल्दात्यस्को उज्यालो प्रकाशमा तिमी आईदिदाम लालची बने तिमी सल्किएर दिप्त बनेकी कथा लेख्नतिम्रो अमर त्याग हर युगको जोडीको भन्दा कम छैनत्यसैले त तिम्रो सम्झनामा म भोट गएको मदन बन्छुत्यसैले त तिम्रो प्रखाइमा म जल्दै गरेकी मालती देख्छु
हर युगमा एक अनन्त प्रेमी जन्मन्छन यस धर्तिमाअनन्त आशु खस्छ त्यो जोडीको प्रेम कथामामुटुनै जिरिङ्ग हुने तिनिहरुको बेदनामानतमस्तक हुन्छ संसार ति जोडी को तडपमाहो म तिम्रो तडपको कथा खोज्दै छुतिमी जलेर खाग बनी अर्कोको बागमा सजिएको पिडा लेख्दै छु
मर्नु भन्दा गाह्रो त्यो बिबस्ताको बाटोहरुआशु झार्नु भन्दा गाह्रो बाध्यताको हासोहरुयो जलेकी मैन भन्दा पनि काठोरअर्काको रातको छटपटी लाग्दो बास हरुहो म तिम्रो सिरानी को आशु को बेथा खोज्दै छुतिम्रो हासो भित्र लुकेको पिडा हेर्दै छु
मलाई माफ गरिदेउ मेरी प्रियशी यि मेरा भुल हरुगल्ती सच्चाउने बाटो होइन गल्ती नदोहोराउने सन्कल्प होअबको युगमा मदनलाई एक्लै भोट नजाने आव्हान होअबको युगमा मँगले लाई नछुटाउने बाटो होमदन भोट जादा मुना उस्की थीईतर म प्रावसीदा तिमी मेरी थिईनौत्यही गल्तिको त प्रयास्चित गर्दैछुतिमीलाई एक्लै मैले जल्न छाडेको भन्दै छुतिमी बिना कहाँ खुशी खोज्न सक्थे र मतिमी बिना उज्यालो बन्थे र मतिमी बिना कसरी पो पूर्ण हुन्थे र मतिमी चादनी थियौ मेरो उज्यालोकोम त यात्री मात्र हुँ,तिमी पथ प्रदर्शक थियौम त तिम्रो पछी पछी हिडने डुलुवा थिए
तिमी मैन थियौ म त तिमीलाई जलाउने सलाई थिएयही त विवशता थियो मेरो पहिले म जलेसँगै जल्न सकेनौ यही बाध्यता थियोत्यसैले म डडिसक्दा तिमी रोहिरहेउधेरै बर्ष पछी आज मैन बत्ती सल्काउदा आँफै तिमी ले बुझायौ.....
मायामा के मिसायौ
मायामा के मिसायौ तिम्ले,आर्कै गन्ध आको हो किआफ्नो भाखा बिर्सी फेरी तिम्ले अर्कै गीत गाको हो किन अटाउन सक्छु न हटाउन सक्छु कस्तो मायायस्तो लाग्छ पूर्व जन्मको तिम्रो ऋण खाको हो किअनिर्णयको बन्धी भएकोछु,नजिक छेयौ कि टाढालोलोपोतो यता मिलाई अन्तै माया लाको हो किफुल भनि चुमे काँडा बनी बिझ्यौ भोगाइको कुराछल्की खस्छ आसु तिमीबाट उपहार पाको हो किसिउदै थिए म जिन्दगी उधार्दै रैछ्यौ तिमी चाँहीशिल्प पुगेन या भनु फेशन पुरानो भाको हो कि
बिछोडको पिडा
तिमी सँग बिताएका, ति दिनहरु याद आयो।
परेलिमा लुकाउन खोजे आसुको छाल आयो ।।
तिमी जादा, मेरो बस्ती, निर्जन एउटा ठाउँ जस्तो ।
तिमीलाई पछ्याउदै, तिमी तिरै जाउ जस्तो ।।
तिमीलाई भयो कस्तो मलाई आसुँ थाम्न गार्हो ।
नभेटेको भए हुन्थ्यो, छुट्टीन लाई कती सार्हो।।
शायद जिन्दगी यस्तै होला दुई दिने घाम छाया
छाती दु:ख्छ सम्झी सम्झी शायद यही हो माया
इन्दिरा घिमिरे
अमेरिका
मनको दासी मान्छे
आचार्य प्रभा
(अमेरिका )
तिमी मलाई महसुश गर्छौ भने
सर्वगुण सम्पन्नताको अपेक्षा नगर ........,
किन कि..... म पनि मान्छे हुँ ,
मान्छेभित्रको मन म सँग पनि छ ,
त्यो मन कहिले घमण्डले
अग्लिन सक्छ ,
अनी... कहिले
बहकिन सक्छ ,
त र...... त्यही मनलाईहर मान्छेले छात्तिमा
लुकाएर राखेको हुन्छ ,
जसरी मैले पनि राखेकी छु ,
त र... भन्छौ भने
कस्लाई पो त्यो मनको
दासी हुन मन लाग्छ र ?
त र अफसोच !
मनले मान्छेलाई दासी बनाएको हुन्छ ,
कहिले यो आत्तिन्छ ,
अनी... मान्छेलाई तर्साइदिन्छ,
कहिले यो मात्तिन्छ ,
अनी... मान्छेलाई बहकाइ दिन्छ
कहिले यो लाचार बन्छ ,
अनी... मान्छेलाई निरस बनाइदिन्छ,
यही मनको अभिनयमा
मान्छे रुमाललिएको हुन्छ ,
ल... तिमी पनि निर्णय ग र
के तिमी पनि यस्बाट अछुत छौ त ?
त्यसैले.... मेरो सामिप्यताको अर्थमा
तिमी, मेरो मात्र गुणको
साझेदारी बन्ने कोसिश नगर ।
म पनि मान्छे हुँ
मान्छे भित्रको अवगुण म भित्र पनि छ
त्यसैले.... मलाई महसुश गर्छौ भने
यी सारा तीता सत्यहरुलाई
हाँसेर स्वीकार ग र
अनी मलाई महसुश गर्ने कोसिश ग र ।


आज फेरि साउने झर्यो...........
आज फेरि साउने झर्यो, वर्षा जताततै
लाग्छ अझै सायद तिमी, यतै छौ की कतै

झरी सँगै भिज्ने गर्या, दिन याद आउँदा
किन-किन अतित पनि, लाग्छ हिजो जस्तै

सुन्छु आवाज नेपथ्यमा, तिम्ले बोलायौ की
आउदै छौ की टाढा, देख्छु तिमी जस्तै

थाहा छैन शहर तिम्रो, हाँस्दै छौकी रुदै
वादलुलाई सोध्ने गर्छु, प्रिया देख्यौ कतै

तिम्रो सुन्दर तस्बिरमा, धुलो वस्या छैन
चम्केकै छन दन्त लहर, हिरा-मणी कतै

कुर्दा-कुर्दै वर्षौ विते, खबर पाया छैन
भेट्न आउ प्रिय तिमी, सपनीमै कतै

विषाक्त वर्तमान
रापिलो रबरको दुर्गन्धमा

सडकभरि क्रान्ति पोखिएको छ

घरेलु हतियार बोकेका आखेटहरूको हातमा

झिरले 'चमत्कार' जो खोपिएको छ,

आजकल , संयम अपनाउने कुरै नगर्नू सखे

देशवासीको माथिंगलभरि आक्रोश रोपिएको छ।

द्वन्द हाम्रो परिचय भयो, हिंसा त साधन बनेको छ

पहिले ठोक्नुस् अनि खोज्नुस, नीतिले यही भनेको छ

वैमनस्यको सूद खोज्ने यो कस्तो मौसम आएको छ?

ताण्डव औ विभत्सताको मादकता जो छाएको छ।



इतिहासका प्रवाहहरू , अन्तै मोड्ने प्रयास हुन थालेको छ

जात, भात , नाक र नक्सामा देशको लिलामी हालेको छ

घृणा , जुगुप्सा र अविस्वासको दावानल सर्वत्र बालेको छ

सभ्यताको यो युगमा ,यही बिषाक्त वर्तमानले अँगालेको छ।


म आईमाई मान्छे
आचार्य प्रभा
हो... म ''आईमाई'' हुँ
तिमीले जे भन्यौ ठिकै भन्यौ
म, निरीह छु ,
निस्सार छु ,
निर्बल छु ,
निसहाय !छु
केवल... प्रसंशा र दयाको भोको छु
त्यसैले तिमीले सजिलै भन्यौ
तिमी ''आईमाई'' भनेर।
हो... म आईमाई हुनुले पीडित छु ,
चाहना र माया को भोको छु
कसैको थोरै विश्वाशमा लिप्त छु
अनी... कसैको विश्वाशघातको शिकार पनि छु ।
तिमी ठान्छौ ,
''आईमाई''थोरै प्रसंशामा रमाउछे
तिमी मान्छौ ,
''आईमाई ''कम्ती विश्वाशमा हराउछे,
हो... यो सत्य हो .....
''आईमाई ''नारी हुनुमा मक्ख पर्छे
फेरी.... आफ्नै कमजोरिसँग छ्क्क पर्छे ,
कहिले आफुलाई धर्तिसँग दाँज्छे ,
कहिले फूलको कोमलतामा आफुलाई
अनुवाद गर्छे ,
यसैले... उस्को चिनारी ''आईमाई '' ठान्छे ।
''आईमाई '' आमा हुनुमा गर्वित हुन्छे
पत्नी हुनुमा अभिमान गर्छे ,
दासी हुनुमा कर्तब्य ठान्छे
किन कि.... ऊ आखिर
''आईमाई ''हुनुमा नै सर्वस्व ठान्छे
त्यसैले... म तिम्रो आव्हान स्वीकार्छु
हुँ म पनि तिमीले सोचे जस्तै
''आईमाई ''मान्छे ।
म भित्र पनि अरुको जस्तै
कोमलताको खानि छ ,
आँखाभरी अबिरल बग्ने अश्रु धाराको पानी छ
कहिले कोमल बनेर आसुँको सागरमा
निथ्रुक्क भिज्छु म ,
कहिले झुठो प्रसंशामा फुल्छु म
हो... यही निरीहता छ म भित्र पनि
अनी.... यही कमजोरी छ
मेरो नारित्वमा पनि ,
त्यसैले... सजिलै भन्यौ
तिमी ''आईमाई ''मान्छे
तिमीले जानेरै भन्यौ त्यो
उपनाम को मान्छे ,
म ''सीता ''बनेर आगोमा जल्न पनि सक्छु
म ''पासँङ ''बनेर हिउँमा पुरिन सक्छु
अनी.... ''पारीजात ''बनेर रातमा फुल्न सक्छु
त र.... आखिर म ''आईमाई '' थोरै कसैको
फकाइमा बहकिन पनि सक्छु
''आईमाई ''हुनुको अभिशप्त पीडामा
म पलायन हुन सक्छु ,
तिमी जे भन म तिम्रो आरोप प्रत्यारोपलाई
हाँसी हाँसी सहन सक्छु ,
तिम्रो अर्थमा लोग्ने मान्छेको
पौरषताको दासी हुन सक्छु ,
आखिर म ''आईमाई''मान्छे
झुठो प्रसंशाको भोकले बर्बाद हुन सक्छु
यसैले म ''आईमाई''मान्छे
क्षणभरको खेलौना बन्न सक्छु
अनी कसैको झुठो आश्वासनको
खेती बन्न सक्छु ,
म ''आईमाई''मान्छे
सजिल्यै पग्लिन सक्छु ।
(अमेरिका )
(समर्पण उसैलाइ जस्ले तिमी ''आईमाई मान्छे'' भनेर ब्यङ्यात्मक कमेन्ट मलाई दिनुभएको थियो )


हाम्रो माया
अबिरल अधिकारी ''प्रेरणा ''
तिम्रो ओठमा हाँसो नै हाँसो भए पनि
मेरा नयनहरु रुझेकै छन
तिमीले आफ्नो पाइला नदिको धारमा
परिणत गरेपछी
म....... आफु मरुभूमिमा अनुवाद भएको छु ,
अनी........ आँधीहुरिको बेगले हरियालीलाइ
पत्झडसरी बनाए झै
म पनि तिम्रो अभावमा
ओइलिएको पत्झड झै बनेको छु ।
जब तिमी .... नै आगोको मुस्लो सरि रहिछौ
त र अनर्थ गरे मैले
आफ्नै मनको चुल्होमा फेरी आगोसल्काउने प्रयास गरेर
त्यसैले त प्रिय............,
म आगोको ज्वाला बनेर सल्की रहेछु
पल.... पल,हर पल ।
भूल रहेछ मेरो ,
चोखो माया दिए तिमीलाई
मेरो निरीहतासँग खेलवाड भयो यसरी
त्यसैले त आज.... म,
मुनाको मदन झै छट्पटिए पागलसरी .............,
सफलता कसरी सम्भव रहेछ र हाम्रो प्रेमको ?
जब कि ...... तिम्रो पाइला सुखको दोबाटोमा
हिंड्न खोजेपछी ?
सपना कसरी साकार हुने रहेछ र ?
जब .... तिमीले इन्द्रेणी सपना अङालेपछी ।
म काडा माथि हिंडे पनि
तिम्रा पाइलाहरु सुकोमल मखमलीमा हिडिरहुन
म पत्झडको बिरानीमा हराए पनि
तिमी बसन्तको सुगन्धमा रमी रहनु ।
मेरो कथा मेरो व्यथा
- गुरु केदार बराल
उत्तर अमेरिका
आज जगतले देखिरहेको छ
म बाहिरी हाँसो हाँसि रहेको छु
हरपल आत्मा रुवाएर
जसो तसो वाँचेकै छु
वेदनाको डढेलोले ह्दय जलाउँदा
भित्र भित्रै निभाउने गर्छु
मोती झै मेरा आँशुका दाना
उनकै लागि साँचेको छु
उमंगका पर्खाल भत्काएर
उनी खोई कता लागिन्
फेरी जागरुक हुने आँट त छ
तर धेरै जाँगर उनैले लगिन् ।
भूल मेरो के थियो र !
उनले लााछना लगाइन्
मेरो अगाडि केही नभनी
गाउँ सहर हल्ला फिँजाइन ।
सारा दर्द र पीडाहरु
मन भित्रै दवाई राखेको छु
जलेको यो आत्मा भित्र
चोखो प्रेम साँचेको छु ।

जिन्दगीको रङ्गमञ्चमा
Prabin Thapa

जिन्दगीको रङ्गमञ्चमा हार न जितको भान भयो
कल्पनाको संसार भित्र सपनाहरुको चिहान भयो
आफ्नो विश्वाश आँफैसँग टुट्न फुट्न थालेपछी
रस चुसी थुकी फाल्ने फुटपाथको पान भयो
माथि जाने भ-र्याँङ पाइन तल काँहो थाहै छैन
न त यता न त उता बिचमै ताना तान भयो
दु:खै दु:ख जिबनभरी पिंडा भन्दा केही पाइन
हाँस्नु पर्छ मैले भन्ने बेकारको गान भयो
रित यस्तै चल्या होकी बुझ्नै सकिएन
दोसल्ला अर्कै ओढ्ने मलाई कस्तो सम्मान भयो


हामी
- एकलव्य
रूखा पहाड, सतह र चट्टानहरू
हाम्रो भूगोल भएर होला,
चरित्रमा हाम्रो पीडा खोपिएको छ ,
जीवन र व्यवहारमा हाम्रो
आक्रोस र अभिप्सा रोपिएको छ ,
अरूकै आङमा जुम्रा खोज्न आतुर
हामी , भैँसी बोकेर शरीरमा
निरन्तर जंघार तर्न खोज्दैछौँ,
जंघारहरू हाम्रो जडताको दयामा
साँगूरो बन्दैनन् , विनम्र बन्दैनन्
सर्वग्रासी जंघारको भोकले हरदम
हाम्रो अस्तित्व निर्लिप्त पारेको छ
गन्तव्यलाई अझै पर सारेको छ ।
अधैर्य मनहरू सदियौँ यसै पाकेका छन्
उमंग र उत्साहहरू शुष्क थाकेका छन्।
यहाँ, रिसले आँफैलाई खाने गरेको छ
पदचाप मुनि पहिरो जाने गरेको छ ।।
जलाउँदै सभ्यताका आवरणहरू
टायर, रेलिङ र सडकसंग
फतवा र स्वघोषणाका जडसत्यहरू
घृणा र मृत्युदण्डको नीव खोप्न, हामी
निरन्तर एक बहानाको खोजीमा छौँ
विनिर्माण र विध्वंसको रोजीमा छौँ ।
त्यसैले, गास , वास र कपासका आसमा
हिंसा , आवेग र आक्रोसको त्रासमा
अन्तहीन क्रान्ति र युद्दका श्रृंखलाहरू
हाम्रो अनन्तको परिचय बनेका छन् ।
म , मेरो र मेरो विचारको दलिल बोकेर
आक्रोस, घृणा र निषेधका सूत्रहरू घोकेर
राजनीति, वाद र पात्रहरूको मेरोपन बनाउँदै
म निरन्तर ‘म’ औ ‘ऊ’ का धून बजाउँदै
युद्द र क्रान्तिका रोमाञ्च रचिरहन्छु ।
वर्जित छन् मेरो अभ्यन्तरमा
असहमत ‘ऊ’ हरू
गर्वित छन् केवल सहमत ‘म’हरू
मेरो मनोवादमा म यही लेखिरहन्छु।
आफ्नै उन्मादको , यो इकारसको उडान
मातृवात्सल्यमा खाइँदो एउटा माकुरा
आफ्नै प्रकाशको उज्यालोमा खिइँदो मैन सदृस
आफ्नै भारको अभिशाप, दुरूह त्यो पहाड
बोकेर माथिंगलमा , हामी बाउन्ने बनेका छौँ
आफ्नो अकर्मण्यताको, दोष अरुमा खोज्दै
हामी निरिह, मद्दिम बलिरहेका छौँ
आफ्नै रापको तापमा क्रमश: जलिरहेका छौँ ।तरुणी रात निरश बैँश
आचार्य प्रभा
(अमेरिका )
हरेक तरुणी रात उस्का आँखाहरुमा
इन्द्रेणी सपना बुनेर आउँदथे ,
त र अफसोच !उसको निरश बैँशले
त्यो इन्द्रेणी रङ्लाई केवल .......,
काल रात्री मात्र देख्दथ्यो ,
ती ..... कालरात्री प्रहरहरुले
उस्का तरुणी रातहरुलाई
निमोठ्दथ्यो,कुल्चन्थ्यो
ऊ निरीह बनेर मौन हुन्थी /
उस्का निर्धा पलहरुले
उस्लाई सुम्सुम्याउथे, माया गर्थे
त र त्यो त केवल उसकोलागी भ्रम मात्र हुन्थ्यो ,
ती निर्धा पलहरुले
न त उस्को चित्कार सुनेर
उस्लाई अङालोको स्पर्श दिन्थ्यो
न त उस्लाई एकान्तिकाको
मीठास नै दिन्थ्यो ,
बस... ऊ त निर्जन ठाउँको
एक्लो यात्री बन्दथी/
उस्का तरुणी रातहरुले उस्लाई
गिज्याउदथ्यो,धिक्कार्दथ्यो ,
उस्को निरश बैँशको खिल्ली उडाउदथ्यो
त र पनि ऊ मौन बन्दथी ,
निरीह बन्दथी,
किन नि ऊ बेसाहारा थिइ
निश्छल,निष्कपट अनी निमुखा थिइ
आखिर त्यो समयकी ऊ दासी थिइ /

“र” उसको नाउँ भारत हो
शिव प्रकाश
आदि ....... इत्यादि ……!
असल मित्र हो
उ मेरो
समवेत दुःख पोख्छ
रुन्छ मेरो दुःखमा
दुःखको अवरणले ढाक्छ आफूलाई
चुहाउँदै गोही आँशु भित्रभित्रै
हास्छ, नाच्छ, रमाउँछ
मेरो सुखमा.
उमङ्गभाव खुशी देखाउँछ
खेलाउँदै सुपर्णखा र शकुनीहरु भित्रभित्रै
स्वागत द्वारमा विषकुम्भहरु भेरर
शतरंजाहरु फैलाएर वैठकमा
बस्छ मेरो खुशीमा खुशी वाड्न
आदि ....... इत्यादि ……!
असल मित्र हो
उ मेरो
आगो लाग्दा मेरो घरमा
बाल्टी बोकेर अगाडि उही आउँछ
तल्तिरबाट आगो सल्काउन
अगुल्टो उसैले झोसेको हुन्छ
पछिल्तिरबाट मट्टीतेल खन्याउन
खेताला उसैले खटाएको हुन्छ
घर झगडा सधैं मेरो
मिलाउँन मित्र बनेर
भित्रभित्र धुरा पस्छ
मुखले राम राम “राम” बोल्छ
भित्रभित्रै त “र” “वार” चलाउँछ
सुखदुःखको साथी
असल मित्र हो
उ मेरो
मित्र मात्र होइन भाइ सम्झन्छु
म उसलाई भ्राता भरत देख्छु
तर उसको नाउँ भारत हो
“र” उसको नाउँ भारत हो
आदि ....... इत्यादि ……!!

यो एउटा गुनासो
- प्रकाश सापकोटा
यो एउटा गुनासो गरेको गर्यै छु
क्रमशः ओह्रालो झरेको झर्यै छु
के पाएँ भनौँ खै गुमाएँ पो उल्टै
हराउँछु कि आफैँ डरेको डर्यै छु
बनाई गन्तब्य प्रणय टापुको
यो भवसागर तरेको तर्यै छु
भूँवरी अनौठो यो खाली दिलमा
परन्तु आशाले भरेको भर्यै छु
शिखरै छ होला मायाको बाटिका
फेदिमा बिचल्ली परेको पर्यै छु
फैलियो दुर्गन्ध कि मेरै समीप
जो अत्तर छर्न त छरेको छर्यै छु
निभ्दै गो प्रकाश सुनेथेँ पहिल्यै
जान्दिन ब्युँतेँ कि मरेको मर्यै छु
गीत/ गजल/ कविता दौंतरी डट कम, भाग १७ Fri, 28 Dec 2012 18:31:00 +0000


नेता
राजनीतिको खेलमा दुई दुना चार हुन्न क्यारेजनता सधैं घटाऊमा नेता बेस्त गुन्न क्यारे
भोग रोगमा कोलाहाल रुवाबासी देश भरीकानमा ठेडी जाकिएछ कि छाडे सुन्न क्यारे
गन्हाउदा गन्हाउदै पनि कस्तो बिबशता हो योनाक थुनेरै भए नि छाडेनौ फोहोरै चुन्न क्यारे
एक मुठी बिपना दिए हुन्थ्यो भोग मेटनथेग्नै हम्मे भो होड छ फेरि सपनै बुन्न क्यारे
कुपोषनले सुकेको शरीरमा रगत के होलाजातै उडुसको जती चुसे नि हुन्न टुन्न क्यारे
मन्दिरको ढेडु र कुर्सीको बाँदर !
मन्दिरको एउटा ढेडुनित्य निरन्तरबिहान उठेर आफ्ना बथानसंगैबथानकै हितको लागि जुट्छ।आर्को ईलाकाको घुसपैठलाई धपाउँछआफ्नो बथानको लागि रसद जुटाउँछबाहिरीया संग जे-जस्तो भए पनिआफ्नो एकतामा समय लुटाउँछकुर्सीको अर्को बादँर सधैं सधैंआफ्नै समुहबाट बच्न खोज्छकुर्सी सुरक्षीत हुन्छ भनेसिमा मिचाई पनि भुलाउँछआर्को समुह देखि मात्रै हैनआफ्नै खैरे, पाँङ्रे र ध्वाँसेसंग सशंकित हुन्छ,ध्वाँसेलाई काले र खैरेलाई पाँङ्रेसंग जुधाउँछकुर्सि बचाउन हिमाल र बुद्ध पनि बुझाउँछमन्दिरको ढेडु,आफ्ना जत्थाको पिरमा साझेदार हुन्छकुर्सिको बाँदर,समस्याको बेलामा विदेश सबार हुन्छमन्दिरको ढेडु उमेर ढल्के पछिजवान ढेडुलाई जिम्मा सुम्पन्छकुर्सीको ढेडु, आर्यघाट बाटै पनिहैकम चलाउन तम्सन्छमन्दिरको ढेडुमन्दिरको अखण्डता पुरा गर्छकुर्सीको बाँदरअंशबण्डाको कुरा गर्छअचम्म छ, कुर्सीको बाँदरकोउल्टै क्या सम्मान छ !
मन्दिरको ढेडु बिचरा,व्यर्थैमा बदनाम छ

नेता!

सिनो खान पल्केकाहरूढुकेर बस्छन अवसरलाई
कुरुप पखेटा फट्फटाउँदै
ठूलो चोक्टा खोज्ने त
यिनको विशेषतै हो।
झ्यांगमुनि लुकेरविभत्सतालाईनियाल्ने गिद्देनजरयथार्थताकोआकाश देख्दा तर्सिन्छन् !
आस्तित्वरहित
घोक्रो आवाजनिकाल्ने चुच्चोले
समर्पण अनि वलिदानमाथि
धृष्टता देखाउँदै
लुँछाचुँडी गर्न तम्सन्छन्!प्वाँख झरिसकेका
पखेटा उठाउँदैपुरानै हाँडी घोप्टेहरू
एक-आपसममा चुच्चो ठोकाइरहेछन
जुधिरहेछन् सिनोको लागि!
करोडौं सेता परेवा
प्रतिकारको लागिजुटिरहेछन
खबरदार!बकुल्लाहरू हो !
एक्लै उड्ने कोशिश नगरखुल्ला आकाशमा !!!
-आश्मा
दुष्टले त लाज खायो :
-एकलव्य
बेथितिको भेल आयो, आतंकको राज छायोदुष्कर्मी र पापीले नै सत्कर्मीको भाग खायो ।
राम्रो गर्यो राम्रै फल्छ , भन्ने चलन हराएररित जाँदा , हेर आज धुरीबाट पाप करायो ।
जनताको नाम लिँदै , लाज सर्म पचाएरक्रान्तिकारी कुरा गर्यो्, लुड्याउँदै भाग खायो।
बोक्सी आँफै धामी आँफै, ताण्डवको राज छायो
सभ्यताको बिहानीमा, दूर्दिनको मात लायो ।
बोल्नेको हो पीठो बिक्ने, यति जाने हुन्छ हजूर
जान्ने बुझ्ने छैनन यहाँ, दुष्टले त लाज खायो ।
गजल
थोपा पुगेनन कि आँसुको छाती त जली नै रह्योलप्काले छोप्यो हेर्दा हेर्दै मुटु मेरो बली नै रह्योदेखेको हुन्न रहेछ लेखिएकी रहेनछ्यौ शायदभाग्यले पनि यही अभागीलाई नै छली नै रह्योजुनी जुनी पुराउछु भन्थ्यौ हाम्रो नाता बार बारतिम्ले गाड्या मायाको चिनो हेर्दा हेर्दै ढली नै रह्योअधेँरोमा छु शायद खुशी छु अधेँरो बाँचेर पनिदियो त के बल्थ्यो मन भरी हुरी जो चली नै रह्योमुटु भित्र दुखेका अतीत घरि घरि घोच्छन किनरोक्दा रोक्दै पनि आँखाको त्यो गोरेटो गली नै रह्योE
किन?
प्रबिण थापा
मलाई दोषी देखिरहयौ बदलिएनौ किन?
माया गर्छु भनिरहयौ पग्लिएनौ किन?
पिंडाले म जलिराछु समस्याले चेप्पिराछु
समाधानका बाटहरुमा देखिएनौ किन?
नजरकै वरिपरी डुलिरहन्थ्यौ हिजो अस्ती
आज मनको बगैचामा भेटिएनौ किन?गन्तब्यमा पुगिछाड्ने गरेको वाचा कसम
स्वार्थ पुरा भएपछी सम्झिएनौ किन?
समर्पणको कुरा गर्यौ प्राप्ती सहज हुँदाहुँदै
मलाई आफ्नो बनाउन तम्सिएनौ किन
महाभारतको विभिषण !
शिव प्रकाश
सपथ किन खानु हुन्थ्यो त महाशय ?
अकुत पहिल्यै खाइसक्नु भएको छ,
सायद यहाँ ढुस्स अघाइसक्नु भएको छ !
संविधान किन मान्नुहुन्थ्यो त महाशय ?
तपाइँ मेरो भन्दा नि छिमेकीको भैसक्नु भएकोछ,
तपाइँको पाउमात्र यता टाउको उता भैसकेकोछ !
नेपाल तपाइँलाई किन चाहिन्थ्यो त महाशस ?
नेपाली खूनको धज्जी यहाँले राम्रैसँग उडाइसम्नु भएको छ,
सायद तल्तिरका दुशासनहरूको नून खानुसम्म खाइसक्नु भएको छ !
नेपाली बोल्न किन जान्नु हुन्थ्यो त महाशय ?
खानेमुख मात्र यताको बोल्ने जिब्रो उतैको लाइसक्नु भएको छ,
महाशय त महा"भारत"को विभिषण "भरतानन्द" पो भइसक्नु भएको छ !
मन लाछ
प्रबिण थापाआज मलाई बसन्त झै फुल्न मन लाछमङसिरको सेरा फाँट झै झुल्न मन लाछबोल्दा सधै हाँसिरहने उनको बानीसँगरमाउदै मलाई पनि घुल्न मन लाछ
सबैको मनदेखि आत्मा सम्म छाउनेत्यो निर्दोषीपनसँग खुल्न मन लाछपल-पलको स्मरणलाई साक्षी बनाउदैभमरा भई फूलमाथि डुल्न मन लाछदुई दिने जिन्दगी उमङ्ग लिई साथमाजीवनभरी उनकै प्रितमा भुल्न मन लाछ

एउटा बुद्ध चाहियो
एउटा बुद्ध चाहियो भन्छ मलाई मेरो माटो
बोलाम कसो गरि जताततै बन्द भाछ बाटो
पसिनाको थोपाले लेख भन्छ ईतिहास फेरि
कसरी लेख्नु बारुद छ कलममा मसीको साटो
जपतपको आरध्य जगमा गौतम " बुद्ध "बने
हाँस्छ अचेल सिस्नो सित तेही तपोभूमिको पाटो
सदभाबको लाली गुराँस फुल्यो भन्थे पाखामा
के फुल्थ्यो अझै लथपथिएको रैछ रगतको टाटो
एउटा सबालले घोची रहन्छ अस्मिता माथि
बहादुर बादुर भयौ अब हामी बाठो कि लाटो
भानु तिम्रो सम्झनामा
शेखर ढुङेल्
भानु तिम्रो नाम मा
धेरै गोस्ठी र सभा भए
भानु तिम्रो नाम मा
धेरै ले दौरा सुरुवाल टल्काए
भानु तिम्रो नाम मा
धेरै ले बिभुषण , तक्मा थापे
भानु तिम्रो नाम मा
धेरै ले भाग्य चम्काए
भानु तिम्रो नाम मा
धेरै मन्च सजियो
भानु तिम्रो नाम मा
धेरै ले नगद पुरस्कार थापे
तर
जब तिम्रो तोडिएको
सालीक देख्दछु
आँखा रसाउछ
जब तिम्रो खन्डहर
घर देख्द्छु
मुटु चिरिन्छ
जब मलाई गिज्याइ रहेको
तिम्रो बस्ती देख्दछु
आँफै लाई धिकार्दछु
धिकार्दछु आधुनिक
प्रचार प्रेमी
नेपाली साहित्यकार हरु लाई
जस्ले तिम्रो नाम बेच्दै छन
तिमी लाई नगद बनाउदै छन
तिमी जस्तै निरिह छु
एक्लो छु कसैले सुन्दैनन
आफ्नै नाम र घर बनाउन
ब्यस्त छन सबै यहाँ
कस्ले हेर्ने तिम्रो
रम्घा को झुपडी ?
मात्र भाबपूर्ण श्रदान्जली
को औपचारिकता यस पाली पनि


बिगठन र आरम्भ मान्यताहरुको
- मधु माधुर्य, दोलखा
(हाल: मस्को, रसिया)
बगरमा भेटिएको बान्किलो लाम्चो ढुङ्गो -
येतिखेर दोबाटोको चौतारीमा विराजमान छ
बटुवाहरु आउँछन् चढाउँछन्
फूल, स्याउला, चन्दन र फलफूल
हुने खानेले चढाउँछन्
बोका, भाले र भेंडाहरू !
मेरो एउटा सपनीमा
बनदेवी रिसाउनु भयो -
अनिस्ठ पठाउँछु भन्नु भयो
कसले कुरा लाएछ कुन्नि !
मसंग सारै असन्तुष्ट छु भन्नु भयो
जताततै चाकडी मात्र चाहिने
चाकडीको अभावमा -
भगवान भगवान असन्तुष्ट
मान्छे मान्छे असन्तुष्ट
अर्थात्
आफ्नै आविस्कारहरु असन्तुष्ट
चाकडीको बस्तीमा-
सल्बलाए धेरै अनुहारहरु
उचाईमाथिको उचाई नपुगेर हो कि !
मानौ सबै केहि कुरेर बसिरहेका छन्
कार्यक्रम भगवानबाटै शुरु गरें :
झिसमिसे मै चौतारीको ढुङ्गोलाइ
पुरानै बगरमा फर्काइ दिएँ -
एउटा स्वप्न - आतंक रोकियो
चौतरीमा पशु-रक्तप्रवाह रोकियो
हजारौं फूलहरु अन्धाधुन्ध चुडालिएनन्
अल्फा र ओमेगाहरु शान्त होउन्
शान्त होउन् अल्फा र ओमेगाहरु
होउन् शान्त अल्फा र ओमेगाहरु
अब अर्को स्वप्न - आतंक बाँकि छ:
नेपाल सिमानाहरुमै हराईरहेको
देश बिनाको नागरिकता र राहदानी लिएर
केहि पृथ्वीबासीहरु छटपटाईरहेको
अप्रिय दृश्यहरु....
सपना पनि नहोस यस्तो त !!!
चोर, फटाहा र नामर्दहरुलाई लिस्नु चढाएर
देशको सत्ता र आफ्नो अस्तित्व सुम्पेको
दिनको याद आइरहेछ
कुर्सिधारी "दास" हरुकोलागि
गन्तब्य खोज्न
दिन दहाडै

मान्छेको भीडबाट
निस्कीरहको छु
एउटा स्वतन्त्रता
नेपालीको अनुहार देखाएर खुलेआम नेपाल बेच्नेहरुबाट
मुक्ति मागी रहेछ
मन्जुश्रीको तरवारको धारमाथि
अन्तिम आस्था र विश्वास संगालेर !
आफ्नै आविस्कार बिरुद्दको युद्धमा
आविस्कारहरु
देश बिरुद्ध
गोहीको आँशु
तप तप चुहाउदै
गुहार मागिरहेछन्

उनीहरुकोलागी
अन्तिम गन्तब्य खोजिरहेछु
बनदेवीलाइ बगर जस्तै
अल्फा र ओमेगाहरु शान्त होउन् !


फेरी अर्को पासो भित्र
प्रबिण थापा
प्रबिण माथि सुनामी नटरेकै जाती
तिमी बाँच्नु हाँसेर म मरेकै जाती
गगनमा उड्नु सधैं क्षितिज चुम्नलाई
दाग लाग्छ यो संसारमा नझरेकै जाती
छुट्टै संसार बनाउने तिम्रो मेरो भन्थ्यौ
आदर्शका कुरा अब नगरेकै जाती
सुक्क सुक्क गरी गोहिको आशु नबगाउ
तिम्रो मनमा मेरो माया नसरेकै जाती
चोटको उपहारमा रमाउन थालेको छु
फेरी अर्को पासो भित्र नपरेको जाती


तिमी मुस्काइ रहु
तिमी मुस्काइ रहु बनेर जून ख्याती
सकेनन देख्न दुश्मनले तिम्रो प्रगती .......
चिरआत्माको गर्छौँ हामी सबैले कामना
तिमी प्रती छ हामी सबैको सद्भभावना .........,
चम्किलो तारा कहिल्यै निभ्दैन नभमा
तिमी अजर,अमर रहनेछौ सब माझमा ...........,
छुटयो सास देहबाट त के भो अब
तिमी जग्मगाइरहेछौ यो धर्तिमा जब ............,
गर्‍यो जस्ले तिमीसँग घ्रीणित घात,
भोग्नेछ उसैले आजन्म त्यस्को पाप ........,
तिमी अमर रहु बनेर शहिद ख्याती
यही जन्ममा मिल्नेछ फेरी प्राप्ती .......,


नियमित छ सधैं अनियमितता
शिव प्रकाश
नियमित छ सधैं
अनियमितता
अनियमित छ सधैं
नियमितता,
अनियमितताभित्रै
नियमित चलेको छ
त्यो मेरो देशको
शासन व्यवस्था !
राष्ट्रिय खेलको
नियम हो एउटा
अनियमितता
त्यो मेरो देशको,
प्रिय खेल हो त्यो
दौरा सुरुवाल लाउने
त्यो मेरो देशका
खेलाडीहरुको !
सौभाग्य हो
सधैं अपराजित हुनु
ति हाम्रा खेलाडीहरुको,
दूर्भाग्य हो
सधैं आफैंसँग
आफैं पराजित हुनु
त्यो मेरो देशको !
(अश्रृंगार कविता अभियान‌‌‌ ‌‌‌‌‌‌‌..........)

यो जिन्दगी
शेखर ढुङेल
०७-०६-२००९
यो जिन्दगी यस्तै हो हेर
कहिले हास्ने कहिले रुवाउने
भाबी को खेल रहेछ यो
फुल र काडा झै
यो जिन्दगी .....
हेर्दा हेर्दै ढल्छ योबन
शिशिर को फुल झै
बेला छदै हासौ खेलौ
गुरास र पंक्षि झै
भोली केहो कहाँ हुन्छौ
थाहा छैन कसै लाई
यो जिन्दगी .......
बग्दा बग्दै सुक्छ खहरे
आशु को थोपा झै
मेरो भन्दा भन्दै टाढिन्छ मानिस
साझ को सुर्य झै
बेला छदै बाडौ माया
हामी ले अरु लाई
यो जिन्दगी .......

गजल
तिम्रो यादमा मैले भए जति आँसु पिएको छुनआउ फेरी च्यात्न बल्ल मैले छाती सिएको छुनाफा नोक्सान जोख्न नखोज भो मायाको तुलोमामन घाटा खाएरै नि तिम्लाई मुटु दिएको छुकस्को आँखाले हेर्यौ चोखो मायामा खोट देखिछौआखिर खुशी दाइजो दि आँसु मैले लिएको छुउजाड उराठ हृदयमा आशाको मुना भाँचीबिना अर्थको जिबन एकचोटि फेरि जिएको छुकतै नजर मिले चिन्ने कोशीस नगर्नु बेर्थैतिम्रो यादमा तड्पी अब त सियो झै खिएको छु

हराउदै गएको अस्तित्व
आचार्य प्रभा
(अमेरिका )जब म पसलमा सजिएको हुन्छु
बिभिन्न रङमा सुसज्जित भएर
मेरा शरीरभरी नानाथरिका बुट्टाहरु कुंदिएका हुन्छन
बत्तुहरु जडिएका हुन्छन म बिभिन्न आकरमा बिभाजित हुन्छु
सुरिलो,होँचो,गोलाकार वा अरु कुनै आकार ...........,
आउँछन ग्राहकहरु अनी पर्छन मक्ख !
मलाई सुम्सुम्याउँछन्,
मेरो तारिफ गर्छन्,
मेरो बनावटमा दँग पर्छन,
अनी.... कल्पना गर्छन्
कोठाको कुनै टेबलमा मलाई सजाएर
त्यो कोठाको सौन्दर्याता बढेको ,
त्यो क्षण,त्यो पल,म सबैको
आकर्षणको बस्तु बन्छु
जस्ले मलाई पैसामा मोलेर लैजान्छन ।
अन्त्यमा.... जब म
चाहनाको अन्तिम लक्ष वा स्थानमा पुग्छु
मेरा घाँटीभरी कोच्याएर
जब बिभिन्न फूलहरु सजिन्छन
रातो,पँहेलो,नीलो वा अरु कुनै ........
सयपत्री,गोदावरी,गुलाफ वा अरु केही ......
तब..... मेरो आकर्षण फूलहरुको सौन्दर्यमा
परिभाषित हुन्छ ,
मेरो अस्तित्व फूलहरुको अगाडी
अस्तित्वहिन हुन्छ ,
अनी म फूलहरुको उपस्थितिमापलायन हुन्छु ,
म..... केवल फूलहरुको भरिया मात्र हुन्छु ,
अनी हुन्छु उस्को श्रिङारको रक्षक
तब...... म निस्सार,निस्साहाय,निरीह बन्छु
मेरो अस्तित्व अनी महत्व राख बन्दै जान्छ
अनी...... म सबैको सामिप्यताबाट
ओझेल बन्दै जान्छु ,
आफ्नो हराउँदै गएको अस्तित्वसँग
आँफै बिरानो बन्छु,
बस बिरानो बन्छु ।



तिम्रो मेरो साईनो
Dinesh karki
colorado
AMERICA
तिम्रो मेरो साईनो अब, यो जुनीमा यत्तिकै भो।
के भर भयो अर्को जुनी,भेट हाम्रो यत्तिकै भो ।।
एक प्रहर समिप भएउ,सँझेछु जुनीभरी
एकान्त को बसाइ अब, कुइनेटो मा यत्तिकै भो ।।सम्झना को तरेलि मा, सपना त्यो अल्झिने भो।
जुनेलीको पर्खाइ अब,चोउतारी मा, यत्तिकै भो।।
सुनेको छु तिम्रो सीउदो, भरिने दिन आउँदैछ रे।
घुम्टो भित्र तिम्रो मुहार, हेर्ने रहर यत्तिकै भो ।।


राष्ट्रको कान्ति
हस्त गौतम मृदुल
एताउता घुम्न पनि लाग्छ मलाइ डरआँतमा राख्ने मान्छे भै सकेछन परझुठा सपना देखाएर द्धन्दमा फसाएतहस नहस पारी देश दुनियाँ हसाएम त झनै बल्झिए सकुनीको जालमा
कसरी जिउनु म यस्तो कुटिल चालमाकुराकानी गर्न पनी लाग्छ मलाइ डरशुभचिन्तक भन्ने पनि भैसकेछन परकहिलै मुक्ती पाउला आफनो राष्ट भित्रभताभुंग पारी सके आफनै देशको चित्रन त मैले सुख पाएँ न त पाए सान्तीओझेलमा पार्दै गए यो राष्टको कान्तीभेटघाट गर्न पनि लाग्छ मलाइ डरमानवीय सम्वेदना पनी भैसके छ पर
इच्चाहरुसंगै कैदी भएँ
आचार्य प्रभाइच्छाहरुसंगै कैदी भएँ पिंजडाको सुगा झैँपखेटाबिहीन भएँ म पिंजडाको सुगा झैँ ।बोल्न त बोल्छु त र बोलीको औचित्य छैनमनोरन्जनको बस्तु भएँ पिंजडाको सुगा झैँ ।पंक्षि हुँ म खुल्ला आकाशमा उडिरहने सधैंबन्धनभित्र थुनिइरहेँ,पिंजडाको सुगा झैँ ।आवरण सुन्दर छ,बोली पनि मधुर नै छभाग्यको दासी भएँ कठै! पिंजडाको सुगा झैँ ।(गजल ग्रुपमा समर्पित आज मात्र रचेको यो गजल )
गीत/ गजल/ कविता दौंतरी डट कम, भाग १६ Fri, 28 Dec 2012 18:28:00 +0000

महान जँड्या !
यता जनता,चुरोट तानेरै भए पनि राजश्व बढाउँदै छन ।उता नेता, राजश्व  हानेरै भए पनि घर ठडाउँदै छन ।गाँउको कालु,अन्त: शुल्क तिरेको मदिरा तान्छ ।सहरमा ठालु,कर छलेर विदेशी खान्छ  ।एउटा जँड्याहा आफ्नै खर्चमाभट्टीमा जान्छ ।अर्को सभासदसंसद रोकेर भत्ता चाहि खान्छ ।म त भन्छु,मेरा यी नेता भन्दा त्यै जँड्या महान छ ।कमसेकम रक्सी पनिट्याक्स तिरेर त खान्छ ।



देश अवशेष बन्न लागेको बेला
-एकलव्य



देश अवशेष बन्न लागेको बेलाजनताको मन रुनु पर्ने होआँसुको भल बग्नु पर्ने हो , तरहर्ष र खुशीले लुकामारी खेलेर होलामातम पनि यहाँ पर्व बनेर छाएको छस्वबिनाशमा पनि उमंग पलाएको छसायदै , जनता यहाँ को बाँकि छनिरन्तर केवल तमाशा र झाँकी छराजनीतिका गरा र फोक्टामा विभक्तकेवल, आफ्ना अभिष्टाहरूमा आशक्तशठ , पाखण्डी अनि स्वार्थमा अनुरक्तआरोपित विचारको नशामा अनुभुक्तयहाँ मात्र राजनीतिका ठेकेदारहरू छन्नाफा र नोक्सानका भागिदारहरू छन्आन्दोलनका मेला भर्ने व्यापारीहरू छन्आफ्नैहरूको भेलामा रम्ने लाचारीहरू छन्बिनाशमा रमाउने धुन्धकारीहरू छन्स्व-आल्हाद रम्ने अघोरीहरू छन्मातृभूमिलाई चिथोर्ने फोहरीहरू छन्देश अवशेष हुन लागेको बेलाजनताको मन रूनुपर्नेतर, यहाँ सदैव उमंग नै छाएको छत्यसैले मातमलाई उसले पर्व मनाएको छ ।

गजल
आखिर त्यही भयो पित्तलमा सुन दल्नु भोटलक थियो थेन जलपको भरमा छल्नु भोउज्यालो छर्न नि पिधँमा पुगी सक्यो तेलधिपधिप गरेर फेरि किन आँफै बल्नु भो
हुकुमको एक्का हपिए चल्ने आँट कसकोखेलाडी मसुर हजुर कत्रो चाल चल्नु भो
बर्तमान थर्कमान हुन्छ जो सित भने
पत्ताउ कसरी,हल्लै रछ हजुर गल्नु भो
रेफ्री आफ्नै मैदान आफ्नै खेलको कुरा न होछेक्ने कसले? बल नै हजुरले जो भल्नु भो
अभिलाषामा

- आयुष चौधरी सम्मोहन
- रझेना ५ बाँके
- हाल रेडियो जन आवाज एफ। एम। ९७।३ नेपालगाज बाँके
सेताम्य हिँउ बोकेका पहाडहरु
देख्ने अभिलाषमा
रमाईरहेका मेरा सपनाहरु
रातको अन्त्यसँगै
बिलाएकाछन् उज्यालोहरुमा
तर म किंचित पनि डगमगाएको छैन
सपना देख्नकालागी हुन्छन्
उज्यालो सपना तोड्नकालागी हुन्छन्सपना चिस्सिएर चरचरती फुटेपिन
फेरी रातको प्रतिक्षामा
जोडिने अभिलाषामा
थालेकोछु लामो अथक यात्रा हिमयुगतिरको ।
यात्रा लामो छ कठिन पिन
पर्न सक्छन् मुसलधारे वर्षा अबरोध बिना
चिरा फाट्न सक्छन् बाटाहरुमा
बिस्फोट हुन सक्छन् ज्वालामुखी लाभाहरुमा
चिन्न नसकी आफ्नै अस्मिता
बेराउन सक्छन् बेडी र जन्जिर शरिरमा
आँशु भेलको यो सामुन्द्रीक यात्रा
तर पनि म तय गर्दैछु
ति सेताम्य हिँउ बोकेका पहाडहरु देख्ने अभिलाषामा ॥
फोहोरी खेल !
जहाँ नैतीकताको अभाव रबेइमानीको भेल हुन्छ ।विश्वकै अनुपम व्यबस्था पनित्यस ठाउँमा फोहोरी खेल हुन्छ ।न नियम तोडनेलाई सजाँयन आपसी मर्यादा र मेल हुन्छ ।स्वच्छतालाई पनि फोहोर बनाएरफोहोर माथि फोहोरी खेल हुन्छ ।विपक्षीलाई हराउनयो खेलमा सधैं झेल हुन्छ ।कहिले एउटै टोलीमा फुट तकहिले कुकुर बिरालोको मेल हुन्छ ।कहिले आफ्नै खेलाडीले धोका दिएरआफ्नै पक्षसंग तोल-मोल गर्छन ।कहिले विपक्षीले पनि ‘पोका’ लिएरजानी जानी आत्मघाती गोल गर्छन ।जित्ने टोलीका खेलाडीहरुखेललाई जतीसक्यो लम्बाउन खोज्छन ।हार्ने पक्ष भने ढुङ्गा मुडालेअर्काको शिल्ड पनि हत्याउन खोज्छन ।कहिले जर्सी पनि साटासाट हुन्छकहिले मुक्का र लाता-लात हुन्छ ।न नीति न तर्कको बात हुन्छकेवल तथानाम र काटाकाट हुन्छ ।
साम, दाम, दण्ड अनिजहाँ पाईला पाईलामा झेल हुन्छ ।फोहोरमाथी फोहोरीहरुकोपुरानै फोहोरी खेल हुन्छ ।विश्वकै उत्कृष्ट व्यबस्था पनित्यस ठाउँमा फोहोरी खेल हुन्छ

जरुर म पागल भएँ
हस्त गौतम मृदुल
जरुर म पागल भएँ मेरी मायालुकै मायामा
म ती स्मृतिलाइ समाउन खोज्छु उन्कै छायामा
होस मै छु म हरेक शब्दमा उनैलाइ नै देख्दछु
मन परीदृश्यहरुमा भेटी उनैका गित लेख्दछु
फुलको बास्नाको स्वाद लिन्छु गहिराइमा डुब्छु
मृत्युलाइ पनि छलेर म उन्कै परेलीमा नै लुक्छुजरुर म पागल भएँ………………………
म जीवनको अबशेष खोज्दछु उन्कै छायामा

स्वर्ग कही कतै छैन नी चोखो माया नै हो स्वर्ग
जाहाँ जस्ले आत्माहरु रुवाउछन बरु त्यही हो नर्ग
म बोल्दछु सपनामा अनी चाँदनी त्यो हर रातमा
उनी आत्मा हुन मेरी म मरे पनि हुन्छिन साथमा
जरुर म पागल भएँ………………………
म जीवनको अबशेष खोज्दछु उन्कै छायामा
नदेउ,र नलाउ
शिब प्रकास
दुइ मुक्तक
एक
नदेउ
दोष तिमी मेरो नजरप्यालालाई
सम्हाल त्यो झर्झर यौवनज्वालालाई
रोक्न सक्दैन फूलले आफ्नै वासना -
कसरी छल्छौ तिमी हजार आँखालाई ।
दूई
नलाउँ
फेरी माया फाटेपछि सिउन गाह्रो हुन्छ ।
फूटेको प्यालामा मधुरस पनि पिउन गाह्रो हुन्छ
साँचेर फाटेको माया, बाँचेको छु पिएर -
नपाए'नि माया, पिउन नपाए जिउन गाह्रो हुन्छ ।










चुनौती बुझ्ने छाता
हेर्दाहेर्दै हतार-हतार दुनियाँ
सायद कहीँ-कतै नजिकै
ओत खोज्न दौडिरहेछ ।
छड्के पर्छ त्यो बतासे पानी
सानो छाता, दुई आकृति
तैपनि अट्न खोजिरहेछ।
गडगड गड्कन्छ आकाश
हावाको वेग बढ्दै जान्छ
अझै चुनौती थपिरहेछ ।
छाता उढ़छ बेवास्ताले, सायदै
पानीको थोपै छिर्न सक्दैन
दुई बीचको दूरी खुम्चिसकेछ ।
बुझेन चुनौती मैले, दुनियाँले
तर चुनौती बुझ्ने त्यो छाता
महत्वहीन भई उत्तानो लडिरहेछ ।
* मुकुन्द
K.U.



जीवनको खुसी
अन्जान बिबश एक्लो
तुल्सिपुर, दाङ्
जीवनको खुसी चहार्दै हिडेँ
भीडभाडको माहौलमा झपार्दै हिडेँ
जीन्दगी के हो परिभाषित नहुँदा
धर्तिमा आफैलाई लतार्दै हिडेँ
कर्मको बोझ थुप्रियो काँधमा
अशक्त पाउहरु बटार्दै हिडेँ
जीउनलाई साँच्चिकै नमज्जा लाग्यो
गलहत्याई पचक्क मार्दै हिडेँ
भूमिमा निष्फिक्री ढलेको ज्यान
यमराजको समिपमा टकार्दै हिडेँ ।



दिब्य ज्योती
वक्तृता बनि दिब्य ज्योती सबैमा छरे
मातृत्व अनुनय टेवा ब्यग्रताले धरे
सहिष्नुता प्राचुर्य थियो विद्यमानमा
जिवनको दृढ संङ्कल्प बनेछ खहरे
अविचाल को उत्साह कसैमा नहुदा
चैतन्य रहित सबै बुद्दि भ्रष्टमा झरे
आत्मघाती अभिप्राय जिबनको प्रत्ययमा
उत्ताउलो स्वैच्छाचारी रिपु सँग डरे
तृप्त गर्ने आशा नै लछ्य हिन हुदा
आफ्नो जिवनको अन्त्येष्टि आफैले गरे
अन्जान बिबश
एक्लो लापत्ता
दाङ् तुल्सिपुर



नेपाल एकदिन फर्कन्छु
बिदेशिनु कतै आकांक्षा त कतै बाध्यतामा समेटीने गर्छ। बिदेशिने पनि कता? कतीबिदेशिनेहरु त आफन्त र आफ्नो देशको लागी सधैको लागी पराय बन्न पुग्छन।ठाउं,ब्यक्ती,समस्या,अबस्था आदी आदी कारण धेरै हुनसक्छन, बिदेशिनुको पिडा भने एउटैहुन्छ बिर्खेमाइलाको जस्तै।
बिदेशिनुको यथार्थ, संघर्षको उतार-चढाव र सल्बलाउँदा मनका तर्कनाहरुले कहिलेकाहिँतितो यथार्थ पोख्न बाध्य बनाइदिँदो रहेछ। कुरा २००६ तिरको हो, अमेरिका बसाईँका केहिवर्ष बित्दै जाँदा एकजना भारतियले लेखेको एक लेखमा मेरो आँखा परेको थियो। त्यसलेखमा लेखकले आफूले अमेरिकामा बिताएका चार दशक, र ती चार दशक उनले पल् पल् घरफर्कने प्रयत्नमा बिताएको कुरा उल्लेख गरेका थिए। अन्त्यमा उनि घर फर्कन्छन् तरउनले चाहेको घर र देश उनले भेट्दैनन्। बिदेशिनुपूर्वको देश र घरको एउटा तस्विर मनमागाडिएको हुने रहेछ, र बिदेशिएकाहरुको लागि समय थामिँदो रहेछ। कयौँ वर्षपछि फर्कँदापनि आफूले छोडेको समय, परिवेष र नाप-नक्शा जहिँको तहिँ होला भन्ने लाग्दोरहेछ तरसमयसंगै प्रत्येककुरा परीवर्तन हुने रहेछ। त्यस लेखमा लेखकले यस्तै कुरा गरेका थिए।
उनकै कुराले घच्घच्याउँदा र आफूले आफ्नो स्थिती नियाल्दा यो कविता बनेको हो। कविताधेरैलाई चित्त बुझेछ र म जस्तै बिदेशिने साथिहरुले आ-आफ्नो देशको नाम राख्दै कविताबाँडेको देखेर धेरै नै खुसि लागेको छ। मेरा छरिएका कविताहरु र अरु लेखहरुलाई योब्लगमा एकै ठाउँमा राख्ने प्रयत्नमा यहि कविता--
नेपाल एकदिन फर्कन्छु (?!)
नेपाल एकदिन फर्कन्छु,
अमेरिकामा रमाउन सकिन्न!
संकल्प धेरै पटक मनमा आए।
तर, पढाइ त पुरा होस!
कलेज – डेरा, डेरा - कलेज
पढाई पनि सकियो।
यतिका बर्ष बिताईयो,
खालि हात के जानु!
नेपाल एकदिन फर्कन्छु,
अमेरिकामा रमाउन सकिन्न!
तर केहि बर्ष जागिर त खाउँ!
जागिर पनि खाइयो।
डेरा – जागिर, जागिर – डेरा
एक्लो भइएछ दुबैमा!
तर, म एक्लो भएको कुरा
मलाई भन्दा पहिला
नेपालमा आमालाई थाहा भयो!
नेपाल एकदिन साँच्चै फर्कन्छु,
अमेरिकामा रमाउन सकिन्न!
अहिले बिस दिने बिदामा आएको।
तपाईँको कपाल कति धेरै फुलेछन् आमा!
बुबा पनि कमजोर हुनुभएछ!
आमा बुबालाई मनभरि हेर्न नभ्याउँदै,
बिस दिनमा जीवन बिताउने
सम्झौता गरियो कुनै अपरिचित संग!
नेपाल एकदिन फर्कन्छु!
अमेरिकामा रमाउन सकिन्न!
तर अहिले अलिक मिल्दैन।
उसको भ्याई नभ्याई छ
मेरो बिदा उसको काम,
उसको बिदा मेरो काम!
फेरि छोरो पनि सानै छ!
छोरो अलिक ठुलो त होस!
नेपाल एकदिन फर्कन्थेँ
अमेरिकामा कहिल्यै रमाइन
तर कसलाई भेट्न जाउँ?
साथि भाईको खबर छैन
काका पनि ओछ्यान परे रे
कान्छो मामा पोहोर बिते रे!
आमा, बुबा त अब
हरदम म संगै छन्
मेरो यादमा, केवल यादमा!!
( बिर्खेमाइला)
केही पहिला दौंतरीमा प्रकाशीत बिर्खेकै जस्तो अकरमानसको काहानी "आफ्नै कुरा - बसाइसराईं" पनि उत्तिकै मार्मिक छ ।




तिमीलाई मनका कुरा भन्न मन लग्यो
तिमीलाई मनका कुरा, भन्न मन लग्यो
आऊ प्रिये समिपैमा ,बस्न मन लग्यो
चुलबुले जोबन तिम्रो, कैले सम्म साच्छौ
इसाराले बोलाउछौ ,आउन मन लग्यो
लजाएर रंग चढाई,नसालु भै हेर्छौ
त्येहीबेला तिम्रो रुप,चोर्न मन लग्यो
फर्की फर्की हेर्छौ आफै,नजर झुकाउछौ
त्येसैले त दोबाटोमा, कुर्न मन लग्यो
बतासले केस उडे,ओठ टोकी हिड्छौ
अंगालोमा बाधिएर,चुम्न मन लग्यो
यसरीनै कैलेसम्म,लुकिछिपी गर्छौ
आऊ प्रिये आज प्रिती,साट्न मन लग्यो
शान्तिगीत
व्यक्ति मात्र हैन यहाँ समाज र देश रोयोयुग बित्यो तर सदा दूर्भाग्यको राज भयोसमृद्दिको फल टिपी, बाँकि संसार पर पुग्दाहालत हाम्रो निरिहता दु:ख पीडा भोग्दा भोग्दा।
सतहमा बग्दै जाँदा, चिप्लेँटीको धरापमाअल्झिएर झर्दै जाँदा, निरन्तरको सरापमाकैद बन्यो देश कस्तो, हारेको यो जीवन जस्तोथितिबिति खोसिएको, कठै हाम्रो भाग्य कस्तो !

विनाशको एकलासे ध्येय बन्यो हाम्रो बाटोबिग्रह र चित्कार नै व्यक्तित्वको अर्को पाटोआक्रोशको आगो बाली दन्काउँदै आफ्नो मनघृणा अनि हूंकारको झोला बन्यो हाम्रो तन ।
सलहको बथान बनी, सभ्यताको खेतबारीजरैदेखि ठुट्याएर, खाइरा’छौँ कठैबरिसन्त्रासको कोलाहल, दश दिशा तलमाथिलखेट्दैछन् आँफ्नैहरू , संगै खेल्ने संगीसाथी ।
कर्म बन्यो हिंसा हाम्रो, आह्रिस आफ्नो पहिचानमुक्ति खोज्यौँ , तर रोज्यौँ निरन्तरको घमासानमान्छे हुन्न दुष्ट कोही , प्रवृत्तिलाई चिन्ने गरौँविचार अनि भावनामा समष्टिको जलप भरौँ।
स्वार्थ अनि बेइमानीको रोग व्याधी हटाएरझूट, लूट, फूट, दम्भ बर्खे भेलमा बगाएरसौम्यपन र स्निग्धता रोप्नुपर्छ वागभरिढिलो हुन्छ , समयले पर्खिँदैन केही गरी।
आँफै शत्रू जन्माएर आफ्नै बीचमा लड्नुहुन्नमान्छे भर्‍याङ् बनाएर , स्वार्थनिम्ति चढ्नुहुन्नसदावहार हुण्डरीको कति लड्ने मल्लयुद्ध ?आऊ खोजौँ शान्ति अनि समृद्धिको एउटा बुद्ध।
गीत/ गजल/ कविता दौंतरी डट कम भाग १५ Sun, 23 Dec 2012 18:28:00 +0000

मुख बुझो लाउनु कस्को
मुख बुझो लाउनु कस्को भन्नेले के के भन्छन
काम नहुनेको के कुरा दिउसै तारा गन्छन
बुद्धी कहाँ चर्न जान्छ गोठालो लागेर भएन
नत्र किन भडार पूर्न आफ्नै आगन खन्छन
हाँसी हाँसी नासी दिने अबोध चेहरा पनि
अचेल माकुरैलाई माथ दिने जाल बन्छन
बिपना धितो राखी सपना उधारोमा टाँगेर
नथेगिने ऋनको भारी बोकी ठसठस कन्छन
निशब्द भई निर्दोष हेराइ बटुली बिचरा
निमुखा मन थिचोमिचो प्रसाद सरी सन्छन


हिजो आफ्नै सोच्ने मन
प्रबिण थापा
हिजो आफ्नै सोच्ने मन टाढा भइदिएछ
पराइको जाली माया गाढा भइदिएछ
जे पनि तिम्रो लागि गर्न सक्छु भन्ने मन
अनायसै मुटु घोच्ने काडा भइदिएछ
खै के भनु के गरौ आफुसँग केही छैन
आखिर सपना टुटाइदिने अग्लो डाँडा भइदिएछ
केही चाँहीदैन तिम्रो माया भए पुग्छ भन्थौ
तर आज मेरो माया थोत्रा भाडा भइदिएछ
वालापनै नभोगी जवानी बने जस्तै
आफन्तको संसार बिर्सी छाडा भइदिएछ

गीत --मर्नु पार्यौ --
शेखर ढुँगेल्
०२-२४-२००९
मर्नु पार्यौ कान्छी तिमी ले
माया गरेर
दिन भरी कुरायौ
आएर सपना मा कुतकुती लगायौ
उज्यालो नहुँदै कता हरायौ
मर्नु पार्यौ कान्छी तिमीले --
दिन भरी कुद्छ्यौ एता र उती
आँखा झिम्काउदै
जब पर्छ्यौ एक्लै साझ मा
एस एम गरेर हैरान बनायौ
भोक र निन्द्रा भगाई मेरो
दुनियाँ हसायौ
मर्नु पार्यौ कान्छी ----
चुल बुले तिम्रो बानी
कोइली जस्तो बोली
हरिण जस्तो जिउ डाल तिम्रो
सब लाई लोभ्याउदै हिंड्ने बानी
तिम्रै याद मा बिहानै
भट्टि पुग्ने मलाई बनायौ
मर्नु पार्यौ कान्छी तिमी ले ---


मेरो पहिलो परिचयः नेपाली
शिव प्रकाश
म को हूँ? मेरो नाउँ के हो? मेरो थर के हो? मेरो जात के हो?
मेरो नाउँ शिव, राम, श्याम, हरि, कृष्ण, बहादुर, प्रसाद, नाथ, लाल, कुमार जे होस्!
मेरो नाउँ पछि आउने मेरो जात ब्राह्मण, क्षेत्री, वैश्य र शूद्र तथा मेरो थरपौड्याल, पोख्रेल, कटुवाल, दराई, राई, लिम्बु, मगर महर्जन, नापित, माली, कामी,दमाई, श्रेष्ठ, सार्की, चमार, मुसहर, बाँतर, सतार, धिमाल, थारु, चौधरी, तेली,बनिया, मण्डल, महतो, हजाम, पण्डित आदि इत्यादि जे होस्!
म कसको छोरो हुँ? कसको दाजु, कसको भाइ, कसको बाबु, कसको भतिजो, कसको काका, कसकोमामा, कसको ज्वाइ, कसको सालो, कसको भिनाजु अथवा कसको लोग्ने वा कसको प्रेमी? आदिइत्यादि जे होस्!
म जेसुकै नाम-नामेसी, जात-जाति अथवा भाषा-भाषी, थर-थरान र सम्प्रदायको मान्छे किननहुँ? कसैसँग कुनै साइनो बाँधिएर संसारको कुनै स्थानमा किन नरहुँ? तर मैले सधैंमेरो परिचय खोजिरहेको, चहारिरहेको हुन्छु, चाहिरहेको हुन्छु। चाहँदै, खोज्दै,चाहर्दै, पच्छ्याउँदै जाँदा मैले मेरो परिचयको परिचय एउटामात्र पाउँछु!
यावत् प्रश्नको एउटामात्र उत्तर अर्थात यावत् एवं विविध खोजीको एउटैमात्र प्राप्ति!सम्पूर्ण प्रश्नको एउटै उत्तर! तर पूर्ण अर्थात सम्पूर्ण उत्तर!
र, त्यो एउटा अर्थात एक्लो तर पूर्ण र सम्पूर्ण उत्तर हो - नेपाली! म नेपाली! मेरोपरिचय नेपाली अर्थात् मेरो पहिलो परिचय नेपाली!
हो, सबैभन्दा पहिला म नेपाली हूँ र मेरो पहिलो परिचय नेपाली हो।
यो एउटा र एक्लो उत्तर नै मेरो परिचयको सामूहिक र सम्पूर्ण उत्तर हो। मेरो सम्पूर्णपरिचयको पूर्ण परिचय हो - नेपाली! मभित्रका अनेकताभित्रको एकता हो - नेपाली!मभित्रका अथाह अन्तर्भिन्नताभित्रको एकरूपता र आस्था हो - नेपाली! मेरा वरिपरिकाअपूर्णताभित्रको पूर्णता हो - नेपाली! कहिल्यै मरेर नजाने कसैले हरेर लान नसक्नेमेरो परिचय हो - नेपाली! मेरो मन - नेपाली! मेरो तन - नेपाली! मेरो पन - नेपाली!मेरो अस्मिता हो - नेपाली, मेरो अस्तित्व हो - नेपाली! नेपाली, नेपाली र नेपाली!
म नेपाली! नेपालको छोरो नेपाली अथवा नेपालको छोरी नेपाली! अर्थात मेरो पहिलो परिचयनेपाली, नेपाली र नेपाली! मात्र नेपाली!
नेपाली हुँ, त्यसैले म भन्छु -
नेपाली हूँ म नेपालको माटो यो छातीमा सजाउँछु
पूर्खाले पूजेको माटोको टीका निधारमा लगाउँछु।
म स्वदेशमा हुँ वा दशदेश दूर परदेशमा हुँ सधैं म भन्छु -
म नेपाली हुँ।
मेरो नाउँ नेपाली हो।
मेरो जात नेपाली हो।
मेरो थर नेपाली हो।
मेरो भाषा नेपाली हो।
मेरो भावना नेपाली हो।
मेरो आस्था नेपाली हो।
मेरो विश्वास नेपाली हो र मेरो बिचार नेपाली हो।
मात्र नाउँका लागि मलाई दिइएको मेरो नाउँ शिवप्रकाश भएता पनि जन्मले पाएको मेरोजन्मसिद्ध नाउँ नेपाली हो। जुन अकाट्य छ। अमेट्य छ। हृदयको शिलापाटीमा लेखिएको छ।
मलाई यो नाउँ मेरो जन्मपछि कसैले दिएको हैन, कसैबाट उपहार, उपाधि र उपमाका रुपमापएको हैन। कसैले गुताइदिएको पगरी हैन। मैले जन्मदै लिएर आएको नाउँ हो - नेपाली!अर्थात नेपाली शिवप्रकाश र शिवप्रकाश नेपाली!
नेपाल आमाको कोखबाट जन्मिए। नेपाली भएरै नेपाल आमाको काखमा हुर्किएँ। अहिले म जहाँरहे पनि सबैभन्दा पहिला नेपाली हुँ। त्यसपछि मात्र कथित नामले, जातले, भाषाले,सम्प्रदायले, धर्मले चिनिने फलानो चिलानो अरु कोही हुन सक्छु!
मेरा बाबुको जात र थरभन्दा अघि म त्यो नेपाली माटोको जात हूँ। त्यो नेपाली धरतीकोथर हूँ। जुन मेरा बाबु बराजेले पूजेको माटो र धरतीको जात र थर हो - नेपाली! त्यसैलेमेरो जात नेपाली हो, मेरो थर नेपाली हो अर्थात मेरो पहिलो परिचय नेपाली हो। र, मेरोजन्मसिद्ध परिचय नेपाली हो।
म जसको छोरो भए पनि नेपालीको छोरो हुँ। म जसको बाबु भए पनि नेपालीको बाबु हुँ। नामनामेसीमा म सबैभन्दा पहिला नेपाली हूँ। जातपातमा म सबैभन्दा पहिला नेपाली हुँ।छत्तीस वर्णमा मेरो सबैभन्दा पहिलो वर्ण नेपाली हो! सयौं जातजातीमा मेरो पहिलो जातपनि नेपाली हो। नातासम्बन्धमा सबैभन्दा पहिला नेपाली हुँ। त्यसपछि मात्र म कसैकोदाजु, भाइ, काका, भतिजो, मामा, ज्वाइँ, सालो, भिनाजु, लोग्ने वा प्रेमी हुँ वाहुनसक्छु। तर यी सबैभन्दा पहिला म नेपाली हुँ!
तराइदेखि हिमालसम्म, मेचीको वल्लो किनारदेखि महाकालीको पल्लो किनारसम्म अनिदेशदेशावरमा छरिएर रहेका नेपाल आमाका सन्तान दरसन्तानसँग मेरो एउटै साइनो छ, एउटैनाता छ - ती सबै मेरा नेपाली बन्धुबान्धव हुन्। त्यसपछि मात्र नाता वा साइनो जोडेरचिनिने अरुको म कोही हुँ वा मेरा अरु कोही हुन्। यी सबैका म सबैभन्दा पहिला नेपालीहुँ र सबैका लागि मेरो पहिलो परिचय पनि नेपाली हो।
त्यसैले म भन्छु -
तराइमा धोतीकुर्ता लगाए पनि म सबैभन्दा पहिला नेपाली हुँ
पहाडमा डोको नाम्लो बोके पनि म सबैभन्दा पहिला नेपाली हुँ
हिमालमा चौरी चराएर हिँडे पनि म सबैभन्दा पहिला नेपाली हुँ
चारजात छत्तीस वर्णमा मेरो सबैभन्दा पहिला वर्ण नेपाली हो।
त्यसैले म गर्वकासाथ भन्छु -
म नेपाली हुँ
म ईश्वरसँग प्रार्थना गर्छु -
आफूलाई सधैं नेपाली भनिरहूँ,
सधैं मेरो पहिलो परिचय नेपाली बनाइरहूँ।
शिरमा सगरमाथा बोकीरहूँ
मुटुमा मेची र महाकाली बगाइरहूँ।
नेपाली हुनुको अर्थ आफूलाई यसरी नै सधैं म नेपाली बनाइरहूँ, नेपाली भनाइरहूँ।नेपाली देखाइरहूँ। म जस्तै सबै नेपाली "म" हरू, मनहरू, मस्तिष्कहरू, मतहरू, मननहरू,मनपेटहरू, मनसाहरू, मनोभावहरू, मन्थनहरू सबैभन्दा पहिला नेपाली "म" हुन् र सधैंनेपाली "म" नै भइरहुन्। सबै नेपाली "म" हरूले सधैं आफ्नो परिचय नेपाली बनाइरहुन्!
हाल - बोष्टन, अमेरिका।


कर गरी मलाई नपिलाऊ साथी
राकेश कार्की
लस् एन्जेलस्
कर गरी मलाई नपिलाऊ साथी
मताएर मलाई नभुलाऊ साथी
सल्लाह लिन पो आएको आफ्नो ठानी
बिर्सन सकिन दिमागलाई नसाले हानी
प्यालामा प्याला नमिलाऊ साथी
मताएर मलाई नभुलाऊ साथीबाधासंग लड्दै अझै कोशिश गर्नुछ
शक्ती बटुल्दै मलाई पक्कै जित्नुछ
बुँद बुँद थप्दै नडुबाऊ साथी
मताएर मलाई नभुलाऊ साथी

यो शहरमा मेरो काम छैन

मधु माधुर्य
(मास्‍को ,रसिया)
हिँड्‌दा हिँड्‍दै
यो शहरको सबै सडक सिध्‍याइसकेको छु
हेर्दा हेर्दा
यो शहरको पूरै दृश्‍य रित्‍‍याइसकेको छु
अब यो शहरमा सायद मेरो कुनै काम छैन
बुढा-बुढी घाम-जून यहाँ
आङ तन्‍काउँदै पालैपालो उठृछन्‌ र सुत्‍छन्‌
'अँधेरो'लाई नै स्‍वतन्‍त्रताको पराकाष्‍ठा भन्‍ने वस्‍तीमा
उज्‍यालो उत्‍सवको कुनै अर्थ छैन
सायद यस्‍तो शहरमा मेरो कुनै काम छैन
ईमान समेत बिक्रि हुने हाट-बजारमा
सबै कुरा मैले किनिसकेको छु
सँगत गर्दा गर्दा
दुईखुट्‍टे 'जन्‍तु'लाई
'मान्‍छे' भनी चिनिसकेको छु
सायद यो शहरमा मेरो काम छैनमेरो अस्‍तत्व यहाँ -
एउटा औपचारिकता मात्र भइदिएकोछ
देशको निधार छोप्‍ने
लोकतन्‍त्रको तुल जस्‍तो !
पानी रहित
खोल्‍सोमाथिको पूल जस्‍तो !!
* * *

तिमी थियौ म थिए
प्रबिण थापा
तिमी थियौ म थिए , कती सुन्दर संसार थियो
साच्चै भन्दा भगवानको , अनमोल उपहार थियो
तिमी मुस्कुराउथ्यौ म भित्र चमक छाउथ्यो
यूगौ युग नरित्तिने, मायाको भन्डार थियो
कहिले तिम्रो कहिले मेरो रिसाउने पालो हुन्थ्यो
निस्कर्षमा एक हुन्थ्यौ एउटै बिचार थियो
सम्झना ताजै छ , अझैपनी यो मनभरी
सगै खेली बिताएको पलहरु हजार थियो
सकिएन उद् घोष गर्न, समाजको बन्धन तोडी
मैले तिमीलाई तिमीले मलाई गर्ने माया अपार थियो


तिमी हिड्‌ने वाटो भरी

नरेश माङपाहाङ राई
फोक्‍स्‍टन वेलायत
हाल :हेल्‍मन्‍ड अफगानिस्‍तान

तिमी हिड्‌ने वाटो भरी फूलै फूलको वोट भयो
विझाउने काडा मलाई निको नहुने चोट भयो
एउटै विचार मन लिई हिडिरहन्‍थ्‍यौ हामी
त्‍यही बाटो छुटिट्‍एर उता गयौ तिमी
तिमी हिड्‌ने गोरेटोमा वर पीपल को बोट भयो
विझाउने काडा मलाई निको नहुने चो ट भयो
हाते मालो गरी गरी खोला खोल्‍छी तर्‍यौ
सम्‍झना भई त्‍यही माया आसुँ बनि झर्‍यो
तिम्रो दिलको बगैचामा फूलै फूलको बोट भयो
विझाउने काडा मलाई निको नहुने चोट भयो


जवानिले काउकति लगायो कि महारानी
वसन्त "विवश" आचार्य
जवानिले काउकति लगायो कि महारानी
डोलि चढ्ने रहर मनमा जगायो कि महारानी
अङ्ग अङ्ग पोखिनलाइ अटेस मटेस भा'छ
वैमानिले यौवनको रङ्ग उडायो कि महारानी
एकोहोरो मनसंग वातमारी लजाउनृहृन्छ
पिरतिको धुन मनले जगायो कि महारानी
देखेपनि नदेखे झै तर्की हिड्नृ हृन्छ
नयनले कसैको तस्वीर सजायो कि महारानी
उर्वसी र मेनका मिसिएर तिमी वन्यौ
नभन्नु है वसन्तूले फकायो कि महारानी
तुलसीपुर दागं


भोक, भोग र सम्भोग
शिव प्रकाश
भोक नियम हो
भोग नियत हो
सम्भोग निदान हो
र, सम्भोग वरदान पनि हो ।
भोका छन् सबै प्राणी
तर मान्छे –
सबैभ‌दा भोको छ
त्यसैले मान्छे –
मासु पनि खा‌न्छ आँशु पनि खा‌न्छ
मन पनि खा‌न्छ
माटो पनि खा‌न्छ
र, मा‌न्छे –
मा‌न्छे पनि खा‌न्छ
त्यसैले मा‌न्छे –
माछो पनि हो
बाछो पनि हो
र, मान्छे माकुरो पनि हो ।
भोगको भोको मा‌न्छे
भोग्नका लागि ईश्वर पनि भाक्छ
सबैभ‌दा बढी भोक मा‌न्छेलाई नै लाग्छ
सबैभ‌दा बढी भोग मा‌न्छेले नै गर्छ
सबैभ‌दा बढी सम्भोग मान्छेले नै गर्छ ।
निश्चित याम र मौसम हु‌न्छ
हरेक प्राणीको भोक, भोग र सम्भोगको
तर मा‌न्छे –
हरेक समय भोको छ
हरेक समय भोगी छ
हरेक समय सम्भोगी छ ईश्वरको वरदानको सधैं लोभी छ ।
अनिश्चित विचार अस्वाभाविक व्यवहार
सृष्टिको अनुपम् उपहार मा‌न्छे –
भोक, भोग र स्भोगका लागि सधैं भोको छ
ईश्वरको त्यो वरदानको उसलाई सधैं धोको छ ।
जनवरी १५, २००८ बोस्टन, अमेरिका ।
बोतल महात्म्य ।

न मानमा न शानमा, न नाच, न त गानमामिल्यो आनन्द त मिल्यो, केवल सुराको पानमा ।
थपी थपी पिए पनि, पिउने, पिएरै शान्त छनशीशी बोतल नछोए' नि, नपिउने नै अक्रान्त छन   ।
न धाक छ, न रबाफ नै, न उँच निचको अभिमान छएकै साथ बसि पिउँदा, ठुलो सानो समान छ ।नपिउनेको मुहारमा, न खुशी, न मोज छहेर धपक्क लाली त्यो, पिउनेको कस्तो ओज छ । नपिउनेको जमातमा, वर्ण, जाति थरी थरीपिएरै बढ्छ भाईचारा, हुन्नन भेद कसैगरी ।
भलै भुलुँ गृह-मार्ग, शीशी बोतल लिएपछितर पुग्छु म स्वर्गमा, केहि घुँट पिएपछि ।
कति गरुँ बयान म, मेरो बोतल महान छआफैं रित्ती जिवन दिने, यो औषधि समान छ ।


गजल
हात सेक्नु तिमी कतै म बलिछु भनेमुढा भनी टेक्नु कतै म ढलिछु भनेरातमा निद छैन बातमा तुक छैनआश्चर्य नमान्नु बेहोसिमा चलिछु भनेकाँडाका झिँजा सफा भएकै जाती होलान नीभाउनु भैगो कतै जलिछु भनेनजर झुकाएर हिडन नपर्ला म सितठीक्क भो भन्नु थलिएर गलीछु भनेमानसिक सन्तुलनको के भर भो रकठै!नभन्नु भो रुखमा फलिछु भने

नया नेपालमा
शेखर ढुङेल्-०२-१०-२००९उहिले उहिलेमेरो राजा तिमी कती जातीतिमी कती ज्ञानीतिमी कती हायन्डसम भन्थिन,तिमी बिना म मरी हाल्छु नि भन्थिनमौका मिल्दा गालामा सुकोमल हातले
सुमसुमाउ थिनखोइ आज भोली केभो उन्लाईतँ त रैछस् सामन्ती भन्छिनतेरो संगत नगर्नु नै जातीतलाई माया गर्नु भन्दासाँप लाई दुध पिलाउनु जाती भन्छिनकस्ले छड्के लायो किउन्को बुद्धी भुट्योघरमा को चुल्हो बल्न छाड्योबेला कुबेला कता होखबर नै नगरि खुर्मुरिन्छिनजब म सपना मा लिन हुन्छुरात छिप्पे पछी डुङ डुङगन्हाउने मुख लिएरघर मा आउ छीन्
फूलको मौनता
शिव प्रकाश
मौन छ फूल
फूलको मौनताभित्र
सुन्दरता छ
सुन्दरताभित्र
मादकता छ
तर फूल कागजको पनि हुन्छ ।
निश्छल छ फूल
फूलको निश्छलताभित्र
प्रतीक छ प्रेमको
उपमा छ आत्मीयताको
वैभव छ विश्वासको
तर फूलभित्र काँडा पनि हुन्छ ।
फूलको विषेशता –सुन्दरता र मादकता
प्रेम र आत्मीयता
निश्छलता र कोमलता
तर फूलको धारले पनि
मन रेटिएको हुन्छ ।
सृष्टिको सुन्दर उपहार हो, फूल !त्यसैले फूल, फूल हो
तर फूल, फूलमात्र हैन
सृष्टिको अथवा दृष्टिको
एउटा भूल पनि हो, फूल ...!
मौन छ मादक फूल… !
बोस्टन, अमेरिका 02-15-09
साथै उंहाको माटो,मान्छे र देश को बेव कबिता प्रतियोगिताको निम्ती साहित्य घरमाराखिएको छ। दौंतरीमा यो भिडियो उहांकै प्रशंसकको लागी राखिएको छ । भोटिगं गर्नसाहित्य घर मा जानुहोला।

भन्ने ठान ( प्रणय दवस बिशेष)
प्रबिण थापा
भन्ने ठान छैटौउमा, यस्तै लेख्या रहिछ
खुशी पाउने दोबाटोलाई,काँडेतारले छेक्या रहिछ
जे जे पर्छ आफ्नो भागमा, भोग्दै जानु पर्ने
दु:खै दु:ख पाउन भनी, हामीलाई हेप्या रहिछ
खुशी कहिल्यै आएन, चोटै चोटले सताइरह्यो
हाम्रो माया प्रितीलाई नै, संकटले चेप्या रहिछ
भलो चाहन्थ्यौ संसारकै, राम्रो होओस भनी
पबित्र यि आत्माभित्र, कस्तो खोट देख्या रहिछ
ईश्र्या गरे भगवानले , कहाँ जानु शरण लिन
ममताको धरातलमा, कठोरताले टेक्या रहिछ

अरुलाई भुल्न थाले
बिजय कुमार श्रेष्ठ-हाल ईराक
विधाकी खानी तिमी सबैलाई सुबुध्दिको ज्ञान दिने
सुबुध्दि दिएका थियौ तिमीले कहाँ गए विधा लिने ।
गुरुलाई मान्न छाडे विधा बिना नै गुरु बन्न थाले
आफनो औकात हेर्नु छैन विश्व हाक्छु भन्न थाले ।
पुर्खाले जगाएको सास्कृतिलाई मान्दिन भन्न थाले
संसारको रित फेरी दिन्छु भनि कदम चाल्न थाले ।देशका निम्ती वलिदान दिने शहिदलाई भुल्न थाले
बलिदानलाई बिसर्ि कुसर्िको आन्नदमा रम्न थाले ।
हिटलरलाई माथ गराई दिन्छु भनी बिगुल फुक्न थाले
फोस्रो आश्वासन दिदै कमजोरीको सफाई लिन थाले ।
साहास नभएर आफुलाई अनुभब नभएको भन्न थालॆ
आश्वासनमात्र दिएर आफु चाखो बन्ने रोगपाल्न थाले ।

निल्नु न ओकल्नुको
प्रबिण थापा
निल्नु न ओकल्नुको, गाँस भो यो जिन्दगी
कतै काम नलाग्ने, पलाँस भो यो जिन्दगी
दिक्क लाग्न थालेको छ, आफ्नै जीवन देखी
सुन्दर वस्ती उडाउने, वतास भो यो जिन्दगी
ओठ कलेटी परेको छ, कान्ती छैन अनुहारमा
छैन कती हाँसो खुशी, उदाँस भो यो जिन्दगी
अबुझ ईश्यालु, म थिए रे त्यतिबेला
दुनिँया भन्छ आज, उपहाँस भो यो जिन्दगी
आपत बिपत परिराछ, तिमी टाढा भएदेखी
हुन बाँकी केही रहेन, सत्यानास भो यो जिन्दगी


देश रोएको शोक गीत
मर्नेहरू शहीद बने , मार्नेहरू राजा
बेहाल बयो जनताको मुलुक नर्क साझा
अचम्मको रित बस्यो लट्ठिवालको भैँसी
लूटेराको राज चल्यो शासक पर्‍यो दादा ।।
जनताको तन्त्र भन्छन् कानून कतै छैन
जसको शक्ति उसको भक्ति बन्दूकैको राज
जुन बोक्सी उही धामी कता उजूर गर्ने
देश दन्क्यो डढेलोमा, हामी पिल्सिएर मर्ने।।
भत्काएर संरचना विकासका सबै
छिनाएर टाउकाहररू जनताका उनै
छाएका छन् सलह झैँ,कहालीको राज भो
खै कसरी बाँच्ने हजूर, जीवन धान्न धौ भो।।
बल्दैन है बत्ति पनि , पानी बीना धारा
नया नेपाल व्यंग बन्यो, तड्पाउँदै सारा
राज्य बन्यो गूण्डा नाइके राक्षसी छन् दाह्रा
डासीहाल्ने , निलिहाल्ने मांशाहारी पारा ।।
कब्जा गर्छु सत्ता भन्छ,सत्तामै छ आँफू
सत्ता हो वा बिद्रोही कि चम्बलको डाँकू
राज्यको जो ढिकुटी छ पोस्छ आफ्नै गणलाई
राहतको कुरा गर्दै आहत पार्छ जनलाई ।।
सर्वहारा गणतन्त्र जहानिया राज भो
लोग्ने स्वास्नी भाइ बुहारी प्रचण्डको ताज भो
एउटा राजा फाल्यौँ भन्थे झन जब्बर पो आयो
चौटा रोज्दा झोल्मा डुब्ने विडम्बना भयो ।।

टिमुर्केको भन्यौ रे
टिमुर्केको भन्यौ रे मलाई,चिप्लो घस्न जानेको थिनपछारिदा दोष थोपरिछ्यौ, छिर्की मैले हानेको थिन
मन भरी श्रदा मुटु भरी माया कसरी पोखाउनुभिरबाट गुल्टाउँदा नि अझै पराइ ठानेको थिनउडान उची थियो कता पुग्यौ मलाई थाहा भएनबज्रीयौ रे नराम्री आखिर डोरो मैले तानेको थिन
अनुभुतीमा सुन्दरता तिमी अलौकिक थियौ मेरा लागिमनले सुन्थे मुटुले छाम्थे आँखाले छानेको थिन
चर्कायौ मुटु थर्कायौ छाती फुटेर भेल कती बगेजिबन हारी सक्दा पनि झूट भनी मानेको थिन

बैरी भै धावा बोले नि ,साथी भै फेरी खाता खोले निआगमन स्वागतार्थ मुटुको किल्ला बानेको थिन


ईन्द्र, तिमी अचानक कता हरायौ ?
- हिमाल_पारी
प्रश्नइ प्रश्न हरुको घडा बोकी
स्वर्ग बाट झर्यौ धर्ती मा
घर घरमा टेलिभिजनमा आयौ
मानीस हरुको मन मनमा छायौ
अरुलाई प्रश्न गर्ने तिमीलाई
आज एउटा प्रश्न सोध्ने मन छ
ईन्द्र, तिमी अचानक कता हरायौ ?*********************
तिमी पूर्वको झापा बाट उदायौ
पश्चिमको रोल्पा र,
बैतडी अनी कंचनपुर सम्म धायौ ।
मेचीको आँशु लाई काठमाडौं पुर्यायौ
कालीको रोदनले सिंहदरबार हल्लायौ
जनताको बोली बनी प्रतिगामी थर्कायौ
शहिद्को गोली बनी राष्ट्रघाती तर्सायौ
अरुलाई प्रश्न गर्ने तिमीलाई
आज एउटा प्रश्न सोध्ने मन छ
ईन्द्र, तिमी अचानक कता हरायौ ?
**********************
तिमी यती छिट्टै नहराउनु पर्थ्यो ।
जनताको पिर र ब्यथा हरु लाई
देश बनाउछु भनी खाका कोर्ने हरुको
कान सम्म पुर्याइ रहनु पर्थ्यो ।
झुपडीका सुस्केरा र क्रन्दन हरुले ,
जनताको कर र भोट् ले ठडीएका
बाद्शाहहरुका महलहरु थर्काइ रहनु पर्थ्यो।
र गरिरहनु पर्थ्यो खबर्दारी,
घुस्खोरी र भ्रस्टाचारी हरुलाई ।
र चलाई रहनु पर्थ्यो डण्डा,
देश लुट्ने र झन्डा च्यात्ने हरुलाई।
**********************
अनेक अबरोधहरु आए यात्रामा
तिमी कहिल्यै बिचलित देखिएनौ
कैयो बाधाहरु आए बाटोमा
तिमी कहिल्यै थकित देखिएनौ
द्रिध रह्यौ तिम्रो बिचारमा
र खोजी रह्योउ जवाफ तिम्रा जटील प्रश्नहरुको ।
चढिरह्यौ उन्नती को सगरमाथा
र फहराइ रह्यौ झन्डा आत्मबिश्वास र स्वाभिमानको ।
***********************
तिम्रो कलम कुल्चन खोज्नेहरु,
आँफै पछारिये पाताल्मा
तिम्रो मुख थुन्न खोज्नेहरु
फ्याकिये ईतिहासको रछ्यानमा
बटुली रह्यौ आवाज कुनाकप्चाहरुको
र बुलन्द गर्‍योउ जनताको गाली
आमाको छातीमा कुल्चनेहरुलाई।
बजाइ रह्यौ स्वतन्त्रताको ताली,
र रोपिरह्योउ प्रश्नका भालाहरुले
जनताको मालिक हुँ भन्नेहरुलाई।
***********************
प्रश्नइ प्रश्नहरुको घडा बोकी
स्वर्ग बाट झर्यौ धर्तीमा
घर घरमा टेलिभिजनमा आयौ
मानीसहरुको ढुक्ढुकीमा छायौ
देखेथेँ तिमीलाई अस्ती
नाची रहेथियौ तिम्रै आगनमा
खेलीरहेथेयौ तिम्रै दुई कोपिलाहरुसँग
देख्दिन तिमीलाई आज
टेलिभिजनका ति पर्दाहरुमा,
अरुलाई प्रश्न गर्ने तिमीलाई
आज एउटा प्रश्न सोध्ने मन छ
ईन्द्र, तिमी अचानक कता हरायौ ?
************************
(ईन्द्र लोहनी मा समर्पित)

गीत/ गजल/ कविता दौंतरी डट कम भाग १४ Sun, 23 Dec 2012 18:27:00 +0000

मुख बुझो लाउनु कस्को
मुख बुझो लाउनु कस्को भन्नेले के के भन्छन
काम नहुनेको के कुरा दिउसै तारा गन्छन
बुद्धी कहाँ चर्न जान्छ गोठालो लागेर भएन
नत्र किन भडार पूर्न आफ्नै आगन खन्छन
हाँसी हाँसी नासी दिने अबोध चेहरा पनि
अचेल माकुरैलाई माथ दिने जाल बन्छन
बिपना धितो राखी सपना उधारोमा टाँगेर
नथेगिने ऋनको भारी बोकी ठसठस कन्छन
निशब्द भई निर्दोष हेराइ बटुली बिचरा
निमुखा मन थिचोमिचो प्रसाद सरी सन्छन


हिजो आफ्नै सोच्ने मन
प्रबिण थापा
हिजो आफ्नै सोच्ने मन टाढा भइदिएछ
पराइको जाली माया गाढा भइदिएछ
जे पनि तिम्रो लागि गर्न सक्छु भन्ने मन
अनायसै मुटु घोच्ने काडा भइदिएछ
खै के भनु के गरौ आफुसँग केही छैन
आखिर सपना टुटाइदिने अग्लो डाँडा भइदिएछ
केही चाँहीदैन तिम्रो माया भए पुग्छ भन्थौ
तर आज मेरो माया थोत्रा भाडा भइदिएछ
वालापनै नभोगी जवानी बने जस्तै
आफन्तको संसार बिर्सी छाडा भइदिएछ

गीत --मर्नु पार्यौ --
शेखर ढुँगेल्
०२-२४-२००९
मर्नु पार्यौ कान्छी तिमी ले
माया गरेर
दिन भरी कुरायौ
आएर सपना मा कुतकुती लगायौ
उज्यालो नहुँदै कता हरायौ
मर्नु पार्यौ कान्छी तिमीले --
दिन भरी कुद्छ्यौ एता र उती
आँखा झिम्काउदै
जब पर्छ्यौ एक्लै साझ मा
एस एम गरेर हैरान बनायौ
भोक र निन्द्रा भगाई मेरो
दुनियाँ हसायौ
मर्नु पार्यौ कान्छी ----
चुल बुले तिम्रो बानी
कोइली जस्तो बोली
हरिण जस्तो जिउ डाल तिम्रो
सब लाई लोभ्याउदै हिंड्ने बानी
तिम्रै याद मा बिहानै
भट्टि पुग्ने मलाई बनायौ
मर्नु पार्यौ कान्छी तिमी ले ---


मेरो पहिलो परिचयः नेपाली
शिव प्रकाश
म को हूँ? मेरो नाउँ के हो? मेरो थर के हो? मेरो जात के हो?
मेरो नाउँ शिव, राम, श्याम, हरि, कृष्ण, बहादुर, प्रसाद, नाथ, लाल, कुमार जे होस्!
मेरो नाउँ पछि आउने मेरो जात ब्राह्मण, क्षेत्री, वैश्य र शूद्र तथा मेरो थरपौड्याल, पोख्रेल, कटुवाल, दराई, राई, लिम्बु, मगर महर्जन, नापित, माली, कामी,दमाई, श्रेष्ठ, सार्की, चमार, मुसहर, बाँतर, सतार, धिमाल, थारु, चौधरी, तेली,बनिया, मण्डल, महतो, हजाम, पण्डित आदि इत्यादि जे होस्!
म कसको छोरो हुँ? कसको दाजु, कसको भाइ, कसको बाबु, कसको भतिजो, कसको काका, कसकोमामा, कसको ज्वाइ, कसको सालो, कसको भिनाजु अथवा कसको लोग्ने वा कसको प्रेमी? आदिइत्यादि जे होस्!
म जेसुकै नाम-नामेसी, जात-जाति अथवा भाषा-भाषी, थर-थरान र सम्प्रदायको मान्छे किननहुँ? कसैसँग कुनै साइनो बाँधिएर संसारको कुनै स्थानमा किन नरहुँ? तर मैले सधैंमेरो परिचय खोजिरहेको, चहारिरहेको हुन्छु, चाहिरहेको हुन्छु। चाहँदै, खोज्दै,चाहर्दै, पच्छ्याउँदै जाँदा मैले मेरो परिचयको परिचय एउटामात्र पाउँछु!
यावत् प्रश्नको एउटामात्र उत्तर अर्थात यावत् एवं विविध खोजीको एउटैमात्र प्राप्ति!सम्पूर्ण प्रश्नको एउटै उत्तर! तर पूर्ण अर्थात सम्पूर्ण उत्तर!
र, त्यो एउटा अर्थात एक्लो तर पूर्ण र सम्पूर्ण उत्तर हो - नेपाली! म नेपाली! मेरोपरिचय नेपाली अर्थात् मेरो पहिलो परिचय नेपाली!
हो, सबैभन्दा पहिला म नेपाली हूँ र मेरो पहिलो परिचय नेपाली हो।
यो एउटा र एक्लो उत्तर नै मेरो परिचयको सामूहिक र सम्पूर्ण उत्तर हो। मेरो सम्पूर्णपरिचयको पूर्ण परिचय हो - नेपाली! मभित्रका अनेकताभित्रको एकता हो - नेपाली!मभित्रका अथाह अन्तर्भिन्नताभित्रको एकरूपता र आस्था हो - नेपाली! मेरा वरिपरिकाअपूर्णताभित्रको पूर्णता हो - नेपाली! कहिल्यै मरेर नजाने कसैले हरेर लान नसक्नेमेरो परिचय हो - नेपाली! मेरो मन - नेपाली! मेरो तन - नेपाली! मेरो पन - नेपाली!मेरो अस्मिता हो - नेपाली, मेरो अस्तित्व हो - नेपाली! नेपाली, नेपाली र नेपाली!
म नेपाली! नेपालको छोरो नेपाली अथवा नेपालको छोरी नेपाली! अर्थात मेरो पहिलो परिचयनेपाली, नेपाली र नेपाली! मात्र नेपाली!
नेपाली हुँ, त्यसैले म भन्छु -
नेपाली हूँ म नेपालको माटो यो छातीमा सजाउँछु
पूर्खाले पूजेको माटोको टीका निधारमा लगाउँछु।
म स्वदेशमा हुँ वा दशदेश दूर परदेशमा हुँ सधैं म भन्छु -
म नेपाली हुँ।
मेरो नाउँ नेपाली हो।
मेरो जात नेपाली हो।
मेरो थर नेपाली हो।
मेरो भाषा नेपाली हो।
मेरो भावना नेपाली हो।
मेरो आस्था नेपाली हो।
मेरो विश्वास नेपाली हो र मेरो बिचार नेपाली हो।
मात्र नाउँका लागि मलाई दिइएको मेरो नाउँ शिवप्रकाश भएता पनि जन्मले पाएको मेरोजन्मसिद्ध नाउँ नेपाली हो। जुन अकाट्य छ। अमेट्य छ। हृदयको शिलापाटीमा लेखिएको छ।
मलाई यो नाउँ मेरो जन्मपछि कसैले दिएको हैन, कसैबाट उपहार, उपाधि र उपमाका रुपमापएको हैन। कसैले गुताइदिएको पगरी हैन। मैले जन्मदै लिएर आएको नाउँ हो - नेपाली!अर्थात नेपाली शिवप्रकाश र शिवप्रकाश नेपाली!
नेपाल आमाको कोखबाट जन्मिए। नेपाली भएरै नेपाल आमाको काखमा हुर्किएँ। अहिले म जहाँरहे पनि सबैभन्दा पहिला नेपाली हुँ। त्यसपछि मात्र कथित नामले, जातले, भाषाले,सम्प्रदायले, धर्मले चिनिने फलानो चिलानो अरु कोही हुन सक्छु!
मेरा बाबुको जात र थरभन्दा अघि म त्यो नेपाली माटोको जात हूँ। त्यो नेपाली धरतीकोथर हूँ। जुन मेरा बाबु बराजेले पूजेको माटो र धरतीको जात र थर हो - नेपाली! त्यसैलेमेरो जात नेपाली हो, मेरो थर नेपाली हो अर्थात मेरो पहिलो परिचय नेपाली हो। र, मेरोजन्मसिद्ध परिचय नेपाली हो।
म जसको छोरो भए पनि नेपालीको छोरो हुँ। म जसको बाबु भए पनि नेपालीको बाबु हुँ। नामनामेसीमा म सबैभन्दा पहिला नेपाली हूँ। जातपातमा म सबैभन्दा पहिला नेपाली हुँ।छत्तीस वर्णमा मेरो सबैभन्दा पहिलो वर्ण नेपाली हो! सयौं जातजातीमा मेरो पहिलो जातपनि नेपाली हो। नातासम्बन्धमा सबैभन्दा पहिला नेपाली हुँ। त्यसपछि मात्र म कसैकोदाजु, भाइ, काका, भतिजो, मामा, ज्वाइँ, सालो, भिनाजु, लोग्ने वा प्रेमी हुँ वाहुनसक्छु। तर यी सबैभन्दा पहिला म नेपाली हुँ!
तराइदेखि हिमालसम्म, मेचीको वल्लो किनारदेखि महाकालीको पल्लो किनारसम्म अनिदेशदेशावरमा छरिएर रहेका नेपाल आमाका सन्तान दरसन्तानसँग मेरो एउटै साइनो छ, एउटैनाता छ - ती सबै मेरा नेपाली बन्धुबान्धव हुन्। त्यसपछि मात्र नाता वा साइनो जोडेरचिनिने अरुको म कोही हुँ वा मेरा अरु कोही हुन्। यी सबैका म सबैभन्दा पहिला नेपालीहुँ र सबैका लागि मेरो पहिलो परिचय पनि नेपाली हो।
त्यसैले म भन्छु -
तराइमा धोतीकुर्ता लगाए पनि म सबैभन्दा पहिला नेपाली हुँ
पहाडमा डोको नाम्लो बोके पनि म सबैभन्दा पहिला नेपाली हुँ
हिमालमा चौरी चराएर हिँडे पनि म सबैभन्दा पहिला नेपाली हुँ
चारजात छत्तीस वर्णमा मेरो सबैभन्दा पहिला वर्ण नेपाली हो।
त्यसैले म गर्वकासाथ भन्छु -
म नेपाली हुँ
म ईश्वरसँग प्रार्थना गर्छु -
आफूलाई सधैं नेपाली भनिरहूँ,
सधैं मेरो पहिलो परिचय नेपाली बनाइरहूँ।
शिरमा सगरमाथा बोकीरहूँ
मुटुमा मेची र महाकाली बगाइरहूँ।
नेपाली हुनुको अर्थ आफूलाई यसरी नै सधैं म नेपाली बनाइरहूँ, नेपाली भनाइरहूँ।नेपाली देखाइरहूँ। म जस्तै सबै नेपाली "म" हरू, मनहरू, मस्तिष्कहरू, मतहरू, मननहरू,मनपेटहरू, मनसाहरू, मनोभावहरू, मन्थनहरू सबैभन्दा पहिला नेपाली "म" हुन् र सधैंनेपाली "म" नै भइरहुन्। सबै नेपाली "म" हरूले सधैं आफ्नो परिचय नेपाली बनाइरहुन्!
हाल - बोष्टन, अमेरिका।


कर गरी मलाई नपिलाऊ साथी
राकेश कार्की
लस् एन्जेलस्
कर गरी मलाई नपिलाऊ साथी
मताएर मलाई नभुलाऊ साथी
सल्लाह लिन पो आएको आफ्नो ठानी
बिर्सन सकिन दिमागलाई नसाले हानी
प्यालामा प्याला नमिलाऊ साथी
मताएर मलाई नभुलाऊ साथीबाधासंग लड्दै अझै कोशिश गर्नुछ
शक्ती बटुल्दै मलाई पक्कै जित्नुछ
बुँद बुँद थप्दै नडुबाऊ साथी
मताएर मलाई नभुलाऊ साथी

यो शहरमा मेरो काम छैन

मधु माधुर्य
(मास्‍को ,रसिया)
हिँड्‌दा हिँड्‍दै
यो शहरको सबै सडक सिध्‍याइसकेको छु
हेर्दा हेर्दा
यो शहरको पूरै दृश्‍य रित्‍‍याइसकेको छु
अब यो शहरमा सायद मेरो कुनै काम छैन
बुढा-बुढी घाम-जून यहाँ
आङ तन्‍काउँदै पालैपालो उठृछन्‌ र सुत्‍छन्‌
'अँधेरो'लाई नै स्‍वतन्‍त्रताको पराकाष्‍ठा भन्‍ने वस्‍तीमा
उज्‍यालो उत्‍सवको कुनै अर्थ छैन
सायद यस्‍तो शहरमा मेरो कुनै काम छैन
ईमान समेत बिक्रि हुने हाट-बजारमा
सबै कुरा मैले किनिसकेको छु
सँगत गर्दा गर्दा
दुईखुट्‍टे 'जन्‍तु'लाई
'मान्‍छे' भनी चिनिसकेको छु
सायद यो शहरमा मेरो काम छैनमेरो अस्‍तत्व यहाँ -
एउटा औपचारिकता मात्र भइदिएकोछ
देशको निधार छोप्‍ने
लोकतन्‍त्रको तुल जस्‍तो !
पानी रहित
खोल्‍सोमाथिको पूल जस्‍तो !!
* * *

तिमी थियौ म थिए
प्रबिण थापा
तिमी थियौ म थिए , कती सुन्दर संसार थियो
साच्चै भन्दा भगवानको , अनमोल उपहार थियो
तिमी मुस्कुराउथ्यौ म भित्र चमक छाउथ्यो
यूगौ युग नरित्तिने, मायाको भन्डार थियो
कहिले तिम्रो कहिले मेरो रिसाउने पालो हुन्थ्यो
निस्कर्षमा एक हुन्थ्यौ एउटै बिचार थियो
सम्झना ताजै छ , अझैपनी यो मनभरी
सगै खेली बिताएको पलहरु हजार थियो
सकिएन उद् घोष गर्न, समाजको बन्धन तोडी
मैले तिमीलाई तिमीले मलाई गर्ने माया अपार थियो


तिमी हिड्‌ने वाटो भरी

नरेश माङपाहाङ राई
फोक्‍स्‍टन वेलायत
हाल :हेल्‍मन्‍ड अफगानिस्‍तान

तिमी हिड्‌ने वाटो भरी फूलै फूलको वोट भयो
विझाउने काडा मलाई निको नहुने चोट भयो
एउटै विचार मन लिई हिडिरहन्‍थ्‍यौ हामी
त्‍यही बाटो छुटिट्‍एर उता गयौ तिमी
तिमी हिड्‌ने गोरेटोमा वर पीपल को बोट भयो
विझाउने काडा मलाई निको नहुने चो ट भयो
हाते मालो गरी गरी खोला खोल्‍छी तर्‍यौ
सम्‍झना भई त्‍यही माया आसुँ बनि झर्‍यो
तिम्रो दिलको बगैचामा फूलै फूलको बोट भयो
विझाउने काडा मलाई निको नहुने चोट भयो


जवानिले काउकति लगायो कि महारानी
वसन्त "विवश" आचार्य
जवानिले काउकति लगायो कि महारानी
डोलि चढ्ने रहर मनमा जगायो कि महारानी
अङ्ग अङ्ग पोखिनलाइ अटेस मटेस भा'छ
वैमानिले यौवनको रङ्ग उडायो कि महारानी
एकोहोरो मनसंग वातमारी लजाउनृहृन्छ
पिरतिको धुन मनले जगायो कि महारानी
देखेपनि नदेखे झै तर्की हिड्नृ हृन्छ
नयनले कसैको तस्वीर सजायो कि महारानी
उर्वसी र मेनका मिसिएर तिमी वन्यौ
नभन्नु है वसन्तूले फकायो कि महारानी
तुलसीपुर दागं


भोक, भोग र सम्भोग
शिव प्रकाश
भोक नियम हो
भोग नियत हो
सम्भोग निदान हो
र, सम्भोग वरदान पनि हो ।
भोका छन् सबै प्राणी
तर मान्छे –
सबैभ‌दा भोको छ
त्यसैले मान्छे –
मासु पनि खा‌न्छ आँशु पनि खा‌न्छ
मन पनि खा‌न्छ
माटो पनि खा‌न्छ
र, मा‌न्छे –
मा‌न्छे पनि खा‌न्छ
त्यसैले मा‌न्छे –
माछो पनि हो
बाछो पनि हो
र, मान्छे माकुरो पनि हो ।
भोगको भोको मा‌न्छे
भोग्नका लागि ईश्वर पनि भाक्छ
सबैभ‌दा बढी भोक मा‌न्छेलाई नै लाग्छ
सबैभ‌दा बढी भोग मा‌न्छेले नै गर्छ
सबैभ‌दा बढी सम्भोग मान्छेले नै गर्छ ।
निश्चित याम र मौसम हु‌न्छ
हरेक प्राणीको भोक, भोग र सम्भोगको
तर मा‌न्छे –
हरेक समय भोको छ
हरेक समय भोगी छ
हरेक समय सम्भोगी छ ईश्वरको वरदानको सधैं लोभी छ ।
अनिश्चित विचार अस्वाभाविक व्यवहार
सृष्टिको अनुपम् उपहार मा‌न्छे –
भोक, भोग र स्भोगका लागि सधैं भोको छ
ईश्वरको त्यो वरदानको उसलाई सधैं धोको छ ।
जनवरी १५, २००८ बोस्टन, अमेरिका ।
बोतल महात्म्य ।

न मानमा न शानमा, न नाच, न त गानमामिल्यो आनन्द त मिल्यो, केवल सुराको पानमा ।
थपी थपी पिए पनि, पिउने, पिएरै शान्त छनशीशी बोतल नछोए' नि, नपिउने नै अक्रान्त छन   ।
न धाक छ, न रबाफ नै, न उँच निचको अभिमान छएकै साथ बसि पिउँदा, ठुलो सानो समान छ ।नपिउनेको मुहारमा, न खुशी, न मोज छहेर धपक्क लाली त्यो, पिउनेको कस्तो ओज छ । नपिउनेको जमातमा, वर्ण, जाति थरी थरीपिएरै बढ्छ भाईचारा, हुन्नन भेद कसैगरी ।
भलै भुलुँ गृह-मार्ग, शीशी बोतल लिएपछितर पुग्छु म स्वर्गमा, केहि घुँट पिएपछि ।
कति गरुँ बयान म, मेरो बोतल महान छआफैं रित्ती जिवन दिने, यो औषधि समान छ ।


गजल
हात सेक्नु तिमी कतै म बलिछु भनेमुढा भनी टेक्नु कतै म ढलिछु भनेरातमा निद छैन बातमा तुक छैनआश्चर्य नमान्नु बेहोसिमा चलिछु भनेकाँडाका झिँजा सफा भएकै जाती होलान नीभाउनु भैगो कतै जलिछु भनेनजर झुकाएर हिडन नपर्ला म सितठीक्क भो भन्नु थलिएर गलीछु भनेमानसिक सन्तुलनको के भर भो रकठै!नभन्नु भो रुखमा फलिछु भने

नया नेपालमा
शेखर ढुङेल्-०२-१०-२००९उहिले उहिलेमेरो राजा तिमी कती जातीतिमी कती ज्ञानीतिमी कती हायन्डसम भन्थिन,तिमी बिना म मरी हाल्छु नि भन्थिनमौका मिल्दा गालामा सुकोमल हातले
सुमसुमाउ थिनखोइ आज भोली केभो उन्लाईतँ त रैछस् सामन्ती भन्छिनतेरो संगत नगर्नु नै जातीतलाई माया गर्नु भन्दासाँप लाई दुध पिलाउनु जाती भन्छिनकस्ले छड्के लायो किउन्को बुद्धी भुट्योघरमा को चुल्हो बल्न छाड्योबेला कुबेला कता होखबर नै नगरि खुर्मुरिन्छिनजब म सपना मा लिन हुन्छुरात छिप्पे पछी डुङ डुङगन्हाउने मुख लिएरघर मा आउ छीन्
फूलको मौनता
शिव प्रकाश
मौन छ फूल
फूलको मौनताभित्र
सुन्दरता छ
सुन्दरताभित्र
मादकता छ
तर फूल कागजको पनि हुन्छ ।
निश्छल छ फूल
फूलको निश्छलताभित्र
प्रतीक छ प्रेमको
उपमा छ आत्मीयताको
वैभव छ विश्वासको
तर फूलभित्र काँडा पनि हुन्छ ।
फूलको विषेशता –सुन्दरता र मादकता
प्रेम र आत्मीयता
निश्छलता र कोमलता
तर फूलको धारले पनि
मन रेटिएको हुन्छ ।
सृष्टिको सुन्दर उपहार हो, फूल !त्यसैले फूल, फूल हो
तर फूल, फूलमात्र हैन
सृष्टिको अथवा दृष्टिको
एउटा भूल पनि हो, फूल ...!
मौन छ मादक फूल… !
बोस्टन, अमेरिका 02-15-09
साथै उंहाको माटो,मान्छे र देश को बेव कबिता प्रतियोगिताको निम्ती साहित्य घरमाराखिएको छ। दौंतरीमा यो भिडियो उहांकै प्रशंसकको लागी राखिएको छ । भोटिगं गर्नसाहित्य घर मा जानुहोला।

भन्ने ठान ( प्रणय दवस बिशेष)
प्रबिण थापा
भन्ने ठान छैटौउमा, यस्तै लेख्या रहिछ
खुशी पाउने दोबाटोलाई,काँडेतारले छेक्या रहिछ
जे जे पर्छ आफ्नो भागमा, भोग्दै जानु पर्ने
दु:खै दु:ख पाउन भनी, हामीलाई हेप्या रहिछ
खुशी कहिल्यै आएन, चोटै चोटले सताइरह्यो
हाम्रो माया प्रितीलाई नै, संकटले चेप्या रहिछ
भलो चाहन्थ्यौ संसारकै, राम्रो होओस भनी
पबित्र यि आत्माभित्र, कस्तो खोट देख्या रहिछ
ईश्र्या गरे भगवानले , कहाँ जानु शरण लिन
ममताको धरातलमा, कठोरताले टेक्या रहिछ

अरुलाई भुल्न थाले
बिजय कुमार श्रेष्ठ-हाल ईराक
विधाकी खानी तिमी सबैलाई सुबुध्दिको ज्ञान दिने
सुबुध्दि दिएका थियौ तिमीले कहाँ गए विधा लिने ।
गुरुलाई मान्न छाडे विधा बिना नै गुरु बन्न थाले
आफनो औकात हेर्नु छैन विश्व हाक्छु भन्न थाले ।
पुर्खाले जगाएको सास्कृतिलाई मान्दिन भन्न थाले
संसारको रित फेरी दिन्छु भनि कदम चाल्न थाले ।देशका निम्ती वलिदान दिने शहिदलाई भुल्न थाले
बलिदानलाई बिसर्ि कुसर्िको आन्नदमा रम्न थाले ।
हिटलरलाई माथ गराई दिन्छु भनी बिगुल फुक्न थाले
फोस्रो आश्वासन दिदै कमजोरीको सफाई लिन थाले ।
साहास नभएर आफुलाई अनुभब नभएको भन्न थालॆ
आश्वासनमात्र दिएर आफु चाखो बन्ने रोगपाल्न थाले ।

निल्नु न ओकल्नुको
प्रबिण थापा
निल्नु न ओकल्नुको, गाँस भो यो जिन्दगी
कतै काम नलाग्ने, पलाँस भो यो जिन्दगी
दिक्क लाग्न थालेको छ, आफ्नै जीवन देखी
सुन्दर वस्ती उडाउने, वतास भो यो जिन्दगी
ओठ कलेटी परेको छ, कान्ती छैन अनुहारमा
छैन कती हाँसो खुशी, उदाँस भो यो जिन्दगी
अबुझ ईश्यालु, म थिए रे त्यतिबेला
दुनिँया भन्छ आज, उपहाँस भो यो जिन्दगी
आपत बिपत परिराछ, तिमी टाढा भएदेखी
हुन बाँकी केही रहेन, सत्यानास भो यो जिन्दगी


देश रोएको शोक गीत
मर्नेहरू शहीद बने , मार्नेहरू राजा
बेहाल बयो जनताको मुलुक नर्क साझा
अचम्मको रित बस्यो लट्ठिवालको भैँसी
लूटेराको राज चल्यो शासक पर्‍यो दादा ।।
जनताको तन्त्र भन्छन् कानून कतै छैन
जसको शक्ति उसको भक्ति बन्दूकैको राज
जुन बोक्सी उही धामी कता उजूर गर्ने
देश दन्क्यो डढेलोमा, हामी पिल्सिएर मर्ने।।
भत्काएर संरचना विकासका सबै
छिनाएर टाउकाहररू जनताका उनै
छाएका छन् सलह झैँ,कहालीको राज भो
खै कसरी बाँच्ने हजूर, जीवन धान्न धौ भो।।
बल्दैन है बत्ति पनि , पानी बीना धारा
नया नेपाल व्यंग बन्यो, तड्पाउँदै सारा
राज्य बन्यो गूण्डा नाइके राक्षसी छन् दाह्रा
डासीहाल्ने , निलिहाल्ने मांशाहारी पारा ।।
कब्जा गर्छु सत्ता भन्छ,सत्तामै छ आँफू
सत्ता हो वा बिद्रोही कि चम्बलको डाँकू
राज्यको जो ढिकुटी छ पोस्छ आफ्नै गणलाई
राहतको कुरा गर्दै आहत पार्छ जनलाई ।।
सर्वहारा गणतन्त्र जहानिया राज भो
लोग्ने स्वास्नी भाइ बुहारी प्रचण्डको ताज भो
एउटा राजा फाल्यौँ भन्थे झन जब्बर पो आयो
चौटा रोज्दा झोल्मा डुब्ने विडम्बना भयो ।।

टिमुर्केको भन्यौ रे
टिमुर्केको भन्यौ रे मलाई,चिप्लो घस्न जानेको थिनपछारिदा दोष थोपरिछ्यौ, छिर्की मैले हानेको थिन
मन भरी श्रदा मुटु भरी माया कसरी पोखाउनुभिरबाट गुल्टाउँदा नि अझै पराइ ठानेको थिनउडान उची थियो कता पुग्यौ मलाई थाहा भएनबज्रीयौ रे नराम्री आखिर डोरो मैले तानेको थिन
अनुभुतीमा सुन्दरता तिमी अलौकिक थियौ मेरा लागिमनले सुन्थे मुटुले छाम्थे आँखाले छानेको थिन
चर्कायौ मुटु थर्कायौ छाती फुटेर भेल कती बगेजिबन हारी सक्दा पनि झूट भनी मानेको थिन

बैरी भै धावा बोले नि ,साथी भै फेरी खाता खोले निआगमन स्वागतार्थ मुटुको किल्ला बानेको थिन


ईन्द्र, तिमी अचानक कता हरायौ ?
- हिमाल_पारी
प्रश्नइ प्रश्न हरुको घडा बोकी
स्वर्ग बाट झर्यौ धर्ती मा
घर घरमा टेलिभिजनमा आयौ
मानीस हरुको मन मनमा छायौ
अरुलाई प्रश्न गर्ने तिमीलाई
आज एउटा प्रश्न सोध्ने मन छ
ईन्द्र, तिमी अचानक कता हरायौ ?*********************
तिमी पूर्वको झापा बाट उदायौ
पश्चिमको रोल्पा र,
बैतडी अनी कंचनपुर सम्म धायौ ।
मेचीको आँशु लाई काठमाडौं पुर्यायौ
कालीको रोदनले सिंहदरबार हल्लायौ
जनताको बोली बनी प्रतिगामी थर्कायौ
शहिद्को गोली बनी राष्ट्रघाती तर्सायौ
अरुलाई प्रश्न गर्ने तिमीलाई
आज एउटा प्रश्न सोध्ने मन छ
ईन्द्र, तिमी अचानक कता हरायौ ?
**********************
तिमी यती छिट्टै नहराउनु पर्थ्यो ।
जनताको पिर र ब्यथा हरु लाई
देश बनाउछु भनी खाका कोर्ने हरुको
कान सम्म पुर्याइ रहनु पर्थ्यो ।
झुपडीका सुस्केरा र क्रन्दन हरुले ,
जनताको कर र भोट् ले ठडीएका
बाद्शाहहरुका महलहरु थर्काइ रहनु पर्थ्यो।
र गरिरहनु पर्थ्यो खबर्दारी,
घुस्खोरी र भ्रस्टाचारी हरुलाई ।
र चलाई रहनु पर्थ्यो डण्डा,
देश लुट्ने र झन्डा च्यात्ने हरुलाई।
**********************
अनेक अबरोधहरु आए यात्रामा
तिमी कहिल्यै बिचलित देखिएनौ
कैयो बाधाहरु आए बाटोमा
तिमी कहिल्यै थकित देखिएनौ
द्रिध रह्यौ तिम्रो बिचारमा
र खोजी रह्योउ जवाफ तिम्रा जटील प्रश्नहरुको ।
चढिरह्यौ उन्नती को सगरमाथा
र फहराइ रह्यौ झन्डा आत्मबिश्वास र स्वाभिमानको ।
***********************
तिम्रो कलम कुल्चन खोज्नेहरु,
आँफै पछारिये पाताल्मा
तिम्रो मुख थुन्न खोज्नेहरु
फ्याकिये ईतिहासको रछ्यानमा
बटुली रह्यौ आवाज कुनाकप्चाहरुको
र बुलन्द गर्‍योउ जनताको गाली
आमाको छातीमा कुल्चनेहरुलाई।
बजाइ रह्यौ स्वतन्त्रताको ताली,
र रोपिरह्योउ प्रश्नका भालाहरुले
जनताको मालिक हुँ भन्नेहरुलाई।
***********************
प्रश्नइ प्रश्नहरुको घडा बोकी
स्वर्ग बाट झर्यौ धर्तीमा
घर घरमा टेलिभिजनमा आयौ
मानीसहरुको ढुक्ढुकीमा छायौ
देखेथेँ तिमीलाई अस्ती
नाची रहेथियौ तिम्रै आगनमा
खेलीरहेथेयौ तिम्रै दुई कोपिलाहरुसँग
देख्दिन तिमीलाई आज
टेलिभिजनका ति पर्दाहरुमा,
अरुलाई प्रश्न गर्ने तिमीलाई
आज एउटा प्रश्न सोध्ने मन छ
ईन्द्र, तिमी अचानक कता हरायौ ?
************************
(ईन्द्र लोहनी मा समर्पित)

गीत/ गजल/ कविता दौंतरी डट कम भाग १३ Sun, 23 Dec 2012 18:23:00 +0000

त्यस्तो नठान
नीर्मन केएम
नंखेल ६ भक्तपुरकहिले ठानिनॅ त्यस्तो मेरो कारण तिमीलाइ रुनु परोस
त्यों सोचाइ आएन कहिले तिम्रो बाटोमा काँडा बन्नु परोस
अरु रोएको बेला नहांस तिमी धेरै नै ख़ुशी भएरआफ्नै शब्दले तीर मार नआउ अरुको साथ लागेरखुल्ला आकाश हुं म लुकाउने केही छैन यहाँ मैलेआशाहरु सबै मरिसके कुनै साथ चाहेको छैन मैलेशायद तिमी भ्रममा छौ कि मलाई चिन्न सकिनौ भैगो
शालीन अनुहारभित्रको आगोले मलाई नै जलाइरहोस भैगो
म आगोमा बल्न सकुंला बरु झूठो भई बांच्नँ चाहिनॅ
आँखाको पानीले आफैं भीजें बरु अरुलाई रुझाउन चाहिनॅ
बेपत्ता भएका मान्छेहरु
हस्त गौतम मृदुल
बेपत्ता भएका मेरा मान्छेहरु कहां छन
कि लाश देउ कि शास देउ जहा छन।
भक्षक भएर गिरफतार गरी कहा फाल्यौ
जिउदै जलाउदै ति निर्दोषीहरु कहा हाल्यौ
घर फर्कन्छु भन्दै निस्केको कैलै फर्केनन्कहा गयो तिम्रो मान्छे कसैले सोधेनन्
बिपत्ता भएका ………………………………॥
आफनो निहित स्वार्थका लागी बलि चढायौ।
शक्तीको आडमा आपसमा हामीलाइ लडायौ।
एउटाको स्वार्थकोलागी हजारौ बेपत्ता पारयौ।
आखिर दोष के थियो र किन त्यसरी मार्यौ
बेपत्ता भएका………………………………

शान्ती
-हस्त गौतम मृदुल
विध्वंश गर्दै नरसंहार गर्नेको शान्ती देखें ।पानी सरी रगत बगाउनको क्रान्ती देखें ।
संत्रासको शिकार बनाएको यो देशमा ,सारा वैभव लुट्न कस्सिएको मूर्ख देखे ।नियम-कानूनको बलात्कारी अत्याचारी,अन्याय शब्दको अर्थबोध गराएको देखे ।
राष्ट्रको कोखामा तीखा दाह्रा धस्नेले,अन्तरबिरोधका लप्काहरु बालेको देखें ।
डढेका मनहरुमा नपलाएका तनमाथीजनयूद्धको घाउमा नूनचूक छर्केको देखें ।
कहिलेकाहि चोट दिन्छन कहिले कुरा काट्छन्
बसन्त विवश आचार्य
तुलसीपुर दाङ्ग
कहिलेकाहि चोट दिन्छन कहिले कुरा काट्छन्आफ्नाहरु आफ्नै हुन्छन मनमा माया राख्छननदेखे झै तर्किएर वाटो जतिकाटेपिन
ठेसलाग्दा अत्तालिदै देविदेउता भाक्छन्पराईले जतिसुकै माया गरेपिन
आफन्तैले मिठो लाग्ने चोखोमाया दिन्छन
घुर्क्याउछनथर्काउछन गालिपनि गर्छन
अनि मुटुभित्र पिरतीको आफै डोरी वाट्छन्
जवपर्छ यो देहमा नजर हजुरकहाँसोदिए हासिदिन्छु रुन्छु रुवाएसि
जे गर्नुछ गर्नुस अधिकार हजुरको
मनमा माया सँगालेरघुर् क्याउदै नवोल्ने
वसन्तूलाइ मनपर्छ व्यवहार हजुर

मेरी प्रिया काली
अशोक नेपाल
मेरी प्रिया काली मलाई सम्झी सम्झी
आशुले मजेत्रो भिजायकी होलिन
घाम अस्ताउने बेलामा छटपटाउदै मेरो बाटो हेर्दी होलिन्।।
लान्खु खोल उर्ली आए जस्तो आँखामा आसुको छाल उठ्न थाल्यो होला…
भुइचालोले हल्लाएको घर जस्तो मेरो मुटु चर्कन थालयो…।।
उकाली ओराली डाँडा काँडा नदी नालाले मलाई खोज् दै होला,,,,,,
म बिनाको मेरो लन्खु गाउ बस्ती कस्तो उदा सिएको होला…
मलाई मेरो छोरी को सम्झनामा मेरो मुटु जली रहन्छ…।।
मेरो जन्म भूमिको सम्झनामा अनी मेरो प्रियासी काली को सम्झ्नमा …
ढोप्पा धोप्पा आसँहु खसी रहन्छ………ढोप्पा धोप्पा आँशु खसी रहन्छ………।

कती ठोक्यौ माथा तिम्ले
कती ठोक्यौ माथा तिम्ले कहिले बोलेन ढुङ्गाको देउताधोका दिदैनन सबैले खोज मन मिल्ने साथी एउटा
सतहमा संग्लिएर बग्दा थिग्रिएका बिकार देखिन्नकहाँ पो सकिन्छ र फेरी नाप्न मुटुको कुना र छेउ ताहिजो भिजेको आँसुले आज नबगायोस फेरी तिम्रोखुर्क अतितका डामहरु ,नत्र लाग्ला मनमा लेउ ताउचाइ दिन नसके नि गिराउने थिन यि नजरबाटकसरी दिनु दस्तक दिलमा, दिदिनौ कहिले भेउ ताफुलमा काँडा पनि हुन्छ बिझ्ला नबिझ्ला यो श्पर्शको तरिकायता म काँडालाई नि फुल देख्छु देख्नेले देखे के उता
नदुख्नुकोही
नीर्मन केएमनंखेल ६,भक्तपुर (हाल हाइटी)नदुख्नु कोही मेरो दु:खमा, म त यस्तै हुँ सधैंभरिकठै भन्ने शब्द चाहिंदैन, दु:खमै पिरोलिउँ म यसैगरीआफ्ना र अरुहरुका स्नेहले, अब म थाकिसकेछुमाया नै मायाको बोझले,धेरै नै थिचिएको छु
यो उराठ लाग्दो जीवन, यत्तिकैमा रमाइ रहन्छआशा उमंग सबै मारेर , नीरसतामै बांचिरहन्छनाआऊनु कोही मेरो साथमा, म एक्लै हुन्छु संसारभरिकठै भन्ने शब्द चाहिंदैन, दु:खमै पिरोलिउँ म यसैगरिफूल फुल्ने पाखाभररी अब, डढेलो लागिसकेको छखुशीमा उज्यालिने मनभरी अब, अंध्यारो छएको छएक्लोपन प्यारो बनिरहेछ, कसैले नझस्काइदिए हुन्थ्योमन अनन्त यात्रामा उडिरहेछ, कसैले नबिथोलिदिए हुन्थ्योनसिस्किनु कोही यो मेरो पनमा, आसुँ छैन मेरो आँखाभरीकठै भन्ने शब्द चाहिंदैन, दु:खमै पिरोलिउँ म यसैगरी
शहर आज शान्त छ
अघिल्लो हप्तासडक छेउको चिया पसलमाअर्कै दलप्रती आस्था राख्‍ने पसलेलेबिपक्षी दलका ग्राहकलाईजानी जानी अलिनो चिया खुवाएकोगम्भिर आरोप लाग्यो,घटनाले राजनैतीक रंग लियोअनी पहिला वाक युद्दत्यसपछि मल्ल युद्द हुँदैधरपकड र मुठभेड भयोपुलीस बोलाईयो, लठ्ठि चलाईयोजिन्दावाद र मुर्दाबवादकोगगनभेदी नारा बीचशहरमा टाएरको धूवाँको बदली भयोढुङ्गा मुढाको बर्षात चल्योस्थिति तनावपूर्ण भएपछिहवाई फाएरसंगै कर्फ्यू लगाईयोमानवतावादीहरु अगाडि आएनागरीक समाज पनि जुर्मुराएनेपाल बन्दको धम्किसंगैअदालत र सरकारका ढोका ढकढकाएसमस्यामाथि गम्भिर भहस भयोबन्द हडतालले जन जिवन तहस नहस भयोआज सरकारलेरमिता हेर्दा मरेको रामेसमोसा चोर्दा ज्यान गुमाउने श्यामे रबगलीमारा बामे सहित१ दर्जनलाई शहिद घोषणा गर्‍योचिया पसलेको दलको दबाबमापसल मर्मतलाई मुआब्जा दीयोत्यसैले शहर आज शान्त छ...शहर आज एकदम शान्त छ ।


उत्साही संकल्प
-हस्त गौतम मृदुलनिरासाले कुन्ठित ती आत्माहरुमाआशाको दियो बाल्न सकुँ म।चूँडालेर निरंकूस ती बन्धनहरुउन्नतीको पाइला चाल्न सुँक म॥सुखसान्ती र समृद्धिको लागीबिधिको शासन थाल्न सकुँ म॥
अन्याय अत्याचार असान्तीलाइयो धर्तिबाटै फाल्न सकुँ म।क्षेत बिक्षेत भएका मनहरुमासुखको मलम लाउन सकुँ म॥आंच आऊन नदिएर कहिलैशान्तीको गित गाउन सकुँ म।राष्ट्रलाइ चूस्ने ती जूकाहरुलाइनउक्सने खाडलमा हाल्न सकुँ म।सूनौला सपना छेक्ने ती पर्खालहरुहातमा हात मिलाइ ढाल्न सकँ म॥हतास हतास ती मृदुल मनहरुमाखूशीको कान्ती छर्न सकँ म।हरेक नेपालीलाइ बुद्ध बनाएरशन्तिको ज्योति छर्न सकुँ म॥
विहान पनि वेलुकी पनि

नरेश माङपाहाङ
 फोक्‍स्‍टोन वेलायत
 हाल हेल्‍मण्‍ड अफ्‍गानिस्‍तान
विहान पनि वेलुकी पनि किच किच मात्र गर्छौ किन
कसै संग बोल्‍दा पनि आँखा मात्र तर्छौ किन
जूनै कुरा गर्दा पनि दिल दुख्‍छ तिम्रो
रोई रोई आँखा भरी आँसू मात्र भर्छौ किन
तिम्रो ज्‍यान हेर्दा खेरी साह्र माया लाग्‍छसकी नसकी ज्‍यानै छोडी लाक्‍पा मात्र पर्छौ किन
सधै सधै अंगालोमा वाँधु भन्‍छु तिमीलाई
कहिले काही ठाक ठूक पर्दा सोफै वाट सर्छौ किन


जीवन
नीर्मन केएमनंग्खेल-६ भक्तपुर (हाल हैटी)
जीवन सारे कठीन भो , बाँच्ने आधार पाउनलाई
आकाश पनि साँगुरियो, एकमुठी सास फेर्नलाई
अरुको दुखमा दुखेर, अरुलाई हंसाउनु पर्ने
चोटे चोट सहेर पनि, अरुलाई बचाउनु पर्ने
यो जिन्दगीको कथा येस्तै, आंधिभित्रै रम्नु पर्नेसबै इच्छा मेटाएर, इशारामै चल्नु पर्ने
जहां मन राख्न खोज्छु, त्यहाँ जाल बुनिंदोरैछ
मीठो बोली भित्रभित्रै, संसारे ड़ुब्दोरैछ
ईश्वर तिम्रो सृष्टी पनि, झूठो नै हुने हो कि
हरेक निर्दोष आत्माहरू, रोएरै मर्ने पो हो कि


देशको माया
हस्त गौतम मृदुल
बिरानो देशमा बस्दैन प्यारी आउछु फर्केर
दैलोमा उभी बालेर टुकी बस्नु है पर्खेर
अबस्य पनि आउछु फर्कि धैर्यता लिनु है
दूखमा पनि सूख खोज्ने साहास दिनु हैपुगेर के भो आखिर बिदेश दुखको दुखै छ।
यसरी पौरख गर्ने हो भने त्यहीँ पनी सुखैछ
स्वदेश छोडी बिदेश नआऊ दुखमा पर्नलाइ
आफनै पाखा प्रशस्त छनी पौरख गर्नलाइ
सुख सान्ती समृद्धि कमाइ देशैमा बस्ने छु।
नेपाली भै उचाइमा पुग्न कम्मर कस्ने छु।

म्याँग्दी खोला उर्लिदा
राहुल मगर
पोर्तो,पोर्तुगल
म्याँग्दी खोला उर्लिदा,
तामे दुकुर कुर्लिदा,
मनको घाउ गैरिन्छ,
सम्झनाको तलाउमा माया तैरिन्छ,
म्याँग्दी खोला......
कामको चटारोले ऊनलाई भेट्न गा'को छैन,
कोदो रोप्दा,मकै खन्दा नसम्झेको हैन,
म्याँग्दी खोला..........
माना खाएर मूरी उमार्ने बर्षामासको महिना,
हलो जोत्दा,आली लाउदा नसम्झेको हैन,
म्याँग्दी खोला..........
कामको चापाचापले श्वास फेर्न पा'को छैन,
घाँस कात्दा,गोठ बस्दा नसम्झेको हैन,
म्याँग्दी खोला...........

तिमी सगं छुटे पछि
तिमी सगं छुटे पछि पीडा मात्र रहयोहाँसो खुशी यो मनको कता हराई गयोयति ठूलो ससांर पनि सून्‍य सून्‍य लाग्‍योआउने सबै वहार हरू उतै कतै भाग्‍यो
तिमी विना मेरो दिलमा चोट मात्र रहयोहाँसो खुशी यो मनको कता हराई गयो
विछोडको घाऊहरू ले पोल्‍न थाल्‍यो आजउजेलीको दिन पनि लाग्‍न थाल्‍यो साझ
तिम्‌ले छाडी जादाँ आज निराशाले छायोहाँसो खुशी यो मनको कता हराई गयोनरेश माङपाहाङफोक्‍टोन वेलायतहाल हेल्‍मण्‍ड अफ्‍गानिस्‍तान
कुन अपराध गरे मैले
नीर्मन के एमनांगखेल भक्तपूर (हाल हाइटी)कुन अपराध गरे मैले, र मलाई दोषी बनायौकुन कुराले तर्कियौ तिमी, र मलाई इल्जाम लगायौ
निस्ठामा कुनै दाग नलगाइ, कर्म गरे भन्थे मआफू सधैं हारी दिएर, तिमिलाई जिताउन् खोज्थे म
यो कस्तो माया हो तिम्रो, भित्रभित्रै जलाइ रहनेयो कस्तो दया हो तिम्रो, अन्यायमा न्याय नपाईनेकुन पाप गरे मैले, र मलाई सजाय दिइरह्यौकुन कुराले तर्कियौ तिमी, र मलाई इल्जाम लगायौ
मनमा कुनै शका नलिइ, तिमीलाई आफ्नो सम्झिरहेपिडाको भारी बोकी रहेर, सुगम बाटो देखाइ रहे
यो कस्तो रुप हो तिम्रो, सधैं दोधारे भाषा बोल्नेयो कस्तो जीवन हो तिम्रो, ईशारामै चलिरहने
कुन भूल गरे मैले, र नातालाई टाढा बनायौकुन कुराले तर्कियौ तिमी, र मलाई इल्जाम लगायौ
आफ्नै पनमा
प्रबिण थापा
आफ्नै पनमा ढुकढुकिले, गीत गायो आज
उरठिलो शिशिर पछी, बहार छायो आज
धेरै पछी पत्र पाए, पटक पटक पढे
तिम्रा शब्द शब्दमा, मन रमायो आज
अनेक शंका पापी मनले, नगरेको होइन
भएभरको सबै सबै , डर हरायो आज
अचम्म लागिराछ , हर्ष को सिमा छैन
बिहानिले सुनौलो, फुल फुलायो आज
चोखो माया पाइने रहिछ, चोखो मनले गरे
मिठो अतित घुमिफिरी, फर्किएर आयो आज

नजर-नजर मिलिसक्यो
-वसन्त विवश आचार्य
नजर-नजर मिलिसक्यो,मन मिलाउ अब
वाँध अँगालोमा प्रेम रस पिलाउ अब
एक्लै बस्दा खुसी पनि बोझ हुन थाल्छ
मनमा हरपल आफन्तको आभास दिलाउ अब
वगिजाने यौवनलाई कति जमाउछ्यौ
पग्लिएर कलेजी भित्रै बिलाउ अब
पतझड छ जीवन वस् पीडै-पीडा
आउ मगमगाउने गुलाव फुलाउ अव
पिरतिको नँया-नँया दाग लाग्न सक्छ
बसन्तै संग त्यो मुटु संगै सिलाउ अव
तुलसीपुर दाङ्ग

कँहा हुन्छ कस्तो हुन्छ नदेखिने माया
केशब आचार्यकँहा हुन्छ कस्तो हुन्छ नदेखिने मायाछात्तीभित्र मुटुसँग समेटिन्छ माया ---आसुँ बनी आँखाबाट बगिदिन्छ मायाहाँसो बनी ओँठबाट हांसी दिन्छ माया ---गीत बनी शुसेलिमा रमाउँछ मायाकहिले कही जिन्दगीमा ओइली दिन्छ माया ---
खोजी हिँड्दा पाइन्न त्यो मनको साँचो मायाजता ततै खोज्दा भेटने सस्तो छैन माया ---बिछोडको बेदनामा कहालिन्छ मायामिलन हो ढुक्ढुकिको सत्य चोखो माया ---(बोल्डर कोलोराडो )रुनु न हास्नु भयो
शेखर ढुङेल
०३-०१-२००९
रुनु न हास्नु भयो जीवन
माझदार मा अल्झेर
न अघी न पछी जान सके
नियती मा फसेर
रुनु न हास्नु ---
चियायो बिहानी ले सधैं मलाई
नयाँ भाग्य ल्याएन
गिज्याइ रह्यो चाद मलाई
यो मन मा सित्तल छरेन
रात भर सित्तल छरेन
रुनु न हास्नु ----
वारी पारी डुल्छन आँखा
कीनार मा देखिन्न आशा
निरास , हतास भयो मन
मरु कि बाचु उपाय सुझेन
मेरो मनमा उपाय सुझेन
रुनु कि हासु भयो जीवन
मझदार मा अल्झेर -----

सम्हालिन सकिन
प्रबिण थापा
सम्हालिन सकिन मनको बाध फुट्यो हजुर
उनको मेरो सम्बन्ध आजै देखी टुट्यो हजुर
चैत्र मासको खडेरिमा आँखाभरी वाढी आयो
नचाहेरै उनलाई खुशी मलाई पिंडा जुट्यो हजुर
जिन्दगीको गोरेटोमा सँग सँगै हिड्छौ भन्थ्यौ
बिच बाटामै उनको हात र मेरो हात छुट्यो हजुर
रमाइलो संसार थियो कालो वादल छाइ आयो
अनायसै आजफेरी असिनाले चुट्यो हजुर
अब सधैं हास्छु मात्र दु:ख दुर गयो भन्थे
मेरा सबै खुशीहरु कुन पापिले लुट्यो हजुर

गीत/ गजल/ कविता दौंतरी डट कम भाग १२ Sun, 23 Dec 2012 18:19:00 +0000

तिम्रो जोबन
राज राई संगमबिगुटार-४ सुर्के ओखलढुंगाहाल शार्जाह युएई
तिम्रो जोबन फुलझै बैशालु
हेराई झनै अनौठो मायालु
लाग्यो मोहनी
क्या राम्रो रैछ नि आँखा गाजलु
कोईली झैं लाग्यो नि मिठो त्यो बोली
सारै नै सुहायो चौबन्दि चोली
पागल भएँ नि
तिमि त रै छौ नि सारै चन्चली
माया लाउन सिपालु रैछौनि
लुकि लुकि ईसारा गर्छौनि
घाईते पार्योनि
दिलै चोरी मायाले गर्नु गर्योनि
यो मनमा हलचलै मच्चायौ
थाहै नपाई मोहनी लगायौ
लौन के गरौं
अन्जानैमा मायालु पागल बनायौ
आऊ तिमी नयाँ वर्ष

नयाँ वर्ष
आऊ !
हिजोका तितापलहरु बिर्सेर
हत्केलाभरी भिजेका
रगतका छापहरुलाई मेटाउदै
अञ्जुलीभरि प्रेमको फूल रोपौ !
एकअर्कालाई प्रहार गर्न
तम्सिएका हाम्रा मृत्युवाणहरुलाई
फ्याकेर
आजको यो रातमा
जीवनको लागि हात मिलाऔ!!

भोलिदेखि शुरु हुने हाम्रा बिहानीहरुमा
कसैको क्षुद्र दृष्टि पर्न नसकोस
भोलि उदाउने हाम्रो चम्किलो सूर्यमाथि
दुखको बादल मडारिन नपाओस!

भो पुग्यो!
ति विह्वल रातहरु
भयंकर अमानुषी परिवेशहरु
जर्जर र मृत्युदायी पलहरु
आफ्नाहरुको बिछोडको पिडा,
कष्टपूर्ण जीवन
नदोहरियोस फेरि!

आत्मियतालाई टुक्रा टुक्रा च्यातेर
स्वार्थको युद्द लड्नु अघि
हामीले सजाएको फूलबारी
सुगन्धित छ अझै
हामीले टेकेको माटो
पैतलामा भेटिन्छ अझै
हामीले साटेको प्रीति
प्रतिबिम्बित छ आँखामा अझै
हामीले पूजेकी आमा
मन-मन्दिरमा सजिएकी छीन अझै
आऊ!
मिलेर दियो बालौ
निभ्न नपाउदै दियो
प्रेमालिंगनले ज्योती थपौं
नढल्दै यो प्रहर
अखण्ड भ्रूणको सृजना गरौ!
ताकि,भोलिका नयाँ दिनहरुमा
कोही गर्भमै टुहुरो हुनुनपरोस
सृजनाका कोपिलाहरु
सेचनको आभावमा
नफक्रिदै ओइलाउनु नपरोस
मायाका सुन्दर रहरहरु
कसैको अपृय दृष्टिमा झर्नु नपरोस्!!
नयाँवर्षमा स्वागत छ तिमीलाई
नितान्त नयाँ रंग बनेर आऊ
फुस्रिएका यि भविष्यका रेखाहरुमा
अमिट सुनौलो रंग भरौं हामी!
भोलि बिहान
धरतीमा टल्कने
अशंख्य शीत थोपा जति
शुभकामना तिमीलाई
भोलिको सुनौलौ मिर्मिरे संगै
आऊ तिमी नयाँ वर्ष बनेर
स्वर्णिम भविश्यको लागि
मिलेर हामी प्रहारको सामाना गरौं
ताकि,
कोही मित्रको मुखुण्डो लाएर यहाँ
ढाडमा तिर रोप्न नसकोस्
कोही शुभ-चिन्तकको बाहानामा यहाँ
मुटु छेड्न नतम्सियोस्!!

-आश्मा


शुभकामना तिमीलाई
बिजयकुमार श्रेष्ठ
 ईराकबाट
पोहोर साल शान्तिका खुशी पाउने आशामा हाई गरेको थिए
तर खुशी कहाँ गएको थियो आशाको भारि बोकाई दिए
समयलाई दोसि भनौ की परिवर्तीत समय त्यसलाई बुझी लिए
सामन्ति र तानाशाहि शासन गए भन्थ्ये खोई त परिवर्तन के दिए
तर पनि तिमीलाई बधाई त दिन नै मन थिएन बाध्य भएर दिएजस्ता अपराध र हिसंाको बहुल्यता बढाई दिए पनि माफी गरि दिए
जे हुनु थियो भएरै छाढ्यो नयाँ भन्ने उर्जा कसले छाडि दिए
सफल विफल जे भए पनि परिवर्तनको आहुती सृर्जना गराई दिए
आउने नयाँलाई स्वागत् गर्दै तिमीलाई सकुशल बिदाई दिए
शुभकामना छ नयाँ साल तिमीलाई शान्ति छाउने आशा लिए ॥

शुभ - कामना -२०६६
शेखर ढुङेल
उदायो छाना माथि
नव सुनौलो किरण
जोश र उमङ बोकेर
पंक्षि हरु को चिरिबिरी संगै
शुभ मंगल् प्रगती कोसंगीत बनेर
झरना र नदी को
कल कल संगै
बिर्सेंर तिता अतित का
सद्भाब को सन्देस लिएर
पुष्प हरु को सुबाश संगै
भुलाई दु:ख का दिन
प्रसन्नता को गीत गाएर
शुभ होस , मंगल् होस
प्रगती होस नेपाली जन को
२०६६ एउटा ईतिहास बनेर
नयाँ बर्षको शुभकामना
समझदारिमा छाको मन्दी हटेर जावोस
आपसी तिक्तताको तुँवालो फटेर जावोस
आफ्नो पनमा दुख्दा पनि कती तमासा हेर्छौ
बैरी को छ आफ्नै घरको कटुता कटेर जावोस
रगतको बाछिट्टाले छाडेन जती ओतिए नि
बारुद गन्ध आउने शियाल घटेर जावोस
कस्को आँखा लाग्यो कि दाउ चले कसैले फेरी
नेपाली मन र पन बिथोल्ने बत्तेर जावोस
शुभ होस यो बर्ष नयाँ जोश जाँगर बोकी
सबै आफन्त हुन सबै मन रत्तेर जावोस
जिबन ,यात्रा र पोकली झर्ना
अमेरिका - गुरु केदार बराल
छोटो जिबनको लामो यात्रामा
तिस हज मार्मिक र वास्तविक
कटु यथार्थका तिरहरुले
मन मस्तिस्कमा स्पर्स गरेका छन
अनी दिएका छन
रोजाइ, भोगाइ र तोकाइबाट
टाढा रहन प्रेरणा
थाहा भयो पोकली झर्ना
ओखल्दुङा मात्र सिमित हैन रहेछ जिबन
काठमादौ पनि रहेछ
थाइलेन्ड कतार हुँदै
अमेरिका पनि पुग्दो रहिछ जीवन
कतै सुखमा हाँस्दै कतै दु:खमा रुमलिदै
स्टेट स्टेट घुम्दो रहेछ जिबन
सके सम्म उपकार सहयोग र
सद्भावका किरणहरु छर्दै
आफुलाई वास्ता नगरेर
अर्काको निम्ती लाग्दो रहेछ जिबन
मनै त हो मान्छेको
कतै कतै सन्कोच बडी हुँदा
कतै मानिस बेबहारिक नहुँदा
ठाक ठुक पर्दा वा अपमान अनुभव हुँदा
मन दुखेर आउदो रहेछ जिबन
यस्तै यस्तै आसु हासो कथा र बेथालाई बोक्दै बोक्दै
कतै रहरमा कतै करमा अनब्रत
हिन्ने रहेछ त्यो जिबन
आफुले नखाएर अर्कालाई खुहाउने
आफुलाई लुकाएर अर्कालाई देखाउने
गुलाफ अरुलाई दिएर काडा आफु लिने
आफु रुख बनी छहारी प्रदान गर्ने
पारीजात बनी बासना अरुलाई छर्ने
रचना बिधिको अप्रम्पार छ


प्रेम कहानी
विजयकुमार श्रेष्ठ
 -हाल ईराक
नपिउनु थियो मैले नसाका तरेलीहरु विषपान सम्झेर
नलाउनु थियो मैले अदृश्य माया चोखो हो भनेर
नधाउनु थियो मैले टाढाको बाटोलाई नजिक छ भनेर
नदिनु थियो मैले आशा चोखो माया लगाउछु भनेर ॥
कसलाई के थाहा हुने रहेछ चोखो माया के हो भनेर
न त वजन नै हुने रहेछ न त पाउछ माया छामेर
म भन्छु माया बेहोसिपनको सहारा हो अदृश्य छ भनेर
सन्सारलाई नै रोगी बनाई दिन्छ बिजुलीको करेन्ट बनेर ॥ ॥
अदृश्य सारथि भएर पनि माया लगाउछन नजिक बनेर
कसलाई थाहा हुने रहेछ मायाको मुल्य कति हो भनेर
दिनेको मन लिनेको तन कसले जानेको छ कस्तो हो भनेर
सन्सारको रितलाई परिवर्तन गरि दिन्छन प्रेम कहानी भरेर ॥ ॥ ॥


सर्वभौमता बेचियो
हस्त गौतम मृदुल
स्वर्ग जस्तो देश हुनु पर्थ्यो शक्तीसाली
संधैको गरीब भयौ किन हामी नेपाली
सम्पन्न राष्ट तर पनी भयौनी कङ्गाली
संधैको दरिद्र भयौ किन हामी नेपाली
हिंशा भएर धमिलियो बुद्धत्वको आंचलखै हटेन नी निरंकुस्ताको माकुरी-जाल
चन्द्रमामा पुर्याउने नेता भाषण गर्छन्
जनता भने भोक रोग र शोकले मर्छन्
प्रकृति पानी र अन्नको छ नी भन्डार
तर खाली छन भकारी भोक बारम्बार
पृथ्वीनारायणलाइ बिर्सिएर अंशबन्डा गरी
सर्वभौमता नै बेचे निहित स्वार्थमा परी

आश भो ....
हिजो १५ हजार नेपालीको एउटै लाश भो
लाश अरु नबढुन् भन्ने मात्र आश भो ।
तानाशह र भ्रस्टाचारकै रगरगी भैदियो त्यहाँ
आज, महङी हामीले फेर्ने शुद्ध सास भो ।
सान्सद उडे मलाया, सिङापुर र बैन्कक सुरामा
जनता काट्ने बिधेयक त्यसैबाट पास भो ।
क्रान्तिकारीहरुको मस्ती सधैं महाजनको महलमा
निमुखाको घरमा बन्दुकधारी छापामारको बास भो ।
मुलुक बेचियो, अन्धकार उपहार हामी गरीबलाई
नेपाल आमा अमेरिका र भारतले खेल्ने तास भो ।
आज, जसले जे गरे पनि हुनी भाको छ, मुलुकमा
सत्य, धर्म र निस्ठा अनि सारा कुराको नाश भो ।
नबेचिउन चेली फेरी हाम्रै आँखा अगाडि, सस्तोमा
नयाँ सालले परिवर्तन ल्याउला भन्ने झिनो आश भो ।

यानी हावा सरर
By अशोक कुमार नेपाल
यानी हावा सरर
गाउ घरको मायाले आसु बारार
६२ सालामा पर्देश गएयो ईराक भुमिमा
कति दु:ख पाइयो हजुर एक बारको जूनिमा
ईराकको तातो घाम खप्नै गाह्रो भो
दुखियाको जीवन बिताउन गाह्रो भो
यानी घामै घमाइलो
बिदेशमा भन्दा त स्वदेशमै रमाइलो
बनै भरी फूल फुल्यो बस्न बूकिको
कसो गरी बिताउनु जीवन अब दुखिको
गाउघर रमाइलो धानै झुलिने
पर्देशी जीवन दुखी मन कसरी बुझाउने
यानी हावा सरर
गाउ घरको मायाले आसु बारार
गाउ घरको मायाले आसु बारार

जन्म त लिए जिउनको लागि
सी "दोषी"
जन्म त लिए जिउनको लागि साहारा खोज्दै हिडे
साहारा खोज्दै हिड़दा हिड्दै जीवन आधा बीते ।
उकाली चढदा गहर्यो हुन्छ हात दिन्छु उचाली
तानी पो दिन्छन् भन्ने आशमा बस्छु कोही छ की समाई l
ओराली झर्दा लकलक खुट्टा कांपेर हैरान छ
लौरी को साहारा लिदै झर्छु भन्ने मन भैइराछ ।
आराम गर्न चौतारीमा बसी थकाई बिसाई
सिरसिरे बतास पनि आउदैन म संग रिसाई ।
गरेको छैन केही बिराम मैले सजायको भागीदार
सजाय भित्र आलमलिए पछि "दोषी" भो बराबर ।
नआएको भए हुन्थ्यो
प्रबिन थापा
बेखबरलाई खबर बनाएर
अखबारहरु रङगाउन
अक्षरहरु पड्काउन
बुद्धको धुजी उडाउन
सगरमाथाको शिर नुगाउन
उही पुराना कुरा,पुरानो भाषण
प्रजातन्त्रको नाममा निरंकुश शासन
उस्तै आतंक,पुरानै भ्रष्टचार
उही हत्या,हिंसा, बलत्कार
बिक्रिती नै बिकृतिको
आयतन बढाउन
अधिकारको नाममा
सभ्यता बिर्साउन
नआएको भए हुन्थ्यो यो नयाँ बर्ष।
बाँच्ने आशाहरु देखाउदै
पल पलमा मार्नलाई
जितको मिठो आश्वासनमा
सधैं हार्ने पार्नलाई
बेश्रीङ्खलित बाटाहरुमा
श्रीङ्खलाबद्ध पिंडा छर्न
परिचित घुम्तिहरुसँग
अपरिचित भएको नाटक गर्न
हजारौ अब्यक्त्त बेदनाहरु बोक्दै
मनका उच्छबासहरुलाई कैदी बनाउन
सपनाहरुलाई लास बनाउदै
मसानघाटमा रमाउन
शुन्यता भित्र जुरमुराउदै
विश्वाशको यथार्थतालाई कुल्चेर
अन्धबिश्वाससँग लुकामारी खेल्न
सम्भाबित दुर्घटनाको आधारशिबिरबाट
लामो मानबताको खडेरी बोकेर
नआएको भए हुन्थ्यो यो नयाँ बर्ष।
नआएको भए हुन्थ्यो यो नयाँ बर्ष।।


तक्दिरको तस्बिर
तक्दिरको तस्बिर आफ्नै आँखाले देखिने भए
दु:ख को लेखथ्यो मनले चाहेको लेखिने भए
कदम कदम जिन्दगी दुख्छ खुशी फुटेर यहाँ
उकालो ओरालो केले छेक्थ्यो हबामा टेकिने भए
बिधिको बिधान न मेटिन्छ न छेकिन्छ कतै
घाम नि लुक्दो हो नत्र बादलले छेकिने भए
पापको भय नपर्ने भए देउता को पुज्थ्यो
शान्त हुन्थे सबै यहाँ आँफै मानो सेकिने भए
दुनियाँमा को छ पिर ताप मुक्त मान्छे यहाँ
कस्ले बोकथ्यो बोझ नत्र सजिलै फेकिने भए
जिंदगी यात्रा गर्दा
सी "दोषी"जिंदगी यात्रा गर्दा गर्दै थकित भई सकदा पनि
जिन्दगीको यात्राको टुंगो अझै भई सकेको छैन अनि.
लड़खडाउदै भय पनि टुंगोमा त पुग्नै पर्यो नि
उकाली,ओरली,भंझ्यागं,चौतारीमा बस्दै थकै त मार्नै पर्यो नि.
थकै मारी सुशेली पार्दै आनंदको सागरमा डूबी बस्दा अनि
बतासले काउकुती लगाई ब्ययूझाई दिए पनि.
म कुन संसारमा हराई रहेको हुदो रहेछु
झल्यास बिउझी आफैलाई हेर्दा चौतारीमा नै पाउछु .
फेरी पाईला बढ़ाई अघि बढदै यात्रा सुरुवात गर्दैछू
यात्री भई यात्रा गर्दै बिंदु भित्र पुग्न्ने अठोट गर्दैछू


तिम्रो ढंगमा भूल्दा
नीर्मन केएम
नंखेल ६ भक्तपुर
छडके पर्दै चिहाउँदै मन्द मन्द हांसी दियौकता कता यो मनभित्र माया राखी दियौचिनेको नि थिइनँ मैले देखेको नि थिइनँ मैलेयस्तो पनि हुँदोरैछ अन्जानामै कहिले कहिले
मेरै सामु लजाएर सुस्त सुस्त हिंडी गयौहिंडाइको चालसंगै यो मन पनि साथै लग्यौकुन जादुको रंग थियो ढँग न्यानो नौलो लाग्योहेराइमा मिल्दाखेरी संसार आफ्नै जस्तो लाग्योदुनियाँको माझैबाट इशाराको झल्को लाग्योहोकि होइन थाहा छैन मलाइ त्यस्तै लाग्यो
औँलाहरू चुमेर
- वैरागी काइँला
औँलाहरू चुमेर औँलाभरि सलाम
मेरो हजुरलाई आँखाभरि सलाम ।
के बिराएँ ? नजरले चुमेँ
ती फूल जो ओठमा फुले
के बिराएँ ? हत्केलामा थापेँ
ती केश जो लाजमा झुके
मानेँ, कि मेरो हजुरलाई
बाटोभरि साह्रै गरी लाज लाग्यो रे ।
औँलाहरू चुमेर औँलाभरि सलाम
मेरो हजुरलाई आँखाभरि सलाम ।
के बिराएँ ? सपनामा आएँ
सपना र विपना पगालेँ
के बिराएँ ? फूलमा गालेँ
सीमाना र साँध नै पगालेँ
मानेँ कि मेरो हजुरलाई सपनामा
रातभरि नीद लागेन रे ।
(यो कबिता अशोक नेपालले पठाउनु भएको हो)

कोशीस
शेखर ढुङेल
०३-२९-२००९
सम्झौता गर्न खोजे
आगो सित
खोइ त्यो चिसो भएन
सम्झौता गर्न खोजे
नदी सित
खोइ त्यो बग्न छाडेन
सम्झौता गर्न खोजे
पहाड सित
खोइ त्यो झुक्न मानेन
सम्झौता गर्न खोजे
स्वाभिमान सित
खोइ त्यो बिक्न मानेन
सम्झौता गर्न खोजे
आसु सित
खोइ त्यो झर्न छाडेन
सम्झौता गर्न खोजे
दु:ख सित
खोइ त्यो हास्न खोजेन
सम्झौता गर्ने खोजे
स्वार्थ सित
खोइ त्यस्ले त्याग गरेन
सम्झोता गर्न खोजे
समय सित
खोइ त्यस्ले रोकिने नामै लेन
अन्तिम मा
सम्झौता गर्न खोजे
मृत्‍यु सित
खोइ त्यस्ले कुनै शर्त रोजेन


मनको कुरा भन्छु भन्थ्यौ
नीर्मन केएम
नंखेल ६ भक्तपुर
मनको कुरा भन्छु भन्थ्यौ किन भनिनौ त?एकैछिनमा झुल्किएर किन अस्तायौ त?म पनि त तिमीसंग नजीक होउं भन्थेंसबै कुरा तिमी सामु पोख्न पाउं भन्थें
मनको कुरा मनमै राखी किन बल्झियौ त?एकैछिनमा झुल्किएर किन अस्तायौ त?कहिलेकाहीं भेट्दाखेरी मनभरि आशा बढ्छनयनभरि संसारमा तिम्रै कुरा नाची दिन्छमंजील नछोइ बीचै बाटो किन फर्कियौ त?एकैछिनमा झुल्किएर किन अस्तायौ त?
गैरी गौउमा मेरो घर
सारदा रमन नेपाल
गैरी गौउमा मेरो घर नौउ मेरो सानी
कहिले बनको घांस काट्थे कहिले भर्थे पानी
एक्दिन हाम्रो गौउमा धने कान्छा आयो
शहर को बखानको धेरै गीत गायोबाबा नीकै लोभीनुभओ पैसा कमाउन
टीनको छाना लगाएर घर सजाउन
धने सित साहीली र म काठ्मन्दु गाको
गलैचाको कारखानामा बुन्ने काम पको
हात भरी ठेला उठे हासी हासी हसे
सानी थिए बाआमाको सपनामै बहे
अझै धेरै पैसा पाउने लोभ देखाएयर
त्यहां बाट लग्यो मलाइ देशै कटाएर
मुम्बैमा बेचीयको थाहापाइन मैले
यसै जुनी डुब्छ क्यारे गुहार पाइन मैले
फुत्त उडी भागु भने म त चरी होइन्
कोठी बाट उम्कन बाटो मेरो छैन


हेर हेर कस्तो हुने भो
शेखर ढुङेल
०३-२४-२००९
हेर साथी नेपाल मा समानुपातिक ले
के के हल चल ल्याउने भो
जन जन मा घर घर मा
उर्ले को यो आवाज हो
खांदा ह .. दा
जन्ती अनी मलामी जाँदा
जता ततै गुन्जे को यो
आवाज हो
समामुपातिक को फाँट मा
ऊपेछ्या को खेती भो
समानुपातिक जोड्दा जोड्दा
देश को सयन्त्र ऊट भो
समानुपातिक कुरा गर्दा
एक ले बोल्या अर्को ले
नबुझ्ने भो
समानुपातिक को देश मा
दर्जी को बिहे मा
बाहुन ले बाजा बजाउने भो
मिजार जती पूजारी बने
छेत्री ले जुत्ता सीउने भो
किसान जती राजनीति गर्ने
ठकुरी ले अब हलो जोत्ने भो
नोकर जती ले ऐस गर्ने
मालिक ले भांडा माज्ने भो
सिपाही जती कुर्सी मा बस्ने
हाकिम ले लडाईं लड्ने भो
तलसिङ जती सुकुम्बासी
मोहिले खेत बेच्ने भो
पहाडीया जती मुग्लान पसे
मधिसे पहाड तिर चड्ने भो
समानुपातिक नेपाली को नाम
कर्मा बहादुर यादब हुने भो
बिदेसी लाई समेट्ने
समानुपातिक नेता हेर्दा
यस्तो देखिने भो
खुट्टा मा मेक्सीकन डिङो बुठ
कम्मर मा मधेसी धोती
छाती मा गोर्खाली दौरा
आङ मा तामाङ् को इस्ट कोट
टाउका मा शेर्पा को टोपी
दाँया खुकुरी
बाँया लिम्बु को तरवार
हात मा थकाली को बाण
बोक्ने भो
एउटा लाई उचाल्दा
अर्को थचारिने भो
हेर साथी नेपाल मा
यस्तो पो हुने भो
गीत/ गजल/ कविता दौंतरी डट कम भाग भाग ११ Sun, 23 Dec 2012 18:19:00 +0000

तिम्रो जोबन
राज राई संगमबिगुटार-४ सुर्के ओखलढुंगाहाल शार्जाह युएई
तिम्रो जोबन फुलझै बैशालु
हेराई झनै अनौठो मायालु
लाग्यो मोहनी
क्या राम्रो रैछ नि आँखा गाजलु
कोईली झैं लाग्यो नि मिठो त्यो बोली
सारै नै सुहायो चौबन्दि चोली
पागल भएँ नि
तिमि त रै छौ नि सारै चन्चली
माया लाउन सिपालु रैछौनि
लुकि लुकि ईसारा गर्छौनि
घाईते पार्योनि
दिलै चोरी मायाले गर्नु गर्योनि
यो मनमा हलचलै मच्चायौ
थाहै नपाई मोहनी लगायौ
लौन के गरौं
अन्जानैमा मायालु पागल बनायौ
आऊ तिमी नयाँ वर्ष

नयाँ वर्ष
आऊ !
हिजोका तितापलहरु बिर्सेर
हत्केलाभरी भिजेका
रगतका छापहरुलाई मेटाउदै
अञ्जुलीभरि प्रेमको फूल रोपौ !
एकअर्कालाई प्रहार गर्न
तम्सिएका हाम्रा मृत्युवाणहरुलाई
फ्याकेर
आजको यो रातमा
जीवनको लागि हात मिलाऔ!!

भोलिदेखि शुरु हुने हाम्रा बिहानीहरुमा
कसैको क्षुद्र दृष्टि पर्न नसकोस
भोलि उदाउने हाम्रो चम्किलो सूर्यमाथि
दुखको बादल मडारिन नपाओस!

भो पुग्यो!
ति विह्वल रातहरु
भयंकर अमानुषी परिवेशहरु
जर्जर र मृत्युदायी पलहरु
आफ्नाहरुको बिछोडको पिडा,
कष्टपूर्ण जीवन
नदोहरियोस फेरि!

आत्मियतालाई टुक्रा टुक्रा च्यातेर
स्वार्थको युद्द लड्नु अघि
हामीले सजाएको फूलबारी
सुगन्धित छ अझै
हामीले टेकेको माटो
पैतलामा भेटिन्छ अझै
हामीले साटेको प्रीति
प्रतिबिम्बित छ आँखामा अझै
हामीले पूजेकी आमा
मन-मन्दिरमा सजिएकी छीन अझै
आऊ!
मिलेर दियो बालौ
निभ्न नपाउदै दियो
प्रेमालिंगनले ज्योती थपौं
नढल्दै यो प्रहर
अखण्ड भ्रूणको सृजना गरौ!
ताकि,भोलिका नयाँ दिनहरुमा
कोही गर्भमै टुहुरो हुनुनपरोस
सृजनाका कोपिलाहरु
सेचनको आभावमा
नफक्रिदै ओइलाउनु नपरोस
मायाका सुन्दर रहरहरु
कसैको अपृय दृष्टिमा झर्नु नपरोस्!!
नयाँवर्षमा स्वागत छ तिमीलाई
नितान्त नयाँ रंग बनेर आऊ
फुस्रिएका यि भविष्यका रेखाहरुमा
अमिट सुनौलो रंग भरौं हामी!
भोलि बिहान
धरतीमा टल्कने
अशंख्य शीत थोपा जति
शुभकामना तिमीलाई
भोलिको सुनौलौ मिर्मिरे संगै
आऊ तिमी नयाँ वर्ष बनेर
स्वर्णिम भविश्यको लागि
मिलेर हामी प्रहारको सामाना गरौं
ताकि,
कोही मित्रको मुखुण्डो लाएर यहाँ
ढाडमा तिर रोप्न नसकोस्
कोही शुभ-चिन्तकको बाहानामा यहाँ
मुटु छेड्न नतम्सियोस्!!

-आश्मा


शुभकामना तिमीलाई
बिजयकुमार श्रेष्ठ
 ईराकबाट
पोहोर साल शान्तिका खुशी पाउने आशामा हाई गरेको थिए
तर खुशी कहाँ गएको थियो आशाको भारि बोकाई दिए
समयलाई दोसि भनौ की परिवर्तीत समय त्यसलाई बुझी लिए
सामन्ति र तानाशाहि शासन गए भन्थ्ये खोई त परिवर्तन के दिए
तर पनि तिमीलाई बधाई त दिन नै मन थिएन बाध्य भएर दिएजस्ता अपराध र हिसंाको बहुल्यता बढाई दिए पनि माफी गरि दिए
जे हुनु थियो भएरै छाढ्यो नयाँ भन्ने उर्जा कसले छाडि दिए
सफल विफल जे भए पनि परिवर्तनको आहुती सृर्जना गराई दिए
आउने नयाँलाई स्वागत् गर्दै तिमीलाई सकुशल बिदाई दिए
शुभकामना छ नयाँ साल तिमीलाई शान्ति छाउने आशा लिए ॥

शुभ - कामना -२०६६
शेखर ढुङेल
उदायो छाना माथि
नव सुनौलो किरण
जोश र उमङ बोकेर
पंक्षि हरु को चिरिबिरी संगै
शुभ मंगल् प्रगती कोसंगीत बनेर
झरना र नदी को
कल कल संगै
बिर्सेंर तिता अतित का
सद्भाब को सन्देस लिएर
पुष्प हरु को सुबाश संगै
भुलाई दु:ख का दिन
प्रसन्नता को गीत गाएर
शुभ होस , मंगल् होस
प्रगती होस नेपाली जन को
२०६६ एउटा ईतिहास बनेर
नयाँ बर्षको शुभकामना
समझदारिमा छाको मन्दी हटेर जावोस
आपसी तिक्तताको तुँवालो फटेर जावोस
आफ्नो पनमा दुख्दा पनि कती तमासा हेर्छौ
बैरी को छ आफ्नै घरको कटुता कटेर जावोस
रगतको बाछिट्टाले छाडेन जती ओतिए नि
बारुद गन्ध आउने शियाल घटेर जावोस
कस्को आँखा लाग्यो कि दाउ चले कसैले फेरी
नेपाली मन र पन बिथोल्ने बत्तेर जावोस
शुभ होस यो बर्ष नयाँ जोश जाँगर बोकी
सबै आफन्त हुन सबै मन रत्तेर जावोस
जिबन ,यात्रा र पोकली झर्ना
अमेरिका - गुरु केदार बराल
छोटो जिबनको लामो यात्रामा
तिस हज मार्मिक र वास्तविक
कटु यथार्थका तिरहरुले
मन मस्तिस्कमा स्पर्स गरेका छन
अनी दिएका छन
रोजाइ, भोगाइ र तोकाइबाट
टाढा रहन प्रेरणा
थाहा भयो पोकली झर्ना
ओखल्दुङा मात्र सिमित हैन रहेछ जिबन
काठमादौ पनि रहेछ
थाइलेन्ड कतार हुँदै
अमेरिका पनि पुग्दो रहिछ जीवन
कतै सुखमा हाँस्दै कतै दु:खमा रुमलिदै
स्टेट स्टेट घुम्दो रहेछ जिबन
सके सम्म उपकार सहयोग र
सद्भावका किरणहरु छर्दै
आफुलाई वास्ता नगरेर
अर्काको निम्ती लाग्दो रहेछ जिबन
मनै त हो मान्छेको
कतै कतै सन्कोच बडी हुँदा
कतै मानिस बेबहारिक नहुँदा
ठाक ठुक पर्दा वा अपमान अनुभव हुँदा
मन दुखेर आउदो रहेछ जिबन
यस्तै यस्तै आसु हासो कथा र बेथालाई बोक्दै बोक्दै
कतै रहरमा कतै करमा अनब्रत
हिन्ने रहेछ त्यो जिबन
आफुले नखाएर अर्कालाई खुहाउने
आफुलाई लुकाएर अर्कालाई देखाउने
गुलाफ अरुलाई दिएर काडा आफु लिने
आफु रुख बनी छहारी प्रदान गर्ने
पारीजात बनी बासना अरुलाई छर्ने
रचना बिधिको अप्रम्पार छ


प्रेम कहानी
विजयकुमार श्रेष्ठ
 -हाल ईराक
नपिउनु थियो मैले नसाका तरेलीहरु विषपान सम्झेर
नलाउनु थियो मैले अदृश्य माया चोखो हो भनेर
नधाउनु थियो मैले टाढाको बाटोलाई नजिक छ भनेर
नदिनु थियो मैले आशा चोखो माया लगाउछु भनेर ॥
कसलाई के थाहा हुने रहेछ चोखो माया के हो भनेर
न त वजन नै हुने रहेछ न त पाउछ माया छामेर
म भन्छु माया बेहोसिपनको सहारा हो अदृश्य छ भनेर
सन्सारलाई नै रोगी बनाई दिन्छ बिजुलीको करेन्ट बनेर ॥ ॥
अदृश्य सारथि भएर पनि माया लगाउछन नजिक बनेर
कसलाई थाहा हुने रहेछ मायाको मुल्य कति हो भनेर
दिनेको मन लिनेको तन कसले जानेको छ कस्तो हो भनेर
सन्सारको रितलाई परिवर्तन गरि दिन्छन प्रेम कहानी भरेर ॥ ॥ ॥


सर्वभौमता बेचियो
हस्त गौतम मृदुल
स्वर्ग जस्तो देश हुनु पर्थ्यो शक्तीसाली
संधैको गरीब भयौ किन हामी नेपाली
सम्पन्न राष्ट तर पनी भयौनी कङ्गाली
संधैको दरिद्र भयौ किन हामी नेपाली
हिंशा भएर धमिलियो बुद्धत्वको आंचलखै हटेन नी निरंकुस्ताको माकुरी-जाल
चन्द्रमामा पुर्याउने नेता भाषण गर्छन्
जनता भने भोक रोग र शोकले मर्छन्
प्रकृति पानी र अन्नको छ नी भन्डार
तर खाली छन भकारी भोक बारम्बार
पृथ्वीनारायणलाइ बिर्सिएर अंशबन्डा गरी
सर्वभौमता नै बेचे निहित स्वार्थमा परी

आश भो ....
हिजो १५ हजार नेपालीको एउटै लाश भो
लाश अरु नबढुन् भन्ने मात्र आश भो ।
तानाशह र भ्रस्टाचारकै रगरगी भैदियो त्यहाँ
आज, महङी हामीले फेर्ने शुद्ध सास भो ।
सान्सद उडे मलाया, सिङापुर र बैन्कक सुरामा
जनता काट्ने बिधेयक त्यसैबाट पास भो ।
क्रान्तिकारीहरुको मस्ती सधैं महाजनको महलमा
निमुखाको घरमा बन्दुकधारी छापामारको बास भो ।
मुलुक बेचियो, अन्धकार उपहार हामी गरीबलाई
नेपाल आमा अमेरिका र भारतले खेल्ने तास भो ।
आज, जसले जे गरे पनि हुनी भाको छ, मुलुकमा
सत्य, धर्म र निस्ठा अनि सारा कुराको नाश भो ।
नबेचिउन चेली फेरी हाम्रै आँखा अगाडि, सस्तोमा
नयाँ सालले परिवर्तन ल्याउला भन्ने झिनो आश भो ।

यानी हावा सरर
By अशोक कुमार नेपाल
यानी हावा सरर
गाउ घरको मायाले आसु बारार
६२ सालामा पर्देश गएयो ईराक भुमिमा
कति दु:ख पाइयो हजुर एक बारको जूनिमा
ईराकको तातो घाम खप्नै गाह्रो भो
दुखियाको जीवन बिताउन गाह्रो भो
यानी घामै घमाइलो
बिदेशमा भन्दा त स्वदेशमै रमाइलो
बनै भरी फूल फुल्यो बस्न बूकिको
कसो गरी बिताउनु जीवन अब दुखिको
गाउघर रमाइलो धानै झुलिने
पर्देशी जीवन दुखी मन कसरी बुझाउने
यानी हावा सरर
गाउ घरको मायाले आसु बारार
गाउ घरको मायाले आसु बारार

जन्म त लिए जिउनको लागि
सी "दोषी"
जन्म त लिए जिउनको लागि साहारा खोज्दै हिडे
साहारा खोज्दै हिड़दा हिड्दै जीवन आधा बीते ।
उकाली चढदा गहर्यो हुन्छ हात दिन्छु उचाली
तानी पो दिन्छन् भन्ने आशमा बस्छु कोही छ की समाई l
ओराली झर्दा लकलक खुट्टा कांपेर हैरान छ
लौरी को साहारा लिदै झर्छु भन्ने मन भैइराछ ।
आराम गर्न चौतारीमा बसी थकाई बिसाई
सिरसिरे बतास पनि आउदैन म संग रिसाई ।
गरेको छैन केही बिराम मैले सजायको भागीदार
सजाय भित्र आलमलिए पछि "दोषी" भो बराबर ।
नआएको भए हुन्थ्यो
प्रबिन थापा
बेखबरलाई खबर बनाएर
अखबारहरु रङगाउन
अक्षरहरु पड्काउन
बुद्धको धुजी उडाउन
सगरमाथाको शिर नुगाउन
उही पुराना कुरा,पुरानो भाषण
प्रजातन्त्रको नाममा निरंकुश शासन
उस्तै आतंक,पुरानै भ्रष्टचार
उही हत्या,हिंसा, बलत्कार
बिक्रिती नै बिकृतिको
आयतन बढाउन
अधिकारको नाममा
सभ्यता बिर्साउन
नआएको भए हुन्थ्यो यो नयाँ बर्ष।
बाँच्ने आशाहरु देखाउदै
पल पलमा मार्नलाई
जितको मिठो आश्वासनमा
सधैं हार्ने पार्नलाई
बेश्रीङ्खलित बाटाहरुमा
श्रीङ्खलाबद्ध पिंडा छर्न
परिचित घुम्तिहरुसँग
अपरिचित भएको नाटक गर्न
हजारौ अब्यक्त्त बेदनाहरु बोक्दै
मनका उच्छबासहरुलाई कैदी बनाउन
सपनाहरुलाई लास बनाउदै
मसानघाटमा रमाउन
शुन्यता भित्र जुरमुराउदै
विश्वाशको यथार्थतालाई कुल्चेर
अन्धबिश्वाससँग लुकामारी खेल्न
सम्भाबित दुर्घटनाको आधारशिबिरबाट
लामो मानबताको खडेरी बोकेर
नआएको भए हुन्थ्यो यो नयाँ बर्ष।
नआएको भए हुन्थ्यो यो नयाँ बर्ष।।


तक्दिरको तस्बिर
तक्दिरको तस्बिर आफ्नै आँखाले देखिने भए
दु:ख को लेखथ्यो मनले चाहेको लेखिने भए
कदम कदम जिन्दगी दुख्छ खुशी फुटेर यहाँ
उकालो ओरालो केले छेक्थ्यो हबामा टेकिने भए
बिधिको बिधान न मेटिन्छ न छेकिन्छ कतै
घाम नि लुक्दो हो नत्र बादलले छेकिने भए
पापको भय नपर्ने भए देउता को पुज्थ्यो
शान्त हुन्थे सबै यहाँ आँफै मानो सेकिने भए
दुनियाँमा को छ पिर ताप मुक्त मान्छे यहाँ
कस्ले बोकथ्यो बोझ नत्र सजिलै फेकिने भए
जिंदगी यात्रा गर्दा
सी "दोषी"जिंदगी यात्रा गर्दा गर्दै थकित भई सकदा पनि
जिन्दगीको यात्राको टुंगो अझै भई सकेको छैन अनि.
लड़खडाउदै भय पनि टुंगोमा त पुग्नै पर्यो नि
उकाली,ओरली,भंझ्यागं,चौतारीमा बस्दै थकै त मार्नै पर्यो नि.
थकै मारी सुशेली पार्दै आनंदको सागरमा डूबी बस्दा अनि
बतासले काउकुती लगाई ब्ययूझाई दिए पनि.
म कुन संसारमा हराई रहेको हुदो रहेछु
झल्यास बिउझी आफैलाई हेर्दा चौतारीमा नै पाउछु .
फेरी पाईला बढ़ाई अघि बढदै यात्रा सुरुवात गर्दैछू
यात्री भई यात्रा गर्दै बिंदु भित्र पुग्न्ने अठोट गर्दैछू


तिम्रो ढंगमा भूल्दा
नीर्मन केएम
नंखेल ६ भक्तपुर
छडके पर्दै चिहाउँदै मन्द मन्द हांसी दियौकता कता यो मनभित्र माया राखी दियौचिनेको नि थिइनँ मैले देखेको नि थिइनँ मैलेयस्तो पनि हुँदोरैछ अन्जानामै कहिले कहिले
मेरै सामु लजाएर सुस्त सुस्त हिंडी गयौहिंडाइको चालसंगै यो मन पनि साथै लग्यौकुन जादुको रंग थियो ढँग न्यानो नौलो लाग्योहेराइमा मिल्दाखेरी संसार आफ्नै जस्तो लाग्योदुनियाँको माझैबाट इशाराको झल्को लाग्योहोकि होइन थाहा छैन मलाइ त्यस्तै लाग्यो
औँलाहरू चुमेर
- वैरागी काइँला
औँलाहरू चुमेर औँलाभरि सलाम
मेरो हजुरलाई आँखाभरि सलाम ।
के बिराएँ ? नजरले चुमेँ
ती फूल जो ओठमा फुले
के बिराएँ ? हत्केलामा थापेँ
ती केश जो लाजमा झुके
मानेँ, कि मेरो हजुरलाई
बाटोभरि साह्रै गरी लाज लाग्यो रे ।
औँलाहरू चुमेर औँलाभरि सलाम
मेरो हजुरलाई आँखाभरि सलाम ।
के बिराएँ ? सपनामा आएँ
सपना र विपना पगालेँ
के बिराएँ ? फूलमा गालेँ
सीमाना र साँध नै पगालेँ
मानेँ कि मेरो हजुरलाई सपनामा
रातभरि नीद लागेन रे ।
(यो कबिता अशोक नेपालले पठाउनु भएको हो)

कोशीस
शेखर ढुङेल
०३-२९-२००९
सम्झौता गर्न खोजे
आगो सित
खोइ त्यो चिसो भएन
सम्झौता गर्न खोजे
नदी सित
खोइ त्यो बग्न छाडेन
सम्झौता गर्न खोजे
पहाड सित
खोइ त्यो झुक्न मानेन
सम्झौता गर्न खोजे
स्वाभिमान सित
खोइ त्यो बिक्न मानेन
सम्झौता गर्न खोजे
आसु सित
खोइ त्यो झर्न छाडेन
सम्झौता गर्न खोजे
दु:ख सित
खोइ त्यो हास्न खोजेन
सम्झौता गर्ने खोजे
स्वार्थ सित
खोइ त्यस्ले त्याग गरेन
सम्झोता गर्न खोजे
समय सित
खोइ त्यस्ले रोकिने नामै लेन
अन्तिम मा
सम्झौता गर्न खोजे
मृत्‍यु सित
खोइ त्यस्ले कुनै शर्त रोजेन


मनको कुरा भन्छु भन्थ्यौ
नीर्मन केएम
नंखेल ६ भक्तपुर
मनको कुरा भन्छु भन्थ्यौ किन भनिनौ त?एकैछिनमा झुल्किएर किन अस्तायौ त?म पनि त तिमीसंग नजीक होउं भन्थेंसबै कुरा तिमी सामु पोख्न पाउं भन्थें
मनको कुरा मनमै राखी किन बल्झियौ त?एकैछिनमा झुल्किएर किन अस्तायौ त?कहिलेकाहीं भेट्दाखेरी मनभरि आशा बढ्छनयनभरि संसारमा तिम्रै कुरा नाची दिन्छमंजील नछोइ बीचै बाटो किन फर्कियौ त?एकैछिनमा झुल्किएर किन अस्तायौ त?
गैरी गौउमा मेरो घर
सारदा रमन नेपाल
गैरी गौउमा मेरो घर नौउ मेरो सानी
कहिले बनको घांस काट्थे कहिले भर्थे पानी
एक्दिन हाम्रो गौउमा धने कान्छा आयो
शहर को बखानको धेरै गीत गायोबाबा नीकै लोभीनुभओ पैसा कमाउन
टीनको छाना लगाएर घर सजाउन
धने सित साहीली र म काठ्मन्दु गाको
गलैचाको कारखानामा बुन्ने काम पको
हात भरी ठेला उठे हासी हासी हसे
सानी थिए बाआमाको सपनामै बहे
अझै धेरै पैसा पाउने लोभ देखाएयर
त्यहां बाट लग्यो मलाइ देशै कटाएर
मुम्बैमा बेचीयको थाहापाइन मैले
यसै जुनी डुब्छ क्यारे गुहार पाइन मैले
फुत्त उडी भागु भने म त चरी होइन्
कोठी बाट उम्कन बाटो मेरो छैन


हेर हेर कस्तो हुने भो
शेखर ढुङेल
०३-२४-२००९
हेर साथी नेपाल मा समानुपातिक ले
के के हल चल ल्याउने भो
जन जन मा घर घर मा
उर्ले को यो आवाज हो
खांदा ह .. दा
जन्ती अनी मलामी जाँदा
जता ततै गुन्जे को यो
आवाज हो
समामुपातिक को फाँट मा
ऊपेछ्या को खेती भो
समानुपातिक जोड्दा जोड्दा
देश को सयन्त्र ऊट भो
समानुपातिक कुरा गर्दा
एक ले बोल्या अर्को ले
नबुझ्ने भो
समानुपातिक को देश मा
दर्जी को बिहे मा
बाहुन ले बाजा बजाउने भो
मिजार जती पूजारी बने
छेत्री ले जुत्ता सीउने भो
किसान जती राजनीति गर्ने
ठकुरी ले अब हलो जोत्ने भो
नोकर जती ले ऐस गर्ने
मालिक ले भांडा माज्ने भो
सिपाही जती कुर्सी मा बस्ने
हाकिम ले लडाईं लड्ने भो
तलसिङ जती सुकुम्बासी
मोहिले खेत बेच्ने भो
पहाडीया जती मुग्लान पसे
मधिसे पहाड तिर चड्ने भो
समानुपातिक नेपाली को नाम
कर्मा बहादुर यादब हुने भो
बिदेसी लाई समेट्ने
समानुपातिक नेता हेर्दा
यस्तो देखिने भो
खुट्टा मा मेक्सीकन डिङो बुठ
कम्मर मा मधेसी धोती
छाती मा गोर्खाली दौरा
आङ मा तामाङ् को इस्ट कोट
टाउका मा शेर्पा को टोपी
दाँया खुकुरी
बाँया लिम्बु को तरवार
हात मा थकाली को बाण
बोक्ने भो
एउटा लाई उचाल्दा
अर्को थचारिने भो
हेर साथी नेपाल मा
यस्तो पो हुने भो
गीत/ गजल/ कविता दौंतरी डट कम भाग ९ Sun, 23 Dec 2012 18:15:00 +0000

फरक किन?
हस्त गौतम मृदुलयहाँ मान्छेले मान्छेलाइ छून नै पाइन्नआफनै आँशु झारेर पनी त रुन नै पाइन्न।कसैको इसारामा नै हामीले बाँच्नू पर्छसंधै नै सर्कसको बाँदर भएर नाच्नु पर्छ।बोल्न पाइन्न, आफ्नो मन खोल्न पाइन्नश्रद्धा बिनाको त्यो स्वतन्त्रता नै चाहिन्न।खै देश काहां छ? बिधिको कहा छ शासनकेवल जिवनभर सुनेको छ रुखो भाषण।अगी बढ्ने निकास छैन, कूनै बिकास छैनदिन पनि रात भयो खूशीको नै प्रकास छैन।जाती जाती बिच घृणा, छैन यहाँ भात्रीत्वभागबन्डा लगाए नेपाल आमाको मात्रीत्व।दुनियाँ को उपहास भएर बचेँ
गुरु केदार बरालअमेरिका

दुनियाँ को उपहास भएर बचेँपागल को उपमा पाएर बचेँतिमीले मलाई छोडे देखिम यस्तै धेरै हालत म बचेँआँखा को आसु रित्ताएर बचेँमुटु को घाहु लाई सहेर बचेँ
हासो सबै सएर बचेँएकान्त लाई साथी बनाएर बचेँसुनसान तिम्रो याद म कल्पेर बचेँतिम्रो तस्वीर छाती म च्य्पेर बचेँआफु लाई आँफैबाट हराएर बचेँम यस्तै धेरै हालत म बचेँतिमीलाई अरु सगै हिंडेको हेरेर बचेँदुनियाँ मा तिम्रो चर्चा सुनेर बचेँत्यो हाम्रो आतित सम्झेर बचेँम यस्तै धेरै हालत म बचेँखाली अस्तिपञ्चर लिएर बचेँमुटु बिनाको ढुक्ढुकी लिएर बचेँतिम्र लागि हजरौ अपहेलना सएर बचेँलाखौं पटक मरेर बचेँतिमीले मलाई छोडे देखिम यस्ता हजरौ हालत म बचेँआफ्नै मुटु चुडेर बचेँहजार पटक रोएर बचेँभन तिमी म कसरी बचेँतिम्रै याद म बचेँतिम्रै नाम जपेर बचेँन म सक्छु भुल्न तिमीलाईन सक्छु याद मा वीरसिना तिमीलाईधोका नै धोका को जीबन माजिन्दगी नै धोका सम्झेर बचेँअझे माया सम्झेर बचेँ
मायालुकॊ आङकुसेमा
श्रेष्ठ बिके -ईराक बलाद
पानीको गहिराई कसलाई के थाहा त्याहा भुमरि पो रहेछमाया दिनेको मन कसलाई के थाहा एकोहोरीएको हुदो रहेछकसरि पत्ता लगाउनु माया कहाँ छ र मुल्य कति पर्ने रहेछविश्वासको आधारमा जोडिएर संसार चलाउनु पर्दो रहेछ ॥न त सानो ठुलो नै भन्ने गर्छ न त उमेर नै नाप्दो रहेछअन्तर आत्माको भावनालाई साटेर भाव विहलमा बग्दो रहेछसमुन्द्र पारि पनि मायाको तिरले हानी वर्षा झारि दिदो रहेछउराठ लाग्दो जिन्दगीलाई पनि सरलतामा भिजाई दिदो रहेछ ॥मायाले भिजेको जिवनमा काउसाको बिरामी सर्दो रहेछकाउकुतिले सताउन थालेपछि कहिले भेट्ने पार्दो रहेछसमयको चक्रव्यूहलाई भुल्नु पर्नेसम्म बाध्य पार्दो रहेछमायालुकॊ आङकुसेमा फस्न सारै गाह्रो पो पर्दो रहेछ ॥
पुराना यादहरु
प्रबिण थापापुराना यादहरु बल्झी बल्झी फर्कदै छआफ्नो मन आँफैसग दुर दुर तर्कदै छपिडाको भुमरिले शान्ती छैन मनमाथाहै नपाई अनायसै, आशु दर्कदै छअन्जानमै कहिकतै गल्ती भै हाल्योकी
मिठो बचन बोल्दा पनि रिसाएर झर्कदै छबरबराउछु पागलसरी एकान्त भित्र पनिछिन छिनमा बेहोस हुन्छु मुटु थर्कदै छअनौठा सपनाहरु देखिराछु आजभोलिअनर्थ हुन होकी छाती मेरो चर्कदै छ
अस्विकृत बुद्ध
शेखर ढुङेल०५-२९-२००९तिम्रै देश मा हे बुद्ध!तिमी अस्विकृत भएका छौमुल्युहिन सम्झी मानब चोलायत्र त्यत्र उस्कै बलीसत्ता ब्यापार मा साटिदै छश्रेष्ठ प्राणी भएरै होलाउस्कै रगत घुम्ने कुर्सी चुस्दै छहाबा संगै बिलाएकैयौं मुना चित्कारखडेरी को जङल सरिउजाड सिउदो रुदै छलालच त्यागी राज पाठछोड्ने तिम्रो पवित्र भुमी मानयाँ बिहानी संगैझनै कठोर सत्ताछाती मा परेड खेल्दै छअस्थिर , तरलित मानबस्वार्थ को बली चढ्दै छसपना का शितल सागरक्रुर चुनामी भएशान्ती का दुत आशु झार्दैरणभुमि हेरी रहेउकुस मुकुश माहौल योबुद्ध तिम्रो घर माबन्धकी भबिस्य सुस्ताउदै छदेब तपो भुमी नेपाल माआन्दोलन का खेती फस्टायोतिमी अस्विकृत यो बर्तमानसन्तति लाई त्रास पस्कदै छकोमल मनमाबित्रिस्णा बिद्रोह पोतियोसमयले बाटो बदल्यो कि ?खन्डहरको ईतिहास रच्योशर्माइ चेतना को प्रकाशबादल मा मुन्टो छोपीतिम्रो आगन को बाटोभुले जस्तोअमानबियता को राको बोकीनब जात ब्रीद्ध कोइ नभनीखाडल मा जोत्ने काम हुँदै छबुद्ध तिम्रो आँखामा धुलो छ्याप्नेधुन्दकारी हरुको मौलायो खेतीमानबता बिरुद्धको अपराध लेहेर शिखर चुम्दै छबिबेक र सदभाब को मस्तिस्क मापाषविक दुस्टता भरिदै छशान्ती का मलेवा हे बुद्धटायर् र बारुद को धुवा माकोइ छटपट्टिएर मरेकोइ बस्ती छोडेर भागेलठ्ठी भाला र बन्दुक बाहेकअरु भाषा नबुझ्ने भएका छौहे बुद्ध तिम्रै देश मा आजअस्विकृत भएका छौ तिमी
जीवनका बारेमा
गुरु केदार बराल
जीवनका बारेमा कल्पना गरेका हुन्छ।
तर सबैको पुरा भने भएको हुदैन।
बशन्तहरु म बाट टाढिसकेका छन्।
जीवनका विभिन्न उत्तारचढावहरुमा
म कयौ पटक हाँसेको छु अनि रोएको पनि छु।
चाहना एकातिर अनि यथार्त अर्कोतिर
यस्तै यस्तै माझेधारहरुमा म धेरै पटक झस्केको छु
साँच्चै जीवन विचित्रकै हुदो रहेछ।
कहिले आफुले जीवनलाई डोराईन्छ
कहिले आफुलाई जीवनले डोराईन्छ।
जीवन एक संघर्ष हो, यो धुर्बसत्य कुरा हो।
सायद त्यसैले होला म पनि आफ्नो जीवन संघर्ष छु


मेरो सामू आई नजर नझुकाउनू
-प्रकाश सापकोटा,
काभ्रे हालः दोहा
मेरो सामू आई नजर नझुकाउनू अबदेखि
अन्कनाई ओठ-मुख नसुकाउनू अबदेखि
पिरतीको पोल्टोभित्र साँचेको त्यो उपहार
दिउँ कि नदिउँ गरी-गरी नलुकाउनू अवदेखि
गहभरि छचल्किन्छ भावनाको प्रतिबिम्बएकान्तमा मात्रै बह नफुकाउनू अबदेखि
आफ्नो मनोकामनालाई आफैंभित्र गुम्स्याएर
झ्याप्पै आँटे कदमलाई नरुकाउनू अबदेखि
तिम्ले गर्दा मलाई पनि कस्तो-कस्तो हुन्छ अचेल
खुली आउनू कि त टाउकै नदुखाउनू अबदेखि
समयले कतिखेर कोल्टो फेर्छ पत्तो हुन्न
मौका आए हत्तपत्त नचुकाउनू अबदेखि
मेरो सामू आई नजर नझुकाउनू अबदेखि
अन्कनाई ओठ-मुख नसुकाउनू अबदेखि

दैव रित्तो हात भयो
सुमान बगालेसुमनसुधाआबुँ खैरेनी तनहुँपात झरेर के हुन्थ्यो फुल झरेर घात भयोउनी सानी म ठुलो दैव रगतको जात भयो
रनवन डुली गाइ चराउदै लाएको माया पि्रितपापी रगत जातको दैव दुइ दिनको साथ भयो
ओत वश्त्र लगाएर एक हुल जोगी आए भन्थे
भित्रै खाडल खनी दैव उनीलाइ पुर्ने बात भयोन्यायको तराजु कोल्टाएर माफी दिए दोषीलाइमर्दा जति जलाइदिए दैव नामर्दाको खात भयोचोखो माया लाएपछि जुनीभरलाइ हुन्छ भन्थेँविना राता छिनछिन चुरी दैव रित्तो हात भयो ।
आमा
विजय कुमार श्रेष्ठ हाल ईराक
धर्तीको रुप धारण गरेर संसारको सृष्टि गराई दिएका छौ आमाआफनो ज्यानको पर्बाह नगरि सन्तानलाई माया दिएका छौ आमाघाम पानी नभनि आफना सन्तानको भविष्य उज्वलमा लागेका छौ आमा्आफनो गास काटेर भए पनि सन्तानलाई खुशी बनाउन लागी परेका छौ आमाआफुले खाने बेला सन्तानको मुहार अगाडि देखेर रुने गर्नु हुन्छ हाम्री आमाउमेरले ५० काटे पनि आफनो अगाडि सानो देख्ने गर्नु हुन्छ सन्तानलाई आमापवित्र मायाको बन्धन कहिले टाढा नदेख्ने सबैलाई बराबरी माया दिने आमाबुढेस कालको सहाराको आस थियो तर अहिले कस्को छायाँ पाउने आश आमासानो छदाँ मर्ला भन्ने डर ठुलो भए पछि भेट्रन पाउने छैन भन्ने त्रास आमाकसले सम्झने गरेका छन् र सबै भए परदेशी भेट्न आउछ भन्ने आश आमा ॥
आमा कहाँ बिलायौ
आचार्य प्रभा
आमा तिम्रो मात्रित्वको परीभाषा
कसरी म दिउ ?
जब कि तिमीले त मलाई
न्यानोपनको आभाष नै नदिइ
छाडेर गयौ ....
बात्सल्यताको महत्व नबुझाई
बिलिन भयौ ...
म भने आमा ,आमा चिच्याइ रहें
तिमी त कठोर् बनी
शुन्यमा बिलायौ ...
जब मलाई तिम्रो न्यानोपनको
आवश्यकता थियो तब तिमी त
आँफै चिसिएर बगर बन्यौ
जब मलाई तिम्रो उपदेशको चासो थियो
तब तिमी त वाक्यहिन भै क्षितिजमा निदायौ
भन... आमा तिमी कस्तो सजाय दिइे
टाढा टाढा अस्तित्वहिन भै
कुन नभमा बिलायौ ?
मलाई जन्म दिइे सहाराहिन् किन बनायौ ?
आमा कुन क्षितिजमा हरायौ ?
मेरो बात्शल्यताको अर्थ किन लुटायौ ?
(समर्पित ''मदर्स डे ''मा )


के के निस्के !
ईमान्दारका घर-चोटमा कालो धनका रास निस्केउपचार गर्छौं भनी आउने आफैं रोगी खास निस्के ।आरोग्य र अमरताको पाठ पढाई थाक्दैन थे,तीनका अमृत पिउँदा पिउँदै हेर कतिका सास निस्के ।गजब थियो ओज तीनका, देशको लागी मरीमेट्ने,राष्ट्रबादको मुखुण्डो झर्दा, बिदेशीका दास निस्के ।समानताका आबाज संगै मानवतका नारा दिन्थेआज तीनकै भान्साबाट तीनले खाने घाँस निस्के ।हींसा, दबाब, दण्डहिनता अराजकता यत्ती बढ्योअग्रगमन, स्वसाशन र शुसाशनका लास निस्के ।


गजल
मैले लाको माया तिम्ले झूठो ठान्यौ कितानी फाल्यौ चुरोटको ठूटो ठान्यौ किचाखी चाखी स्वाद लिन बानी थिएनमलाई पनि तिमी जस्तै जुठो ठान्यौ किदिलको राजा भन्थ्यौ आज बैरी भए छुछि:छि दुर धेरै गर्यौ लुतो ठान्यौ किमुटु जोडी मन टोद्यौ दुख्दो रैछ छातीपिसिएर खेरा जाने ढुटो ठान्यौ किमैले छुदाँ शितल हुन्थ्यौ आज के भोभत भत पोल्ने सिस्नोको बुटो ठान्यौ कि
क्रुर चक्रहरु
अमेरिका - गुरु केदार बरालसाच्चिकै समयका क्रुर चक्रहरु घुमि नै रहेभावना भरि भरि स्मृतिका सुमनहरु सँगालेर,मन भरि भरि सितलताक उद्वेगहरु भरेर,मुटु भरि भरि संब्रिद्धिका सगुनहरु लुकाएर,आँखा भरि भरि प्रफुल्लताका अनुबन्धित गरेर
अन्जुलि भरि भरि शुभकामनाका कोसेलीहरु बोकेर,दिल भरि भरि टलपल् टलपल् बिक्षिप्तताहरु कुम्लो कसरे,म विवस छु - मेरो मुटुको आधा टुक्रा कतै वाटोमै छाडेरआफुलाई असह्य चोट र व्याथाको परिधि हुँदैएकान्त तर्फ, अनकन्टार् तर्फ, आँधिवेहेरी तर्फछालहरु तर्फ धकेल्न। म बाँधिएको छु,समयका जन्जिरहरु भित्र

जय होस
शेखर ढुङेलक्यालिफोर्निया यु एस् ए०४-२१-२००९जय होस जय होस जय होसमेरो जन्म भुमी नेपाल कोअमर रहोस वीर शाहीद का गाथानमेटिउन देश का सिमा रेखाउठोस हात घर घर बाट
बनाउन नेपाल लाई संसार कै खास्साजय होस जय होस जय होसफर्फराइ रहोस चन्द्र सुर्य अन्कित झन्डाअनन्त सम्म सगरमाथा सिर मानिधार मा लाली हात मा गुरास थालिचम्की रहोस स्वाभिमान नेपाल कोयुग युग सम्म संसार माझजय होस जय होस जय होसघन्की रहोस घिन्ताङ मादलनाची रहोस वीर गोर्खाली खुकुरीतराइ सिचोस हिमाल लेभकारी भरोस तराइ लेतोड्न नसकोस हाम्रो बन्धुत्वकोइ बैरी परदेशि लेजय होस जय होस जय होस
बिस्थापित हामी
आचार्य प्रभा
(अमेरिका )
प्रवासी तन,स्वदेशी मनको मिश्रित अस्थिपन्जर
कहिले कमजोर बनेर ढल्न खोज्छ
कहिले अस्थिर बनेर रम्न खोज्छ
किन हो कुन्नी ?आमाको मोहले
मोहित भएर होला शायद ...
आफ्नै आमाको काखको सिरानी रोज्छ ।रहर हो कि बाधयता ?
रणभुल्लमा छौं हामी ,
आफ्नो अङेना र चुल्हो बिर्सी
पराइेको गांस टिप्न वाध्य छौं हामी ।
ह्रीदयभरी छट्पटिका सासहरु गुम्साएर
तरै पनि हाँस्न पोख्त छौं हामी
स्वदेशको माटो पराइ बन्यो
गाउँको बाटो बिरानो भयो
मारुनी ,दोहरी र सोरठी भाका
केवल सम्झना मै सिमित रह्यो
लिङे पिङ र रोटेपिङ्को रमाइलो
आँखाभरी भरी छाइे रह्यो
कस्तो बिवस्ताको खेल हो यो
पराइ भुमी नै रोज्नु पर्‍यो
कस्तो धर्म संकट हो यो
आँफैलाई बिस्थापित गर्नुपर्यो ।

कस्ता कस्ता छन्
राकेश कार्की
लस् एन्जेलस्
मन्दिर भित्र बाहिर प्रभु नाम जप्नेहरु छन्आईलागेको दु:ख आँशु झारी खप्नेहरु छन्कोही मुसा बनि पसेर सिँह बनि गर्जेरआफूलाई ताते गराउनेलाई नै रोप्नेहरु छन्फसाएर तर्सनेलाई कठघरामा उभ्याएर
आफ्ना सबै कालाकरतुत छोप्नेहरु छन्पवित्र नदि नालामा ढल खनाईदिएरडिष्टील वाटरमा आफूलाई चोप्नेहरू छन्के आफ्नो भन्नु आन्द्रा डढाउने रक्सीभो भो भन्दा भन्दै पनि थप्नेहरु छन् ।
बिडम्बना

अमेरिका - गुरु केदार बराल
हामी सबैको लागि सच्चाई एउटै हुन्छ ।
तर हरेक देशका आफ्नाआफ्नै झूठहरु हुन्छन्
जसलाई आदर्शवाद भन्ने नाम दिइएको हुन्छ ।
हरेक मान्छे आजीवन यसै झूठमा सास फेर्छन् ।
तर थोरै यस्ता प्रतिभाशाली व्यक्तिहरु पनि हुन्छन्
जो यी झूठहरुबाट मुक्ति पाउन सक्षम हुन्छन् ।
बिडम्बना त यो छ- त्यस बेला उनीहरु आफ्ना
बिचारको संसारमा एक्लाएक्लै हुन्छन्

आफ्नै हात नि काट्छ छुराले
आफ्नै हात नि काट्छ छुराले बलियो दापमा नपरे
चेत आउदो रछ र कहाँ जिन्दगी धापमा नपरे
स्वच्छ हराभरा यो धरा सुगन्धले कि दुर्गन्धले
कुन्ठित बिरुवा हुर्केलान के घाम्को तापमा नपरे
जल थल मलको समायोजन बिना हुर्केको फल झै
जरौली देखिन्छ नयाँ लुगै नि आफ्नो नापमा नपरे
साद्य र साधनको सन्तुलन व्याख्या कि बेबहारमा
सबै अल्छि गर्दैनन केही,जब सम्म चापमा नपरे
गती रोकी सधै अधोगती,कहाँ को हो यो उन्नती
सिको ननीको हुनेनै भयो गतिलो छापमा नपरे
April 18, 2009


जय अखण्ड नेपाल !
उर्वर फाँट , हरियो तराई , टल्केको हिमाल
कलकल नदी, पहाड , ताल फुलेको नेपाल
सुन्दर छवी , शान छ हाम्रो कीर्ति त कति पो !
सम्हाले आफ्नो अतितको गाथा ‍भविष्य हाम्रो हो ।
एक थिए पूर्खा मिलेर तिनले सिर्जना गरेका
माटोको नशा, देश हो मुटु ज्यान दिँदै लडेका
रगतको दान गरेर तिन्ले सीमा त्यो कोरेका
जात र भाषा धर्म र दम्भ माथि ती उठेका ।
देउथलको युद्द नाला र पानी कुमाउ र टिष्टाका
गाथा र कन्था , घाउ र व्यथा सम्झेर हेर त
जीवनको मोह , तेरो र मेरो देखिन्छ कहीँबाट ?
सकिन्न उठ्न तोडेर स्वार्थ लत्रेको भूईँबाट।
नलाऊ भाग , नबनाऊ साँध पूर्खाको छातिमा
फुटेर भाइ ननिम्ताऊ चोर अँध्यारो रातिमा
बनेर आँफू बनाऊ अरू , हातमा हात देऊ
सम्हाल साँध बलियो बनाऊ मेचि र काली छेउ।
बनाए बन्छ भत्काए ढल्छ जीवनको यो गति
माटो हो मुलुक बगाए बग्छ भएमा दूर्गति
ढल्दिनन् आँफै सिर्जना ‍देवी सुरम्य वसुधा
सम्हाले हुन्छ, जोगाए बन्छ देशको अस्मिता ।
तेरो र मेरो स्वार्थको भाव फुटेको मानव
आकार मात्र भएर हुन्न , सोचको दानव
इमान सोच बेहोरा रित्तो हामी यो के भा’को
लत्याई विचार , शान र मान हाम्रा ती पूर्खाको
हटाई हिंसा , मलहम लगाऊ मुलुक हाम्रो हो
सय थरि भाषा जाति र धर्म मिलेकै राम्रो हो
मिलेर झिँजा बलीयो भारी दाउराको बनेको
मिलेरै बन्छ हजारौँ खोला विशाल नदी त्यो ।
- ‍एकलव्य
बिरत्त
हस्त गौतम
हाँसु भने खुशी रित्तियो
रोउँ भने आँसु सिद्धियो
निर्स मेरो यो जिन्दगीमा॥
उड्ने मन्को प्वाँखै काटियो
हाँसो संग आँशू साटियो
आज मेरो यो जिन्दगीमा॥
चिरा चिरा पारी यो मुटु
छिया छिया पारी सपना
धोका दिइ कोही गैदियो॥
अन्तर मन्को नाता तोडेर
दुनियाँमा एक्लो छोडेर
आफनै छायाँ वैरी भैदयो॥
न खायको विष लाग्यो नि
भय जति सुख भाग्यो नि
दुखि मेरो यो जिन्दगीमा॥
उड्ने मन्को प्वाँखै काटियो
हाँसो संग आशू साटियो
आज मेरो यो जिन्दगीमा॥
भताभुंग भय चाहाना
लथालिंग भय योजना
खानु सम्म धोका खाएर ।।
अध्यारो भो पुरा जिवन
निरस भो मेरो संसार
अलछिनी कोही आयर॥
माया गर्ने बहानामा
सकुनिको पासो थापेनी
दुखि मेरो यो जिन्दगीमा॥

E
गीत/ गजल/ कविता दौंतरी डट कम भाग ८ Sun, 23 Dec 2012 18:10:00 +0000

अमेरिका - गुरु केदार बराल

अनौठो रहेछ प्रेम विमान
उड्नलाई टिकट नचाहिने
कसैको मनको प्रेम टिकट लिए पछि
कल्पनाको संसार भरि डुल्न पाइने
तर दूरि पार गर्नु नपर्ने !!
मैले आफै चालक भएर उडाउँदा
मेरो यात्री उनी मात्रै थिइन
हामीले धेरै ठाउँ डुल्यौं
उनी अझै उडौ भन्थिन
तर आँखा खोल्दा त उनी
घ्वार घ्वार घुर्दै थिइन ॥
प्रेमको वायुयान उड्न थालेपिछ
आवाज पनि नदिँदो रहेछ
एकै पल्ट चन्द्रमा पुगि
मंगल ग्रहमा ओर्लदो रहेछ
उनलाई साथ नछुटाई
फेरी धर्तीमा फर्किदो रहेछ ॥
तर मेरो प्रेम थान
आज नराम्ररी थन्केको छ
यात्रु नै विमान देखि विराक्तिएपिछ

मधु माधुर्य
(मास्‍को ,रसिया)
निर्लज्ज इतिहासको पृष्ठभूमिमा
आत्मग्लानीले
पोलेर मुख रातो होस् बरु
चुपचाप
आऊ लेन्डुपहरुको पूजा गरौँ !
उत्तर अलि नास्तिकजस्तो छ
दक्षिण त आस्तिक नै हो:
यहाँ ३३ कोटी देवता र लेन्डुपहरुको
पूजाआजा हुन्छ
पूजा नगर्ने स्वाभिमानीहरुको वर्तमान
सधै संघर्षमय हुन्छ
पूजा गर्नेहरुको मृत्यु
अलि मायालु र सहज हुन्छ
कतिखेर देश बितिसकेको हो
थाहा नै हुदैन,
पीडा नै हुदैन
हेर्दाहेर्दै सीमा ओझेल परिसकेको हुन्छ
हेर्दाहेर्दै बिश्वमानचित्र फेरिसकेको हुन्छ
च्यातेर हेर मुखुण्डो
देश डुबाउनेहरु लेन्डुपहरु नै हुन्
लेन्डुपहरुको भाषण कति मीठो हुन्छ
लेन्डुपहरुको भेष कति सुकिलो हुन्छ
पद र कुर्सीहरु हुन् अक्सिजन लेन्डुपहरुको
हामी उनीहरुलाई जिताउन
हरेक वर्ष चुनाब कुरिरहेका हुन्छौं
पार्टीको नूनको सोझो गर्दै झोला फटाइरहेका हुन्छौं
सुनौलो बिहानीको दिवास्वप्न बोकेर !
महान हुन्छन् लेन्डुपहरु
उनीहरुको छाया समेत अमर हुन्छ
नपत्याए हेर पिस्करका राता आलीहरु
टनकपुर र महाकालीमा चहर्रयाइरहेका घाउहरु
सहिदहरु देशको लागि सहिद भएका हुन्
यहाँ कोहि पनि
लेन्डुपहरुलाई लेन्डुप बनाउन शहिद भएका छैनन्
तै पनि महान छन् लेन्डुपहरु
जहाँ आफ्नो सम्मान र पूजा हुन्छ
त्यतै दौडन्छन लेन्डुपहरु आफ्नो देशै बोकेर
वर्षाको भेल झैँ
प्रत्येक लेन्डुपहरु दक्षिण धाईरहेका हुन्छन्
समयको हुरीले त निभाउन सकेन डढेलो लेन्डुपहरुको
हजारौं ज्ञात-अज्ञात शहिदहरुले त भगाउन सकेनन लेन्डुपहरुलाई
को हौँ र हामी
लेन्डुपहरुको बिरुद्ध आजन्म मुर्दाबाद घन्काई रहने झ्याउकिरीहरु
कठोर वतास छेकेर नुहिरहेको बाँसघारी झैँ
फगत विरोधकालागि जन्मेका जस्ता देखिने
मनुवाहरू -
आत्मग्लानीले
पोलेर मुख रातो होस्
वा थुकुन सन्ततिले
आऊ, लेन्डुपहरुको पूजा गरौँ !
चुपचाप
सहज मृत्यु वरण गरौँ
निर्लज्ज इतिहासको पृष्ठभूमिमा
लेन्डुपहरुको नाटक हेर्दाहेर्दै
जिउदै मरिसकेका हामीहरु
जिएर किन जीवनको उपहास
गरिरहेका छौं दिनदहाडै
भोटो फटाउँदै शताव्दीको !

खुल्ला किताब
आचार्य प्रभा
(अमेरिका )

खुल्ला किताब सम्झिएर पढ्न खोज्यौ कि ?
बिझाउने काँडा बनी गड्न खोज्यौ कि ?रोकिएका पाइलाहरु अघी सार्न खोज्दै
मेरो हात समाइ अघी बड्न खोज्यौ कि ?

आफ्नो ब्यथा लुकाएर मनभित्र भित्रै
मेरो पीडा पैंचो माग्दै लड्न खोज्यौ कि ?शितल त्यो मनभित्र किन राप पाल्छौ ?
मेरो मनको ताप लिइ डढन खोज्यौ कि ?


यहाँ फूल फूल्नै पाएनन्
मृदुल

यहा फुल फुल्नै पाएनन् बसन्त आउदा पनि।
आशु कैलै हाँसो बनेन अबसर पाउँदा पनि॥केवल हाउभाउ मात्रै देखायो पछि फर्कि हेरेन।
हात्ति आयो फुस्सा मात्रै नयाँ काँचुली फेरेन।
यहाँ पालुवा पलाउन पाएन बसन्त आउदा पनि
दुख कैलै सुख बनेन अबसर पाउँदा पनि॥पार्नु सम्म कुण्ठित पारी ह्दय यो जलायौ
आशको निरास पारी आखिर के नै पायौ॥रंग कैलै फेरियन यहाँ बसन्त आउदा पनि।
चिन्ता कैलै खुसी बनेन अबसर पाउदा पनि॥

बुर्की मुरी नछरे है
सुमन सुधा

मेरो सन्देश हात लाग्दा रिसले हुरी नबने है
सक्दिन भो अब आउन बाटो कुरी नबसे हैसौभाग्यका यी श्रृँगारहरु अर्कैको लाए पनि
तर्किएर झर्की बोली मलाइ घुरी नहेरे हैबदलाको भावनाले दुश्मनलाइ राज खुल्छ
पराइ ठानी एकअर्काले हाम्रो दुरी नबढे हैमिलन मात्र हुने भए विछोडको के अर्थ र
व्यर्थ भनि जिन्दगी साहारा छुरी नलिए हैमनमा चाहना हुदाहुदै भाग्यले रच्यो खेल
मेरो लागि मर्‍यो भनि बुर्की मुरी नछरे है
म छुच्चो
शेखर ढुङेल
०५-१५-२००९
मेरो कलम को थुतुनो
ज्यादै चोथाले भो
जन्मदा घिउ चिनी को सट्टा
खोर्सानी को धुलो , रिठ्ठा को झोल
पिलाए छन कि क्याहो
मेरो कलम को थुतुनो
ज्यादै चोथाले भो
सुन्दर सैलिमा नेता का
प्रससा र भजन लेख्नु को साटो
पाइलै पिच्छे तिन्का गल्ती को
उछ्छीत्तो गरी लेख्ने भो
मेरो कलम को थुतुन
ज्यादै चोथाले भो
महानता को लेपन् पोती
स्तुती को दोसल्ला ओढाउनु को साटो
कटाक्ष अलोचना अनी
कमजोरी को चर्चा मात्र लेख्ने भो
मेरो कलम को थुतुनो
ज्यादै चोथाले भो
फुल को सुगन्ध र
रङ को बर्णन को साटो
पेचिला काडा अनी
अस्थिर पत्ता को
तथ्य मात्र देख्ने भो
मेरो कलम को थुतुनो
ज्यादै चोथाले भो
माथि माथि पुग्न आफ्नै
भबिस्य सोच्नु को साटो
समाज का अभाब , बिक्रिती को
भडास ओकल्ने मात्र भो
खोइ किन किन
मेरो कलम को थुतुनो
ज्यादै चोथाले भो
अफनै सुख र संसार मा
नरमाइ देश र समाज को
लागि हित चिताउछु
भन्दा भन्दै
तित्रा को मुख जस्तै रे
सबै को बैरी र छुच्चो पो भो

हीजो राती त नीन्द्रा परेन
देवी राम् लामीछाने
Denmark

हीजो राती त नीन्द्रा परेन
चाहेको थीएँ हात चलेन
बिबस भएँ अनी लादीएँ तर नीन्द्रा परेन
के हो यो पागलपन् त होइन ?

याद् तीम्रो अती भो
यहा त मेरो दुर्गती भो
फर्कीन्छु प्रीय भोली नै आई बस् कुरेर देउरालीमा
सपना त मेरो ठुलो नै हो
चाहाना तीम्रो पुरा गरन सकीँन
खोइ प्रीय म त बीदेशमा बस्नै सकीँन
काममा होस या कोठामा, तन-मन छ तीम्रो पासमा
तीमीले आखाँमा आँशू बहाएको
अनी फोनमा रुदै कराएको
म त अब सुन्न सक्दीन् तीमी बीना बस्न सक्दिन ।

तिम्रो मीठो सम्झनाले
आचार्य प्रभा
(अमेरिका )

तिम्रो मीठो सम्झनाले कयौँ पटक झस्किए म
त्यही नमीठो पीडाले घाऊ बनी चस्किए म ।
पल, पल आउँछ याद ,बाडुलिको हिक्का बनी
तिम्रो तस्बिर अङालेर केही समय मस्किए म ।
कल्पनामा आउछौ तिमी आँखाभरी मात बोकी
तिमीलाई दंग्याएर कहिले कही ठस्किए म ।
जब बोल्छौ भावनामा तिमीभित्र हराइदिन्छु
यथार्थमा नपाउदा निरश बनी खस्किए म ।

हल्लै हल्लाको देश
आचार्य प्रभा
(अमेरिका )
सधैं हल्लै हल्लाको देश भो नेपाल
कोही बिद्रोह ओकल्छन
तोड्फोड गरेर ,
कोही मौन छन आँफैलाई धिक्कारेर
कोही लुछाचुँडिमा ब्यस्त छन
पद्लोलुप्ताको निम्ती ,
कोही नारा लगाउछन
अधिकारको अभिप्शामा
यसरी नै नौटंकिको
बजार बनेर बाँच्न वाध्य छ हाम्रो देश ,
कुनै गन्तब्यबिनाको
बटुवा झैं बनेको छ
हाम्रो भाषा अनी हाम्रो भेष /
खै !कसरी भन्न सकिएला ?
यो रोगको निराकरण
होला भनी ,
खै !कसरी सोंच्न सकिएला र
जननी जन्मभुमीश्च स्वर्गदपी गरियसी
अब फेरी भनी ...../

...मात्रै रै छ ।
यीनका निती मीठो बोल्दै, सबलाई मिच्नु मात्रै रै छ ।
‘म’, ‘आफू’ र ‘मेरो’ बाहेक, सबलाई किच्नु मात्रै रै छ ।बलीदानको पाठ पढाई मर्न भन्थे निमुखालाई,
हाम्रा रगत केवल तीनकै बाली सीच्नु मात्रै रै छ ।आज स्वरुप उदांगीयो, दुनीयाले चिने पनि,
हिजोको त्यो शालीन मुद्रा तस्विर खीच्नु मात्रै रै छ ।सहिद पनि लिलाम गरी बन्दुक किन्ने कुरा सुन्दा,
यीनका कदम आफू चढ्न, जनतालाई थीच्नु मात्रै रै छ ।दुई चार दिन त शान्त भा’थे फेरी चल्यो पौठेजोरी
यीनले कायम गर्‍या शान्ति, सिनो घीच्नु मात्रै रै छ ।


शब्द हरु अलग
शेखर ढुङेल
०५-१०-२००९
शब्द हरु अलग अलग
भाबना मन को एउटै हो
जस्ले छोडि हिंडेपनी
बिछोड आखिर बिछोड नै हो
छाती मा मुटु बेग्ला बेग्लै
धडकन् सबको उस्तै हो
तिमी लाई दुखोस कि मलाई
पिडा भोग्ने उस्तै हो
घाऊ होलान साना ठुला
बग्ने रगत त रातै हो
अचानो बनेर हेर एक दिन
चोट सब लाई एउटै हो
शब्द हरु अलग अलग


भन्छीन आज
प्रबिण थापा
भन्छिन आज माया गर्न जानिन रे मैले
उनी माथि कर्के नजर हानिन रे मैले
लजाउदै रातो भई गोधुलिमा भेट्न आउँदा
मेरो समिप आउ भनी तानिन रे मैले
जुन टिपी ल्याउन सक्छु तिम्रो लागि भनी
प्रिती गास्ने नौलो चलन धानिन रे मैले
भुलेर उनको मुस्कानमा स्पर्श बिनानै
कुनै क्षण अगालोमा बानिन रे मैले
जल्दो बल्दो जवानी,त्रिष्णा मनको मेटाउन
जाबो एक रात सगै काट्न मानिन रे मैले

म दीपेन्द्र वीर बिक्रम शाह
मृदुल
अचानक आज राती मेरा राजकुमार आए
आफुलाइ लागेको सवै कुरा मलाइ बताए
भन्छन मैले नै मेरो परिवार मारें रे
भन्छन आफै मेरा हजुर बुवा मरे रे
त्यो कदापी होइन हुदै होइन
यो त मति भ्रष्ट आफन्तकै खेल हो
त्यस्मा छिमेकीको स्वार्थको मेल हो
मेरा हजुर बुबा महेन्द्र सच्चा देश भक्त थिए।
मित्र राष्ट चीनको अत्यन्त मित्र बन्दै गए।
त्यो मित्रतालाइ देखी नसहने अर्को मित्रले
एकाएक मेरो देशमा नंग्रा गाडन थाल्यो।
राजसंस्थाको बिरुद्धमा नेता भाड्न थाल्यो।
एक बिरो पानमा बिक्री हुने नेताहरु
एकाएक प्रजातन्त्रबादी र गणतन्त्रबादी भए
देशको अमुल्य सम्पदा सुम्पिदै गए।
गान्धीका अबशेषहरुले घ्रृणीत खेल खेले
नेपालीले असैहय दुख दर्द मात्र भुले
मेरा हुजर बुबालाइ सिकार खेल्ने भने
सुनौलीबाट हत्याराहरु चितावनमा हुले।
काठमान्डौमा अशम्भव देखेर तराइमा झारे
त्यही गोली हानी जंगल भित्र महेन्द्रलाइ मारे।
घरकै दुष्टलाइ आफनो बहसमा पारे
मुटुको ब्याथाले मरेको भनेर प्रचार प्रशार गरे
त्यो होइन र का एजेन्टले मारेका थिए।
नेपालको अस्तित्व संकटमा पारेका थिए।
किनकी आफनो माटोमा आंच आउन दिएनन्
सर्वभौकिताको रक्षा गर्ने स्वार्थमा बिकेनन्
अनी मेरा बाबाले पनि त्यही स्वाभीमान अंगाले
कालापानी र सूस्ताको बिरुद्धमा बोले।
त्यही भएर मेरी आमालाइ पम्फा देवी बनाए
हुने नहुने लान्छना लगाएर भ्रम सृजना गरे।
एक कौडीका नेतलाइ प्रशिक्षण दिए
रामराजा प्रशादलाइ बम बोकाएर आक्रमण गरे
त्यति बेला देखी मेरा बाबालाइ मार्न खोजे
किन कि बाबाले पनि चीनसंग समधुर सम्बन्ध बढाए।
त्यही कारण आपसमा नेता लडाए ।
मलाइ थाहा छ हामीलाइ कस्ले मारेका
त्यो बेलाको प्रधानमन्त्रिको अनुमति लिएर
दरबारमा राती प्रवेश गरेका थिए।
देशमा कालो माकुरको जालो बुने
मेरा आफन्त भनाउदाले साथ दिए
हत्याराहरु राती हेलिकप्टरमा आए
मेरो मुहारसंग मिल्ने मुकुन्डो लगाए
अनी पहिले मलाइ मेरो कोठामा मारे।
अनी भटाभट मेरै परिवारलाइ मात्र छानी छानी मारे।
कस्तो अचम्म म मरे पछि पनि मेरो परिवार मार्न सक्छु
सव सरासर सनियोजित षडेन्त्र हो।
हामी त सिद्धियौ हाम्रो राजसंस्था पनि सिद्धयो
तर मलाइ पिर छ कतै देश पनि सिद्धिन्छ की भनेर
किन की नेताहरु दरबार जानु भन्दा त
आजकाल लैनचौर जान बढी रुचाउछन।
स्वयत्त राज्यको माग गर्दै कुरिल्न्छन इसारामा
दिमाग र मन पनि उतैबाट भरेर सदन पुग्छन।
देशमा अस्थिरता भए पछि सिमा च्यापिदै आएकोछ।
पुर्वको टिस्टा देखी पस्चिम किल्ला काकडा
क्वाप्प खाएको स्याद अझै बाकी छ उस्मा
नेताहरु दिल्ली ढौडनु त्यसैको पुर्व अभ्यास हो।
सिक्किमीकरणको यो आन्तरिक सूरुयात हो।
पिसाव फेर्दा पनि उसैलाइ सोध्न जान्छन
राष्टियता त के होर जनता क ेहुन र
यि चोर नेता भन्दा त मरिचमान देश भक्त हुन।
छिमेकीले नुन तेल नदिदा पनी हार खाएनन।
तर उसैको साहारामा पन्चायत पनी ढाले।
खै त सुनौलो प्रजातन्त्र देशमा आएको
शत्ताको खिचातानी र जनताको बिजोग हो
मात्र जनयुद्ध आयो हतियार पठायो
तर उसैका लठैतहरु जनयुद्ध लडेर हजारौ मारे
देशमा शान्तीको लिलामी गरे।
समभावनाका ढोकाहरु बन्द गरे।
अनी हिमाल देखी नदी नाला
लुम्बिनीका इतिहासिक इटाहरु चडाए
बुद्धका अमुल्य सम्मपदा पनि चोर्न दिए
तर दोस राजसंस्थालाइ लगाए
किनकी बुद्धलाइ बिक्री गरे नेताले
सम्मपदा बन्दगीमा राखे नेताले
नेता र बेश्यको भर हुन्न भन्थे
तर बेश्य भन्दा नेता मुन गद्धार भए
हेर जनताहरु बिगतलाइ केलाउ
भाइ भाइमा काटमार गराउने को हो
निस्वार्थमा स्वार्थ मिलाउने पापी को हो
चिन चाहे गान्धीका अनुयायी हुन।
चाहे लेलिनका अनुयायी हन।
चाहे माओका अनुयाही हुन
यी सव देशको सर्वभौक्तिको
बिला लागाउनेहरु मात्र हुन।
अन्तमा जनतालाइ गुमराहमा पारी
शहिद बनाउनेहरु हुन।
अहिले देशले भोगेको संकट हुदा
हेर त कस्को चलखेल बढेको छ।
को उस्को भत्ता भएर को कुर्लेको छ।
जाती जातीमा लडाउनेहरु
पार्टी पार्टीमा फुटाउनेहरु
यी कुतत्वले देश खाइ सके
अरुले सवै सार पाइ सके
ए जनता हो म मरे पनि हामी मरिए पनि
र एतिहासिक राजसंस्था ओझेल परे पिन
म अझै तिम्रै दिलको सिहांसनमा छु।
तिमीले हामीलाइ माया गर या नगर
तर यि दही चिउरेनेतालाइ चिन।
सुन्दर भबिस्यको भागबन्डा लगाउनेलाइ चिन
गुरु दक्षिणामा देश भेटि चढाएर
दिल्लीलाइ काठमान्डौ सम्म झिकाउने छन।
त्यतिखेर तिम्रो अस्तित्व थाहा हुन्छ।
किन छिमेकीहरुलाइ कम्जोर बनाउदैछ।
श्रीलंक्का युद्धको आगोमा जलेका छ।
भुटान अपहरणमा परिसकेको छ।
सिक्किम आफैमा गाभी सकेको छ।
त्यही भएर नेताहरु को भर नपर
आफनो देशको रक्षा आफैले गर
यि गनतन्त्रबादीहरु पनि उसैको मानो खाएका छन
यि प्रजातन्त्रबादीहरु पनि उसैको इसारामा नाच्छन।
देश दशगजामा मिचिदै जंगे पिलरहरु हराउदाको
पिंजडामा आर्तनाद गरि रहेको छ।
देश बचाउ सान्ती स्थापना गर
दक्षिणी सिमानामा आफै जंगे पिलर बन
आफैले आफनो थैली बन्द गर
आज कयौ देशबासी विस्तापित भए
तर दक्षिणबाट आएर उनै स्थापित भए
हामीले हाम्रो देश बचाउनु पर्छ
हामीले हाम्रो अस्तित्व बचाउनु पर्छ
नेताहरुलाइ खुलामन्चमा मुन्डयाउ
म दीपेन्द्र वीर बिक्रम शाह
फेरी आउने छ तिम्रो राजा हुन।
कसैको दास हुनु भन्दा रैती हुनू जाती
किनकी रैती हुदा देश पनी संगै हुन्छ।
तर दास हुदा देशको इतिहास मात्र रहन्छ।

झरेको पात
मदन बराल
०५-१०-०९
निद्राबाट उठी हेर्दा
आफुलाइ एक्लो पाएं
पहिलो दिनमा यात्रा टुट्दा
पात झरे सरी भएं
मुटू भित्र बस्छू भन्दा
थाहै नपाइ पराइ भए
पथ्थर बिच माया खोज्दा
काडा बिच हराइ गएं
पहरामा रुख हुंदा
सधै दुख झेलीरहे
बसन्तमा पात आउदा
पहेंलिदै हराइ गएं
हावासंग चुम्छु भन्दा
रुखबाट झरी गएं
पूर्व घाम नउदाउंदै
साझ परी अस्ताइ गएं
(कसैको जिबनसंग मेल खाए संयोग मात्र हुनेछ)


जिस्किन थाल्यौ प्रिया
सुमन बगाले
फाट्दा मुटु नदेख्नेले लुगा फाटदा देख्यौ प्रिया
रुख चढाइ बन्चाराले फेद गिडी ढाल्यौ प्रिया
पुर्णिमाको जुनमापनि कालो दाग औलाएर
दोबाटोमा अल्झाइ पाइला अन्तै चाल्यौ प्रिया
भ्रुण मै मरे कोपीला रुखो बोटको के रङ रुप
चिनो दिइ सम्झनाको भित्र भित्रै पोल्यौ प्रिया
गाइ मारेर गधा पुज्ने चलन चल्ती तिम्रो रैछ
धोइ पाप पखाल्नलाइ लाख बत्ति बाल्यौ प्रिया
सँगै हिड्ने सहयात्री नहुने रहेछ जिवनसाथी
बनी काल हिजो आज जिस्किन थाल्यौ प्रिया

सुमनजी आफ्नो ब्लगमा अन्य गजलहरु पनि पढ्न सकिन्छ


हेर्दाहेर्दै
ह्स्त गौतम मृदुल
हेर्दा हेर्दै यहा दृश्य परिवर्तन भएको छ।पुरानो पात्रको ठाउँमा नया आएको छजुन जोगी आए पनी कानै चिरेको भन्दैदेशमा जताततै नया तरंग फैलिएको छ।उही रुप उही रंगका तिनै सपना देखाउदै
पुरानो पात्रको ठाउँमा नया आएको छ।कैयौंलाइ बलिबेदीमा होमी बेपत्ता पारीस्वतन्त्रताको दियो निभाउन खोजेको छ।सर्वभौम हुने मौका मुठीमा बन्द गरेरपुरानो पात्रको ठाउँमा नया आएको छ।

…छैन
मुर्झाइ सके फुलहरु बगैचामा माली छैनबनझारले डसिसक्यो कुनै बोट खाली छैनपातो खोपिएका चोर रैछन साँधु बनी आएअनुहारमा लेख्या भे पो,छान्न पनि जाली छैनबारुद रोपी शान्तिको सुबास आउथ्यो र कहाँढलाए माटो मुखमा माँड लाउने बाली छैनधोत्रायो कि धमिराले कि त मुसा पसे जगमाभात्किएछ घरै अब त,ओत लाग्ने पाली छैनझुन्ड झुन्ड चन्ड मुन्ड असुरै कै राज भो अझैअत्याचारी बध गर्ने कलियुगमा काली छैनसिनो भएछ विश्वाश सदभाब बेवारीस भैगनाएको यो बिक्रिती निकास हुने नाली छैनE
देश संकटमा डुबेको बेला
आचार्य प्रभा
भन्छन देश संकटमा डुबेको छदेश अब शेष हुँदैछहरेक पल नयाँ नयाँ खबरकाश्रीजनाहरु भै रहेछनदेश अवन्नतिको बाटोमालम्की रहेछ ,त र... खै ?यस्को निराकरण ?खाली सुस्ताएर एकार्कामा
बेदना पोख्नु शिवायकेवल... अखबारमाताजा समाचार बिश्लेषण गर्न बाहेकअनी हामी... उत्तेजित बनेरप्रत्एक समाचार पढ्न मात्रआतुर हुन शिवाय !त्यसैले म भन्छु हजुर ....मेरा अघी बड्ने पाइलाहरुमाफलामका कल्लिहरु बाँधिएका छन आजकल ,मैले देशको लागि सोँच्ने माथिङलमाअसहज पट्टी बांधिएको छ अचेलत्यसिले म के सोचौ ?देशको लागि साथी ?मलाई सोँच्ने मौका नैदेशका नरभक्षकहरुले कँहा दिएरत्यती सजिलै ?(मलाई केही साथीहरुको आरोप छ मैले देश को लागि सोचिन भनेर वहाँहरुलाई समर्पित कबिता)
परेलीमै छौ कि कसो
गुरु केदार बराल
परेलीमै छौ कि कसो, तिमी नै तिमी देख्छु
सक्दिन म बिर्सिदिन, छायां बनि पछि आउने छु
केही दिन भो भेट न भाको, बर्सौं बिते जस्तो लाग्यो
मिठो मिठो सम्झना मा, सधैं रमि रहुँ जस्तो लाग्यो
तिमी लाई भेट्न भनि, भिडहरुमा धाउछु
तिमी लाई हेर्न भनि, हिउँद भै आउंछु
सक्दिन म बिर्सिदिन, छायां बनि पछि आउने छु
परेली मै छौ कि कसो, तिमी नै तिमी देख्छु
तिमी सित सधैं भरी कल्पना मा कुरा गर्छु
कहिले चद्छु उकाली त कहिले बेसी झर्छु
यि मिठा मिठा याद हरु, गीत बनाइ गाई दिन्छु
परेली मै छौ कि कसो, माया भनी देखछु


विश्वाश मर्‍यो
प्रबिण थापाविश्वाश मर्‍यो अबिश्वासको जरा मौलाउँदै छमेरो प्रेम, कथा भयो हल्ला फैलाउँदै छठान्यौ तिमीले अहोभाग्य अरुलाई चोट दिनुसुन्दर एउटा बस्तिमाथी स्तब्धता छाउँदै छमुलबाटो भुलीगयौ स्वार्थको ओरालोमामरुभुमिमा मुल फुटाउछु भनी बौलाउँदै छ
आश्वासनका खोलासगै तिमी बगेपछीफूल फूलाउँछु पत्थरमा भन्दै टोलाउँदै छपर्दाफास भो सबको सामु चरित्रमा दाग लाग्योखुच्चीङ भन्दै शत्रुले नि ताली बजाउँदै छ

गीत/ गजल/ कविता दौंतरी डट कम भाग ७ Sun, 23 Dec 2012 18:06:00 +0000

माया कस्तो रहेछ
विजयकुमार श्रेष्ठ
धादिङ्ग हाल परदेशबाट
फूल भनि टिपेको थिए काडाँको पर्न गएछ
मायालु सम्झि माया दिए निष्टुरीको पर्न गएछ
कस्तो होला माया भन्ने कुरा अभिसापपो हुदो रहेछ
बुझ्नेलाई श्रिखण्ड नबुझनेलाई काठ पो हुदो रहेछ
माला बनाई सजाउन खोजे तर झुस बनि बिजाई दिएछखुशियाली छाई दिन्छ भनेको त निरासपो बनाई दिएछ
समुन्द्रको रफतार भनेको सुनामीको छाल पो आई दिएछ
हराभरा भएको मनलाई उजाड बनाई सुन्य पो बनाई दिएछ ॥

म भूल हुँ
आचार्य प्रभा
(अमेरिका )
म भूल हुँ सुधार्न सक्छौ
पुरानो गल्बन्दिको धागो हुँ
उधारेर नयाँ स्वरूप दिन सक्छौ ....,
कहाँ मैले भनेकी छु र ?
म सदाबहार छु भनेर
कहाँ मैले हठ गरेकी छु र ?
म सदा सर्वदा जायज छु भनेर ,
म फूल हुँ बास्ना लिन सक्छौ
म... पत्कर पनि हुँ
कुल्चेर हिँड्न पनि सक्छौ /
कहाँ म गर्वित छु र ?
केवल फूल्नुको अर्थमा,
कहाँ म रमेकी छु र ?
बास्ना छर्नुको औचित्यमा ........./
म शूल हुँ ,
पंछाएर हिँड्न पनि सक्छौ
म पुरानो घाउको खाटा हुँ
उप्काएर फाल्न पनि सक्छौ /
कहाँ मैले सोचेकि छु र ?
म कोमलताको प्रतीक मात्र हुँ भनेर
कहाँ म निश्चिन्त छु र ?
सधैं तिम्रो अभीष्ट्मा अटाउछु भनेर
समग्रमा मेरो ........
इेक्षा,आशा, हार्दिकता यही हो
म भूल हुँ ,
सुधार्न सक्छौ ,
म.......जे हुँ,जस्तो हुँ
नयाँ आकार दिन सक्छौ /

बोझिलो दुखी नासो
प्रबिण थापा
अन्धकारको दुनियाँमा,बसाइ गयो नभन है
जाली माया गरेर, फसाइ गयो नभन है
वाध्यता छ मेरो सामु दुरदराजमा जानु पर्ने
जारी बैरी शत्रु सबै, हँसाइ गयो नभन है
बेला बेला फोन गरौला चिट्ठी पनि लेख्दै गर्छु
शिखरमा चढाएर, खसाइ गयो नभन है
केही बर्ष त हो नि सानु फर्की चाँडै आउछु
अत्यासिलो भङ्गालोमा, धसाइ गयो नभन है
कसैको भन्नु नहोस राम्रो सोच्नु राम्रो गर्नु
बोझिलो दु:खी नासो, टसाइ गयो नभन है

शिरबन्दी नअडिने रित्तो केश
सुमन बगालेसुमनसुधाआँबु खैरेनी तनहुँ
नेफुल्दैमा शेष ठानेछौशिर शिरबन्दी नअडिने रित्तो केश ठानेछौ
युद्धकालीन क्षतिग्रस्त नाङगो देश ठानेछौ
खाएका ति कसमहरु पलपलमा बदलियो
तिम्रो स्वार्थ यात्रामा ढुङगे ठेश ठानेछौ
कता कता हराउछु आफैलाइ रित्ताएरनसुहाउने देश विनाको भेष ठानेछौ
सुकेछ कि हिमनदि भिज्न छाडयो परेली
मबाट टाढिएर दुर रहनु बेश ठानेछौमरेतुल्य हुन्छु तिम्रो प्रतिविम्म नआउदामा
शिशिर ॠतुमा नफुल्दैमा शेष ठानेछौ

तिम्रो मजेत्रो फाटेछ आमा
तिम्रो मजेत्रो फाटेछ आमा म टाल्छु भन्थ्यो
पिर सुर्ता नगर सुख सँग म पाल्छु भन्थ्यो
विश्वास कस्ले निभायो चेतना अधेरो भो रे
भरोसा जगमगाउने बत्ती बाल्छु भन्थ्योजर्जर भो रे उर्बर माटो, बाँझो कती राख्नु
रगतले गन्हाकोछ, पसिना हाल्छु भन्थ्यो
पुर्खाको सिको बिर्सिएछ, कती छिटो आमा!
अब स्वाभिमान निखन्ने काम थाल्छु भन्थ्यो
दुई खोच बिच अल्मल्लिएको हाबाको झोक्का
अब त आफ्नै मन र पनमा ढाल्छु भन्थ्यो
राहतको अनुभुती के गरेथे झल्यास ब्युझें
कस्तो देखेछु सपना बिकृती फाल्छु भन्थ्यो
उहाँले प्रश्नको जवाफ दिनुभो
राकेश कार्की
लस् एन्जेलस्
उहाँले प्रश्नको जवाफ दिनुभो
कसैलाइ उत्तर कसैलाइ रवाफ दिनुभोप्रश्न सबै मार्मिक थिए
कुनै सामाजिक कुनै धार्मिक थिए
यथार्थता सबै प्रश्नमा थिए
मनभरी घाउ बोलेका थिएजस्तालाई त्यस्तै जवाफ दिनुभो
कसैलाइ सान्त्वना कसैलाइ रवाफ दिनुभोहकिकत प्रश्नले एकचोटी घोच्दा
उहाँले जड०गीएर दुइचोटी घोच्नुभो
धेरै प्रश्नसँग असहमत हुनुभो
अचानोलाई पींडा हुन्छनै भन्नुभोसही या गलत जवाफ दिनुभो
कसैलाई फकाउनुभो कसैलाइ रवाफ दिनुभो


सत्य
शेखर ढुङेल
०६-०२-२००९
आबरण मात्र राम्रो हो
भित्र भद्रगोल छ
कतै आक्रोस कतै बिद्रोह
त्यो होइन
जो देखिन्छ
मनमा उ छैन
जो दिमाग ले बोल्छ
आबरण मात्र राम्रो हो
हाँसो क्रितिम
छाती कुढिएको छ
दु:ख छैन आशुमा
ठट्टा भरिएको छ
कठोर बोली भित्र
मन पगाल्ने
आशु लुकेको छ
लामो सुस्केरा
सपना छ रहर छ
दिन र रात यहाँ
फरक भन्न मुस्किल छ
आबरण मात्र राम्रो हो
कतै उन्मान्द
कतै बित्रिष्णा छ
बिचित्र चमत्कार
लक्ष्य अन्धकार छ
लोभ्याउने लेबल भित्र
तितो ओखती भरे झै
आबरण मात्र राम्रो हो
अगाडि बढ्ने सपना भित्र
बिबेक बन्धकि परेको छ
ठेल मठेल तमासा मात्र
देख्दा र भोग्दा को
मानिश बिलकुल फरक छ

बिन्ती
आचार्य प्रभा
(अमेरिका )
बिन्ती छ है मेरो साथी तिम्रो सामु आइन
खुशी,हर्ष सङाल्नलाइ तिमी कँहा धाइन ...
मनले खोज्छ तिमीलाई सम्झनामा तिमी नै
झुठो बाचा दिनलाई मैले माया लाइन ...
त्रिषित छन नयन मेरा सुकेको छ आँत पनि
तिम्रो जस्तो त्रिष्णा मेट्ने अन्त साथ पाइन ...
तड्पिएरै बाँच्न पर्‍यो ,लेखनी नै यस्तै रैछ
तिम्रो साथ छाड्न लाई कसम मैले खाइन ...

धोकाको परिमाण
गुरु केदार बराल
ओखल्ढुङगा, पोकली
भगवतीको मन्दिरमा हात समाएर
कहिले साथ नछोड्ने वाचा गरेको
आंशू झार्दौ आँखाबाट
कहिले नटुट्ने कसम खाएको ।आज सम्झिन्छु ती क्षणहरु
प्रेम एउटा शक्ति मान्थे म
छातीमा सजाई उनलाई राखेके थिए
प्रेमकी खेलाडीको चक्करमा परे म !
अमृत सरी चोखो माया दिएर
उनलाई मनमा सजाएगथेँ
उनलाई मन पराउन पाप रहेछ
आज मिथ्या आरोपमा जेलिन पुगेँ ।
धोकाको परिणाम मैले पाईन
उनी सहारा विनाको जिन्दगीमा पुगिन
मैले ठूलो ज्ञान प्राप्त गरेँ
उनी पीरमा डुब्न लागिन् ।
सम्झना आउँदो रहेछ नी
कहिले काँही फोन गर्छिन्
अमर प्रेम कहाँ मर्छ र !
धोकाको परिणाम बुझ्दै होलिन् ।

पुराना पत्र पढेर
प्रबिण थापा
तिम्रो तस्बिर हेरेर, आज फेरी रोए
मिठो अतित सम्झेर,आज फेरी रोए
बल्झिए घाउहरु,चट्याङ् पर्‍यो मुटुमाथी
आँफैसग दु:खेर, आज फेरी रोए
भक्कानिए बिथोलिए,भाबबिभोर भए
अझै प्याला थपेर, आज फेरी रोए
हप्ता,महिना, बर्ष बिते,खबर आएन
भलो तिम्रो जपेर, आज फेरी रोए
आँखाभरी सुनामी झै याद उर्ली आयो
पुराना पत्र पढेर, आज फेरी रोए

कवि लेखक आँफै पागल बन्नु पर्छ
आचार्य प्रभा
(अमेरिका )
खोइ !कुन गन्तव्य रोजूँ म
जताततै इर्ष्या र डाहाको प्रतिष्पर्धात्मक बारहरुले
सांघुरिएका छन मेरा बाटाहरु
खोइ ! श्रृजनाको परकाष्ठमा पुगूँ कसरी ?
यहाँ सिर्जिएका सबै श्रृजनाहरु
मुल्यहिन भै पलायनतामा बिलीन भै रहेछन
मेरा आकांक्षाहरु अँध्यारोको कालरात्री
बनेर आँफैलाई डस्न लालयित् छन
त्यसैले ... अब पागलको उपाधी नै
रोज्न आतुर छन मेरा अनन्त इच्छाहरू ............,
यहाँ उदेश्यहीन गन्तव्यमा पाइला चालेमा
रमाउने हुन्छन सबै ,
समयलाई ब्यर्थै हातबाट मिल्काएमा
खुशी हुन्छन सबै ,
यहाँ अश्लील,असभय्ताको बाटो हिंडेमा
बाटो फराकिलो बनाइदिन्छन सबै ,
त र........ त्यही समयलाई
श्रृजनात्मक कार्यमा
बाँध्न खोजेमा टाढा भैदिन्छन् सबै ,
अनि...... बेअर्थको मानसिक पीडामा
डुबाउन खोज्छन सबै ।
त्यसैले........ आजकल त कसैले पनि
सही सदूपयोगको फल
कसैलाई देखाएमा खिशिको पात्र बनाउँछन सबै
अनि..... त बिवशता ,बाध्यताको चपेटामा परी
गन्तव्यहीन बाटोमा लाग्नु पर्छ आँफै
यो अनौठो कु संस्कारको दासी बनी
''कवि'' ''लेखक''
पागल बन्नु पर्छ आँफै ।


नशा र मायाप्रेम
गुरु केदार बराल,
अमेरिका
तिम्रा नयन नै नशालु रहेछन्
अब म हेर्दिन
नशा रहित मेरो जीवनलाई
माया प्रेमको नशामा डुवाउँदिन ।

विस्वास मलाई जागिसकेको थियो
तिमीले नै खुट्टा कमाई गयौं
कसको जीवनमा नशा वनी गयौं
आज प्रेममा अपाङ्घ भयौं ॥

मुस्कान नै परिचय थियो तिम्रो
आफै गुमायौं आज आफ्नो परिचय
कुन कल्पनाको सागर डूव्यो
त्यही भो तिम्रो जीवनको दुर्भाग्य !

आफ्नो ठानी चोखो माया दिएको थिएँ
त्यसलाई लत्यायौ किन
कल्पनाको सागरमा डुबेर
आज आँशु वगाउँछ्यौ किन !

जे साम्झिन्छ्यौ सम्झ तिमीले
म माया प्रेमको नशामा डुब्ने छैन
जीवन डुवाउने त्यो नशामा
अब म मन भुलाउँदिन ।


सिर्फ तिम्रो लागि
गुरु केदार बराल
कोलोराडोमा
सुकेको खहरे भए पनि मेरो जीवन
तिमी नदी झै सुसाएर बगिरहनु
औशीको रात भए पनि मेरो जीवन
तिमी पूर्णिमाको जुन झै चम्किरहनु ।
म पीडाको भूमरीमा तड्पिय पिन
तिमी भित्र हरपल खुसी छाईरहोस
मेरो मुटु छिया छिया परे पिन
तिमीलाई मस्तीले अँगाली रहोस ।

तिमीले अरुलाई दिन नसके पिन
तिमीलाई चोखो प्रेम मिलिरहोस्
मेरो सपना अधुरो रहे पिन
तिम्रो सधै साकार भै रहोस् ।

पटक मटक म दुर्घटनामा परे पिन
तिमीलाई हिड्दा ठेस नलागोस
मेरो जीवन असफल भए पिन
तिमीलाई सधैं सफलता मिलोस् ।

मलाई वाधा अड्चन आई परे पिन
तिमीलाई कुनै अर् ठ्यारो नपरोस्
सिर्फ तिम्रो लागि कामना गर्छु
भाग्यले साथ दिइरहोस् ।


बुझ्न सकिन
बिजयकुमार श्रेष्ठ
-हाल परदेशबाट
माया त नदिएको होईन तिमीलाई तर किन हो मैले बुझ्न सकिन
जिवनको उकाली ओरालीमा केही गल्तीहरु गरेहोला सम्झाउन सकिन
आघात माया पाउने आशा राखेको थिए तर चित्कार सवाय पाउन सकिन
एकबारको जिवनमा सधै पछुताउनु पर्ने किन हो मैले केहि बुझन सकिन ॥
कसरि देखाउ तिमीलाई मैले माया दिएको छु भनि छात्ति चिर्न त सकिनन त तिमीले बुझने प्रयास नै गर् यौ त्यो त मैले पनि बुझन कहिले सकिन
आफु त तड्पियौ तड्पियौ तर मलाई किन बेहोसि बनायौ किन बुझन सकिन
आखिर मायाको अबमुल्यन गर्ने भए मायालु बनि नाटक किन गर् यौ बुझन सकिन ॥ ॥
रुपलाई मात्र हेरेर नहुने रहेछ बानि कस्तो छ भनि पहिला थाहा पाउन सकिन
फेसन र रुपको जालमा पर्दा पछुताउन सिवाय अरु जिवनमा केही पाउन सकिन
अरुलाई तड्पाउन सिवाय केही नजान्नेले माया दिन्छु किन भन्यौ बुझन सकिन
जे जानेको छ त्यहि गर्नु केहि भन्ने पक्षमा छैन जिवनमा मायालुलाई चिन्न सकिन ॥ ॥ ॥


हावाको साथमा
गुरु बराल
हाल अमेरिका
ठाने मैले आँफु्लाई
म प्रेमको साथमा छु !
तर त्यो छल कपट रहेछ
हावाको गफमा उड्न पुगेछ !!
प्रार्थना गर्छु आज म
हे हावा ! मलाई लज्जित नपार ।
मेरो चोखो प्रेमलाई
नौटङ्की भनेर नबुझ ॥
म त प्रेमको पुजारी हुँ
लप्पन-छप्पन जाँन्दिन ।
दिलको आदर्श वेच्न सक्तिन
चोर्ने को मोहमा फस्दिन ॥
ईश्वर मेरा साक्षी छन्
झूठ म संग डराउँछ ।
सत्यमा सधैँ अडिग छु
डर चिन्ता हराउन्छ ॥
कुइरोको काग होइन म
वाज लखेट्ने चिवे चरा हूँ !
प्रेमको हावामा अब उड्दिन
जंजिरले बाँधेको अर्जुन हँ !!

मन भित्र कुरा खेल्छ
प्रबिण थापा
गजल: मन भित्र
मन भित्र कुरा खेल्छ मुटु गाठो परी जान्छ
सम्झनाको झटारोले गोली हाने सरी जान्छ
खुशी देखाउनकै लागि हास्न खोज्छु सबैसित
एक्कासी यो मुहारमा कालो छाँया परी जान्छ
नियतिले खेल खेल्यो मेरो जीवन माथि भन्छु
आशा फेरी पलाई आउछ बिच बाटोमै मरी जान्छ
जती खोज्छु सम्हालिन झन झन गार्हो हुन्छ
रसाउछ नयनहरु आशु त्यसै झरी जान्छ
भुल्न खोज्छु अतितका मिठा पलहरु
याद आउछ बल्झिएर मन मुटु हरी जान्छ


भन्छिन मेरी उनी
शेखर ढुङेल
०५-२४-२००९
न पछ्याउ अब मलाई
मेरो बाटो अझै कठिन हुँदैछ
हिंड्नु छ मलाई
काडा घारि को गोरेटो
तिम्रो सुकिलो लिवास
उध्रिन सक्छ
चिल्लो फराकिलो बाटो
रोज्ने हरु
दोष मलाई आउन सक्छ
फर्की जाउ सुख को संसार
मलाई त अझै पत्थरिला
बाटो मा हिंड्नु छ
साथ लागे त तिम्रो
कोमल पाउ मा घाऊ लाग्न सक्छ
टाढै बस रमाउ जहाँ छौ
मेरो बस्ती मा त
प्रदुषण ले बिमार पार्न सक्छ
बेच तिम्रो ज्ञान को भन्डार्
उतै तिर
यता त बित्रिष्णा आउन सक्छ
म त जिर्ण भैसके अब मैले
तिम्रो सन्तान को
भबिस्य कोर्न सक्दिन
टाढै राख तिन्लाई
गरिबि ले कुन्ठा बढ्न सक्छ
ओत लाग्ने आसा मारिदेउ
यो खर को छानो
जुनै बेला ढल्न सक्छ
काम को के भरोसा म मा
दौरा र टोपी को
काम समेत बन्द हुँदै छन
सभ्य समाज मा रमाउ तिमी
मेरो आगन मा त
बिक्रिती को पहाड खडा छ
तिम्रा कोइ दौतरी छैनन यहाँ
घर घर मा थरी थरी का डन्डा छन
नपठाउ मलाई अरब बाट
पसिना ले भिजेको चिट्ठी
रोएर म सिथिल भै सके
बाँकी छैन अब यहाँ
तिम्रो पुर्खा को अस्मिता
च्यातिएर धुजा धुजा भैसक्यो
नझार परदेश बाट
औपचारिकता का आशु
म त तिम्रो लागि अर्घेली भैसके
तिम्रो छाती मा कुदिएको
मेरो नाम खुइलिसकेछ
नदोर्याउ कथा राम र बुद्ध को
लिट्टे र तलिवान ले तिन्को
हरण गरिसकेका छन
न झकझकैराख तिमी हरु
टाढा बाट
यो अस्थिपन्जर
ढल्नै आटि सकेको छ
न आउ फर्की घुर्की देखाउन
यही कै ले छाती थिल थिलो
पारिसकेका छन
शुभकामना परदेशिएका लाई
उही चाउरी परेकी नेपाल आमा


उ शिशु जस्तै मेरो मनको पाठेघरमा धेरै समय अटाउन चाहदैन
प्रभा आचार्य
हरेक बिहान म भावनात्मक प्रशव पीडाले
आक्रान्त बन्छु ,
त र त्यो पीडामा म दुखेको
आभाष गर्दिन ,
त र त्यो दुखाइ मा त मलाई मीठो अनुभुती हुन्छ
शिशुको जन्मको पीडा जस्तो त्यो दुखाइ हुँदैन
अनी शिशु जस्तै मेरो श्रीजनारुपी बालक
धेरै समय सम्म मेरो भावनारुपी पाठेघरमा
अटाउन पनि चाहदैन ........
किन कि उस्लाई त संसारमा रमाउनु छ
सबैको ह्रीदयाकाशमा उड्नु छ पंख फिंजाएर
अनी म... बिना कष्ट ,बिना पीडा
हांसी हांसी उस्लाई मेरो कलमको सहारामा
जन्माउने प्रयत्न गर्छु
उस्को बालशुलभ मनोकाक्षा बुझेर /
म उस्को भाग्यमानी आमा बन्न
सधैं लालायित बन्छु
अनी म पनि उस्लाई जन्म दिइे सकेर
एक पटक खुशी र शान्तावनाको
मीठो श्वास लिन्छु ,
जसरी... औसत आमाहरु छोराको जन्म पछी
खुशी र हाँसोको खुय्य श्वास लिने गर्छन्
त र... मेरो अर्थ र सोंचमा भने
मेरो भावनारुपी शिशुको भेदभाव हुँदैन
बस... मैले त जन्माउनु छ
मलाई सधैं भरी बैशाखी भएर पाल्ने छोरो हैन
मलाई सधैं मनमा शान्ती दिने र
म भन्दा पनि अरुलाई बाँच्न अभिप्रेतित गर्ने शिशु
किन कि म चाहन्छु ,
मेरो स्वार्थको मात्र शिशु हैन
त र संसारकै आमाहरुको रखवाली गर्ने शिशु
जस्ले सारा पीडित आमाहरुको
आसुँ पुछ्न सक्षम होस्
अनी हर आशामुखी बाबुहरुको सपना
साकार पारोस ,
एउटा कुशल योद्धा बनेर
हर बाबुहरुको छात्तिको निशाना बनोस
बिरताको गाथा बनेर
त्यसैले... हर बिहानिमा मैले जन्माएको शिशु
मेरो मात्र ब्यक्तिगत सन्तान नबनेर
म साराको सन्तान भनेर चिनाउन अभिप्रेरित बन्छु
मैले भावनारुपी कोखबाट जन्माए पनि
सबैको भावनामा अटाउन चाहन्छु /
(अमेरिका )

शान्तिपाठ
धेरै भो,
हामीले एकापसमा धारे हात लाएको
एक-अर्कालाई सिध्याउने कसम खाएको,
तर,
हिंसाको यो अखण्ड कथामा
ताज पहिरिने समय कहिल्यै आएन
मनले त्राण पनि त कहिल्यै पाएन !
हतास मनभरि त्रास र घृणा रोपेर
मानव उद्विग्नता र आकांक्षाका तनभरि
कुटिल मादकताको जहर खोपेर
हामी मृत्यु यज्ञको होता बनिरह्यौँ
हामीले अन्तहीन गर्तको गोता खाइरह्यौँ
कसैलाई शत्रूको कित्तामा जाकेर
अरूलाई आफ्नाहरूको पर्खालले ढाकेर
हामी ध्वंश र मृत्युको मातम खेल खेलीरह्यौँ
मैन-शिखा सदृश आत्मदाहको उज्यालोमा बलिरह्यौँ ।
हामीलाई थाहा थियो,
अन्तहीन विनिर्माण र विध्वंशको यो कथामा
हिंसा, स्व-विनाश र चित्कारको यो व्यथामा
अर्थहीनतालाई रोमाञ्चको कलेवरमा सजाउँदै
हामी लडिरह्यौँ वीरोचित बन्दै अनि बनाउँदै
मुठ्टीभर आकांक्षीहरूका सपनाहरू सजाउँदै,
तर ,
इतिहास सांक्षी छ,
युद्ध त्यज्य औ बुद्ध पूज्य छ
मोजेज , रोम र सिकन्दरहरूको
गाथा र स्मृतिमात्र भव्य छ
आऊ, त्यसैले
एउटा मधुर संस्कृतिको खेती गरौँ,
घृणा र दुष्कर प्रवृत्तिको अन्त्य रोजौँ,
निषेध र वञ्चनामा प्रवृत्त मुखहरूमा
माधुर्यताको मृदुलता रोपौँ
ध्वंशमा उठेका हातहरूमा
सिर्जनाको कर्मठता खोपौँ
बिसर्जनका यी क्रन्दनहरू
अभावका ती रोदनहरू
अनिकालका पर्याय बनून
सहभाव अनि अपनत्वका मनभरि
आलिङ्गनहरू र सहकाल छाऊन् ।

- एकलव्यE
मायाको दुई हरफ :
लुकाउन मेरो माया चिलाउनेको बोटमा गूड् खोप्यौ कि,
अटाएन त्यो गूड्मा भनेर फरियाले पो आँफै छोप्यौ कि !
झुसिल्किरा झै बिझाउछ-पोल्छ, आथ्थु चर्‍याउछ भन्थ्यौ,
बरु नपोलोस मायालु कहिल्यै भनी हिलोमा पो रोप्यौ कि !
झरिले'नी रुझाउदैन, भिज्दिन म, अगाडि जाउ भन्थ्यौ,
सधैं चुहिने बलेनि, त्यही आगनीमै खाडल खनी गोप्यौ कि !
लुकाउन मेरो माया चिलाउनेको बोटमा गूड् खोप्यौ कि,
अटाएन त्यो गूड्मा भनेर फरियाले पो आँफै छोप्यौ कि !
Poems from www.majheri.com