पूर्वविशिष्ट व्यक्तिहरूलाई सुविधा दिनुहुन्न : कमल थापा
Rating: 0 user(s) have rated this article Average rating(Not rated)
Posted by: santosh.bhusal, on 7/28/2012, in category "General News and Articles"
Views: this article has been read 2483 times
Location: Narayangarh, Nepal

picture
१३ साउन चितवन । राप्रपा नेपालका अध्यक्ष कमल थापाले पूर्वविशिष्ट व्यक्तिहरूलाई सरकारले घोषणा गरेको सेवा सुविधाको नागरिकस्तरमा विरोध हुनु स्वभाविक भएको बताउनुभएको छ ।शनिवार विहान भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै थापाले यस्तो वताउनु भएको हो ।

सीमित राजनीतिक दलले मुलुकमा राजनीतिक सिन्डिकेट खडा गरी ब्रम्हलुट गरिरहेको भन्दै अध्यक्ष थापाले त्यसको विरोधमा आम मानिसमा विरोध, असन्तुष्टि तथा वितृष्णा पैदा भएको र स्वयम् पूर्व प्रशासकहरुले समेत विरोध जनाएको बताउनुभयो । सेवा सुविधाको विरोध गर्ने पूर्वप्रशासक एवम् नागरिक समाजले जनताको भावनाको कदर गरेको भन्दै अध्यक्ष थापाले सबै क्षेत्रमा यसरी मानससँग सक्रिय हुन सके देशलाई ब्रम्हलुट गर्नेहरु पाखा लाग्ने बताउनुभयो ।केवल विशिष्ट पदाधिकारीलाई दिने सेवा सुविधाका विषयमा मात्र केन्दि्रत नभई मुलुकको ढुकुटी रित्याउन लागिपर्नेका विरुद्धमा पनि उत्रन उहाँले सबैलाई अपिल गर्नुभयो ।

फरक प्रसङ्गमा अध्यक्ष थापाले संविधानसभा भङ्ग भइसकेको अवस्थामा नयाँ निर्वाचन गराउन क्रियाशील हुनुपर्ने समयमा केही सीमित दलहरुले आपसी सहमतिको नाममा एकाधिकार लाद्ने प्रपञ्च रचेको भन्दै कडा आक्रोश पोख्नुभयो । रासस

Photo(s) related to the article

Click a photo below to view in large size with description.

Kamal Thapa
How would you rate this article?
User Feedback

Post your comment
Name:
E-mail:
Comment:

Please enter the Characters displayed below to the TextBox next to them

Captcha

Insert Cancel
Subscription
Please register to the site to gain more access and subscribe to newsletters to get periodic newsletters.


Archived Newsletters
Currency Rate
Source: Exchange Rates