एसडी मुनीलाई बढी महत्त्व दिनु मानसिक दरिद्रपन : कमल थापा.....
Rating: 0 user(s) have rated this article Average rating(Not rated)
Posted by: santosh.bhusal, on 8/2/2012, in category "General News and Articles"
Views: this article has been read 2970 times
Location: Narayangarh

picture
 काठमाडौँ, साउन १८ (नागरिक)- राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपालमा एसडी मुनीलाई चाहिनेभन्दा बढी महत्व दिएकोमा असन्तुष्टि जनाएका छन्। उनी भन्छन्- 'एउटा विश्वविद्यालयको साधारण प्राध्यापक उनलाई नेपालमा महान आधिकारिक व्यक्तिका रुपमा हेरिन्छ। नेपाली मानसिकताको दरिद्रपनको यो उदाहरण हो।'

'नागरिक' दैनिकको साप्ताहिक वार्ता स्तम्भ घुम्ने मेचमाथिका लागि बसन्त बस्नेतसित कुरा गर्दै थापाले भने, 'सुगौलीदेखि ब्रिटिश साम्राज्यले चलाएको भारत, र पछिको स्वतन्त्र भारतको नेपालप्रति चासो र चिन्ता रहँदै आएको हो। ००७ सालको परिवर्तनमा भारतको भूमिका महत्वपूर्ण रहेको कुरालाई कसैले इन्कार गर्न सक्दैन।'

उनले सात सालपछि नेपाल भारतको प्रभाव क्षेत्र नभएर विश्व मानचित्रमा स्वतन्त्र र सार्वभौम राष्ट्र हो भन्ने स्थापित गराउने काम खासगरी राजा महेन्द्रबाट, त्यसपछि बीपी कोइरालाले मद्दत पुर्‍याएको बताए।

राजा त्रिभुवनले भारतसित नेपाललाई गाभ्न प्रस्ताव राखेको भनाई एसडी मुनीले व्यक्त गरेको बारे सोधिएको प्रश्नको जवाफमा थापाले यस्तो जवाफ दिएका हुन्। अन्तर्वार्ताको पूर्ण विवरण भोलिको 'नागरिक' दैनिकमा छापिनेछ।

Photo(s) related to the article

Click a photo below to view in large size with description.

Kamal Thapa
How would you rate this article?
User Feedback

Post your comment
Name:
E-mail:
Comment:

Please enter the Characters displayed below to the TextBox next to them

Captcha

Insert Cancel
Subscription
Please register to the site to gain more access and subscribe to newsletters to get periodic newsletters.


Archived Newsletters
Currency Rate
Source: Exchange Rates