पुस्तौदेखी अत्याचारमा लुटिएछन जनताहरु

सामन्तिको जोताइमा चुटिएछन जनताहरु
आएपनी देशमा खै प्रजातन्त्र, गणतन्त्र
दयनिय तरिकाले कुटिएछन जनताहरु
जबराको शासन देखी प्रचन्डको पालो सम्म
गरिबिको कराइमा भुटिएछन जनताहरु
मातृभूमि बचाउन आवाज उठाउदा या
कानुनको अक्षरमा छुटिएछन् जनताहरु
कस्लाई दोश दिनु यहाँ सामन्तको दासतामा
शोषकको अन्यायमा धुटिएछन जनताहरु